बैवाहिक नाता भगवानले बनाउँछन् भनिन्छ । तर यही नाता कसैलाई कमाउने साधन समेत बनेको छ ।
छिट्टै पैसा कमाउने लोभमा केही मानिसहरुले बैवाहिक नातालाई नै अपवित्र बनाउने काम गरेका छन् ।
यस्तै घटना भारतमा भएको छ । यो पनि संसारमा दिनहुँजसो भै रहेका अचम्मका घटना मध्यको एक हो ।
भारतको झारखण्डमा एक महिला प्रियंका कुमारीले शादी डटकममको माध्यमबाट एक मात्रै होइन, तीन युवकलाई ठगेकी छन् ।
उनले पहिलो युवकसँग विवाह गरेर एक करोड ठगेकी छन् भने दोस्रोसँग विवाह गरेर ४५ लाख भारतीय र तेस्रो युवकसँग अमेरिका भा गे की छन् ।
उनी शादी डटकमको एपबाट निलय कुमार नामक एक युवकसँग स म्प र्क मा आईन्, उनले विवाह पनि गरिन्, त्यसपछि एक करोड ठगेर फ रा र भईन् ।
त्यसपछि फेरि उनले उक्त एपबाटै गुजरातका हमित मोदीसँग विवाह गरिन् । उनले उनीसँग पनि ४५ लाख ठगेर भा गि न् ।
त्यसपछि उनले पुणेका सुमित दशरथ नामक युवकसँग विवाह गरेर अमेरिका पलायन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
साथै एक दिन सुमितकी आमाले अमितको फोन देखेपछि बुझ्दा बास्तविकता पत्ता लागेको हो । त्यसपछि उनलाई कानूनी कारवाही अगाडि बढाइएको छ ।