पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल यो सन्सारबाट बिदा भएको पनि ३ बर्ष भएको छ । उनकी कान्छी श्रीमति विना मगर अहिले प्रचण्ड परिवारसँग छन् ।
पछिल्लो पटक खानेपानी मन्त्री भएकी विना संसद विघटनसँग राजिनामा दिएर परिवार बिच नै रमाएकी छिन् ।
प्रचण्डकी जेठी बुहारी श्रृजना त्रिपाठीको तर्फबाट पनि एक छोरा छन् । अहिले ती विना मगरसँगै छन् । जेठी बुहारीलाई प्रचण्ड परिवारले घरमा प्रवेश दिएको छैन तर उनको छोरा भने आफैंसँग राखेको छ ।
हादै मन्त्रीबाट राजीनामा दिएपछि विना मगर फर्सदमा भएको उनको एक फेसबुक स्टटसले बताएको छ । उनी कार चलाउन सौखिन छिन् । र केटाकेटी कारमा राखेर यता उता उनी गरिरहन्छिन् ।
यसपटक उनले दुई छोरा र भाञ्जीसहित कार चलाइरहेको तस्बिर फेसबुक वालमा राखेकी छिन् । उनले तस्बिरमा लेखेकी छिन् ‘हामी पनि यता छौं है!’
खानेपानी मन्त्रीबाट हालै राजीनामा दिएकी विना मगर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी भएकै कारण पनि मिडियामा चर्चामा रहन्छिन् ।
उनका पति प्रकाश पछिल्लो प्रतिनिधिसभा चुनाव अघि नै यो सन्सार छोडेर गै सकेका छन् । विनाले चलाइरहेको कारभित्र प्रकाशको जेठी पत्नीबाट एक र विनाका तर्फबाट एक गरी दुई छोरा र भान्जी देखिन्छन् ।
रवि लामिछानेपछि भारतीय हावा पत्रकार सुधिर चौधरी विरुद्ध खनिए अर्का होनाहार पत्रकार अपिल त्रिपाठी, हिन्दीमा नै यसरी झपारे अपिलले जि न्यूजका सुधिरलाई, सुधिरलाई भारतीयहरुले नै गर्दा रहेनछन् विश्वास
आज चर्चित अभिनेत्री गौरी मल्लको जन्मदिन, शुभकामना दिनेको ओइरो
काठमाडौ, आज चर्चित अभिनेत्री गौरी मल्लको जन्मदिन परेको छ । माघ ३ गते अर्थात शनिबार उनको जन्म दिन परेको हो । उनको जन्म दिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । उनि चलचित्र जगतकी एक सफिल अभिनेत्री रहेकी हुन् उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन्।
सन् २००२ मा उनले नेपालको मोसन पिक्चर अवार्ड प्राप्त गरेकी थिइन्। न् २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उनले ूउत्कृष्ट सहायक अभिनेत्रीूको पुरस्कार समेत हात पारेकी थिइन् । दर्जनौ भन्दा बढि चलचित्रमा अभिनय गरेकी उनले हिन्दी चलचित्र ‘इस्किया’ मा माधुरी दीक्षितसँग पनि अभिनय गरिसकेकी छिन् । चलचित्र सन्तान बाट पाइला टेकेकी गौरी मल्ललाई छोरीले जन्मदिनको शुभकामना दिदा उनले यो बर्षको पहिलो केक भन्दै धन्यवाद दिएकी छिन् ।
Read More
आयआर्जनमा सहयोगी बन्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम
–भेषराज बस्नेत
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेमा बेरोजगार नागरिकको आयआर्जनमा सहयोगी बन्दै गएको छ । लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत सम्पन्न भएका गार्मेन्ट निर्माण, नेतृत्व विकास तथा प्रस्तावना लेखन, विद्युत् वायरिङलगायतका सीपमूलक तालीमबाट ग्रामीण क्षेत्रका नागरिकको आयआर्जन र रोजगारीमा सहयोग पुगेको छ ।
जिल्लाको राप्तीसोनारी, नरैनापुर, बैजनाथ, खजुरा, जानकी र खजुरा गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम ग्रामीण नागरिकका पक्षमा क्षमता विकास, आयआर्जन र जीवनयापन सहज बनाउनका सहयोगी देखिएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जानकारी दिनुभयो
“लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले ग्रामीण नागरिकको आयआर्जन र रोजगारीमा प्रत्यक्षरुपमा सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “बेरोजगार नागरिकलाई क्षमता विकास र आयआर्जन बढाउन यो कार्यक्रम कोसेढुङ्गा सावित भएको छ ।”
उहाँले कार्यक्रम सञ्चालन तथा छनोटका लागि भएका प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै तालीममा सिकेको सीपलाई आयआर्जनका लागि पेशा सञ्चालनमा समेत समन्वय गर्नसके कार्यक्रम अझ प्रभावकारी हुने बताउनुभयो ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले माग र आवश्यकताका आधारमा कार्यक्रम छनोट गरिएकोले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गाउँपालिकाका लाभग्राही नागरिकको जीवनमा उल्लेख्य सहयोग पुगेको बताउनुभयो ।
सो गाउँपालिकामा कार्यक्रमअन्तर्गत वडा नं ३ र ४ आदिवासी थारु महिलाका लागि तीनमहिने गार्मेन्ट निर्माण तालीम, वडा नं ८ र ९ का युवालाई १५ दिने नेतृत्व विकास तथा प्रस्तावना लेखन तालीम, वडा नं १ देखि ९ सम्मका युवालाई सुरक्षा सेवा र लोकसेवा परीक्षाका लागि एकमहिने तालीम, वडा नं ३ र ४ का युवालाई वाइरिङ तालीमको संयोजक श्रीवास्तवसहितको टोलीले अनुगमन गरेको कार्यक्रम सहजकर्ता जमुना चालिसले जानकारी दिनुभयोे ।
उहाँका अनुसार कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिकामा मुक्तकमैया महिलाका लागि व्यावसायिक बाख्रापालनका लागि बाख्रा सहयोग, बादी जातिका लागि सीप विकास तालीम, वडा नं ६ र ७ का थारु महिलाको परम्परागत सीपलाई बजारको मागअनुसारको सीप विकास तालीम, वडा नं ७ का ४०० ज्येष्ठ नागरिकका लागि न्यानो कपडा र थर्मस सहयोग कार्यक्रम सञ्चालन भएका छन् ।
उहाँले गत वर्ष वाइरिङ र ड्राइभिङ तालीमका सीप सिकेका ४० जना युवामध्ये २० जना युवाले आफ्नो पेशामा लागेर आयआर्जन गरिरहेको जानकारी दिनुभयो । तीन वटाका दरले एकल महिलालाई गरिएको बाख्रा सहयोगबाट हालसम्म सबैको घरमा नौ वटासम्म बाख्रा भएको उहाँको भनाइ छ ।
जिल्लामा यस वर्ष मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनका लागि महिला, युवा, मुक्तकमैया महिला, बादी जाति र ज्येष्ठ नागरिकलाई लक्षित गरी प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।
खजुरामा ५० महिला स्वरोजगार
कार्यक्रमअन्तर्गत खजुरामा सञ्चालित झोला उत्पादन कार्यक्रमबाट ५० जना महिलाले रोजगारी पाएका छन् । महिलाले उत्पादन गरेको व्यापारिक झोला बिक्रीवितरणका लागि बजारमा समेत पठाइसकिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।
“मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले खजुरालाई प्लाष्टिकमुक्त बनाउने अभियानमा सहयोगी भएको छ”, उहाँले रासससँग भन्नुभयो, “महिलाले सिकेको सीपबाट किफायत र सस्तो मूल्यमा झोला उत्पादन भएपछि प्लाष्टिकमुक्त खजुरा बनाउने अभियानमा सहयोग पुगेको छ ।”
प्लाष्टिक झोलाको साटो बजारमा महिलाले उत्पादन गरेको झोलाप्रति उपभोक्ता आकर्षित भएको पाइएको उहाँको भनाइ छ । खजुरा गाउँपालिकाको आठौँ गाउँसभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरिसकेको छ ।
“प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव गाउँसभाबाट सर्वसम्मतिले पारित भइसकेकाले अब हामी कार्यान्वयनको चरणमा रहेका छौँ”, अध्यक्ष कक्षपतिले भन्नुभयो, “गाउँपालिकाको आवश्यकता र नीतिसँग मिल्नेगरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले सञ्चालन गरेको झोला बनाउने तालीमले आगामी दिनमा धेरै महिला स्वरोजगार हुनुहुनेछ ।”
कार्यक्रमअन्तर्गत बाँकेको वैजनाथ गाउँपालिकामा पनि सीपमूलक तालीम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले बताउनुभयो ।
उहाँका अनुसार, वैजनाथमा चालू आर्थिक वर्षमा अतिविपन्न आर्थिक अवस्था कमजोर भएका व्यक्तिका लागि थारु हस्तकला उत्पादन, ब्युटीपार्लर, विद्युत् वायरिङ र बेत बाँस फर्निचर तालीम सञ्चालन भएका छन् ।
दुई महिनासम्म सञ्चालन हुने थारु हस्तकला उत्पादन तालीममा प्रत्येक वडाबाट दुई जनाको दरले आठ वडाबाट १६ जना, ४५ दिन सञ्चालन हुने ब्युटीपार्लर तालीममा १६ जना, तीन महिनासम्म सञ्चालन हुने विद्युत वायरिङ तालीममा २५ जना र तीन महिनासम्म सञ्चालन हुने बेत बाँस फर्निचर तालीममा २५ जना सहभागी रहेको कार्यक्रमका सहजकर्ता केशव चालिसेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जानकी र डुडुवा गाउँपालिकामा पनि सीपमूलक तालीम सञ्चालनको तयारी भइरहेको छ । स्थानीयको आवश्यकता र गाउँपालिकासँगको प्रत्यक्ष समन्वयमा कार्यक्रम तथा तालीमको छनोट गर्ने गरिएको छ ।
अति गरीब, विपन्न परिवार, मधेशी मुस्लिम, महिला बालबालिका, एकल महिला, शिक्षामा पछि परेका समुदाय र व्यक्तिका लागि आयआर्जन, शिक्षा र अतिआवश्यकीय सहयोगका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको कार्यक्रमका सहजकर्ता चालिसेले जानकारीदिनुभयो । अति गरीब, विपन्न र आर्थिकरुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष पनि गत वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै केही थप गरिनेछ ।
कार्यक्रमअन्तर्गत बेरोजगार महिलालाई सीपमूलक तालीम, कृषकलाई बीउ, अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको उहाँको भनाइ छ ।
वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरी जनतालाई प्रदेश सरकारको अनुभूति गराउन सफल भएको जनाउँदै कार्यक्रमबाट गाउँपालिकामा परिवर्तन हुनेगरी योजना बनाएर निष्पक्ष र पारदर्शीरुपमा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले अति विपन्न परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । आर्थिक तथा सामाजिकरुपमा प्रत्यक्ष लाभान्वित हुनेगरी कार्यक्रम छनोट गरिएको उहाँको भनाइ छ ।
जिल्ला समन्वय समिति सदस्य चेतबहादुर घर्तीले बाँकेमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी देखिएको दाबी गर्नुभयो । “मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत भएका तालीम तथा कार्यक्रमको हामीले प्रत्यक्षरुपमा अनुगमन तथा अवलोकन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका अतिविपन्न तथा बेरोजगार जनतालाई आयआर्जन बढाउन यो कार्यक्रम सहयोगी बनेको छ ।”
उहाँले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जनतालाई प्रदेश सरकारको अनुभूति गराउन आवश्यकपर्ने सहयोग र समन्वयका लागि जिल्ला समन्वय समिति सदैव तयार रहेको बताउनुभयो । (खोजी समाचार)
READ MORE,
आज श्री शाके १९४२ बि.स.२०७७ साल पौष १९ गते आईतबार इश्वी सन २०२१ जनवरी ३ तारीख पौष कृष्णपक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी मघा नक्षत्र प्रीति योग कौलव करण चन्द्रमां सिंह राशिमा आनन्दादि योगमा मुद्गर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।