काठमाडौं । २०७३ भदौं ३१ गते नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्न पुगेका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको अठोट थियो, मुलुकमा विद्यमान लोडसेडिङ हटाउने ।दैनिक १८ घण्टासम्म हुने गरेको लोडसेडिङ हटाएर ‘उज्यालो नेपाल’ निर्माण गर्ने पहिलो लक्ष्य बोकेर प्राधिकरणको नेतृत्व सम्हालेका कुलमान आफ्नो योजना सफल पूरा गरेर प्राधिकरणबाट बाहिरिएको पाँच महिना भइसकेको छ । तर, आफ्नो बिदाइ हुने बेलासम्म मुलुकमा कहिल्यै लोडसेडिङ नहुने अवस्था सृजना गर्ने बताएका थिए ।
नेतृत्व सम्हालेको केही महिनापछि २०७३ सालको लक्ष्मीपूजाको दिनबाटै लोडसेडिङ अन्त्यको सुरुआत गरेका कुलमानले मुलुकभर बत्ति नजाने अवस्था सृजना गरे, जस कारण आज उनी उज्यालो नेपालका पर्यायवाची बनेका छन्, सबैले उनको सम्मान गर्छन् ।
मुलुकबाट लोडसेडिङ अन्त्य गर्ने कार्यमा कुलमानको मात्रै हात रहेको होइन, प्राधिकरणका समग्र कर्मचारी, तालुक मन्त्रालयका अधिकारी र मन्त्री तथा सिङ्गो राज्य प्रणालीकै सहयोग रहेको स्वयं कुलमानले स्वीकारेका छन् ।
तर, तत्काल लोडसेडिङ अन्त्य नहुने, लोडसेडिङ हटाउन वर्षौं लाग्ने प्राधिकरणका पूर्वप्रमुखदेखि जलविद्युत विज्ञहरुको भनाइ विपरीत कुलमानले नेतृत्व सम्हाले लगत्तै सदाको लागि अन्धकार हटाएको यथार्थले नेपालीको मन जित्न सफल भयो ।
कुलमानले गर्नुपर्ने धेरै कार्यहरु थिए होलान्, तर १८ घण्टासम्म हुने गरेको लोडसेडिङ हटाउनु नै उनको कार्यकालको सबैभन्दा ठूलो उपलब्धी बन्यो । जस कारण आमजनताको मन जित्दै २०७७ भदौ ३० गते चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घर फर्किए ।
तर, उनको बिदाइसँगै मुलुकमा फेरि लोडसेडिङ हुने शंकाले आममानिसलाई सतायो । उनको पुनर्नियुक्तिको माग राखेर सडकमा प्रदर्शन भयो । सरकारले अब लोडसेडिङ नहुने आश्वासन दिइरह्यो । प्राधिकरण प्रमुख जो भए पनि लोडसेडिङ हुन नसक्ने सरकारको भनाइलाई जनताले पत्याएनन्, किनकि नेपालमा कमिसनखोरीको हालीमुहाली चल्ने आममानिसको बुझाइ रहँदै आएको छ ।
कुलमान प्राधिकरणबाट बाहिरिएसँगै झ्याप्प झ्याप्प बत्ति जान थालेपछि प्राधिकरण र सरकारको कडा आलोचना भइरहेको थियो । लोडसेडिङ गराउनकै लागि कुलमानको पुनर्नियुक्ति नदिइएको टिप्पणी भइरहँदा बिनासूचना बत्ति जान थालेपछि अघोषित लोडसेडिङ हुन थालेको आशंका गरियो । तर, यसलाई प्राधिकरणले खण्डन गर्दै आएको थियो ।पछिल्लो पटक गत पुस १६ गते प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले विज्ञप्ति निकालेर लोडसेडिङ नभएको र भविष्यमा पनि नहुने दाबी गरेका थिए ।
सो विज्ञप्तिको पहिलो बुँदामा लेखिएको थियो, ‘विद्युतका उपभोक्ताहरुको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहन्छ । हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गरिने अवस्था छैन । राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ हैन । तथापी त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ र सदैव प्रयासरत छ ।’
यो पनि : यस्तो रहेछ चर्चित गायिका कोमल वलीले विबाह नर्गनुको खास कारण, ति पुरुषसँगको भेटपछि आज बल्ल खोलीन् रहस्य
काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ रु’
यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले राजधानीसँगको भेटमा भनिन्, ‘खै अब त के विवाह गरिएला र १ मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।
एक समय थियो । जब उनले स्कुलबाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको विवाहमा गइन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहुलीको रूपमा तयार गरिन् । त्यति बेला उनले पनि बेहुली बनेर श्रीमान्को घरमा जाने कल्पना गरेकी थिइन्, ‘अझ बेलुका पक्षका केही केटाहरूले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्रस्तावसँगै राखेका थिए ।
त्यतिबेला मलाई जीवनमा बेहुली त बन्नैपर्छ जस्तो लागेको थियो ।’ ती साथीलाई अन्माएर बेहुलासँग पठाउँदा साथी रोएपछि उनलाई केही नमज्जा पनि लाग्यो । तर, त्यसको केही दिनमै आफ्नो साथीलाई श्रीमान्ले औधी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चाहना जागेको थियो ।
स्कुले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खेलकुदमा व्यस्त रहिन् । त्यो समय उनी एथलेटिक्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिकासमेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबाआमासँग मेरो विवाहको कुरा चलाए । तर, म यता काठमाडौंमा खेलकुद र गायनमै व्यस्त रहेको कारण ती लमीहरूको चाहना पूरा हुन सकेन ।’
अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन ।
त्यस समय गायिका कोमल ओलीलाई माया गर्नेहरू धेरै थिए, ‘धेरैले माया गर्छु भन्थे । तर, म उनीहरूलाई साथीको रूपमा लिन्थें ।’ सोही कारण त्यतीबेला आफूले केटाहरूलाई मरिहत्ते गरेर प्रेम नगरेको पनि यी गायिकाले बताइन् ।राजधानि दैनिकमा खबर छ ।
कोमल ओलीको भनाइमा त्यतिबेला फोन तथा मोबाइलको जमाना थिएन । आफूलाई मन पराउनेहरूले पत्रमित्रको रूपमा चिठ्ठी पठाउने गरेको यी गायिकाको कथन छ, ‘पत्रमा सबैले तपाईं साह्रै राम्री हुनुहुन्छ भन्थे । अझ म २०५० सालबाट रेडियो नेपालमा समाचार वाचिकाको रूपमा अनुबन्धित भएपछि त मन पराउँछु भन्नेहरूको चिठ्ठी यति धेरै आयो कि त्यसको सीमा छैन ।’ त्यतिबेला आएका चिठ्ठीहरू अझै केहीप्रति आफूूसँग भएको पनि उनले बताइन् ।
एउटा चिठ्ठीको एक लाइनले यी गायिकाको जीवनको यात्रा नै परिवर्तन गरिदियो । त्यो चिठ्ठी पठाउनेसँग अहिले पनि कुराकानी हुने गरेको उनले बताइन् । तर, साथीको रूपमा कुरा हुने गरेको उनको कथन छ । ती व्यक्तिले चिठ्ठीमा विवाह गर्न उनलाई साह्रै जिद्धी गरे । तर, कोमल मानिनन्, ‘तिम्रो जीवन नाविकबिनाको नाउँ हो । जीवनले नदीको अन्तरकुन्तर कतै ठक्कर खाला अनि मात्र तिमीले थाहा पाउला ।’
यसरी विवाह नगर्दा दुःख पाइने संकेत ती व्यक्तिले गरेपछि आफू झन् सचेत भएर अघि बढेको पनि उनले बताइन्, ‘त्यतिबेलासम्म म रेडियो नेपालको जागिर र गायनले अत्यन्त व्यस्त भइसकेको थिएँ । अब मैले आफूलाई कत्तै ठक्कर खान नदिई स्वतन्त्र भएर आफ्नो लागि अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि विवाहको चाहनालाई त्यागेर आफू अघि बढेको पनि उनले बताएकी छन् ।
