• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
ममी तिमी आफ्नो ख्याल गर है भन्दै सम्झाएका १७ वर्षिय छोराको सुधारकेन्द्रवाट आयो मृ,त्युको खबर, आमाले रुदै खोलिन यस्तो रहस्य (भिडियो हेर्नुस्)

ममी तिमी आफ्नो ख्याल गर है भन्दै सम्झाएका १७ वर्षिय छोराको सुधारकेन्द्रवाट आयो मृ,त्युको खबर, आमाले रुदै खोलिन यस्तो रहस्य (भिडियो हेर्नुस्)

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

किन लुछालुछ गरे केकी अधिकारी र आँचल शर्मा, नेपाली फिल्म इतिहाँसमै अहिले सम्म कसैले नगरेको झगडा गरेको भन्दै चर्को आलोचना भयो

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

टिकटक लाइभमा आएर बकबक गर्ने मिनालाई यसरी रिसले आगो बनाउने तस्विर हाले मनोज गजुरेलले

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

मान्छेहरु खेलीरहेको पार्कमा एक्कासी यो विशाल सर्प आयो

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

पल प्रकरणपछि निकै निराश बनेर रोएर मात्रै समय बिताएकी समिक्षाले आज एकाबिहानै मन्दिर गएर पललाई दिइन् माफी

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

एकबिहानै काठमाडौँमा भूकम्पको धक्का

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

गाडीभित्र नै प्रेमी र श्रीमानको भयो लफडा !प्रेमीले झुठो बोलेपछि भयो रामधुलाई

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट भनिन् बस्नै सकिन्

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Thursday, August 11, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

ममी तिमी आफ्नो ख्याल गर है भन्दै सम्झाएका १७ वर्षिय छोराको सुधारकेन्द्रवाट आयो मृ,त्युको खबर, आमाले रुदै खोलिन यस्तो रहस्य (भिडियो हेर्नुस्)

by gazab g
January 16, 2021
in समाज
0
ममी तिमी आफ्नो ख्याल गर है भन्दै सम्झाएका १७ वर्षिय छोराको सुधारकेन्द्रवाट आयो मृ,त्युको खबर, आमाले रुदै खोलिन यस्तो रहस्य (भिडियो हेर्नुस्)

काठमाडौ – ममी तिमीलाई प्रेसरको समस्या छ तिमी आफ्नो ख्याल गर भन्दै मंसिरको २७ गते फोन गरेको छोरा त्यसको एक महिना पछि मृ,त भएको समाचार आएपछि आमा भ,क्का,निएकी छन् । छोरालाई उनले सुधार केन्द्रमा पठाएकी थिइन् ।

जिवन राम्रो बनाउन भन्दै सुधार केन्द्रमा पठाएको छोराको जि,वन नै स,किएपछि आमाले आफुलाई स,म्हालिन सकेकी छैनन् । उनले छोराले दे,ह त्या,ग गरेको भनेर विश्वास गरेकी छैन् । उनले घटना रहस्यमय भन्दै त्यसको निश्पक्ष छानविन गर्न र दोशीलाई कारवाही गर्न माग गरेकी छन् ।

उनले भनिन्, मैले महिनामा २० हजार तिरेर सुधार केन्द्रमा राखे निको भएर घर फर्कने बेलामा छोरा नै गु,मा,उनु परेको छ । उनले आफ्नो छोराको नि,धन भएको ठाउँको घ,ट,ना,स्थल हेर्दा रहस्यमय देखिएको बताएकी छन् ।

उनले नि,ध,न भए पछि घ,ट,ना,स्थ,लमै शव नराखेर अर्को कोठामा लगेको बताएकी छन् । गत पुष २७ गते १७ वर्षका अजिज मियालाई ६ महिना अघि दमौली स्थित सुधार केन्द्रमा लगिएको थियो । उनको सुधार केन्द्रवाट निकाल्ने बेलामा ,दे,ह ,त्या,ग गरेको भन्दै परिवारका सदस्यलाई जानकारी गराइएको थियो ।

