• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
राजाबादीहरु सलबलाउँदै राजतन्त्र नै फर्काउलान् जस्तो देखिएका बेला शेरबहादुरले भने पृथ्वीनारायणलाई माला लगाउनै सक्दिन, म के गरुँ ?

राजाबादीहरु सलबलाउँदै राजतन्त्र नै फर्काउलान् जस्तो देखिएका बेला शेरबहादुरले भने पृथ्वीनारायणलाई माला लगाउनै सक्दिन, म के गरुँ ?

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

आफ्नै बिहेमा छमछमी नाचे पल शाह

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

पल शाहले प्रहरी चौकीबाट फर्किए लगत्तै सार्वजनिक गरे प्रेमिका, झोक्किँदै आएका पलले गर्दैछन् विबाह, को हुन् पलकी हुनेवाला पत्नि ?

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

कसैलाई पनि थाहा नदिइकन सुटुक्क बिहे गरेका अभिनेता आकाश र पूजा हनिमुन मनाउन तिर छन् ब्यस्त

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

सैफ अली खानका कान्छो छोरालाई अहिलेसम्म हेरेकी छैनन् करिनाकी सासुले, कहाँ बिग्रियो कुरा ?

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा सुन्दरी मधुसंग विबाह गरेर पनि बच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने रहेछन् मनकारी

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा, यि हुन् रिमा जस्ती सुन्दरीलाई पत्नि बनाउन पाउने ह्याण्डसम युवक

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

राजाबादीहरु सलबलाउँदै राजतन्त्र नै फर्काउलान् जस्तो देखिएका बेला शेरबहादुरले भने पृथ्वीनारायणलाई माला लगाउनै सक्दिन, म के गरुँ ?

by gazab g
January 12, 2021
in राजनीति
0
राजाबादीहरु सलबलाउँदै राजतन्त्र नै फर्काउलान् जस्तो देखिएका बेला शेरबहादुरले भने पृथ्वीनारायणलाई माला लगाउनै सक्दिन, म के गरुँ ?
501
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पृथ्वीजयन्ती मनाउने निर्णयमा पुग्न सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका छन्। लाज नमानिकन कांग्रेसले पृथ्वीजयन्ती मनाउनुपर्ने केसीले बताए। यो कुरा आइतबार देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ समारोहमा केसीले उठाएका हुन्।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए। पुस २७ गते पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती छ।यसै सन्दर्भमा केसीले पृथ्वीजयन्ती मनाउनुपर्ने कुरा सभापति देउवासमक्ष राखेका छन्।आफूले पूर्वसभापति सुशील कोइराला र देउवा नै प्रधानमन्त्री भएका बेला पनि पृथ्वीजयन्ती मनाउन डेलिकेशन गएको केसीले स्मरण गरेका छन्।

‘लाज नमानिकन कांग्रेसले पृथ्वीजयन्ती मनाउनुपर्छ,’ केसीले भने, ‘विरोध हुँदाहुँदै पनि २०७४ सालमा पृथ्वीजयन्ती मनाउन म नुवाकोट गएको थिएँ।’नुवाकोटमा पृथ्वीनारायण शाहको शालिक छ।केसीले थपे, ‘म विनम्रतापूर्वक सभापतिलाई आग्रह गर्छु- पृथ्वीजयन्ती मनाऔं। यसले इतिहासमाथि सम्मान हुन्छ। कांग्रेसमा यसले राष्ट्रवादी चरित्र पनि देखाउँछ। पार्टीमा एकता कायम पनि गर्छ। पार्टीमा सबैलाई अटाउने नयाँ यात्रा सुरू गरौं।’

ADVERTISEMENT

केसीका कुरा सुनिरहेका सभापति देउवाको बोल्ने पालो केहीबेरमाआयो। देउवाले पृथ्वीजयन्ती मनाउन अहिलेको अवस्थामा नसकिने भन्दै केसीको प्रस्ताव अस्वीकार गरेका छन्।‘राजा आऊ देश बचाऊ भनेका बेला पृथ्वीजयन्ती मनाउन सकिन्न,’ केसीलाई देउवाको जवाफ छ, ‘यस्तो बेला पृथ्वीनारायण शाहको शालिकमा माला लगाउन सकिन्छ? त्यस्तो कुरा नगरौं।’

