काठमाडौं। इण्डोनेशियामा श्रीविजय एयरको विमान दु’र्घ-टनामा परेको एक परिवारले विमान उ’ड्नु ठिक अघि सामाजिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुः’ख-द नि’य-तिको खु’लासा गरेको छ । उनीहरुलाई नि’यतिले ता’नेर मृ’त्यु-को मुखमा पुर्याएको पाइएको छ । राती वि’न्डानिया नामकी एक महिलाले विमानको सिटमा बसेर आफ्ना तीन छोराछोरीसँगै खिचेको से’ल्फी सार्वजनिक भएपछि उनीहरुको दु’खद नि’यतिको खु’लासा भएको हो । उनले तस्वीर पोस्ट गर्दै आफूहरु घर जान लागेको उल्लेख गरेकी थिइन् ।
उनका दाजु इ’रफान्स्याह रियान्तोले पनि परिवारको फोटो पोस्ट गर्दै उनीहरुको लागि प्रा’र्थना गर्न भनेका थिए । इ’रफान्स्याहका अनुसार उनको परिवारले खासमा अर्कै विमानबाट यात्रा गर्ने तय थियो तर अ’न्तिम समयमा उनीहरुले उ’डान परिवर्तन गरे ।डेलीमेलको रिपोर्टअनुसार शनिबार आ’त्तिँदै जाकार्ताको सो’एकार्नो हा’त्ता विमानस्थल पुगेका इ’रफान्स्याहले आइतबारसम्म पनि आफ्नी बहिनी र अभिभावकसहित परिवारका ५ जनाको बारेमा शुभ खबरको आ’शा गरिरहेका थिए ।
‘हामी श’क्तिहीन म’हसुस गरिरहेका छौं । हामी केवल प’र्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं’ इ’रफान्स्याहले संवाददाताहरुसँग भने ।
उनका अनुसार उनको परिवारले चाँ’डैको उडानमा घर जाने योजना थियो । त्यो जहाज श्री’विजयले नै संचालन गरिएको नाम एयरको उडान थियो । तर, उनीहरुले किन उ’डान परिवर्तन गरे भन्ने विषयमा उनी आफैं अ’नपिभत्र छन् ।
उनकी बहिनी र उनका छोराछोरी तीन हप्ताको वि’दाको समय सकेर पश्चिम का’लिमान्तान द्वी’पमा रहेको पो’न्तियानाकस्थित आफ्नो घर जाँदै थिए । ‘उनीहरुलाई विमानस्थलसम्म गाडीमा मैले नै लगेको थिएँ, चे’क इन र ल’गेजको लागि पनि सहयोग गरेकको थिएँ । यस्तो लागिरहेको छ, म अझै यसलाई विश्वास गर्न सकिरहेको छैन । यो निकै छि’टो भयो’ इ’रफान्स्याहले भने ।
यो पनि पढ्नुहोस्
कुलमान गएर पटक पटक बिजुली काटिन थालेपछि प्रधानमन्त्री कार्यालयले दियो अहिले सम्मकै कडा चेतावनी
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने ९ट्रिपिङ०) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर समस्याबारे विस्तृत जानकारी लिएको छ ।
प्रधानमन्त्री कार्यालयले विद्युत् आपूर्तिमा नियतवश समस्या सिर्जना भएको र बदमासी गरिएको पाइए कडा कारबाही हुने चेतावनीसमेत दिएको छ । साथै प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउनसमेत प्राधिकरणलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतले प्राधिकरण नेतृत्वलाई ट्रिपिङको समस्या छिटोभन्दा छिटो हटाउन तत्कालै आवश्यक पहल गर्न निर्देशन दिएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको छ ।
यो पनि पढ्नुहोस्
दिवा खाजा दिन थालेपछि बालबालिका पढाइमा रुची देखाउन थाले
मकवानपुर-मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा दिवा खाजा उपलब्ध भएपछि बालबालिका पूरै समय विद्यालय बस्न थालेका छन् । प्राथमिक तहका सबै बालबालिकालाई खाजाको व्यवस्था गरेपछि बालबालिका पठनपाठनमा ध्यान दिन थालेका हुन् ।
विद्यालय समयमा बीचमै कक्षा छाडेर भाग्ने विद्यार्थी पनि दिवा खाजाले पूरै समय विद्यालयमा नै बसेर पढाइमा रुची देखाउन थालेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो । नेपाल सरकारले प्राथमिक तहका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेपछि बालबालिका नियमित विद्यालय आउन थालेको उहाँको भनाइ छ ।
यस विद्यालयमा गएको पुस १९ गतेदेखि दिवा खाजाको व्यवस्था गरेपछि बालबालिकालाई नियमित विद्यालय आउन र पूरै समय पढ्न प्रेरणा मिलेको प्रअ आचार्यले बताउनुभयो । सरकारले गाउँपालिकामार्फत प्रतिविद्यार्थी हाजिर भएको दिन रु १५ को दरले दिवा खाजाको रकम उपलब्ध गराउन थालेको छ ।
विद्यालयमा स्रोत नभएका कारण दिवा खाजा बनाउने, वितरण गर्ने, भाँडा माझ्नेलगायत व्यवस्थापनमा कठिनाइ भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले गुनासो गर्नुभयो । मनहरी गाउँपालिकामा कूल ३२ सामुदायिक विद्यालयका १० हजार विद्यार्थीमध्ये प्राथमिक तहमा अध्ययन गर्ने करीब चार हजार बालबालिका खाजाबाट लाभान्वित भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।