काठमाडौँ । नेपाली युवतीले अरबियन युवकसँग विबाह गरेको कहिल्यै देख्नु वा सुन्नु भएको छ ? हालै एक यस्तो भिडियो बाहिरिएको छ जसमा नेपाली युवतीले अरबी युवकलाई नेपाली बोल्न सिकाउँदै उनीसँग रोमान्स गरेकी छिन् । भिडियोमा केही रोमान्टिक दृश्यहरु पनि छन् । हेर्नुहोस् यो रमाइलो भिडियो
अतालिदै बाउ छोरीको भित्री सम्बन्ध बारे बिनयको श्रीमतिले पोल खोलिन्, बिबिसीको प्रभावशाली महिलाको सूचिमा परेसँगै सपनाले बिनयको साथ छाडेकी हुन् ? हेर्नुहोस् भिडियो
काठमाण्डौ । वेवारीसेहरुको व्यवस्थापन गर्ने विनय जंग बस्नेत र उनले छोरी मानेको उनकी छोरी सपना रोका मगरबीच पछिल्लो समय अनेक थरीका चर्चापरिचर्चा चल्दै आईरहेको छ । यो विषयमा धेरैले धेरै थरीका अनुमान र गसिपहरु गर्दै आएका पनि छन् । कतिपयले विनयजंगकै कारण सपना टाढिएको भन्ने टिकाटिप्पणी गरेका छन् भने कतिपयले सपना स्वार्थी भएको भन्दै प्रतिकृया दिएका छन् । खासमा यी बाबु छोरीबीचको सम्बन्धको बारेमा वास्तविक के भएको हो भन्ने कुरा कसैले पनि बुझ्न सकेका छैनन् ।
यो विषय वास्तवमै सबैकालागी निकै नै चासोको विषय पनि बनेको छ । यसै विषयमा भर्खरै मात्र वास्तविकता के हो भनेर सबै नालीबेली सुनाएकी छन् विनयजंगकी हुनेवाली श्रीमती पुजा विश्कर्माले । उनको कुरा सुनेर सबै दंग नै परेका छन् । पुजा विनयजंग र सपना दुवैको नजिक रहेकी पात्र हुन् । यस अर्थमा उनलाई यी दुवैको वास्तविकताको बारेमा थाहा छ । धेरैले पुजाले केही भनिदिए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरिरहेकै बेला पुजाले भने अहिले आएर सबै कुरा खोलेकी छन् ।
पुजाको भनाई अनुसार सपना र विनयजंगको सम्बन्ध गएको दशैंपछि नै टाढिएको कुरा उनले मिडियासामू बताएकी छन् । उनको भनाई अनुसार सपना र विनयको बीच कुनै पनि आपसी मतभेद नभएको बुझिएको छ । पुजाले भनेकी छन्,‘सपनाले पढ्दै काम गर्ने कुरा सुनाईन् । र त्यसैमा विनय सरले पनि आफ्नो विचार राख्नु भयो । र सपनाको विचारलाई पनि समर्थन गर्नु भयो । उहाँहरु दुवैबीच कुनै पनि मतभेद भने छैन । पढाईकोलागी नै सपनाले यो काममा आफुलाई निरन्तरता दिन नसकेको हो ।’ भिडियोसहित
सडकमा आन्दोलन गर्दा गर्व महशुस हुन्छ – प्रचण्ड
कास्की । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनाभित्रै आफूहरू विजयी हुने दाबी गरेका छन्। पोखरामा मंगलबार आयोजित भेलामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप लगाएका छन्। अध्यक्ष प्रचण्डले पुस ५ मा ओलीले संसद विघटन गर्नुलाई कलंकको टीकाका रूपमा अर्थ लगाएका छन्।
‘केही महिनाभित्रै हामी विजयी हुन्छौं। केपी गुटको पतन अनिवार्य छ। ओलीले कलंकको टीका लगाइसक्नुभयो,’ उनले भने, ‘हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौं। मैले केपी ओलीलाई नै भनेको छु-तर तपाईंको पतन सुरू भयो, हाम्रो विजय अभियान सुरू भयो।’
नेता तथा कार्यकर्ताहरू केही महिना खटेर काम गर्ने हो भने केपी ओली गुटको पतन हुने उनले दाबी गरेका छन्। उनले प्रधानमन्त्री ओलीका ‘उखान टुक्का र हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरू परास्त गर्न पनि सडकमा उत्रनुपर्ने’ बताएका छन्।
दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताएका छन्। उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी छ। प्रचण्डले सूर्य चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा आँधीवेहरी आउने चेतावनीसमेत दिएका छन्। ‘नाम र चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन।’उनले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन्।
उनले सडकमा उत्रँदा फेरि एकपटक वि’द्रोह गरेको अनुभूति भइरहेको पनि बताएका छन्। ‘फेरि वि’द्रोह गरेको अनुभूति भएको छ। सडकमा आन्दोलन गर्दा गर्व महशुस हुन्छ। निरंकुशताविरूद्ध आन्दोलन चुनौती र अवसर पनि हो,’ उनले भने। उनले पार्टी एकता भनेर मात्रै पनि नहुने बताएका छन्। पार्टीभित्रका गलत प्रवृत्तिविरूद्ध ल’डाइँ र आलोचना गर्न नसकेमा सोभियत संघजस्तो हुने पनि प्रचण्डको भनाइ थियो।
नेता तथा कार्यकर्ताहरू केही महिना खटेर काम गर्ने हो भने केपी ओली गुटको पतन हुने उनले दाबी गरेका छन्। ‘केही द्विविधा नराखीकन सडकमा जुझारू किसिमले जानुपर्छ,’ उनले भने, ‘निर्वाचन आयो, सर्वोच्च अदालत र जनताको अदालतबाट एकै फैसला आउनेछ त्यो भनेको प्रतिनिधि सभा पुनर्स्थापना हो।’
उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाव र प्रभावमा राख्न खोजेको पनि बताएका छन्। ‘प्रधानमन्त्रीले अदालतलाई दबावमा राख्ने? यो राज्यको दुरूपयोगबाहेक केही हो?’ उनले प्रश्न गरे। पूर्वप्रधानन्यायाधीशहरूलाई प्रधानमन्त्री ओलीले गरेको व्यवहारप्रति भर्त्सना र घृणा गरेको उनले बताए।
अध्यक्ष प्रचण्डले नेकपा भित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार, विधिपद्दति र सिद्धान्तका लागि भएको बताए । ‘हाम्रो पार्टीभित्र चलेको विवाद र बहसलाई पद वा लुछाछुडीका रुपमा व्याख्या गर्ने कोसिस भएको छ । म के कुरामा विस्वस्त गराउन चाहान्छु भने यो पदका लागि भएको लडाइ होइन, विचार, राजनीति र सिद्धान्तका लागि हो’ प्रचण्डको भनाई छ ।
उनले आरोप खारेज गर्दै अग्रगमन र प्रतिगमनकाविरुद्धको लडाई भएको बताए । परिवर्तनका लागि योगदान गर्ने सहिद, वेपत्ता र घाइतेहरुलाई स्मरण गर्दै प्रचण्डले क्रान्तिका उपलव्धिका रक्षाका लागि एकतावद्ध हुनुनै अहिलेको आवश्यक्ता भएको बताए । उनले कम्युनिस्ट पार्टी विचार र विधिको संयोजनमा चल्ने भन्दै पार्टी एकता गर्ने बेलामा गरेका सहमति र समझदारी गर्दा समाजवादउन्मुख जनताको जनवाद स्वीकार गर्ने र लेनिनवादी संगठनात्मक विधि स्वीकारेर हरेक निर्णयमा बहुमतका आधारमा गर्ने प्रस्ट विचार राखिएको बताए ।
प्रचण्डले केपी ओलीले कहिल्यै पनि राजनीतिक प्रतिवेदनमा गरिएको सहमति स्वीकार नगरेको आरोप लगाउँदै अहिले जनयुद्ध भनेको कुहेको फर्सी भनेको उहाँसँग लागेका पूर्व माओवादीहरुले कसरी सुन्न सकेके हो ? भन्दै प्रश्न गरे । ‘पार्टी एकताताका भएका सहमति र समझदारीको मर्म र भावना विपरित बोल्दा ती साथिहरु प्रतिक्रान्ति र प्रतिगमनको साक्षी भएर बस्नुभएको छ । के जनयुद्ध कुहेकै फर्सी हो त ? के केपी ओलीले गरेको हस्ताक्षर किर्ते हो ?’ ओली समूहमा लागेका पूर्व माओवादी नेताहरुलाई प्रचण्डको प्रश्न थियो । उनले पार्टीभित्रको ल’डाई भर्खर देखा नपरेको भन्दै पार्टी एकतादेखि नै कहिले सुसुप्त र कहिले बृहत रुपमा चल्दै आएपनि गत माघमा सम्पन्न केन्द्रीय समितिपछि यो लडाई थप बृहत भएको बताए ।