• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

म एक्लै छु भनेर आमा पिर गर्नुहुन्छ, दिनकै फोन आउँछ भन्दै आँखाभरी आँसु पारिन् सुन्दरी नायिका सुरक्षा पन्तले

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

नाग नागीनले माछाको बर्षौदेखि रक्षा गर्दै आएका छन् यो पोखरीमा, कसैले माछा लैजाने खोजे नसोचेको कुरा हुन्छ, हेर्नुहोस् भिडियो

Auto Draft

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला  ?

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला ?

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

शहरी विकासमन्त्री प्रभु साहले दिपा कुँवरलाई म.र्नु न बाँ. च्नु बनाएको रहस्य बाहिरियो, दीपाले वि .ष समेत से वन गर्न खोजिन् तर…

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Friday, March 5, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

म एक्लै छु भनेर आमा पिर गर्नुहुन्छ, दिनकै फोन आउँछ भन्दै आँखाभरी आँसु पारिन् सुन्दरी नायिका सुरक्षा पन्तले

by gazab g
January 20, 2021
in मनोरञ्जन
0
578
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

फिल्म ‘आमा’ को ट्रेलर रिलिज भएपछि कलाकार सुरक्षा पन्तले माछामासु खान छाडिन्। फिल्ममा उनले खेलेको पात्रले आमा बितेर कपाल काट्नुपर्ने थियो। त्यसका लागि आफ्नो कपाल खौरिन्। फिल्ममा भूमिका मात्र निर्वाह गरे पनि आमा बित्दाको मर्मले उनको वास्तविक जीवनलाई छोयो।

‘त्यो क्षण मेरा लागि केबल पात्रमा सीमित थिएन,’ उनले भनिन्, ‘जब सुटिङ क्रममा मेरो कपाल काट्न थालियो, मन सिरिङ्ग भयो। लाग्यो, मेरै परिवारको कोही बित्नुभएको थियो। त्यही कुरा मनमा छोएर मासु खान मन लागेन। अब विस्तारै मासु खाँदै-नखाने सोचमा छु।’

कपाल काटेपछि उनलाई शरीरको आधा बोझ हल्का भएजस्तो भएछ। खुला आकाशमा उडेको पन्छीझैं स्वतन्त्र महशुस गरिन्, ‘कपाल नभएपछि एक किसिमको आत्मबल पाएँ। मानौं पहिले मेरा ती आत्मबल कपालभित्र लुट्पुटिएका थिए।’यता एकाएक कपाल खौरँदा त्यसको सबभन्दा पिर उनकी आमालाई परेको थियो।

ADVERTISEMENT

‘हरेक पटक फोन गर्दा कपाल कति लामो भयो भनेर सोध्नुहुन्छ। अहिलेसम्म छोटो कपालमा देख्नु नभएकाले एक्कासि खौरिँदा उहाँलाई ठूलै धक्का पर्‍यो,’ उनले भनिन्।अचेल भने आमाको चिन्ता कपालभन्दा बढी लकडाउनमा एक्लै परेकी छोरीको छ।

सुरक्षा अहिले भक्तपुरस्थित कोठामा एक्लै थुनिएकी छन्। बुटवलबाट इञ्जिनियरिङ पढ्न काठमाडौं आएदेखि नै एक्लै बसिरहेकी हुन्। छोरीलाई आफूबाट टाढा राख्दा उता बुुटवलमा रहेका उनका आमाबुबालाई सधैं चिन्ता परिरहन्थ्यो।छोरीको पिरले आमाले अरू बेला पनि सधैंजसो फोन गरिरहन्थिन् रे। अहिले झन् कोरोना भाइरस डर भएकाले दिनको एकचोटि त आमाको फोनको आउँछ। आमाको मन त हो!

छोरी यहाँ जति आफ्नो ख्याल गरेर बसे पनि उता आमालाई ‘के खाई होला, कसरी बसेकी होला’ भनेर पेट पोलिहाल्छ।’पहिले कामको व्यस्तता बुझेर कहिलेकाहीँ मात्र फोन गर्नु हुन्थ्यो। अब यो समयमा छोरी एक्लै हुँदा नगर्ने कुरा आउँदैन,’ उनी भन्छिन्, ‘त्यसमाथि भक्तपुर क्षेत्रतिर कोरोना संक्रमण फैलिएको खबर सुनेर आत्तिनुभएको छ। समाचार सुनेको दिनदेखि दिनमा एकचोटि फोन गर्नु हुन्छ।’

