बुटवल, २१ मंसिर । बुटबलमा गोली चलेको छ । प्रहरीका अनुसार बुटवल उपमहानगर(८ सुख्खानगरस्थित कलध होटलमा गोली चलेको हो । गैडाको खाग तस्करीमा सम्लग्नहरु बसेको सुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली प्रहारबाट तस्कर समूहकै एकजना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनाराण थापाले जानकारी दिए ।
डीएसपी सत्यनाराण थापाका अनुसार घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगेर उपचार सुरु गरिएको छ । प्रहरीका अनुसार । घाईतेको चिउडोमा गोली लागेको बताईएको छ । त्यस्तै अन्य २ जनालाई समातेर कारवाही अगाडी बढाइएको छ भने १ जना अझै फरार छन् । भाग्ने युवकले प्रहरी घेरा तोडेर भागेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।