सुधार केन्द्रमा राखेर राम्रो भइसकेपछि घ,ट,ना हुनु रहस्यमय भएको आमाको भनाई छ । प्रत्यक महिना आफुले सुधार केन्द्रका जितेन्द्र खत्रीलाई फोन गर्दा छोराको अवस्था निकै राम्रो छ भनेर भन्ने गरेका थिए । तर छोरालाई भेट्न जाँदा ममी मलाई यहाँवाट छिटो लैजानु भनेर भनेका थिए ।

उनले आफुलाई त्यहाँ दु,ख दिने गरेको बताएका थिए । त्यसो भनेको एक महिना पछि जितेन्द्र खत्रीले विहानै ४ वजे नै छोराले दे,ह, त्या,ग, गरेको जानकारी दिएको बताइन् । आफुलाई फोन गरेर एकै पटक छोरा छैन भन्दा मैले कसरी सहें होला उनले भनिन् ।

खुसिको खबर: अब दुई श्रीमती बिहे गर्नेलाई सरकारले भत्ता दिने

एजेन्सी – दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झ’मेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिन्छ ।

दशा आफुलाइ जतिसुकै सजग र सपारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृ’णित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग

बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो

गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।

हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “द’शा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।

सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।

दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय। छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन।

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप १ हजार ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आईतवार काठमाडौं उपत्यकामा थपिएका १ हजार ५९९ जना कोरोना संक्रमित मध्ये १ हजार ३७३ जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ७८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५९९ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । यो संख्या कोरोनाको उद्गम मुलुक चीनको भन्दा धेरै हो। नेपालमा सं’क्रमितको संख्या बढ्दै जाँदा जोखिम पनि उत्तिकै बढीरहेको छ । चीनमा अहिलेसम्म ८५ हजार ४५० रहेको छ भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३२९ जना सं’क्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यो कुल सं’क्रमितको ७३.७ प्रतिशत हो ।यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २२ हजार २१९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ८९३ जना र संस्थागत आईसोलेसनमा १० हजार ३२६ जना छन् । तिमध्ये २२६ जना सं’क्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

ADVERTISEMENT

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २०३ जना रहेका छन् ।यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । हिजो (शनिवार) नेपालमा २ हजार १२० जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ४४ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो।

अन्य समाचार, काठमाडौं। ४ वर्षअघि २०१६ मा अफगानिस्तानको काबुलमा भएको विष्फोटमा मारिने नेपालीका आश्रित विधवा र विष्फोटमा बाँच्न सफल नेपाली गरी कूल २० नेपालीले क्यानडा सरकारविरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गरेका छन् । २०१६ को जून २० मा भएको यो आक्रमणमा त्यहाँ कार्यरत १३ नेपालीले ज्यान गुमाएका थिए । काबुलमा क्यानडाको दूतावासका लागि सुरक्षाको काम गर्ने यी नेपाली सवार बसमा इस्लामिक स्टेटका एक आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेका थिए ।

क्यानडाको सरकारी मिडिया क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी)का अनुसार यो आक्रमणमा बाँच्न सफल नेपाली र मारिएका नेपालीका विधवाहरुले मंगलबार क्यानडा सरकारविरुद्ध टोरन्टोमा आन्टारियो सुपेरियर कोर्ट अफ जस्टिसमा मुद्दा दर्ता गराएका हुन् । यी नेपालीहरुले क्यानडा सरकारमाथि लापरवाहीको आरोप लगाएका छन् । उनीहरुले ती नेपालीलाई काममा लगाउने सब्रे इन्टरनेशनल सेक्युरिटी कम्पनीमाथि निगरानी गर्न क्यानडा सरकार असफल भएको आरोप लगाएका छन् ।

‘यो आ’क्रमण क्यानडा सरकार र सब्रे इन्टरनेशनल सेक्युरिटीको लापरवाही र नेपाली तथा भारतीय सुरक्षाकर्मीप्रति विभेदपूर्ण व्यवहारको परिणाम थियो’ नेपालीहरुले दायर गरेको अभियोग पत्रमा भनिएको छ ‘ती नेपाली र भारतीय सुरक्षाकर्मीलाई कैयौं किलोमिटर टाढा बस्ने व्यवस्था गरिएको थियो र उनीहरुलाई दैनिक आवतजावतका क्रममा पर्याप्त सुरक्षा उपलब्ध गराइएको थिएन ।’ मुद्दा दर्ता गरिसकेपछि कुनै पनि बाँच्न सफल नेपाली वा मारिनेका परिवारले सार्वजनिक रुपमा केही भनेका छैनन् । बाँच्न सफल २ जना र ४ जना विधवाहरु अनुवादकको सहयोगमा सीबीसीसँग कुरा गर्न राजी भएका छन् ।

ती नेपालीहरुलाई त्यहाँ काममा लगाउने ठेकेदार कम्पनीलाई पनि यही अभियोग लगाइएको छ । मारिने नेपालीका विधवाहरुलाई ३ लाख डलर दिने भनिएकोमा त्यसको केही अंश मात्र दिइएको र बाँच्न सफल नेपालीहरुलाई पनि उपचारको लागि ३ लाख डलर दिने भनिएकोमा ३० हजार डलर मात्र दिइएको उनीहरुले अभियोग पत्रमा उल्लेख गरेका छन् । नेपालीहरुले ती नेपालीलाई दिने भनिएको रकम र दिइएको रकमबीचको फरक क्यानडा सरकारले पूर्ति गर्नुपर्ने र सबै २० जना लाभग्राहीलाई भएको क्षतिको पूर्ति गरिनुपर्ने माग गरेका छन् । उनीहरुले सबैका लागि क्षतिपूर्तिस्वरुप २०.४ मिलियन डलर (करिब २ अर्ब ३९ करोड नेपाली रुपैयाँ) एकमुष्ट रुपमा माग गरेका छन् ।

प्रेम क्षेत्री यो आक्रमणमा बाँच्न सफल एक नेपाली प्रेम क्षेत्री भन्छन् ‘मेरो भाग्यमै यस्तै लेखिएको थियो होला र म बाँचें तर मलाई थाहा छैन यो कसरी सम्भव भयो । मलाई अहिले पनि भित्रबाट म जीवित छैन जस्तो अनुभूति हुन्छ । मैले मेरा साथीहरुलाई मेरो आँखै अगाडि मरेको प्रत्यक्ष देखेको छु । केहीले आफ्नो टाउको त केहीले खुट्टा गुमाएका थिए ।’ पूर्व गोर्खा सैनिक क्षेत्रीले हातमा लञ्चबक्स बोकेर बसतर्फ जाने क्रममा उनको हातबाट लञ्चबक्स खसेपछि उनी बाँचेका थिए । उनी लञ्च बक्स उठाउन केही बेर रोकिनुपरेको थियो । उनले झुकेर लञ्च बक्स उठाउँदै गर्दा विष्फोट भएको थियो ।

काबुलमा क्यानडाको दूतावासका लागि काम गर्ने नेपालीहरुले ८ सय डलरदेखि ११ सय डलरसम्म पारिश्रमिक पाउँथे । ‘उनीहरु हाम्रो देशको सेवा गर्ने क्रममा मारिएका हुन् र उनहिरुलाई पन्छाइएको छ’ उजुरीकर्ता नेपालीको तर्फबाट मुद्दा लड्ने वकिल जो फियोरेन्टेले भने । फियोरेन्टेले यस प्रकारका अन्तर्राष्ट्रिय उत्तरदायित्व सम्बन्धी धेरै केस लडिसकेका छन् । फियोरेन्टेले अगाडि भने ‘हाम्रो सरकारले उनीहरुलाई परित्याग गरेको छ र हामीलाई लाग्छ त्यो अपमानजनक र स्पष्ट भन्दा अस्वीकार्य कुरा हो ।’