तस्बिर स्रोतः सुरक्षा पन्त
लकडाउन हुने निर्णय चाँडो भएकाले उनलाई बुटवल जाने सोच आएन। समय पाएको भए पनि घर नजाने उनको विचार थियो। सबै जना भागदौड गरेर मात्र रोगबाट बच्न नसक्ने हुँदा उनले अहिले घर नजाने निर्णय गरिन्।लकडाउन दुई महिनासम्म लम्बिँदा भने उनलाई पुरानो दिनचर्यामा फर्किन छ्टपटी भइसक्यो।

‘फेरि काममा फर्किन आतुर भइरहेकी छु। कलाकार भएर एकै ठाउँमा बसिरहन गाह्रो हुँदो रहेछ। फेरि आफूले मनबाट चाहेर गरेको काम एकाएक रोकिँदा नराम्रो लाग्ने,’ लकडाउन अनुभव सुनाउँदै उनले भनिन्।उनलाई केही काम नगरी बस्दा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने डर छ। त्यसैले कुनै समय खाली फ्याँक्न चाहन्नन्। किताब पढेर वा फिल्म हेरेर, कुनै न कुनै काममा संलग्न भइरहेकी छन्।

बिहान ६ बजे उठेर उनको दिनचर्या सुरू हुन्छ। केहीबेर व्यायाम गरेपछि एक बजेसम्म भान्साको काममा व्यस्त हुन्छिन्। लकडाउनअघि पनि घरको काममा १२–१ बजेसम्म भुल्ने गरेको बताउँछिन्।

‘भान्सामा छिरेपछि त्यहीँको काममा अल्झिरहन्छु। एक्लै भएकाले कसैका लागि बनाएर छिटोछिटो खाऊँ भन्ने पनि छैन,’ उनी भन्छिन्, ‘विस्तारै खाना पकाउँदा, खाँदा अनि सबै धन्दा सकाउँदा त दिउँसो भइसक्छ। अनि आधा दिन त्यसै जान्छ।’सबै काम सकाएर उनी कलेजको अनलाइन कक्षामा बस्छिन्। स्नातकोत्तर अध्ययनरत उनी अहिले थेसिस अनुसन्धानमा लागि परेकी छन्। त्यसपछि पाएको खाली समयमा फिल्म हेर्न बस्छिन्। कहिलेकाहीँ फेसबुकमा कुनै विद्यार्थी समूहले गरेका अनलाइन छलफल र कार्यक्रममा पनि सहभागी हुन्छिन्।

कलेजको पढाइबाहेक केही बाहिरी किताब पनि पढिरहेकी छन्।’मलाई इतिहासका कुरा पढ्न रूचि छ। काम भ्याएर समय मिलेका बेला तिनका किताब पढेर बस्छु,’ उनले भनिन्, ‘कोठाभित्र एकोहोरो थुनिएर बस्न मलाई गाह्रो हुन्छ। धन्न म बस्ने ठाउँ अलि रमाइलो छ। थोरै घर भएकाले अधिकांश ठाउँ धानबारी र खेतले भरिएका छन्। कहिलेकाहीँ कोठा बाहिर निस्किँदा मन र दिमाग शान्त हुन्छ।’

लकडाउनले धेरै कुरा सिकाएको सुरक्षा बताउँछिन्। सुरूमा त उनले आफ्नो परिवारलाई दिन नसकेको समय र उहाँहरूको भावनाको महत्व बुझ्न पाइन्। यो समयले उनलाई अनुशासित जीवन जिउन पनि सिकाएको बताउँछिन्।पहिले कामको हतारोले धेरै कुरा वास्ता हुँदैन थियो उनलाई। कहिले सुटिङ वा अन्य व्यस्तताले खानाको समेत ठेगान हुन्थेन। अहिले सबै पुराना व्यवहार सुधार्ने मौका पाएकी छन्।

केही समययता विशेषगरी आफ्नो स्वास्थ्यलाई लिएर निकै ध्यान दिइरहेकी छन्। यही क्रममा उनले मासु खान छोड्ने भएकी हुन्।

लकडाउनको पहिलो हप्ता सुरक्षाले धेरै फिल्म हेरिन्। कतिले उनलाई आफ्नो अभिनय सुधार्न सक्ने कुरा सिकायो। अनगिन्ती हेरे पनि कसैले फिल्मको सुझाव माग्दा राम्रो लागेको मात्र याद आउँदो रहेछ। सुरक्षालाई त्यस्तै भयो। झट्ट याद गर्दा अंग्रेजी फिल्म ‘द डिपार्टेड’ र हिन्दी फिल्म ‘द लन्च बक्स’ मात्र सुझाइन्।

