काठमाडौ नेपालमा कोरोना संक्रमणबाट आइतबार थप १७ जनाको ज्यान गएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान जाने मानिसको कुल संख्या १५९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९५ पीसीआर परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रबक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ।
ADVERTISEMENT