आफ्ना सन्तान जस्तो भएपनि आमाबुवाका लागि प्यारा हुन्छन् । उनीहरुलाई छोड्ने गर्ने विषयमा आमाबुवाले कल्पना पनि गर्न सक्दैनन् । तर संसारमा यस्ता ब्यक्ति पनि हुन्छन् जसले अपत्यारीलो काम गर्छन । क्यानाडामा बस्ने जोनो ल्यान्कास्टरले त्यस्तै अवस्थाको सामना गर्नुपरेको थियो । उनी जन्मदा सामान्य थिएनन् त्यसैले आमाबुवाले उनलाई छोडिदिए ।
उनमा बाल्यावस्थादेखि नै एउटा एकदमै दुर्लभ आ,नुवंशिक स,मस्या छ, जसको कारण उनको अनुहारको अवस्था एकदम अ’सामान्य छ। यस्तो अवस्थामा जन्मिएका उनलाई बुवाआमाले जन्मिएको ३६ घण्टामै छोरा अरुलाई धर्मपुत्रको रुपमा दिने निर्णय गरे ।
जब जोनोको जन्म भयो, उनको ट्रेचर कोलिन्स नामको समस्या थियो। यो दुर्लभ आ,नुवंशिक अ,वस्थाको कारण, उनको गालाका ,ह’ ड्डी’हरू छैनन् । यस समस्यालाई समाधान गर्न उनले धेरै शल्यकृया गरेका छन् । उनले धेरै पटक अरुवाट हाँसोको पात्र बने तर पनि उनले हिम्मत हा’रे’नन् ।
जोनको जीवन परिवर्तन हुन थाल्यो जब उनले रिफ्लेक्स बा’रमा काम पाए। यो काम पछि, उनको आत्मविश्वास बढ्यो र त्यसपछि उनले फिटनेसको क्षेत्रमा आफूलाई परिचित बनाए। जोनो स्वीकार्छन् कि उनी सँधै लजालु स्वभावको थिए तर जब उनले आफ्ना अनुभवहरू मानिसहरूलाई बाँड्न शुरू गरे, उनी पनि साहसी भए।
यस्तो अवस्थामा, उनी विगत धेरै वर्षदेखि विश्वभरका विद्यालयहरूमा घुम्दै छन् । आनुवंशिक गडबडीका कारण समस्या भोगेकाहरुलाई प्रोत्साहित गर्दै छन् । आफुलाई परिवर्तन गर्न जोनलाई पनि २२ वर्ष लाग्यो ।
उनले पहिला आफ्नै अनुहारलाई घृ’णा गर्थे। शा,री रिक र आर्थिक रूपमा सुधार भएपछि जोनोले टेलिभिजनमा पनि काम गर्न थाले र आज उनले आफ्नै जग बलियो बनाएका छन् । जोनो भन्छन् कि योग र ध्यानले उनलाई धेरै तहमा मद्दत गरेको छ
स्याउका बिरुवा निर्यात गर्दै किसान
जुम्लाका किसान स्याउका बिरुवा जिल्ला बाहिरा निर्यात गर्न लागिपरेका छन् । बाहिर जिल्लाका किसान बिरुवा लिन नर्सरीमै पुग्ने गरेको स्याउ किसान गोपाल रोकायाले जानकारी दिनुभयो ।
यस वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात गरेसँगै बाहिरी जिल्लाबाट स्याउका बिरुवा खरीद गर्न नर्सरीमै स्याउ लगाउने किसानको भीड हुने गरेका तिला गाउँपालिका– १ का वरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो । यस याममा मात्र करीब छ हजार स्याउका बिरुवा बेचेको सिञ्जा गाउँपालिका स्याउ किसान हंश कठायतले जानकारीदिनुभयो ।
उहाँले भन्नुभयो, “स्याउका बिरुवा लिन कृषि विकास कार्यालय दाङको टोली आइ र नर्सरीबाटै छ हजार बिरुवा लिएर गएको छ ।” रेड, रोयल र गोल्डेन जातका स्याउ जिल्ला बाहिर निर्यात भएको छ । स्याउका बिरुवा रोप्ने मौसम शुरु भएसँगै यहाँका स्थानीयवासी र जिल्ला बाहिरका किसान आउन थालेको यहाँका स्याउ नर्सरीका सञ्चालक बताउँछन् ।
नर्सरीमै रु ४० प्रतिबिरुवा बिक्री हुने गरेको यहाँका किसान बताउँछन् । फाट्टफुट्ट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ । निरोगी बिरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान यस याममा लागिपरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
कार्यालय जिल्लामा सञ्चालन आएदेखि स्याउखेतीमा आधुनिकीकरणदेखि किसानलाई चाहिने सीपमूलक तालीमले यहाँका स्याउ किसानलाई राहत भएको उहाँले बताउनुभयो । अर्गानिक मलखाद्य प्रयोग गरेर हुर्केका स्याउका बिरुवा किन्न व्यापारी गाउँमै पुग्ने गरेका छन् । स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गर्नका लागि यहाँका किसान सङ्गठिन हुने गरेको किसान परी काकीले जानकारी दिनुभयो ।