केही समयअगाडि काठमाडौंलगायत देशका विभिन्न सहरमा राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भन्दै प्रदर्शन भएको थियो। देउवाले त्यस प्रदर्शनतर्फ संकेत गर्दै यस्तो बेला पृथ्वीनारायणको शालिकमा माला लगाउन नसकिने बताएका छन्। -सेतोपाटीबाट

यो पनि पढ्नुहोस्

चर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढाका आमाबुबा यस्तो अवस्थामा भेटीए, गाउँमा नै पुगेका पत्रकारसँग माग्नेका बुबाले माग्नेले भन्दा कडा कमेडी गरेर हँसाए, हेर्नुहोस् हाँसो नथामिने यो रमाइलो भिडियो, खोले माग्नेको बाल्यकाल र विबाहको बेलाको यस्तो रहस्य, हेर्नुहोस् भिडियो

यो पनि पढ्नुहोस्

एक महिनामा नै १० लाख बढी आम्दानी गर्छन् गायक पशुपति शर्माले, पैसाले पुगेपछि थाले यस्तो नयाँ काम, काठमाडौँमा आफ्ना लागि घर बनाउनु अघि नै बा आमाका लागि गाउँमा नै बनाइदिए बंगला


यो पनि पढ्नुहोस्

सही सूचना दिँदै बिजुली प्रवाह व्यवस्थित बनाउन प्रम कार्यालयको निर्देशन

काठमाडौँ – उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो ।
प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ ।

प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि छलफल आयोजना गर्नुपरेको प्रधानमन्त्री कार्यालयको ठहर छ । छलफलमा समस्या समाधानका उपायको खोजी मात्र नगरी उपभोक्ताले उठाएका जायज माग एवम् आलोचनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइयो । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा अन्य कारण के हो भन्ने तथ्य पत्ता लगाएर तत्काल समाधानको उपाय खोज्नुपर्ने साझा निष्कर्षसमेत निकालिएको छ ।
छलफलमा प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

यस्तै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौँ उपत्यकाका १० वितरण केन्द्रका प्रमुख उपस्थित छलफलमा समस्या समाधानमा हरसम्भव उपाय अपनाउन र उपभोक्तालाई सहज रुपमा सेवा दिनका लागि अहोरात्र परिचालित हुन तथा गुनासोरहित काम गर्ने विषयमा प्रतिबद्धता व्यक्त भएको छ ।
मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणको बुझाइ छ । वितरण प्रणाली स्वस्थ र गुणस्तरीय नहुँदा देखिने समस्या विगतमा पनि थियो, आज पनि रहन्छ र भोलि पनि हुन्छ भन्दै त्यसलाई न्यून गर्दै जाने प्राधिकरणको योजना छ ।

प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाएको छ । ती काम पूर्ण रुपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने विश्वास लिइएको छ । यस्तो छ सर्ट डाउनको तथ्याङ्क प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौंँ उपत्यकामा गत मङ्सिरमा ३७ पटक छिनछिनमा बत्ती जाने(ट्रिपिङ) भएको छ । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेशनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । गत वर्ष मङ्सिरमा ती काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द (सट डाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषित रुपमा कटौती नगरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उहाँले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा खम्बा तथा ट्रान्सफर्मर सार्नुपर्र्नेलगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भए पनि त्यसलाई कम गरिएको जानकारी दिनुभयो ।

हालसम्मको तथ्याङ्क हेर्दा गत वर्ष पुसभन्दा यस वर्ष ट्रिपिङ कम भएको छ । विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिने कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उहाँले भन्नुभयो, “प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ ग¥यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।” प्राधिकरणले ट्रिपिङ बढी हुने सबस्टेशनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काम निरन्तर भइरहेको जनाएको छ ।

माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न प्राधिकरणले अहोरात्र काम गरिएको स्पष्ट पारेको छ ।

विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने एवं ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको जनाइएको छ ।

प्राधिकरणले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा १३२ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने कामलाई पनि गति दिने भएको छ । विशेष गरी विष्णुमती तथा वाग्मती नदी करिडोरमा मोनो पोल प्रयोग गरेर प्रसारण लाइन निर्माण गरिनेछ । उपत्यकामा जग्गाप्राप्तिमा सबैभन्दा बढी समस्या भएकाले त्यसको सम्बोधनका लागि वैकल्पिक उपायको खोजी गरिनेछ ।
‘नियतवश बदमासी गरेको भए कारवाही गर्नुस्’प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले नियतवश बदमासी गरेको भए प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न निर्देशन दिनुभयो । प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा वितरण केन्द्रका प्रमुखसमेत नयाँ भएकाले पनि सङ्क्रमणकाल जस्तो देखिन गएको जनाउँदै उहाँले केही कर्मचारीले बदमासी गरेको सूचनासमेत आएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले नागरिकका तहबाट गुनासो नआउने गरी काम गर्न प्राधिकरणका कामु कार्यकारी निर्देशक एवम् वितरण केन्द्रका प्रमुखलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्रीका तहबाट गर्नुपर्ने सबै काम र सहयोग हुने आश्वासन दिँदै उहाँले भन्नुभयो, “ नागरिकले सहज रुपमा सेवा पाउनुप¥यो, त्यसका लागि केकस्ता उपाय अपनाउने भन्नेबारेमा व्यक्तिगत रुपमा वा संस्थागत रुपमा पनि भन्न सक्नुहुन्छ ।”
प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले उपभोक्तालाई गुनासोरहित सेवा प्रदान गर्नका लागि अपनाउनुपर्ने सबै उपायको खोजी गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले प्राविधिक समस्या भए त्यसको निराकरणका लागि तत्काल लागिपर्न र नीतिगत तथा कानूनी प्रश्न भए त्यसको निरुपणमा आफूहरुले सहजीकरण गर्ने बताउनु्भयो ।

उहाँले उपभोक्ताले कुनै पनि गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न र उनीहरुलाई सही सूचना पु¥याउने संयन्त्रको विकास गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “मातहतका कर्मचारीमा ‘अर्जेन्सी फिल’ भएको छैन भने त्यसलाई सम्बोधन गरेर अगाडि बढ्नुस् । कर्मचारीलाई इन्सेन्टिभ दिनुस् । गुनासो सम्बोधन गर्न मेहनत गर्नुपर्ने पनि हुन सक्छ । त्यसमा ध्यान दिनु आवश्यक छ ।”
उहाँले उपभोक्ताबाट प्राप्त गुनासोलाई सम्बोधन गर्ने उपयुक्त संयन्त्रको खोजी गर्नसमेत प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले थप जोड दिएर भन्नुभयो, “गुनासोलाई सामाजिक सञ्जालमार्फत वा वेब पेजलाई थप प्रभावकारी बनाएर सम्बोधन गर्नुपर्ने भए पनि त्यसमा ध्यान दिनु जरुरी छ ।”

सामाजिक सञ्जालमा आउने महत्वपूर्ण विषयलाई महत्वका साथ संयन्त्र बनाएर सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो । बजेट, नीति तथा कार्यक्रमले सम्बोधन गर्ने विषय भए आफूहरुले नै गर्ने जनाउँदै सचिव ज्ञवालीले गुनासो आएकै बेलामा सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
ऊर्जा सचिव घिमिरेले उपभोक्ताको गुनासोलाई मार्गदर्शन मान्दै समस्या समाधानमा निरन्तर परिचालित हुन प्राधिकरणलाई निर्देशन दिनुभयो । उपभोक्ताबाट आउने गुनासो सम्बोधन गर्न कुनै पनि कन्जुस्याइँ गर्न नहुने उहाँको भनाइ थियो ।

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन् पशुपतिनाथ मन्दिर
राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारी पुगिन् पशुपतिनाथ मन्दिर

प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने खेल सुरु
top news

प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने खेल सुरु

प्रचण्डले सिधै ओलीलाई भने अलिकति पनि लाज र घिन छ भने तुरुन्तै राजीनामा देउ, नत्र अझै भित्तामा नै टासियौला
top news

प्रचण्डले सिधै ओलीलाई भने अलिकति पनि लाज र घिन छ भने तुरुन्तै राजीनामा देउ, नत्र अझै भित्तामा नै टासियौला

सर्वोच्चको फैसलापछि प्रचण्ड नेपालले लड्डु खाएर यसरी मनाए खुशीयाली,हिस्स परे प्रधानमन्त्री ओली
राजनीति

सर्वोच्चको फैसलापछि प्रचण्ड नेपालले लड्डु खाएर यसरी मनाए खुशीयाली,हिस्स परे प्रधानमन्त्री ओली

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!