भ’र्जिन अ’टला’न्टिक विमानमा यात्रा गरिरहेकी एक महिलाले उडिरहेको विमानमा नै शा’री’रि’क स’म्ब’न्ध राखेर सबैलाई चकित बनाएकी छन् । १३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि यौ’न स’म्ब’न्ध राखेको खबर बाहिर आएको हो ।
सो फ्लाइट ११ घन्टाको थियो । ती महिलाले अपरिचित युवालाई सुरुमा चु’म्ब’न गरेको र त्यसपछि इकोनोमी क्लासको बाथरुममा गएर आ’प’त्ति’ज’न’क क्रि’याकलाप गरेको दि सनले जनाएको छ । दुवै जना बाथरुपमा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए ।
जब ढोका खुल्यो त्यहाँ आ’प’त्ति’ज’नक अवस्था देखिएको विमानका कर्मचारीले जनाएका छन् ।रो’चक त के छ भने विमानमा चढ्दा यी दुईले एकअर्कालाई चिन्दैनन् थिए । बोरिङ पास लिँदासम्म पनि दुबैबीच परिचय भएको थिएन । विमानका प्रत्यक्षदर्शीका अनुसार ती महिना र”क्सी पि’ए’र विमानमा चढेकी थिइन् । उनीसँग बसेका ती व्यक्तिले भने, ‘उनी सबैसँग फ्रे’न्ड्ली भएर बोल्दै थिइन् ।
म र मेरो साथीसँग कुरा गर्ने कोसिस गरिन् । त्यसपछि विमानमा हिडिरहेका एक व्यक्तिसँग कुरा गर्न थालिन् । तत्काल ती अपरिचितलाई चुम्न थालिन् । केही समयपछि उनी बाथरुममा गइन् । ती युवक पनि पछि पछि गए ।’त्यसपछि बाथरुममा के भइरहेको छ भन्ने कुरा विमानमा यात्रा गरिरहेका यात्रुले अन्दाज गर्न सक्थे किनकि ती महिला चर्को आवाज निकालिरहेकी थिइन् ।
यो पनि पढ्नुहोस्
तीन लाख भक्तजनले देवघाटमा स्नान गरे
माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले यस वर्ष तीन लाखभन्दा बढी भक्तजनले सङ्गममा स्नान गरेको जानकारी दिनुभयो । कोभिडको जोखिमका कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । यद्यपि भक्तजनहरु स्वतःस्फूर्त देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिले औपचारिकरूपमा मेलाको आयोजना नगरे पनि व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था भने मिलाइएको थियो । उहाँका अनुसार विभिन्न उपसमितिहरु गठन गरी मेलालाई व्यवस्थित बनाइएको थियो ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशूली नदीमा २५ वटा ठूला डुङ्गाको व्यवस्था मिलाइएको थियो ।
नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । सशस्त्र प्रहरी र बोटेहरुले डुङ्गामार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालीन उद्धारको तयारी गरेका थिए ।
हजारौँ सवारी साधनको ओहोरदोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुङ्गाबाट जाने र फर्कँदा आँपटारी हुँदै आउने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो । मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुङ्गामा पक्की पुल निर्माण भइसकेको हुँदा अधिकांश भक्तजनहरु दासढुङ्गा हुँदै देवघाट गएका थिए ।
माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । विगत वर्षहरुमा माघे सङ्क्रान्तिको दिनमात्रै पाँच लाखभन्दा बढी भक्तजनले मेलाको अवलोकन गर्ने र वेणी सङ्गममा स्नान गर्थे । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । यसैले माघे सङ्क्रान्तिमा स्नान गर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट लाखौँ भक्तजन देवघाट आउने गर्दछन् ।
पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न पदयात्रा
तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबार पदयात्रा गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्रा सम्पन्न गरेको हो ।
भीमाद–६ स्थित भीमाद बजारबाट शुरु पदयात्रा पाथर्दीमा पुगेर टुङ्गिएको थियो । पदयात्राको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटनबाटै समृद्धि सम्भव रहेकाले प्रदेश सरकारले पनि पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम बनाएको बताउनुभयो ।
कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनःसञ्चालन गर्न पदयात्राको आयोजना गरिएको घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । पदयात्रामा १५० भन्दा बढीको सहभागिता रहेको थियो ।
“कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गरेका हौँ”, उहाँले भन्नुभयो । पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतीक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु २५ लाख उपलब्ध गराएको थियो ।
पदयात्रामा पुग्ने पदयात्रीलाई सोही ठाउँमा रहेको पाथर्दी सामुदायिक घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो ।