रवि कार्की (नाम परिवर्तन) काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मापसेसम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए । धनगढीबाट काठमाडौं आएका बेला काम सकेर मस्ती मुडमा रहेका रविले एक हप्तासम्म प्रयोग गरेको ट्याक्सीमार्फत त्यो फ्ल्याटको ढोका ढकढकाउने अवसर पाए ।
उनको डिल भयो– ५ हजार रूपैंया, ८ घन्टाको समय । खाना, खाजा र दुई बोतल मापसे पनि । साथमा चाहेको सबै पनि । केही समय लन्डन समेत बसेका उनले नेपालमा सस्तो र राम्रो सुविधा पाएको महसुस गरें । उनी भन्छन्,‘लन्डनमा त व्यावसायीक रूपमा नै यस्ता ठेगाना पाइन्छन्, काठमाडौं लगायतका ठाउँमा पनि सुरु भएको रहेछ ।’ रविले हरेक पटकको काठमाडौं बसाईलाई सुखमय बनाउने सजिलो माध्यम पनि भेटेका छन् ।
रविमात्र होइन जीवन बुढाथोकी (नाम परिवर्तन) लाई जतिबेला शरीरलाई आनन्द लिने मन हुन्छ इन्टरनेट साइट खोतल्न थाल्छन् । कल गर्ल सम्बन्धी व्यावसायीक साइटमा रहेका ठेगानाका नम्बर र युवतीसँग सम्पर्क गर्छन् । केही समयमा नै डिलअनुसारको सेवा लिने गरेका छन् ।
रेडलाइट एरिया नभए पनि नेपालका विभिन्न सहरमा कल गर्लको संख्या भुसमा आगो हुर्किए जसरी बढेको छ । खासगरी विद्यार्थी, रोजगारी गरिरहेका युवतीहरूले छिटो आम्दानीका लागि कर्ल गर्लको पेशालाई अपनाउन थालेका छन् । यसको यकिन तथ्यांकन नभए पनि विभिन्न सहरमा युवतीहरूको संख्या बढिरहेको देखिन्छ ।
कर्लगर्ल सम्बन्धी कतिपय विदेशी वेभसाइटहरूले त नाम, सहर, ठेगाना र फोन नम्बरसहित युवतीको तस्बिर नै राखिदिएको छ । कर्लगर्ल सम्बन्धी जानकारी राख्ने ‘डेटिङफेला’ भन्ने वेभसाइटले नेपाली युवतीहरूको नामसहित विस्तृत विवरण राखिदिएको छ । यो साइटले यस्ता युवतीको वायोडाटा नै राखिदिने गरेको छ ।
एक अध्ययनअनुसार काठमाडौं, पोखरा, धरानलगायतका विभिन्न सहरमा कल गर्ल होस्टेल, फ्ल्याटमा बस्ने गरेका छन् । उनीहरूले सेवा ग्राहीलाई सुरक्षित स्थान अथवा आफु बसेको फ्ल्याटमै पनि सेवा दिने गरेका छन् ।
कतिपय क,ल ग,र्ल आफ्ना ग्राहकको मर्जीअनुसार विभिन्न ठाउँमा ‘लङ ड्राइभ’मा समेत जाने गरेका छन् । इन्टरनेट एउटा माध्यम भयो, अर्को क्लव, डान्स रेष्टुरेन्ट र कतिपय डिस्कोमा भेट हुने गरेको पाइन्थ्यो । अहिले ती स्थान बन्द रहेकाले धेरै इन्टरनेट वा ट्याक्सी ड्राइभरको सम्पर्क सुत्रबाट फैलिरहेको छ ।
क,ल ग,र्लहरू विभिन्न पेशा, व्यापार, व्यावसायका आवरणमा रहने गरेका छन् । खासगरी वित्तिय र मनोरञ्जन उद्योगमा यस्ता युवतीको संख्या बढि रहेको अनुमान गरिएको छ ।
के हो कल गर्ल ? कल गर्ल भनेको बाटोमा हिँड्ने ‘शरीरलाई सुख दिन सबै कसरत गरिदिने’ हुन् । उनीहरूले आफ्नो पेशा र व्यावसायलाई आम मानिसलाई प्रस्टसँग खुलाएका हुँदैनन् । उनीहरू कुनै एजेन्सीसँग आवद्ध हुने गरेका छन् । कल गर्लले म्यागेजिन र इन्टरनेटमा आफ्नो विज्ञापन पनि गरेका हुन्छन् । उनीहरूको विज्ञापनलाई एजेन्सीहरूले प्रमोशन गरेका हुन्छन् ।
कतिपय युवा अवस्थाका लागि बनाइने फिल्ममा काम गर्नेहरु पनि कल गर्लका रूपमा सेवा दिइरहेका हुन्छन् । कतिपय कलगर्लका आफ्ना वेभसाइट पनि हुने गरेका छन् । नेपालमा भने ट्याक्सी, बार, क्लवलगायतका ठाउँको सम्पर्कका आधारमा कल गर्लले व्यावसाय गर्दै आएका छन् । कानुनले बर्जित गरेका कारणले वेभसाइट, विज्ञापनलगायत हुने गरेको छैन ।
फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्यो भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम चित्तसुखको खरिदबिक्री भइरहेको छ।
कल गर्लहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो। पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, गल गर्ल स्टेसनहरू। दिनप्रतिदिन बदिलँदो जीवनशैली र आयस्तरसँगै गल गर्ल स्टेसनहरू बनिरहेका छन्। अब यस मागप्रति गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भइसकेको छ।
चर्चित गायिका टिका प्रसाईंलाई ‘माया लुकी लुकी’ले दियो १० करोड, काठमाडौँमा किन्दैछिन् यस्तो मज्जाको घर, खुशीले छिन् फुरुगं
काठमाडौं । गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले एउटा रेकर्ड बनाउन सफल भएको छ । युट्युवमा १० करोड बढी भियुज पाएको यो गीत नेपाली एल्बमको गीतहरु मध्ये अहिलेसम्मकै धेरै भियुज पाउने गीत बन्न सफल भएको हो ।
२०१८ जुन ७ मा सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १० करोड ५५ हजार वढी भियुज पाएको छ । गीतलाई ४ लाख १५ हजार लाइक र ४९ हजार डिस लाइक पाएको छ । आनन्द अधिकारीको शब्द तथा आशिष अविरको संगीत रहेको गीतमा एरेन्ज समेत अविरलकै रहेको छ ।
काटुर्न क्रियुज माफी फिचरिङ गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइको छायाँकन, प्रविन श्रेष्ठको सम्पाद रहेको छ । भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् । गीतबाट थुप्रै अवार्ड समेत हात पार्न सफल गायिका प्रसाईलाई यो गीतको असफलताले आगामी दिनको लागि चुनौती समेत थपिएको बताउँछिन् ।
‘गीतले नेपालमा एउटा रेकर्ड बनाएको छ । त्यो हिसावले एकदमै खुसी छु’ उनले भनिन्–‘अब पहिलेको भन्दा उत्कृष्ट गीत कसरी दिने भन्ने चुनौती मलाई छ ।’ २०५८ सालमा पहिलोपटक ‘के गर्नु हो तिम्रो कसम.. ’ र ‘तिम्रो दिलको कुनाकानी’ गीतबाट गायन सुरुवात गरेकी प्रसाई पछिल्लो समय फिल्मको पाश्र्व गायनमा समेत जमेकी छन् ।
अहिलेसम्म ४ सयभन्दा बढी गीत रेकर्ड गराइसकेकी टिकाका ‘नाइ मलाइ थाहा छैन’, ‘सेल्फीको जमाना’, ‘चट्ट सलाम’, ‘एउटा कुरा भनौं’ लगायत थुप्रै गीत हिट छन् ।
Read More : मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरोत्थानका लागि मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी उद्योग व्यवसायको सहज सञ्चालनका लागि आर्थिक पुनरोत्थानका कार्यक्रम अगाडि बढाउन आग्रह गरेको हो ।
कतिपय बैंक वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भएबमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी थप समस्यामा पर्न गएको गुनासो गर्दै महासङ्घले त्यसका सम्बन्धमा ध्यानाकर्षणसमेत गराएको छ ।
पछिल्ला दिनमा अर्थतन्त्रमा केही सुधार भए पनि राष्ट्र बैंककै अध्ययनले ५४ प्रतिशत व्यवसाय मात्र सञ्चालनमा आएको देखाएको भन्दै महासङ्घले सञ्चालनमा रहेका अधिकांश व्यवसाय पनि बजारमा माग नबढेर अभैm नगदको अभाव झेलिरहेको स्मरण गराएको छ ।
मौद्रिक नीतिमार्पmत रु ५० अर्बको छुट्टै कोष बनाएर व्यवसाय निरन्तरताका लागि दिइने कर्जाको भर्खरै मात्र कार्यान्वयन शुरु भएको तथ्य पेश गर्दै महासङ्घले करीब १० महिनादेखि प्रभावित व्यवसाय सञ्चालनमा निकै कठिनाइ भोग्नुपरेको जनाएको छ ।
