• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
ओली र प्रचण्डको  दुई समूहबीच कु,टा,कुट: भयो भा,गाभाग

ओली र प्रचण्डको दुई समूहबीच कु,टा,कुट: भयो भा,गाभाग

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

ओली र प्रचण्डको दुई समूहबीच कु,टा,कुट: भयो भा,गाभाग

by gazab g
January 18, 2021
in मुख्य खबर
0
ओली र प्रचण्डको  दुई समूहबीच कु,टा,कुट: भयो भा,गाभाग

हुम्ला- प्रतिनिधिसभा विघटन भएसँगै विभाजित सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झ-ड- प हुन थालेको छ ।

समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्न थालेको नेकपामा स्थानीo तहमा झ-ड-प हुन थालेको हो ।

हुम्लाको अदानचुली गाउँपालिमा वडा कमिटी पुर्गठन गरेको विषयमा नेकपाका दुई समूहबीच कु-टा-कु-ट भएको छ ।

अदानचुलीको १ नम्बर वडाको कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि अर्को पक्षले आ-क्र-म-ण गरेको छ ।

वडा कमिटी गठन गरेर फर्कने क्रममा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले ढु-ङ्गा-मु-ढा गर्दा वडाध्यक्ष थापा घा-इ-ते भएका गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

थापाको टा-उको र मुखमा चो-ट लागेको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उ-प-चार गरिएको छ ।

Read More : आलेख ः सडक विस्तारले फेरिएको भोजपुरको मुहार

भोजपुर जिल्ला सडक पहुँचमा जोडिएको लामो समय भएको छैन । छिमेकी जिल्ला धनकुटामा सडक विस्तार भएको करीब ३० वर्षपछि भोजपुरमा सडकको विकास भएको हो । यहाँ २०५६ सालबाट सडक खन्न शुरु भएको स्थानीय जानकार गणेश श्रेष्ठ बताउनुहुन्छ ।

श्रेष्ठका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना (¥याप) अन्तर्गत सर्वप्रथम भोजपुर– च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा – भोजपुर सडकको ट्रयाक खोलिएको उहाँको भनाई छ । विसं २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकप्टरले बोकेर पहिलो पटक टँुडीखेलमा महिन्द्रा जीप ओरालेको थियो ।

त्यसबेला सम्म हिउँदको समयमा दुई दिनसम्म लगाएर भोजपुरबाट लेगुवासम्म ट्याक्टरहरु आवत जावात गर्ने गर्दथे । बसको यात्रा गर्न भने करीब ६६ किलोमिटर पैदल यात्रा गरेर धनकुटाको सीमा क्षेत्र लेगुवा पुग्नुपर्ने अवस्था भोजपुरबासीको रहेको थियो । नून, चामल, मट्टीतेल १० दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था यहाँका स्थानीयवासीले भोगेका छन् । नूनको जोहो गर्न तत्कालीन अवस्थामा सुनसरीको चतरा, धनकुटाको हिले, उदयपुरको बेलटार मुख्य बजार रहेको स्थानीय वृद्ध मानबहादुर विष्ट सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भोजपुरमा यातायातका क्षेत्रमा भएको विकास हेर्दा आफैँलाई अचम्म लाग्छ, हाम्रो पालामा बस चढ्न पाइएला जस्तो लागेको थिएन तर बसमा सवार गर्न भने पाइयो ।”

पछिल्लो दुई दशकको अवधिमा भोजपुरले सडकको क्षेत्रमा अग्रता लिएको छ । विशेष गरेर भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि भोजपुरको विकासले अग्रता लिएको देखिन्छ । आजभन्दा करीब आठ वर्षअघि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन् । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्र्याक खोलिएको थियो ।

अहिले एशियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडक जिल्लामा कालोपत्रे भएको पहिलो कालोपत्रे सडक पनि हो । भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कूल लम्बाई करीब १५४ किलोमिटर छ । अहिले सुविधायुक्त बसहरु, भोजपुरबाट दैनिक काठमाडाँै, विराटनगर, धरानलगायत शहरका लागि छुट्ने गरेका छन् ।

राष्ट्रिय राजमार्गसँग जोडिएको यो सडक भोजपुरवासीका लागि विकासको एउटा उपहारका रुपमा प्रकट पनि भयो । यस जिल्लालाई काठमाडाँैसम्मको छोटो सडक सञ्जालसँग जोड्नका लागि देउराली चोक–चखेवा भञ्याङ ४२ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । खोटाङ जिल्ला हुँदै यो सडक विस्तार भइरहेको छ ।

आगामी छ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ । कालोपत्रको काम भएकाले मौसमका कारण कठिनाइ भए पनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताउनुभयो ।

प्रमुख न्यौपानेले भन्नुभयो, “यो सडक निर्माणको काम तीव्र गतिमा बढेको छ, लकडाउन तथा मौसमका कारण कालोपत्रको काममा केही बाधा पुगेको छ, तर पनि अबको छ महिनाभित्र सम्पूर्ण काम सक्ने तयारीका साथ काम गरिरहेका छौँ ।”

तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२÷०७३ बाट कामको थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि बन्दाबन्दी, मौसमलगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ । खास गरेर काम गर्ने समय पाँच महिनामात्र उपयुक्त हुने भएकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इञ्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिनुभयो । त्यही पनि जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने उहाँको जिकिर छ ।

सडकको निर्माण लागत करीब रु ६५ करोड रहेको छ । सडक निर्माणको काम दुई प्याकेजमा भइरहेकोे छ । यसमध्ये पहिलो प्याकेजको काम पूर्णरुपमा सम्पन्न भएको छ । सडक निर्माणले गति लिएपछि स्थानीयमा उत्साह थपिएको छ ।

पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, शिद्धेश्वर, गुप्तेश्वर र टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार भइरहेको छ । एक दिनसम्मको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेका यस क्षेत्रका मानिसहरु सडकको सुविधा भएपछि आफ्ना क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्री गरेर घर फर्कन पाएका छन् । यस क्षेत्रमा उत्पादन भएका कृषिउपजहरु अहिले काठमाडाँै, धरान विराटनगरलगायतका शहरमा पुग्ने गरेका छन् ।

प्रदेश सरकारको करीब १७ करोड लागतमा जिल्लाको एकमात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्मको पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ । यो प्रेदश नं १ सरकारले कालोपत्र गरेको भोजपुरको पहिलो सडक पनि हो । यहाँ पहिलो आस्फाल्ड प्रविधिबाट करीब रु १७ करोड लागतमा सडक कालोपत्र भएको छ ।

ADVERTISEMENT

त्यस्तै रामप्रसाद राई गाउँपालिकाको डढुवादेखी आरीखोलासम्मको करीब २० किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो सडकमा प्रदेश सरकारको करिब रु ५४ करोड लगानी रहेको छ । जुन सडकको काम २० प्रतिशत बढी सकिएको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर डिल्लीश्वर कार्कीले जानकारी दिनुभयो । यो सडक अबको करीब २६ महिनामा सम्पन्न गरिसक्नुपर्नेछ ।

त्यस्तै प्रदेश सरकारले षडानन्द नगरपालिका– १२ तुर्केपुल– फाली दोबाटो २२ किलोमिटर सडक कालोपत्रको काम शुरु गरेको छ । रु ६१ करोड ६० लाख लागतमा आस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको सो सडक आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालयको भनाइ छ ।

भोजपुरलाई छोटो सडक मार्गबाट तराईका जिल्लासँग जोड्ने लक्ष्यका साथ हतुवागढी –९ हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोशी नदीमा मोटर गुड्नसक्ने पक्की पुल निर्माण भइरहेको छ ।

प्रदेश नं १ सरकारको रु २१ करोड, २३ लाख १२ हजार ४०७ लागतमा पुल निर्माण शुरु भएको हो । पुलको लम्बाई ९० मिटर र चौडाई १० मिटर रहेको छ । पुल भूकम्प प्रतिरोधी हुने यातायात पूर्वाधार निर्देशनालय प्रदेश नं १ का प्रमुख रेवतीरमण पराजुलीले बताउनुभयो ।

सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाई करीब ६५ किलोमिटर रहेको छ । तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले जिल्लाको आर्थिकरुपमा टेवा पुग्ने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको यो पुलको काम धमाधम भइरहेको छ, हामीले पनि बेला बेलामा अनुगमन गरिरहेका छाँै, यो पुल निर्माण भएपश्चात् दक्षिणी क्षेत्र हुँदै तराईका जिल्ला पुग्न अत्यन्तै छोटो बाटो हुनेछ । यसबाट हाम्रो करीब ४५ किलोमिटर बाटो छोटो हुने देखिन्छ ।” पूर्वक्षेत्रबाट धरानसम्म पुग्न भोजपुरवासीले १५४ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।

दक्षिणी क्षेत्रबाटै भोजपुर हतुवागढीको होमताङ र धनकुटाको मुघा जोड्ने सुन बालुवा र आमचोक गाउँपालिकाको पाङचा सेतो गरगरे र उदयपुरको चौदण्डीगढी रानीटार जोड्ने दूधकोशी नदीमा पनि सङ्घीय सरकारको ठूलो लगानीमा पक्की पुल निर्माण भइरहेको छ । यी तीनवटै पुल निर्माण भएपछि दक्षिणी क्षेत्रका सबै नाका सडकको सहज पहुँचमा जोडिने छन् ।

त्यस्तै उत्तर–दक्षिण सडक विस्तार रणनितिक योजना अनुसार उदयपुरको मैनामनी हाल निर्माण भइरहेको दूधकोशी पुलबाट हतुवागढी, आमचोक गाउँपालिकाबाट भोजपुर सदुरमुकाम हुँदै संखुुवासभाको किमाथाङकासम्म सडक जोड्ने लक्ष्य रहेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, “तराई हुँदै भोजपुरलाई उत्तर–दक्षिण सडकको पहुँचमा जोड्नका लागि प्रदेश सरकारको प्राथमिकता प्राप्त रणनीतिक वैकल्पिक सडकका रुपमा हामीले यो सडकलाई राखेका छौँ । यसका लागि मेरो पहलमा एसीयाली विकास बैंकको लगानीमा आरसी आइपी संस्थाले आधारभूत प्रक्रिया पुरा गरेर डिपिआर बन्ने तयारीमा छ । तत्काललाई चतरादेखि भोजपुर सदरमुकाम हुँदै दिङ्गलासम्म र भविष्यमा किमाथाङ्कासम्म जोडेर वैकल्पिक राजमार्ग बनाउने प्रदेश सरकारको योजना छ ।”

त्यस्तै प्रदेश सरकारले मुख्य सडकसँगै यहाँ आवश्यकपर्ने सम्पूर्ण नदी, तथा खोलामा पुल निर्माणको प्रक्रिया शुरु गरेको छ । जिल्लाभित्र प्रदेश सरकारको लगानी तथा समन्वयमा १३ वटा पक्की पुल बन्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । जसमध्ये आधा दर्जनभन्दा बढी पुलको निर्माण शुरु भएको र अन्यको बोलपत्र भइरहेको कार्यालयको भनाइ छ ।

रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलामा प्रदेश नं १ सरकारको समन्वय तथा स्वीस सरकारको रु पाँच करोड लागतमा पक्की पुल निर्माण भइरहेको छ । पुल ४५ मिटर लम्बाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको छ । त्यस्तै स्वीस सरकारको रु तीन करोड लागतमा सिक्तेल खोलामा निर्माण भइरहेको २५ मिटर लामो पक्की पुलको काम भने अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै भोजपुर नगरपालिका–१२ टक्सार र रामप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने पिखुवा खोलामा पनि पक्की पुल निर्माण भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुर अन्र्तगत प्रदेश नं १ सरकारको रु ६ करोड, १३ लाख ५३ हजार लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुलको काम ६० प्रतिशत सकिएको निर्माण कम्पनी मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले जानकारी दिनुभयो । पुलको डिजाइन अवधि ५० वर्षको रहेको छ । सम्झौताअनुसार पुलको निर्माण दुई वर्ष अर्थात् २०७८ असारमा सम्पन्न गरिसक्नुपर्नेछ ।

त्यस्तै प्रदेश सरकारको रु तीन करोड २४ लाख लगानीमा बन्दै गरेको आरीखोला पक्की पुलको ५० प्रतिशत काम सकिएको छ । जुन पुलको लम्बाई २५ मिटर रहेको छ भने निर्माण अवधि २०७८ साल फागुनसम्म रहेको जनाइएको छ । तमुटार साम्पाङमा प्रदेश सरकारको रु छ करोड ३३ लाख लागतमा पक्की पुल निर्माण भइरहेको छ । यो पुल २०७६ सालमा सम्झौता भएको छ भने २०७८ चैतमा सम्पन्न गर्नुपर्ने पूर्वाधार विकास कार्यालय भोजपुर निमित्त प्रमुख अमृतकुमार दाहालले जानकारी दिनुभयो ।

भोजपुरलाई उत्तरी क्षेत्रबाट संखुवासभासंग जोड्ने सटीघाटमा पनि पुल निर्माणको लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । सो स्थानमा पुल निर्माण गर्न रु पाँच करोड बजेट आएको षडानन्द नगरपालिका उपप्रमुख मेरीका राईले जानकारी दिनुभयो । प्रदेश सरकारले बोलपत्र आह्वान गरेपछि काम शुरु हुने उहाँले बताउनुभयो । अहिले षडानन्द नगरपालिकाको १४ वटै वडामा कच्ची सडक विस्तार भएको समेत जानकारी दिनुभयो ।

पौवादुङमा गाउँपालिकाले पनि गाउँपालिका केन्द्र च्याङ्ग्रेबाट मानेडाँडासम्मको करीब चार किलोमिटर सडक समानीकरणका आधारमा प्रदेश सरकारको रु तीन करोड र अन्य गाउँपालिकाको लगानीमा ग्रावेल गरेको छ ।

विश्व वंैकको एसएन आरटीपी कार्यक्रमअन्तर्गत करीब रु ३० करोड लागतमा सडक स्तरोउन्नति भइसकेको छ । यस कार्यक्रमअन्तर्गत भोजपुर–मानेभञ्याङ्ग– घोडेटार, ४८ किलोमिटरमध्ये १२ दशमलव पाँच किलोमिटर सडकको स्तर उन्नतिको काम भइसकेको छ । त्यस्तै भोजपुर दिङ्गला सडकखण्डमध्ये पानीट्याङकीबाट बाघखोरसम्मको १३ दशमलव ३६ किलोमिटर सडक स्तरोन्नतिको काम पनि गत वर्ष नै सम्पन्न भएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !
top news

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो
top news

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

‘सिसा सरी’ ल्याए संगीतकार आधारले
top news

‘सिसा सरी’ ल्याए संगीतकार आधारले

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com