• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
शेरधनले लुकी लुकी माया प्रेम साटेकी यि सुन्दरी युवती भन्छिन् छोटो समयमा नै माया प्रेम बस्यो

शेरधनले लुकी लुकी माया प्रेम साटेकी यि सुन्दरी युवती भन्छिन् छोटो समयमा नै माया प्रेम बस्यो

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

शेरधनले लुकी लुकी माया प्रेम साटेकी यि सुन्दरी युवती भन्छिन् छोटो समयमा नै माया प्रेम बस्यो

by gazab g
January 16, 2021
in top news, फिचर
0
शेरधनले लुकी लुकी माया प्रेम साटेकी यि सुन्दरी युवती भन्छिन् छोटो समयमा नै माया प्रेम बस्यो
639
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

केपी ओलीका खास मान्छे शेरधन राईले लुकी लुकी माया प्रेम साटेकी यि सुन्दरी युवती भन्छिन् छोटो समयमा नै माया प्रेम बस्यो, उहाँले जे जे भन्नुभयो म मान्दै गए र माघ ११ गते विबाहका लागि तयार भयौँ, हेर्नुहोस् ज्याङ्मुसँग कुराकानी गरिएको यो रमाइलो भिडियो

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने
मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।

उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने स्रोतले सेतोपाटीलाई जानकारी दियो।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।

राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो।

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

११
वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

यसैगरी, ४९ वर्षीय राई २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन्। उनी तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश एकको मुख्यमन्त्री भएका हुन्।

यो पनि पढ्नुहोस्

ADVERTISEMENT

४४ जनाले बुझाए व्यक्तिगत विवरण

काठमाडौँ विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ ।

केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक अपिल गरेपछि केयुको उपकुलपति बन्न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण बुझाउनुभएको थियो ।

केयु प्राध्यापक सङ्घले विश्वविद्यालयको नेतृत्वमा उत्रेका उहाँहरुमध्ये ३७ प्राज्ञिक व्यक्तित्वले प्रतिस्पर्धा गर्नु सकारात्मक सन्देश भनेको छ । “धेरै प्राज्ञिक व्यक्तित्वले केयुको नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको छ हामीले नेतृत्व गर्न चाहने आकाङ्क्षीसँग आजैदेखि छलफल शुरु गर्दैछौँ”, सङ्घका सभापति प्रा डा विवेक बरालले भन्नुुभयो । उहाँका अनुसार उपकुलपति सिफारिस समितिलाई विश्व परिस्थितिअनुसार विश्वविद्यालयलाई नवीन सोचका साथ डो¥याउने, शैक्षिक क्षेत्रको उन्नयन तथा मार्गनिर्देशित गर्ने उद्देश्य बोकेको सक्षम, निष्ठावान् र उत्कृष्ट उम्मेदवार छनोट गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले छलफल शुरु गरिएको हो ।

सङ्घको छलफल कार्यक्रम तालिका अनुसार उपकुलपति आकाङ्क्षी उम्मेदवारसहित आज साँझ शुरुगरी आइतबार र सोमबारसम्म सङ्घ आबद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको हो । सङ्घले केयुमा लामो समय एउटै व्यक्ति दोहो¥याउँदा उपकुलपति सिफारिस प्रक्रिया अपारदर्शी तथा सिफारिस समितिप्रति शङ्का पैदा हुने भएकाले बृहत् छलफल तथा आम चाहनाअनुसार उपकुलपति चयन गर्न आग्रहसमेत गरेको छ । “केयु कार्यकारी परिषद्ले आवधिक पदमा एक व्यक्ति एक पद र अधिकतम दुई कार्यकालको पद्धतिको विकास गर्नेमा निर्णय गरिसकेको छ”, डा बरालद्वारा हस्ताक्षरित सङ्घको विज्ञप्तिमा उल्लेख भनिएको छ, “यसर्थ हालका उपकुलपतिले नेतृत्व गर्ने लोभ नरहेको विषय विभिन्न अन्तवार्ता भनिसकेको र पद्धति विकासमा हस्तक्षर गरिसकेकाले एकै व्यक्तिलाई सिफारिस गरिनु हुन्न ।”