जिल्ला बाहिरबाट आएको मागअनुसार सबै किसानले सल्लाह गरेर एकैपटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ । यस कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकारात्मक छ । हरेक वर्ष जुम्लादेखि स्याउका बिरुवा निर्यात हुने गरेको छ । यहाँको बिरुवा तत्कालीन कर्णालीका पाँच जिल्ला, बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेको छ ।
चिसो हावापानीमा निरोगी बिरुवा पाइने भएकाले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन् । हाल जिल्लामा ११० नर्स फर्म कृषि विकास कार्यालयका दर्ता भएका छन् जसमध्ये करीब ८० नर्सरी धनीले सक्रियरुपमा विरुवा उमारिरहेको कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “साढे पाँच लाख नर्स बिरुवा जिल्लामा उत्पादन भएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो ।” जिल्ला बाहिर पठाउने तयारीमा रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउ लगाउने मौसम शुरु भएकाले बिरुवा बिक्री हुने अपेक्षा यहाँका स्याउ नर्सका सञ्चालकले गरेका छन् । योपटक सोचे जस्तो गरेर हिउँ नपरेकाले खाल्डा खन्न गाह्रो हुने भएको छ ।
अगामी फागुनको पहिलो सातासम्म स्याउ लगाउन मिल्ने भएकाले नर्सको माग आउने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । हाल जिल्लाको सिञ्जा क्षेत्र र गुठीचौर क्षेत्रतिरबाट स्याउ निर्यात भइरहेको जानकारी कार्यालयलाई आएको उहाँले बताउनुभयो ।
स्याउका बिरुवा यहाँका किसानको प्रमुख आम्दानीको स्रोतमध्ये एक हो । जिल्लामा ३८ सय हेक्टरमा स्याउ रोपिएकामध्ये करीब एक हजार ५०० हेक्टर क्षेत्रफलबाट स्याउले फल दिने गरेको सो कार्यालयले जनाएको छ ।
हाँडसिञ्जामा १५ शय्याको अस्पताल
कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिञ्जामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा पाँच, १० र १५ शय्याका अस्पताल निर्माण कार्यसँगै यहाँको हाँडसिञ्जामा अस्पताल निर्माण हुने गाउँपालिका अध्यक्ष नरवीर रावतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अस्पताल निर्माण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु १८ करोड ५० लाख विनियोजन गरेको छ । अस्पताल बनाउन २२ जना स्थानीयवासी तीन हजार ५०० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।” निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय बासिन्दालाई गाउँपालिकाले सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।
नागरिकले निःशुल्क उपचार गर्न पाउने यहाँका आठवटै स्थानीय तहकै ठूलो अस्पताल बन्ने भएपछि यहाँका स्थानीयवासी खुशी भएको गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताउनुभयो ।
सो अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि नागरिकले सहजरुपमा निःशुल्क उपचार पाउनेछन् । गत मङ्सिर २३ गते तिला–३ कुडारीमा १० शय्याको अस्पताल बनाउनका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गर्नुभएको थियो । यसैगरी कनकासुन्दरी गाउँपालिकाको हाँडसिञ्जा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ ।
यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण प्रयोगशाला सञ्चालन नहुँदा दुई दिन पैदलयात्रा गरी सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो । ग्रामीण भेगका स्वास्थ्यचौकीका ल्याब सञ्चालनमा आएपछि दिसापिसाव, खकारलगायत अन्य परीक्षण गर्न सहज भएको हाटसिञ्जा स्वास्थ्यचौकीका प्रमुख वीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।