• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
स्वस्थानी व्रत बस्नेहरुले आँटे चाहेको कुरा पूरा हुन्छ, तर यसरी पूरा गर्नुपर्छ व्रतको नियम, भगवान शिव छिट्टै खुशी हुनुहुन्छ

स्वस्थानी व्रत बस्नेहरुले आँटे चाहेको कुरा पूरा हुन्छ, तर यसरी पूरा गर्नुपर्छ व्रतको नियम, भगवान शिव छिट्टै खुशी हुनुहुन्छ

प्रकाश सपुतले लेखेको कवितामा ज्योतीका स्त. नको बयान

प्रकाश सपुतले लेखेको कवितामा ज्योतीका स्त. नको बयान

स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी साथीले खोलीन् श्वेताले ठाँटेका कुराका बारेमा रहस्य

स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी साथीले खोलीन् श्वेताले ठाँटेका कुराका बारेमा रहस्य

कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले मिनालाई फेरी झस्काए,  भने विबाह त मज्जाले गर्ने हो

कमेडी च्याम्पियनको मञ्चबाट नै मनोज गजुरेलले मिनालाई फेरी झस्काए, भने विबाह त मज्जाले गर्ने हो

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

मोडल अञ्जली अधिकारीको जीवनमा के भयो यस्तो ? होश छाडेर यस्तो अवस्थामा देखिएपछि देख्नेहरु नै छक्क, परिवारका सदस्यहरु चिन्तित

मोडल अञ्जली अधिकारीको जीवनमा के भयो यस्तो ? होश छाडेर यस्तो अवस्थामा देखिएपछि देख्नेहरु नै छक्क, परिवारका सदस्यहरु चिन्तित

राजेश हमाललाई यि पत्रकारले ट्यापे भनेपछि झोक्किए राजेश

प्रकाश सपुतले ज्योती मगरका एक जोर स्त .न बजारमा यत्रतत्र सबैतिर उपलब्ध छन् भन्दा भक्का निइन् ज्योती

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

बाबु सैफले छाडेपछि आमा अमृताले भागेको समस्याका बारेमा पहिलो पटक मुख खोलीन् सुन्दरी साराले

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Auto Draft

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, March 6, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

स्वस्थानी व्रत बस्नेहरुले आँटे चाहेको कुरा पूरा हुन्छ, तर यसरी पूरा गर्नुपर्छ व्रतको नियम, भगवान शिव छिट्टै खुशी हुनुहुन्छ

by gazab g
January 19, 2021
in top news, समाज
0
स्वस्थानी व्रत बस्नेहरुले आँटे चाहेको कुरा पूरा हुन्छ, तर यसरी पूरा गर्नुपर्छ व्रतको नियम, भगवान शिव छिट्टै खुशी हुनुहुन्छ
502
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

धार्मिक विश्वास
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

व्रतको नियम
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने व्रत मध्येको एक श्री स्वस्थानी माताको व्रत हो । यो व्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यत्यी धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ । तराईको छट पूजा र पहाडको श्री स्वस्थानी व्रत नेपालको संस्कृतिको एक अङ्ग हो । श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन हाम्रै देश नैपालको काठमाण्डौमा छन् । यो व्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपाल कै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ । सत्य युगमा यो व्रत सर्व प्रथम हिमालय पुत्रि पार्वतीले श्री महादेव लाई पति पाँऊ भनि गर्नु भएको थियो ।

प्रतेक वर्ष पौषशुक्ल पूर्णिमाका दिन देखी यस व्रतको सुरुवात हुन्छ । पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य ( दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू ) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत इत्यादी गर्नु पर्दछ । व्रत गर्नेले त्यसै दिन देखी व्रत नसकिदा सम्म पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत नसकिदा सम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन ।

त्यसै दिन देखी एक महिना सम्म कसैसँग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्घ धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गए पछि जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु व्रतका अनिबार्य नियमहरू हुन् । पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरैमा) गरी शुद्घ वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछि पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य (गोबर, गोमुत्र, दुध, दहि र घ्यू) का साथै तिल, सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ । त्यसपछी त्यसै अभिशेकबाट ‘ मैले आज सम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख–सम्पत्ती र अर्को लोकमा शिव लोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु ’ भनी संकल्प गरी व्रतको सुरुवात गर्नु पर्दछ । त्यसपछी आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चित स्वरुप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नु पर्दछ । गोदान कृत्य पछि मात्रै दिप गणेश र कलशको पूजा आरम्भ गर्नु पर्दछ ।

दिप गणेश र कलशको पूजा सम्पन्न भैसके पछि एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्री स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नु पर्दछ । सुन नभए यथासक्य भेटी राखी श्री स्वस्थानी माताको स्थापना गर्नु पर्दछ । श्री स्वस्थानी माता आफ्ना चार हातमा क्रमैसँग त्रिशुल, तरवार, चक्र र कमल धारण गरेकी हुन्छन् । यिन्को पग्लिएको सुनको जस्तै पहेलो वर्ण छ । विविध आभूषण हरूले सोभायमान श्री स्वस्थानी माता सिंहासनमा आरुढ भएकी हुन्छन् । यिनी आदिशक्ती स्वरुपा भएकीले आफ्ना भक्तजनहरूलाई मनले चिताएको फल तुरन्तै दिने गर्दछिन् । अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ । प्रतेक दिन बिहान दिप गणेश र कलश को पूजा गर्नुका साथै माथी उल्लेख गरिएका अष्टमात्रिका र श्री स्वस्थानी माताको पूजा आचमन, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य , सेलरोटी, हलुवा इत्यादीले गर्नु पर्दछ । पूजा पछि दुबै हातमा फूललिई हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरी साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ:–