विना कुनै झञ्झट कर्जा उपभोग गर्न पाउने व्यवस्थाका लागि केन्द्रीय बैंकले विशेष भूमिका निर्वाह गर्नुपर्ने माग महासङ्घले राखेको अध्यक्ष गोल्छाले जानकारी दिनुभयो । साना तथा मझौला उद्यम लक्षित पुनर्कर्जा लिन जाँदा पनि बैंक वित्तीय संस्थाहरुले विभिन्न बहानामा काम नगरिदिएको गुनासो आएको भन्दै महासङ्घले प्रक्रियागतरुपमा सहजीकरणका लागि राष्ट्र बैंकले विशेष भूमिका निर्वाह गनुपर्नेमा जोड दिएको छ ।
कतिपय बैंक वित्तीय संस्थाले उद्यमी व्यवसायीलाई विभिन्न बहानामा कालोसूचीमा राख्ने गरेको र कर्जा सूचना केन्द्रको सूचीले पनि त्यसलाई पुष्टि गरेको महासङ्घको भनाइ छ । महासङ्घले भनेको छ, “एकतर्फीरुपमा कालोसूचीमा नराखिदिन बैंक वित्तीय संस्थालाई आग्रह गर्दै यसको प्रभावकारी अनुगमनका लागि केन्द्रीय बैंकसमक्ष अनुरोध गर्दछ । साथै लगातार दुई वर्ष घाटामा गएको ऋणीलाई वाचफुल लिस्टमा राख्ने व्यवस्था पनि हाललाई स्थगित गर्न महासङ्घ केन्द्रीय बैंकसमक्ष आग्रह गर्दछ ।”
अनलाइन भुक्तानी बढ्दै गइरहेको सन्दर्भमा यसको सीमा बढाउन र आवश्यक सुरक्षाको व्यवस्था गर्न आवश्यक देखिएको स्पष्ट पार्दै महासङ्घले सरकारी राजश्व, दस्तुर सेवा शुल्क अनिवार्यरुपमा अनलाइन भुक्तानी गर्ने गरी समयसीमा तोकेर कानूनी र अन्य व्यवस्था गर्न भनिएको छ ।
सो अवसरमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, बैंक बीमा तथा वित्तीय समितिका सभापति साहिल अग्रवाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी र उपमहानिर्देशक गोकर्ण अवस्थीलगायतको उपस्थिति रहेको थियो ।
Read More : आलेख ः सडक विस्तारले फेरिएको भोजपुरको मुहार
भोजपुर जिल्ला सडक पहुँचमा जोडिएको लामो समय भएको छैन । छिमेकी जिल्ला धनकुटामा सडक विस्तार भएको करीब ३० वर्षपछि भोजपुरमा सडकको विकास भएको हो । यहाँ २०५६ सालबाट सडक खन्न शुरु भएको स्थानीय जानकार गणेश श्रेष्ठ बताउनुहुन्छ ।
श्रेष्ठका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना (¥याप) अन्तर्गत सर्वप्रथम भोजपुर– च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा – भोजपुर सडकको ट्रयाक खोलिएको उहाँको भनाई छ । विसं २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकप्टरले बोकेर पहिलो पटक टँुडीखेलमा महिन्द्रा जीप ओरालेको थियो ।
त्यसबेला सम्म हिउँदको समयमा दुई दिनसम्म लगाएर भोजपुरबाट लेगुवासम्म ट्याक्टरहरु आवत जावात गर्ने गर्दथे । बसको यात्रा गर्न भने करीब ६६ किलोमिटर पैदल यात्रा गरेर धनकुटाको सीमा क्षेत्र लेगुवा पुग्नुपर्ने अवस्था भोजपुरबासीको रहेको थियो । नून, चामल, मट्टीतेल १० दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था यहाँका स्थानीयवासीले भोगेका छन् । नूनको जोहो गर्न तत्कालीन अवस्थामा सुनसरीको चतरा, धनकुटाको हिले, उदयपुरको बेलटार मुख्य बजार रहेको स्थानीय वृद्ध मानबहादुर विष्ट सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भोजपुरमा यातायातका क्षेत्रमा भएको विकास हेर्दा आफैँलाई अचम्म लाग्छ, हाम्रो पालामा बस चढ्न पाइएला जस्तो लागेको थिएन तर बसमा सवार गर्न भने पाइयो ।”
पछिल्लो दुई दशकको अवधिमा भोजपुरले सडकको क्षेत्रमा अग्रता लिएको छ । विशेष गरेर भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि भोजपुरको विकासले अग्रता लिएको देखिन्छ । आजभन्दा करीब आठ वर्षअघि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन् । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्र्याक खोलिएको थियो ।
अहिले एशियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडक जिल्लामा कालोपत्रे भएको पहिलो कालोपत्रे सडक पनि हो । भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कूल लम्बाई करीब १५४ किलोमिटर छ । अहिले सुविधायुक्त बसहरु, भोजपुरबाट दैनिक काठमाडाँै, विराटनगर, धरानलगायत शहरका लागि छुट्ने गरेका छन् ।
राष्ट्रिय राजमार्गसँग जोडिएको यो सडक भोजपुरवासीका लागि विकासको एउटा उपहारका रुपमा प्रकट पनि भयो । यस जिल्लालाई काठमाडाँैसम्मको छोटो सडक सञ्जालसँग जोड्नका लागि देउराली चोक–चखेवा भञ्याङ ४२ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । खोटाङ जिल्ला हुँदै यो सडक विस्तार भइरहेको छ ।
आगामी छ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जनाएको छ । कालोपत्रको काम भएकाले मौसमका कारण कठिनाइ भए पनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताउनुभयो ।
प्रमुख न्यौपानेले भन्नुभयो, “यो सडक निर्माणको काम तीव्र गतिमा बढेको छ, लकडाउन तथा मौसमका कारण कालोपत्रको काममा केही बाधा पुगेको छ, तर पनि अबको छ महिनाभित्र सम्पूर्ण काम सक्ने तयारीका साथ काम गरिरहेका छौँ ।”
तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२÷०७३ बाट कामको थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि बन्दाबन्दी, मौसमलगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ । खास गरेर काम गर्ने समय पाँच महिनामात्र उपयुक्त हुने भएकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इञ्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिनुभयो । त्यही पनि जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने उहाँको जिकिर छ ।
सडकको निर्माण लागत करीब रु ६५ करोड रहेको छ । सडक निर्माणको काम दुई प्याकेजमा भइरहेकोे छ । यसमध्ये पहिलो प्याकेजको काम पूर्णरुपमा सम्पन्न भएको छ । सडक निर्माणले गति लिएपछि स्थानीयमा उत्साह थपिएको छ ।
पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, शिद्धेश्वर, गुप्तेश्वर र टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार भइरहेको छ । एक दिनसम्मको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेका यस क्षेत्रका मानिसहरु सडकको सुविधा भएपछि आफ्ना क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्री गरेर घर फर्कन पाएका छन् । यस क्षेत्रमा उत्पादन भएका कृषिउपजहरु अहिले काठमाडाँै, धरान विराटनगरलगायतका शहरमा पुग्ने गरेका छन् ।
प्रदेश सरकारको करीब १७ करोड लागतमा जिल्लाको एकमात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्मको पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ । यो प्रेदश नं १ सरकारले कालोपत्र गरेको भोजपुरको पहिलो सडक पनि हो । यहाँ पहिलो आस्फाल्ड प्रविधिबाट करीब रु १७ करोड लागतमा सडक कालोपत्र भएको छ ।
