• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
एक महिनामा नै १० लाख बढी आम्दानी गर्छन् गायक पशुपति शर्माले

एक महिनामा नै १० लाख बढी आम्दानी गर्छन् गायक पशुपति शर्माले

विबाह गरे लगत्तै हनिमुनका लागि निस्किन् लोकप्रिय गायिका अञ्जु पन्त

विबाह गरे लगत्तै हनिमुनका लागि निस्किन् लोकप्रिय गायिका अञ्जु पन्त

माझी बस्तीकी जन्मदाता हुन् श्वेता, लाख काम गर्दा पनि जस नपाउने उनको कर्म

माझी बस्तीकी जन्मदाता हुन् श्वेता, लाख काम गर्दा पनि जस नपाउने उनको कर्म

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

एक महिनामा नै १० लाख बढी आम्दानी गर्छन् गायक पशुपति शर्माले

by gazab g
January 17, 2021
in मनोरञ्जन
0
एक महिनामा नै १० लाख बढी आम्दानी गर्छन् गायक पशुपति शर्माले
557
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

एक महिनामा नै १० लाख बढी आम्दानी गर्छन् गायक पशुपति शर्माले, पैसाले पुगेपछि थाले यस्तो नयाँ काम, काठमाडौँमा आफ्ना लागि घर बनाउनु अघि नै बा आमाका लागि गाउँमा नै बनाइदिए बंगला



पहिचानका खोजीमा झापाको ‘भक्का’
हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का खाँदा न्यानो मात्र हुँदैन, यसबाट प्राप्त स्वाद र सन्तुष्टिले आनन्द दिन्छ । आदिवासी राजवंशी समुदायले परापूर्वकालदेखि खाँदै आएका भक्का अहिले पूर्वी तराईको साझा परिकार बनेको छ । भोक मेटिने र अनुपम स्वाद भेटिने हुँदा बच्चादेखि पाकासम्मका लागि बिहानी खाजाका रुपमा भक्का लोकप्रिय बनेको छ ।

धानको चामललाई पीठो बनाएर माटाको हण्डी (भाडा)मा पकाइने बटुका आकारको सुख्खा परिकार नै भक्का हो । राजवंशी भाषामा यसलाई ‘भाक्का’ भनिन्छ । पहिलेपहिले बाफ उड्दै गरेको तात्तातो भक्का ढकीमा बोकेर राजवंशी महिला गाउँतिर बेच्न लैजान्थे । आफूले बाल्यकालमा केराको पातमा राखेर भक्का खाएको सम्झना आइरहने नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले बताउनुभयो ।

“पिरोपिरो चटनीमा चोबेर खाँदाको स्वाद नै अर्कै हुन्छ”, विगत ४० वर्षदेखि भक्का खाँदै आएको अनुभूति सुनाउँदै उहाँ भन्नुहुन्छ, “राजवंशी समुदायका महिलाले मात्र भक्का पकाउने र बेच्ने गर्छन्, यसमा त्यो समुदायको सांस्कृतिक पहिचान गाँसिएको छ ।”

अहिले व्यावसायिकरुपमा भक्काको उत्पादन हुन थालेको छ । ठूला होटल र रेस्टुराँमा यसको बिक्री बढेको छ । यसको इतिहास, परम्परा र पहिचानका लागि भक्काको गहन खोज तथा अनुसन्धान जरुरी भएको पत्रकार काजीको धारणा छ । अनुसन्धान भएपछि भक्कालाई राजवंशी जातिको नेपाली परिकारका रुपमा अन्तरराष्ट्रिय पहिचान दिलाउन सहज हुने उहाँले बताउनुभयो ।
गीतकार ज्ञानु राजवंशी विदेशी खाद्य परिकारले बजारमा कब्जा गरिरहेको अवस्थामा आदिवासी राजवंशी समुदायको भक्का, मुरीलगायतका नेपाली मौलिक परिकार ओझेलमा परेको गुनासो गर्नुभयो । “आज भाक्का राजवंशीको भान्साभित्र मात्र सीमित छैन”, उहाँ भन्नुहुन्छ, “गैर आदिवासी नै भक्काको स्वादमा रमाउने गर्नुभएको छ । तर सरकारले यसलाई पहिचान दिलाउन र प्रवद्र्धन गर्न मद्दत गरेको छैन ।”

विर्तामोड र काँकडभिट्टामा होटल व्यवस्थापनको अध्यापन गर्दै आउनुभएका स्प्रिन्डल कलेजका प्रबन्धक नीरज श्रेष्ठले उत्कृष्ट नेपाली परिकारका रुपमा भक्कालाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो । भक्काको स्वाद र यसमा पाइने पौष्टिक तत्वका बारेमा वैज्ञानिक खोज तथा अनुसन्धान गर्नसके अन्तरराष्ट्रिय बजारमा यसले पहिचान पाउने उहाँको सुझाव छ ।