सब्रे इन्टरनेशनल सेक्युरिटीका प्रतिनिधिसँग सीबीसीले प्रतिक्रिया लिन खोजेको भए पनि प्रतिनिधि उपलब्ध हुन सकेनन् । कम्पनीको वेबसाइट बन्द गरिएको छ र यसका नेपालसहित विभिन्न देशमा भर्तीको लागि संचालन हुने इमेलहरुमा पठाइएका सन्देशमध्ये केहीको जवाफ आएन र केही फिर्ता आएका छन् । सामान्य रुपमा बुझ्दा सब्रे इन्टरनेशनलले विष्फोटपछि क्यानडा सरकारसँग आफ्नो सम्झौता खारेज गर्यो र क्यानडा सरकारलाई अर्को विकल्प खोज्नुपर्ने स्थितिमा छाडेर भाग्यो । यो कम्पनीले अहिले इराक र अफगानिस्तानमा कानुनी रुपले काम पनि गरिरहेको छैन ।

अदालतको नोटिस दिन सब्रेको ठेगाना खोज्न पनि निकै कठिनाइ भएको वकिल फियोरेन्टेले बताएका छन् । ‘तिनीहरु लुकेको जस्तो देखिएको छ’ फियोरेन्टेले भने ‘यसले यो कम्पनीसँग क्यानडा सरकारले कसरी सम्झौता गर्यो भन्ने विषयमा पनि गम्भीर प्रश्न उठाएको छ ।’ सम्झौता गर्ने क्यानडा सरकारको ग्लोबल अफेयर्स विभागलाई गत हप्ता यसबारे सोधिएको थियो । मंगलबार समेत पटक पटक आग्रह गर्दा समेत अधिकारीहरुले कम्पनीको छनोटबारे कुनै प्रश्नको जवाफ दिएनन् ।

मान बहादुर थापा गोर्खाली सैनिकको रुपमा १५ वर्ष बिताएका मान बहादुर थापा पनि यो विष्फोटमा बााच्न सफल भएका थिए । उनको काँधमा अझै पनि बमका छर्रा छन् र यो आक्रमणबारे निकै कम सम्झिन्छन् । थापाका अनुसार उनी घटनाको करिब २ हप्तापछि दिल्लीको एक अस्पतालमा होसमा आएका थिए जहाँ उनले आफूलाई शोकाकूल आफन्तका अनुहारले घेरिएको अवस्थामा पाएका थिए । ‘म रुन्थें’ थापाले सीबीसी न्यूजसँग भने ‘डेढ महिनाको अवधि निकै कठिन थियो । मलाई लाग्थ्यो त्यो कष्टकर अवस्थामा बाँच्नुभन्दा शायद मृत्यु सजिलो हुनथ्यो ।’

थापाका अनुसार दिल्लीमा भारतको लागि क्यानडाको दूतावासका कर्मचारी र स्वयं राजदूतले नियमित रुपमा घाइते सुरक्षाकर्मीहरुसँग काबुलमा रहँदा उनीहरुको खाना, आवास र काम गर्ने स्थितिको बारेमा सोधिरहन्थे तर ती गोर्खालहिरु कम्पनीको नीतिका कारण आफ्नो समस्याबारे बोल्न प्रतिबन्धित थिए । ‘गोर्खालीहरुको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको काममा जाँदा र फर्किंदा सुरक्षाको थियो । पश्चिमाहरु त काबुलमा हतियारबन्द एसयुभी र सैनिकका गाडीका हिँड्ने’ थापाले भने । थापाका अनुसार उनीहरुले १ वर्षदेखि कम्पनीसँग सुरक्षाको कुरा उठाइरहेका थिए तर कम्पनीले वास्ता गरेन ।

नेपाल सरकारले २ वर्षदेखि क्यानडा सरकारसँग ती बाँच्न सफल गोर्खाली र मारिने गोर्खालीका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास गरिरहेको छ । नेपाल सरकारले उक पटक औपचारिक कूटनैतिक नोट समेत पठायो तर पीडितले कुनै क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाली राजनीतिज्ञले सार्वजनिक रुपमै क्यानडामाथि बेवास्ता र गोर्खालकिो सुरक्षामा असफल भएको आरोप लगाएका छन् । तर, क्यानडा सरकारले यस विषयमा केही गरेको छैन । ‘ती सुरक्षाकर्मी र क्यानडा सरकारबीच कुनै रोजगारी सम्झौता छैन । ती गार्डहरुलाई सब्रेले काममा राखेको हो’ तत्कालीन क्यानडाली विदेशमन्त्री स्टेफेन डायोनले विष्फोटको उक महिनापछि एक प्रेस नोटमा भनेका थिए ।