गायिका कोमलका तीजसम्बन्धी गीतमा ‘पैला जाम पाम, तन्नेरी चाहियो, पोइ चाहियो’जस्ता शब्दहरू हुने गरेका छन् । यस्ता गीत गाउँदा कतिपयले उनलाई विवाह गर्न नपाएर गीतबाट पीडा पोखेको टिप्पणी पनि गर्छन । तर, त्यो कुरालाई कोमल अस्वीकार गर्छिन् । यो आफ्नो नभएर अरूको भावना पोखेको पनि उनले बताइन् ।
अब आफूलाई विवाह गर्ने, बच्चा जन्माउने, छोरा छोरीका लागि सम्पत्ति चडेर ठूलोमान्छे बनाउने र श्रीमान्सँग चारधाम घुम्न जानेजस्ता कुनै सपना नभएको उनको कथन छ । अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन । मुलुकको राजनीतिले नयाँ मोड लिँदै छ । नेकपाकी नेतृत्व बनेकी कोमल अब आगामी चुनावमा आफ्नो क्षेत्रबाट सांसदको रूपमा उठ्ने तयारी गर्दै छिन् ।
‘अहिले स्वतन्त्र छु र दाङका जनताको सेवा गर्न पाएको छु । बुबाआमाको चाहना नै म राजनीतिमा लाग्ने भएकाले अबको जीवन राजनीतिमै बिताउनै निष्कर्षमा पुगिसकेकी छु ।’ कोमलले भनिन्, ‘हामी अझै पनि संयुक्त परिवारमा भएकाले सबैका माया पाइरहेको छु । परिवारमा दाजुभाइ, बहिनीका छोराछोरी भएकाले उनीहरूबाट त्यतिकै माया पाइरहेकी छु ।’ सोही कारण आफू एक्लो र अविवाहित छु भन्ने महसुस नभएको पनि उनले प्रकाश पारिन् ।
यो पनि : घरघरमा स्वास्थ्य परामर्श
जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो ।
वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा संयोजक पवन पोखरेलले जानकारी दिनुभयाो । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्यका बारेमा जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्था गर्न गाउँपालिकाको तर्फबाट कार्यक्रम शुरु गरिएको स्वास्थ्य उहाँले बताउनुभयो ।
स्वास्थ्य परामर्श प्रदान गर्न सम्बन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकको हितलाई ध्यान दिएर अघि सारिएको स्वास्थ्य परामर्शका कार्यक्रमलाई क्रमशः सबै वडामा विस्तार गरिने छ”, उहाँले भन्नुभयो, “अभियानका क्रममा गाउँपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउन उनीहरुको तथ्याङ्क सङ्कलनको कामसमेत भइरहेको छ ।”
गाउँपालिकाले आफ्नो घरैमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका स्थानीय बासिन्दा यसअघिसम्म घण्टौँ पैदल हिँडेर चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका थिए ।
जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दा स्वास्थ्य जाँच गराउनकै लागि छिमेकी जिल्ला उदयपुरको गाईघाट धाउनुपर्ने बाध्यता छ । राष्ट्रिय सडक सञ्जालको पहुँचसमेत नपुगेको उक्त गाउँपालिकामा पछिल्लो समय हिउँदको समयमा भने यातायात सञ्चालन हुन थालेको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि विशेष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्भवतीका लागि आइरन चक्की घरैमा उपलब्ध गराउनुका साथै यातायात भाडामा छुट दिँदै आएको छ । हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले गर्भवतीको निःशुल्क गर्भजाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको छ । उक्त दुई स्थानीय तहले स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँच गर्ने सुविधा विस्तार गर्न वनहर्ट वल्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको हो ।
माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको छ । आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो ।
गाउँपालिकाले निजी तथा सामुदायिक ती विद्यालयका लागि स्यानिटाइजर उपलब्ध गराउने भएको छ भने मास्क स्वयं विद्यार्थीले आफ्नै खर्चमा लगाएर विद्यालय उपस्थित हुनुपर्ने जनाएको छ । यसभन्दा अगाडि गाउँपालिकाले गत कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गरेर एक हप्तासम्म पठनपाठन गरेको भए पनि उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय याल्वाङमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएपछि बन्द गरिएको थियो ।
जिल्लामाा फागुन पहिलो सातामा नयाँ शैक्षिक सत्र शुरु भई मङ्सिरमा वार्षिक परीक्षा भएर हिउँदे तीन महिना बिदा हुने गर्दथ्यो । विद्यार्थीको पढाइमा बाधा पुगेपछि १५ दिन अगाडि नै विद्यालय सञ्चालन गरिने भएको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्लाका अन्य गाउँपालिकाका विद्यालय कोरोना त्रासले बन्द रहेका छन् ।
जिल्लामा हालसम्म ९१ मा कोरोना सङ्क्रमण देखिएको थियो ती मध्ये ९० निको भएर घर फिर्ता भइसकेका जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।
स्वयंसेविकालाई तालिम
खार्पुनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाका लागि नौ दिने तालिम सम्पन्न गरेको छ । साक्षर महिला स्वास्थ्य स्वयंसेविका छनोट गरेपछि पहिलोपटक उनीहरुलाई तालिम सञ्चालन गरिएको हो । नयाँ छनोट भएका साक्षर महिला स्वयंसेविकाले बालबालिकालाई कसरी पोलियो खुवाउने, समाजमा देखिने स्वास्थ्य समस्याका विषयमा कसरी छिटोछरितो जानकारी गराउने, समुदायस्तरमा हुने विभिन्न स्वास्थ्यका लागि पोषण कार्यक्रम, खोप कार्यक्रम, संस्थागत सुत्केरी, परिवार नियोजन कार्यक्रम र राष्ट्रिय कार्यक्रममा भिटामिन, अलबेण्डा झोललगायतका कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि महिला स्वयंसेविकाले खेल्नुपर्ने भूमिकालगायतका विषयमा जानकारी गराइएको थियो ।
महिला स्वयंसेविकालाई गत पुस २३ गतेबाट शुरु भएर आइतबार तालिम सम्पन्न भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिनुभयो । तालिममा वडा १ देखि ५ सम्मका गरेर ३४ महिलाको सहभागिता रहेको संयोजक उहाँले जानकारी दिनुभयो ।
काठमाडौं – बलिउड अभिनेत्री मौनी राय पछिल्लो समय निकै चर्चामा छिन् । हट फोटोसुटका कारण चर्चा आइरहने मौनी अब विवाह बन्धनमा बाधिँने भएकी छिन् ।
बच्चा बसेको हल्लापछि उनले दुवई निवासी सुरज नान्बियारसँग विवाह गर्न लागेको भारतिय मिडियामा बताइएको छ । मौनी र सुरज पछिल्लो केहि समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरु एक अर्कामा सँग डेट पनि गरिरहेका थिए ।
केही समयअघि मौनिले आफ्नो सम्बन्धको बारेमा जानकारी दिदै सुरज र उनको परिवारको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । अहिले उनीहरु विवाहको तयारी गरिरहेको बताइएको छ ।
टेली सिरियल ‘नागिन’बाट उदाएकी मौनीले बलिउडका धेरै फिल्मको गीतमा अभिनय गरिसकेकी छिन् । अब उनी फिल्म ुब्रह्मास्त्रु मा देखिदैछिन् ।
यस फिल्ममा आलिया भट्ट र रणबीर कपूर मूखय भूमिकामा देखिदैछन् । यस फिल्ममा मौनी खलनायकको भूमिकामा छिन् ।