विसं २०४८ मा स्थापित केयुमा प्रा डा सुरेशराज शर्माले २१ वर्ष र डा रामकण्ठ माकजुले आठ वर्ष नेतृत्व गरिसकेका छन् । डा माकजुको दोस्रो कार्यकाल यही हप्ता अर्थात् माघ ७ गते सकिँदैछ । उहाँको कार्यकाल माघ पहिलो हप्ता सकिने भएपछि विश्वविद्यालय सभाले गत पुसमै शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिका केयुका संस्थापक उपकुलपति डा सुरेशराज शर्मा र केयु संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना सदस्य हुनुहुन्छ । सिफारिस समितिले तीन जनाको नाम सिफरिस गर्ने र त्यसमध्येका एकलाई उपकुलपति नियुक्त गर्ने प्रावधान छ ।

विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न पहिलोपटक सार्वजजिकरुपमा दर्खास्त आह्वान गरेपछि ३७ प्राध्यापक÷प्राज्ञिक तथा बाँकी सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्र बाहिरका सहित ४४ ले व्यक्तिगत विवरण बुझाएको मन्त्रालय स्रातले जनायो ।

वर्तमान उपकुलपति डा माकजुले पनि पुनःनियुक्तिका लागि व्यक्तिगत विवरण बुझाएको जनाइएको छ । सिफारिस समितिले व्यक्तिगत विवरण रुजु गरिसकेकाले आउँदो सोमबार थप छलफल गर्ने कार्यतालिका बनाएको छ ।

उपकुलपति नियुक्त गर्न पहिलोपटक सार्वजजिकरुपमा दर्खास्त आह्वान गरेकामा खुशी व्यक्त गर्दै सङ्घका महासचिव डा विकास अधिकारीले विवादरहित व्यक्तिलाई विश्वविद्यालयको नेतृत्वमा ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बद्लिँदो विश्व–परिस्थितिअनुसार विश्वविद्यालयलाई डो¥याउने योग्य, सक्षम, निष्ठावान् र कहीँकतै विवादमा नफसेको व्यक्तिको आवश्यकता छ, यो सिफारिस समितिले मनन गरोस् ।” शिक्षासँग सरोकार राख्ने विभिन्न संस्था एवं व्यक्तिले केही हप्तादेखि केयुमा विवादरहीत व्यक्तिलाई नेतृत्व प्रदान गर्न आग्रह गर्दै आएका छन् ।

आयआर्जनमा सहयोगी बन्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम
–भेषराज बस्नेत

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेमा बेरोजगार नागरिकको आयआर्जनमा सहयोगी बन्दै गएको छ । लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत सम्पन्न भएका गार्मेन्ट निर्माण, नेतृत्व विकास तथा प्रस्तावना लेखन, विद्युत् वायरिङलगायतका सीपमूलक तालीमबाट ग्रामीण क्षेत्रका नागरिकको आयआर्जन र रोजगारीमा सहयोग पुगेको छ ।

जिल्लाको राप्तीसोनारी, नरैनापुर, बैजनाथ, खजुरा, जानकी र खजुरा गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम ग्रामीण नागरिकका पक्षमा क्षमता विकास, आयआर्जन र जीवनयापन सहज बनाउनका सहयोगी देखिएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जानकारी दिनुभयो

“लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले ग्रामीण नागरिकको आयआर्जन र रोजगारीमा प्रत्यक्षरुपमा सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “बेरोजगार नागरिकलाई क्षमता विकास र आयआर्जन बढाउन यो कार्यक्रम कोसेढुङ्गा सावित भएको छ ।”