त्यस्तै रामप्रसाद राई गाउँपालिकाको डढुवादेखी आरीखोलासम्मको करीब २० किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो सडकमा प्रदेश सरकारको करिब रु ५४ करोड लगानी रहेको छ । जुन सडकको काम २० प्रतिशत बढी सकिएको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर डिल्लीश्वर कार्कीले जानकारी दिनुभयो । यो सडक अबको करीब २६ महिनामा सम्पन्न गरिसक्नुपर्नेछ ।
त्यस्तै प्रदेश सरकारले षडानन्द नगरपालिका– १२ तुर्केपुल– फाली दोबाटो २२ किलोमिटर सडक कालोपत्रको काम शुरु गरेको छ । रु ६१ करोड ६० लाख लागतमा आस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको सो सडक आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालयको भनाइ छ ।
भोजपुरलाई छोटो सडक मार्गबाट तराईका जिल्लासँग जोड्ने लक्ष्यका साथ हतुवागढी –९ हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोशी नदीमा मोटर गुड्नसक्ने पक्की पुल निर्माण भइरहेको छ ।
प्रदेश नं १ सरकारको रु २१ करोड, २३ लाख १२ हजार ४०७ लागतमा पुल निर्माण शुरु भएको हो । पुलको लम्बाई ९० मिटर र चौडाई १० मिटर रहेको छ । पुल भूकम्प प्रतिरोधी हुने यातायात पूर्वाधार निर्देशनालय प्रदेश नं १ का प्रमुख रेवतीरमण पराजुलीले बताउनुभयो ।
सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाई करीब ६५ किलोमिटर रहेको छ । तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले जिल्लाको आर्थिकरुपमा टेवा पुग्ने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
अध्यक्ष राईले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको यो पुलको काम धमाधम भइरहेको छ, हामीले पनि बेला बेलामा अनुगमन गरिरहेका छाँै, यो पुल निर्माण भएपश्चात् दक्षिणी क्षेत्र हुँदै तराईका जिल्ला पुग्न अत्यन्तै छोटो बाटो हुनेछ । यसबाट हाम्रो करीब ४५ किलोमिटर बाटो छोटो हुने देखिन्छ ।” पूर्वक्षेत्रबाट धरानसम्म पुग्न भोजपुरवासीले १५४ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।
दक्षिणी क्षेत्रबाटै भोजपुर हतुवागढीको होमताङ र धनकुटाको मुघा जोड्ने सुन बालुवा र आमचोक गाउँपालिकाको पाङचा सेतो गरगरे र उदयपुरको चौदण्डीगढी रानीटार जोड्ने दूधकोशी नदीमा पनि सङ्घीय सरकारको ठूलो लगानीमा पक्की पुल निर्माण भइरहेको छ । यी तीनवटै पुल निर्माण भएपछि दक्षिणी क्षेत्रका सबै नाका सडकको सहज पहुँचमा जोडिने छन् ।
त्यस्तै उत्तर–दक्षिण सडक विस्तार रणनितिक योजना अनुसार उदयपुरको मैनामनी हाल निर्माण भइरहेको दूधकोशी पुलबाट हतुवागढी, आमचोक गाउँपालिकाबाट भोजपुर सदुरमुकाम हुँदै संखुुवासभाको किमाथाङकासम्म सडक जोड्ने लक्ष्य रहेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
मुख्यमन्त्री राईले भन्नुभयो, “तराई हुँदै भोजपुरलाई उत्तर–दक्षिण सडकको पहुँचमा जोड्नका लागि प्रदेश सरकारको प्राथमिकता प्राप्त रणनीतिक वैकल्पिक सडकका रुपमा हामीले यो सडकलाई राखेका छौँ । यसका लागि मेरो पहलमा एसीयाली विकास बैंकको लगानीमा आरसी आइपी संस्थाले आधारभूत प्रक्रिया पुरा गरेर डिपिआर बन्ने तयारीमा छ । तत्काललाई चतरादेखि भोजपुर सदरमुकाम हुँदै दिङ्गलासम्म र भविष्यमा किमाथाङ्कासम्म जोडेर वैकल्पिक राजमार्ग बनाउने प्रदेश सरकारको योजना छ ।”