लकडाउनभर हेरेको फिल्ममध्ये ‘द लन्च बक्स’ मा बलिउड नायक इरफान खानको अभिनय छ। यो फिल्मले राम्रो चर्चा पाएको थियो तर समय नमिलेका कारण सुरक्षाले हेर्न पाएकी थिइनन्।हलिउड अभिनेता टम ह्यांक्सको फ्यान रहे पनि उनी भारतीय अभिनेता इरफान खानको अभिनय उत्तिकै राम्रो मान्छिन्। त्यसैले केही समयअघि संसारले उत्कृष्ट कलाकार गुमाउनु पर्दा सुरक्षा पनि शोकमा थिइन्। इरफानका हरेक फिल्म उनले हेरेका राम्रा फिल्ममध्ये पर्छन्। उनको कलात्मक फिल्मप्रतिको झुकाव नै सुरक्षालाई मन पर्ने पक्ष हो।

व्यवसायिक वा कलात्मक दुवै फिल्म खेल्न सुरक्षा तयार छन्। नेपाली फिल्म क्षेत्रमा यी दुवैको महत्व उत्तिकै छ। सुरक्षा कलालाई पैसासँग दाँज्न भने चाहन्नन्। आफूले खेल्ने फिल्मका कथा बलियो हुनुपर्ने उनको धारणा छ।

तस्बिर स्रोतः सुरक्षा पन्त
सुरक्षाका अनुसार अहिले नेपाली फिल्ममा कलाको कमी छ। दर्शकहरूले पनि यस विषयमा धेरै चासो देखाएको उनी देख्दिनन्। यही कुरा परिवर्तन गर्ने सोच लिएर उनी फिल्म क्षेत्रमा भित्रिएकी थिइन्।

इञ्जिनियरिङ विद्यार्थी भए पनि सुरक्षालाई फिल्ममा अभिनय गर्ने रहर पहिल्यैदेखि थियो। सुरूमा स्नातक गर्दा उनी टिभी ‘होस्ट’ बनेर अनुभव बटुल्न चाहन्थिन्। त्यसलगत्तै पढाइ पूरा भएपछि फिल्म खेल्ने सोच थियो।

‘नेपाली फिल्ममा धेरै खाली ठाउँ थियो जसमा कोही पनि काम गर्न तयार थिएनन्। यस्ता कयौं पात्र थिए जुन कलाकारले बेवास्ता गरेका थिए। मलाई त्यही अधुरो काम पूरा गर्नु थियो,’ उनले भनिन्।

संयोगवश, स्नातक तेस्रो वर्ष पढ्दै गर्दा आलोक नेम्वाङको फिल्म खेल्ने प्रस्ताव आयो। पढाइ सकाएर मात्र अभिनयमा लाग्ने सोच गर्दागर्दै आएको प्रस्तावले दुबिधामा परिन्। फिल्ममा लाग्दा पढाइ बिग्रिने डर उत्तिकै। अन्तिममा उनले पढाइ सकेरै आउने वाचासहित एक वर्षको समय पाइन्।

२०७२ सालमा सुरक्षाको स्नातक पूरा भयो। सक्ने बित्तिकै उनलाई फेरि फिल्म खेल्ने प्रस्ताव आयो। आलोक नेम्वाङको फिल्म ‘अझै पनि’ बाट नेपाली फिल्म क्षेत्र भित्रिएको दिनदेखि उनले फर्केर हेर्नु परेको छैन।

यता फिल्मबाट राम्रो प्रतिक्रिया पाइरहेका बेला उता बुटवलमा उनको परिवार भने खुसी थिएनन्। इञ्जिनियरिङ पढिरहेकी छोरी अभिनय गरेको कसैलाई चित्त बुझेको थिएन। यही कारण सुरूका दिनमा उनले आफ्नो परिवारबाट त्यति समर्थन पाइनन्। अहिले बिस्तारै पाइरहेकी छन्।

‘फिल्ममा काम गरेर सिकेका कुरा पढाइबाट पाइँदैन र पढेर जानेका कुरा फिल्मबाट सिक्न पाउँदिनँ। यी दुवै क्षेत्र मेरा लागि निकै जरुरी छ। एउटालाई काख र अर्कोलाई पाखा गर्ने सोच कहिल्यै आएको छैन,’ उनले भनिन्।

Share231Tweet145Share58
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

Auto Draft
मनोरञ्जन

बलिउड अभिनेता सोनु सुद नेपाली भनेपछि हुरुक्कै हुन्छन्, यि नेपाली बिरामीलई गर्दैछन् आँफैले उपचार, भगवान् मान्छन् सोनु सुदलाई

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला  ?
मनोरञ्जन

माग्ने बुढा आफ्नी १ सय बर्षकी हजुरआमासँग यसरी रमाए, भिडियो हेरेर नहाँँस्ने को होला ?

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम
मनोरञ्जन

गरिब र दिनदुखीका भगवान् सोनु सुदको अर्को तारिफयोग्य काम

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना
मनोरञ्जन

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!