उहाँले कार्यक्रम सञ्चालन तथा छनोटका लागि भएका प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै तालीममा सिकेको सीपलाई आयआर्जनका लागि पेशा सञ्चालनमा समेत समन्वय गर्नसके कार्यक्रम अझ प्रभावकारी हुने बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले माग र आवश्यकताका आधारमा कार्यक्रम छनोट गरिएकोले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गाउँपालिकाका लाभग्राही नागरिकको जीवनमा उल्लेख्य सहयोग पुगेको बताउनुभयो ।

सो गाउँपालिकामा कार्यक्रमअन्तर्गत वडा नं ३ र ४ आदिवासी थारु महिलाका लागि तीनमहिने गार्मेन्ट निर्माण तालीम, वडा नं ८ र ९ का युवालाई १५ दिने नेतृत्व विकास तथा प्रस्तावना लेखन तालीम, वडा नं १ देखि ९ सम्मका युवालाई सुरक्षा सेवा र लोकसेवा परीक्षाका लागि एकमहिने तालीम, वडा नं ३ र ४ का युवालाई वाइरिङ तालीमको संयोजक श्रीवास्तवसहितको टोलीले अनुगमन गरेको कार्यक्रम सहजकर्ता जमुना चालिसले जानकारी दिनुभयोे ।

उहाँका अनुसार कार्यक्रमअन्तर्गत राप्तीसोनारी गाउँपालिकामा मुक्तकमैया महिलाका लागि व्यावसायिक बाख्रापालनका लागि बाख्रा सहयोग, बादी जातिका लागि सीप विकास तालीम, वडा नं ६ र ७ का थारु महिलाको परम्परागत सीपलाई बजारको मागअनुसारको सीप विकास तालीम, वडा नं ७ का ४०० ज्येष्ठ नागरिकका लागि न्यानो कपडा र थर्मस सहयोग कार्यक्रम सञ्चालन भएका छन् ।

उहाँले गत वर्ष वाइरिङ र ड्राइभिङ तालीमका सीप सिकेका ४० जना युवामध्ये २० जना युवाले आफ्नो पेशामा लागेर आयआर्जन गरिरहेको जानकारी दिनुभयो । तीन वटाका दरले एकल महिलालाई गरिएको बाख्रा सहयोगबाट हालसम्म सबैको घरमा नौ वटासम्म बाख्रा भएको उहाँको भनाइ छ ।

जिल्लामा यस वर्ष मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनका लागि महिला, युवा, मुक्तकमैया महिला, बादी जाति र ज्येष्ठ नागरिकलाई लक्षित गरी प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।

खजुरामा ५० महिला स्वरोजगार

कार्यक्रमअन्तर्गत खजुरामा सञ्चालित झोला उत्पादन कार्यक्रमबाट ५० जना महिलाले रोजगारी पाएका छन् । महिलाले उत्पादन गरेको व्यापारिक झोला बिक्रीवितरणका लागि बजारमा समेत पठाइसकिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

“मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले खजुरालाई प्लाष्टिकमुक्त बनाउने अभियानमा सहयोगी भएको छ”, उहाँले रासससँग भन्नुभयो, “महिलाले सिकेको सीपबाट किफायत र सस्तो मूल्यमा झोला उत्पादन भएपछि प्लाष्टिकमुक्त खजुरा बनाउने अभियानमा सहयोग पुगेको छ ।”

प्लाष्टिक झोलाको साटो बजारमा महिलाले उत्पादन गरेको झोलाप्रति उपभोक्ता आकर्षित भएको पाइएको उहाँको भनाइ छ । खजुरा गाउँपालिकाको आठौँ गाउँसभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरिसकेको छ ।

“प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव गाउँसभाबाट सर्वसम्मतिले पारित भइसकेकाले अब हामी कार्यान्वयनको चरणमा रहेका छौँ”, अध्यक्ष कक्षपतिले भन्नुभयो, “गाउँपालिकाको आवश्यकता र नीतिसँग मिल्नेगरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले सञ्चालन गरेको झोला बनाउने तालीमले आगामी दिनमा धेरै महिला स्वरोजगार हुनुहुनेछ ।”