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।
अर्थात :- सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।
मध्यान्न कालमा भगवान श्री महादेवको श्री स्वस्थानी माता संगै पूजा अर्चना गर्नू पर्दछ । पूजा पछि आफुले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी माता लाई अघ्र्य दिनु पर्दछ । साँझको पूजा पछि श्री स्वस्थानी माताको कथा बाचन गर्नु पर्दछ । कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गर्ने र आफै सुन्ने गर्नु पर्दछ । कथावाचन आफुले गर्न नसके कुनै ब्राह्मण द्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैले वाचन गर्दा पनि हुन्छ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनु हुदैन । कथा सुन्न आफ्ना सबै छिमेकी, ईष्ट–मित्र, र बन्धु बान्धव लाई पनि डाक्नु पर्दछ । कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछि आरती गर्नु पर्दछ । आरती पछि कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ । यो प्रतिदिन को पूजाकार्य भयो ।

ADVERTISEMENT

यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउछ, तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी माता संगै मेरो पनि पूजा गर्नु भनि श्री महादेवबाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजा पछि १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यतिगरी सके पछि श्री स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्णहुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरीएको छ ।

आजको युगमा हाम्रो समाज घोर भौतिकता तर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीति रिवाज र परम्परा सबै नासिदै गएका छन् । जताततै पाश्चात्य संस्कृतिको ब्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला जस्तो भईरहेको छ । यस्तो अवस्थामा हामी सवै धर्मप्रेमी महानुभावहरूले आफ्नो संस्कृति जोगाइ राख्ने प्रयास गर्नु पर्दछ । आफ्ना संतति हरूलाई हाम्रा रीति–स्थिति पर्व, परम्परा, अनुशासन, र कर्तव्यको बोध गराउनु पर्दछ । यो श्री स्वस्थानी माताको व्रत कुनै अन्धविश्वासी कर्मकाण्ड होइन । यो प्रत्यक्ष वैज्ञानिक पनि हो । यसले प्रत्येक स्त्री–पुरुषलाई भित्रै देखि इमानदार, कर्तव्यनिष्ठ, निरपराधी र अनुशासित बनाउनमा प्रत्यक्ष फाइदा पुर्याएकै हुन्छ । १ महिना सम्म १ छाक मात्रै भोजन ग्रहण गर्नाले पेट भित्रका विभिन्न पुराना रोगहरू स्वतः ठिक हुन्छन् । यो बेला भोजन पचाउन प्रयोग हुने ऊर्जालाई फुर्सद मिल्नाले पेटभित्रका विभिन्न अवशिष्ट पदार्थलाई निस्कासित गर्ने र रोगग्रस्त अङ्गहरू लाई मर्मत गर्ने अवसर मिलेको हुन्छ भनी वैज्ञानिकहरूले स्वीकार गरेका छन् । उपवासको अवधिमा पेटभित्र वर्षौ देखि संचित भएको मल निस्काशन हुने हुँदा पानी भने प्रसस्तै पिउनु पर्दछ भन्ने वैज्ञानिकहरूको धारणा छ । बढी पानी नपिए शरीरलाई हानी हुन सक्ने कुरा वैज्ञानिकहरू बताउछन् । ईश्वर र धर्म प्रति खासै आस्था नराख्ने हाम्रो अहिलेको नयाँ पुस्ता घोर नास्तिक र अश्लील बन्दै गएको छ । संसारमा जति पाश्चात्य संस्कृतिको अनुकरण र नास्तिकता हिन्दु धर्ममा मौलाएको छ, त्यति अन्य धर्ममा नभएको एक सर्वेक्षणले देखाएको छ । यस्तो अवस्थामा हामी सवै संस्कृति पे्रमी, धर्म प्रेमी र देश प्रेमी जनताहरूले आफ्नो धर्म र संस्कृति जोगाई राख्न आ–आफ्नो तर्फबाट समुचित कदम चालिएन भने निकट भविष्यमा हाम्रो संस्कृति र धर्म इतिहासमा मात्रै सीमित नरहला भनेर भन्न सकिन्न । [१]

स्वस्थानीको शाब्दिक अर्थ
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

साँखु शालिनदी मेला
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् । [२]

Share201Tweet126Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?
समाचार

एक्कासी किन घट्यो १५० सिसी पल्सर बाइक को मूल्य यति धेरै ?

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)
समाज

फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)
top news

श्रीमानको साथ नपाउँदा-नपाउँदै पनी भँडा माझेर आमाले हुर्काएका कन्चन निभ्नै लागे… (हेर्नुस भिडियो)

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल
top news

श्रीदेवीकी छोरी जान्ह्वी कपुरको आज जन्मदिन, फिल्म खेलेरै ठडाइन् महल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!