त्यस्तै प्रदेश सरकारले मुख्य सडकसँगै यहाँ आवश्यकपर्ने सम्पूर्ण नदी, तथा खोलामा पुल निर्माणको प्रक्रिया शुरु गरेको छ । जिल्लाभित्र प्रदेश सरकारको लगानी तथा समन्वयमा १३ वटा पक्की पुल बन्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । जसमध्ये आधा दर्जनभन्दा बढी पुलको निर्माण शुरु भएको र अन्यको बोलपत्र भइरहेको कार्यालयको भनाइ छ ।
रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलामा प्रदेश नं १ सरकारको समन्वय तथा स्वीस सरकारको रु पाँच करोड लागतमा पक्की पुल निर्माण भइरहेको छ । पुल ४५ मिटर लम्बाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको छ । त्यस्तै स्वीस सरकारको रु तीन करोड लागतमा सिक्तेल खोलामा निर्माण भइरहेको २५ मिटर लामो पक्की पुलको काम भने अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
त्यस्तै भोजपुर नगरपालिका–१२ टक्सार र रामप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने पिखुवा खोलामा पनि पक्की पुल निर्माण भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुर अन्र्तगत प्रदेश नं १ सरकारको रु ६ करोड, १३ लाख ५३ हजार लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुलको काम ६० प्रतिशत सकिएको निर्माण कम्पनी मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले जानकारी दिनुभयो । पुलको डिजाइन अवधि ५० वर्षको रहेको छ । सम्झौताअनुसार पुलको निर्माण दुई वर्ष अर्थात् २०७८ असारमा सम्पन्न गरिसक्नुपर्नेछ ।
त्यस्तै प्रदेश सरकारको रु तीन करोड २४ लाख लगानीमा बन्दै गरेको आरीखोला पक्की पुलको ५० प्रतिशत काम सकिएको छ । जुन पुलको लम्बाई २५ मिटर रहेको छ भने निर्माण अवधि २०७८ साल फागुनसम्म रहेको जनाइएको छ । तमुटार साम्पाङमा प्रदेश सरकारको रु छ करोड ३३ लाख लागतमा पक्की पुल निर्माण भइरहेको छ । यो पुल २०७६ सालमा सम्झौता भएको छ भने २०७८ चैतमा सम्पन्न गर्नुपर्ने पूर्वाधार विकास कार्यालय भोजपुर निमित्त प्रमुख अमृतकुमार दाहालले जानकारी दिनुभयो ।
भोजपुरलाई उत्तरी क्षेत्रबाट संखुवासभासंग जोड्ने सटीघाटमा पनि पुल निर्माणको लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । सो स्थानमा पुल निर्माण गर्न रु पाँच करोड बजेट आएको षडानन्द नगरपालिका उपप्रमुख मेरीका राईले जानकारी दिनुभयो । प्रदेश सरकारले बोलपत्र आह्वान गरेपछि काम शुरु हुने उहाँले बताउनुभयो । अहिले षडानन्द नगरपालिकाको १४ वटै वडामा कच्ची सडक विस्तार भएको समेत जानकारी दिनुभयो ।
पौवादुङमा गाउँपालिकाले पनि गाउँपालिका केन्द्र च्याङ्ग्रेबाट मानेडाँडासम्मको करीब चार किलोमिटर सडक समानीकरणका आधारमा प्रदेश सरकारको रु तीन करोड र अन्य गाउँपालिकाको लगानीमा ग्रावेल गरेको छ ।
विश्व वंैकको एसएन आरटीपी कार्यक्रमअन्तर्गत करीब रु ३० करोड लागतमा सडक स्तरोउन्नति भइसकेको छ । यस कार्यक्रमअन्तर्गत भोजपुर–मानेभञ्याङ्ग– घोडेटार, ४८ किलोमिटरमध्ये १२ दशमलव पाँच किलोमिटर सडकको स्तर उन्नतिको काम भइसकेको छ । त्यस्तै भोजपुर दिङ्गला सडकखण्डमध्ये पानीट्याङकीबाट बाघखोरसम्मको १३ दशमलव ३६ किलोमिटर सडक स्तरोन्नतिको काम पनि गत वर्ष नै सम्पन्न भएको छ ।