चित्र कुमारी कोइराला चित्र कुमारी कोइराला काबुलमा मारिले गोर्खालीमध्ये एक मधुसुदन कोइरालाकी विधवा हुन् । १७ वर्ष नेपाली सेनामा काम गरेर अवकाश पाएका कोइरालाकी पत्नी चित्रकुमारीले क्यानडा सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएकोप्रति आक्रोशित छिन् । ‘हाम्रो परिवारले उनीहरुको सुरक्षामा काम गरिरहेको थियो’ कोइरालाले भनिन् ‘जब मारिसहरु ड्युटीमा मारिन्छन्, उनीहरुको (क्यानडालीको) कुनै जिम्मेवारी हुँदैन ? उनीहरुले स्वीकार गर्नुपर्छ कि हाम्रा नेपालीहरु उनहिरुको गैरजिम्मेवार व्यवहार र बेवास्ताका कारण मारिएका हुन् । उनहिरुले हाम्रो कुरा सुन्नुपर्छ ।’

नेपाली गोर्खालीहरु विश्वभर आफ्नो बहादुरीका लागि परिचित छन् । उनीहरुले १९ औं शताब्दीदेखि बेलायती सेनामा सेवा गरिरहेका छन् र अहिलेका ‘वार जोन’मा उनीहरु लामो समयसम्म कठिन परिस्थितिका काम गर्नका लागि पहिरो रोजाइमा छन् । कोइरालाले आफ्ना श्रीमानलाई सब्रेको लागि काम नगर्न बिन्ती गरेको बताइन् । यो दम्पतीले यसअघि नै एक छोरा र एक छोरी गुमाएको पीडा झेलिसकेका थिए । २०१५ को भूकम्पमा उनीहरुका दुई सन्तान मारिएका थिए ।

‘उहाँले मलाई छ महिनामा फर्किन्छु भनेर सान्त्वना दिनुभयो’ कोइरालाले भनिन् ‘उहाँले हाम्रो छोरा मारिएको पीर नगर्न सम्झाउनुभयो र जीवनभर मेरो ख्याल राख्ने बाचा गर्नुभयो ।’ अफगानिस्तानमा रहँदा पनि उनका श्रीमानले उनलाई आफू सुरक्षित रहेको र खतरा भनेको १० मिनेटको बाटोको यात्रामा मात्र भएको बताउने गर्थे । उनीहरुको अन्तिम कुराकानीले उनको घाउ बल्झाइरहन्छ । ‘उहाँले भन्नुभएको थियो – सबै भाग्यको खेल हो त्यसैले राम्रो सोच ।’

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा
top news

प्रेमीले आफ्नो जिन्दगीसँग खेलबाड गरेको भन्दै कक्षा १२ मा अध्यनरत साधनाले संसारबाट नै लिइन् बिदा

सबै कामहरु छाडेर चर्चित कलाकार सागर लम्साल बलेले थाले बैँकमा काम गर्न
top news

मलेसियाबाट यी सोझा पतिले पठाएको लाखौँ रकम नाठोलाई खुवाएर नाठोसँग मस्ति गरेकी सुष्मा अन्तत सानी छोरी र पतिको मायालाई लत्याएर भागिन्

प्रेम विबाह गरेका चितवनका  रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम
top news

प्रेम विबाह गरेका चितवनका रमेश कोरिया गएर लुके, १० वर्षसम्म पतिले सम्मर्क नगरेपछि लक्ष्मीले पतिले धोका दिएको भन्दै घरकै दराजमा सल बाँ धेर चालिन् यस्तो अप्रिय कदम

तपाईको आजको दिन कस्तो छ ?  असार २३ गते बिहिबारको हेर्नुहोस राशिफल
समाज

पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस साउन २१ गतेको राशीफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com