कार्यक्रमअन्तर्गत बाँकेको वैजनाथ गाउँपालिकामा पनि सीपमूलक तालीम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले बताउनुभयो ।
उहाँका अनुसार, वैजनाथमा चालू आर्थिक वर्षमा अतिविपन्न आर्थिक अवस्था कमजोर भएका व्यक्तिका लागि थारु हस्तकला उत्पादन, ब्युटीपार्लर, विद्युत् वायरिङ र बेत बाँस फर्निचर तालीम सञ्चालन भएका छन् ।

दुई महिनासम्म सञ्चालन हुने थारु हस्तकला उत्पादन तालीममा प्रत्येक वडाबाट दुई जनाको दरले आठ वडाबाट १६ जना, ४५ दिन सञ्चालन हुने ब्युटीपार्लर तालीममा १६ जना, तीन महिनासम्म सञ्चालन हुने विद्युत वायरिङ तालीममा २५ जना र तीन महिनासम्म सञ्चालन हुने बेत बाँस फर्निचर तालीममा २५ जना सहभागी रहेको कार्यक्रमका सहजकर्ता केशव चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जानकी र डुडुवा गाउँपालिकामा पनि सीपमूलक तालीम सञ्चालनको तयारी भइरहेको छ । स्थानीयको आवश्यकता र गाउँपालिकासँगको प्रत्यक्ष समन्वयमा कार्यक्रम तथा तालीमको छनोट गर्ने गरिएको छ ।

अति गरीब, विपन्न परिवार, मधेशी मुस्लिम, महिला बालबालिका, एकल महिला, शिक्षामा पछि परेका समुदाय र व्यक्तिका लागि आयआर्जन, शिक्षा र अतिआवश्यकीय सहयोगका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको कार्यक्रमका सहजकर्ता चालिसेले जानकारीदिनुभयो । अति गरीब, विपन्न र आर्थिकरुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष पनि गत वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै केही थप गरिनेछ ।

कार्यक्रमअन्तर्गत बेरोजगार महिलालाई सीपमूलक तालीम, कृषकलाई बीउ, अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको उहाँको भनाइ छ ।

वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरी जनतालाई प्रदेश सरकारको अनुभूति गराउन सफल भएको जनाउँदै कार्यक्रमबाट गाउँपालिकामा परिवर्तन हुनेगरी योजना बनाएर निष्पक्ष र पारदर्शीरुपमा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले अति विपन्न परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । आर्थिक तथा सामाजिकरुपमा प्रत्यक्ष लाभान्वित हुनेगरी कार्यक्रम छनोट गरिएको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति सदस्य चेतबहादुर घर्तीले बाँकेमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी देखिएको दाबी गर्नुभयो । “मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत भएका तालीम तथा कार्यक्रमको हामीले प्रत्यक्षरुपमा अनुगमन तथा अवलोकन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका अतिविपन्न तथा बेरोजगार जनतालाई आयआर्जन बढाउन यो कार्यक्रम सहयोगी बनेको छ ।”

उहाँले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जनतालाई प्रदेश सरकारको अनुभूति गराउन आवश्यकपर्ने सहयोग र समन्वयका लागि जिल्ला समन्वय समिति सदैव तयार रहेको बताउनुभयो । (खोजी समाचार)

Share256Tweet160Share64
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै
top news

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा
top news

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

जल शाहको हरेक चिजमा हाँसो उड्छ उठ्छ रे रमेशलाई
फिचर

पत्नि, नाबालक छोरा र बृद्धा आमालाई छाडेर परस्त्रीसँग भागेका दीपकलाई सन्तोष देउजाले भारतबाट समातेर नेपाल ल्याए

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो
top news

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!