सय डिग्री सेल्सियसको तापक्रममा उम्लिएको पानीको बाफमा उसिनेर पकाइने हुँदा भक्का शुद्ध, अर्गानिक र स्वास्थ्यबद्र्धक खुराक भएको श्रेष्ठले बताउनुभयो । बिबिसीले हालै आयोजना गरेको ‘मास्टर सेफ प्रोफेसनल २०२०’ प्रतियोगितामा दोस्रो भएका नेपाली सेफ सन्तोष साहले बेलायतमा नेपाली टोपी लगाएर भक्कासमेत पकाएको उहाँले स्मरण गर्नुभयो ।

झापा हुँदै भक्काको परिकार पहाड मात्र उक्लिएको छैन, काठमाडौँका केही रेस्टुराँमा यसले ग्राहक पल्काउन थालिसकेको छ । बाहै्र महिना चिसो भइरहने इलामको पर्यटकीयस्थल कन्याममा एक व्यक्तिले भक्काको व्यापार शुरु गरेका छन् । झापा घर बताउने माया खड्का ताजपुरीयाले काठमाडौँको डिल्लीबजार ओरालोमा बिहान भक्का बेच्न शुरु गरेकी छन् । काठमाडौँमा माग बढेको हुँदा भक्काको व्यापारले उहाँलाई राम्रै फाइदा दिएको छ । अनामनगर, भृकुटीबजार र बागबजारका केही रेस्टुराँमा भक्का बिक्री हुने गरेको छ ।

भक्का दिवस

भक्काको प्रवद्र्धन गर्न जिल्लामा विगत चार वर्षदेखि भक्का दिवस मनाउन थालिएको छ । गत पुस २९ गते विर्तामोडमा ‘कोचिला गाभुर फ्रन्ट’ नामक सामाजिक संस्थाले भक्का दिवसको आयोजना गरेको हो ।

ADVERTISEMENT

भक्कालाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले भक्का दिवस मनाउन थालिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले जानकारीभयो । यसपाली विगतको तुलनामा भव्यताका साथ दिवस मनाइएको थियो । भक्का खान हजारौँ भेला भएका थिए ।

कार्यक्रममा जातीय पहिरन र गरगहनाले सजिएका राजवंशी युवतीले भक्का बनाएर पाहुनालाई खुवाएका थिए । सो अवसरमा झापाका राजनीतिक, सामाजिक र जातीय सङ्घसंस्थाका अगुवाको उल्लेखनीय सहभागिता थियो ।

कान्तिपुर दैनिकका झापा संवाददाता अर्जुन राजवंशीले भक्का दिवसलाई मान्यता दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले पूर्वी तराईमा बसोबास गर्ने आदिवासी राजवंशी जातिको मौलिक परिकार भक्का सांस्कृतिक पहिचान र महिलाको आर्थिक उन्नतिको आधार पनि भएको बताउनुभयो ।

जिल्लामा सयौँको सङ्ख्यामा राजवंशी महिलाले भक्काको व्यापारबाट जीविका चलाइरहेका छन् । मेचीनगर–१० धुलाबारी चोकमा हरेक बिहान भक्का बेच्दै आउनुभएकी रुपसरी राजवंशीले विगत २० वर्षदेखि भक्का बेचिरहेको बताउनुभयो ।

थोरै पूँजी र सामान्य भाँडाकुँडाबाटै नै भक्का बन्ने भएको हँुदा यसको व्यापार निकै फाइदाजनक छ । मेचीनगर, विर्तामोड, दमक, गौरादह, भद्रपुर, कचनकबललगायतका स्थानमा सयौँको सङ्ख्यामा भक्का बनाएर बेच्ने साना पसल चलेका छन् ।

Share223Tweet139Share56
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

विबाह गरे लगत्तै हनिमुनका लागि निस्किन् लोकप्रिय गायिका अञ्जु पन्त
मनोरञ्जन

विबाह गरे लगत्तै हनिमुनका लागि निस्किन् लोकप्रिय गायिका अञ्जु पन्त

माझी बस्तीकी जन्मदाता हुन् श्वेता, लाख काम गर्दा पनि जस नपाउने उनको कर्म
मनोरञ्जन

माझी बस्तीकी जन्मदाता हुन् श्वेता, लाख काम गर्दा पनि जस नपाउने उनको कर्म

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका
मनोरञ्जन

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर
मनोरञ्जन

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!