काठमाडौं – लोक तथा दोहोरी गायक रत्न बानियाँको नि,धन भएको छ । गायक बानियाँको दुवै मृ,गौलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचारार्थ थिए । उनको आज विहान ३ बजे नि,ध न भएको पारिवारिक स्रोतले जनाएको छ । गायक बानियाँको ‘लडाईँको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका दर्जनौं गीत अझैपनि चर्चामा छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका उनले लामो समयदेखि झरना संगीत संचालन समेत गर्दै आएका थिए ।
तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताएका बानियाँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरुलाई आफ्नो संगीत सिर्जनामामा ढालेका छन् । ‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उनका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् ।
बानियाँको नि,ध,न,ले लोकसंगीतले एक अभिभावक तथा मूर्धन्य व्यक्तित्व गुमाएको सर्जक एवं ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का अध्यक्ष रमेश बिजीले बताए । बानियाँका श्रीमती, एक छोरी र दुई छोरा छन् । बानियाँको बुधबार नै पशुपति आ,र्यघा,टमा अ,न्त्ये,ष्टि गरिने बिजीले बताए ।
लोक गायन क्षेत्रमा वर्षौदेखि सक्रिय उनको नि,ध,न,मा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न कलाकारहरुले दुःख व्यक्त गर्दै श्र,द्धा,न्जली दिइरहेका छन् ।
तिमी कस्की छोरीमा सुरक्षाको अभिनय
काठमाडौँ । गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत तिमी कस्की छोरीको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतका शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् । जसमा संगीत पनि शर्माले नै भरेका छन् । जसमा पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सुरक्षाका प्रेमिको रुपमा ह्याण्डसम शम्भु घिमिरेको अभिनय रहेको छ ।
पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन् । आरोन अशोककुमारको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक लक्ष्मण सुनारकै रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्स मास्टरिगं साजन शाहले गरेका हुन् । सार्वजनिक गीतको भिडियो मोडल शम्भुकै आफ्नै च्यानल युनिआयन मिडिया युट्युब च्यानलबाट बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो