अन्तत विबाह गरे पाँडेले, विबाह गरेपछि फेरीयो पाँडेको जिन्दगी, भिडियोमा हेर्नुहोस् पाँडेकी यि सुन्दरी पत्निलाई
यो पनि पढ्नुहोस्
तपाईंले चलाई रहेको सिमकार्ड कसको नाममा दर्ता छ ? आजै यसरी चेक गर्नुहोस् म
काठमाडौं । सरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय परिचय पत्रलाई व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउने सरकारको तयारी छ ।
यसरी सिमकार्डसँग राष्ट्रिपत्र जोडिने भएसँगै प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने भएको छ । अर्को तर्फ एक जना व्यक्तिको नाममा एउटै सेवाप्रदायकका दुई भन्दा बढी सिम कार्ड नरहने व्यवस्था गर्दै नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको छ ।
यस्तोमा टेलिकमले अरुको नाममा रहेका तथा दुईभन्दा बढी सिमकार्ड रहेका ग्राहको पहिचान गरी सचेत गराउन थालेको छ । त्यतिमात्र नभएर सिमकार्ड व्यक्तिको बैंकिङ कारोबारदेखि अन्य विभिन्न प्रयोजनमा समेत उपयोग हुने भएकाले यसलाई सुरक्षाको हिसाबले पनि हेर्न थालिएको छ ।
त्यसैले प्राधिकरणले विभिन्न समयमा सूचना जारी गर्दै सिमकार्ड आफ्नै नाममा दर्ता गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ । सेवा प्रदायकले पनि यसबारे आफ्ना प्रयोगकर्तालाई सजग गराउँदै आएका छन् ।
केहि दिन अघि प्राधिकरणले सिम बिक्री गर्दा ग्राहकहरुको नागरिकता वा आधिकारिक परिचय खुल्ने कागजात राखेर मात्र सिम बिक्री गर्नुपर्ने र एक ग्राहकलाई अधिकतम २ भन्दा बढी सिम बिक्री गर्न नपाउने गरी निर्देशन दिएको छ ।
यसैक्रममा नेपाल टेलिकमले अनस्टक्चर सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सकिने व्यवस्था मिलाएको छ ।
टेलिकमले यसअघि म्यासेज पठाएर आफूले प्रयोग गरिरहेको सिमबारे जानकारी लिन सक्ने व्यवस्था मिलाएको थियो । अब भने प्रयोगकर्ताको थप सहजताको लागि यूएसएसडी मार्फत समेत त्यस्तो सुविधा दिन थालिएको हो ।
यसको लागि टेलिकमका सिम प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर थाहा पाउन सक्नेछन् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ । *९२२# डायल गरी दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १ तथा होइन भने २ नम्बर टाइप गरी पठाउनु होस् ।
यो पनि पढ्नुहोस्
अण्डा खानुहुन्छ ? एकदिनमा कतिवटा अण्डा खाँदा स्वाʼस्थ्यमा हा,नी पुग्दैन ? जानिराखौं
अण्डालाई सबैभन्दा स्वास्थवर्दक खाना मानिन्छ । यसमा पाइने सबै पोषक तत्वका कारण यसलाई सुपरफुड पनि भनिन्छ । एउटा अण्डामा चिकनमा पाइने बराबरको पोषक तत्व पाइन्छ ।अण्डालाई धेरैजसो हाई कोलेस्ट्रोलसँग जोडेर हेरिन्छ त्यसैले मानिसहरु धेरै अण्डा नखान सल्लाह दिन्छन् । आउनुहोस्, अण्डाको कोलेस्ट्रोलसँग के सम्बन्ध छ र एकदिनमा कति अण्डा खानु सुरक्षित हुन्छ त्यसबारे जानकारी लिऔं ।
धेरैजसो मानिसहरु कोलेस्ट्रोललाई नकारात्मक तरिकाले हेर्ने गर्छन् । पछिल्ला केही अनुसन्धानमा कोलेस्ट्रोलको बढी मात्राले मुटुलाई हानी गर्ने र यसले छिटो मृत्यु निम्त्याउने आशंका गरिन्छ । तर यसबारे मिश्रित प्रतिक्रिया पाइने गरिन्छ ।
शरीरका लागि चाहिन्छ कोलेस्ट्रोलः
वास्तवमा हाम्रो पूरा शरीरको सही फंक्सनका लागि कोलेस्ट्रोल निकै आवश्यक छ । सेल मेम्ब्रेनमा कोलेस्ट्रोलको भूमिका महत्वपूर्ण हुन्छ । टेस्टोस्टेरोन, एस्ट्रोजन र कार्टिसोलजस्ता आवश्यक स्टेरोयड हर्मोन बनाउन पनि कोलेस्ट्रोलले सहयोग गर्छ ।
हाम्रो कलेजोले प्राकृतिक रुपमै शरीरका लागि आवश्यक कोलेस्ट्रोल बनाउने गर्छ र जब हामी कोलेस्ट्रोलयुक्त कुनै खाना बढी खान्छौं भने शरीरले आफसेआफ कोलेस्ट्रोल बनाउने मात्रालाई कम गरिदिन्छ ।
अण्डा र कोलेस्ट्रोलको सम्बन्धः
धेरैजसो मानिसहरु एक दिनमा कमै अण्डा खान सल्लाह दिन्छन्, विशेषगरी अण्डाको पहेँलो भाग सकेसम्म नखान नै भनिन्छ । एक मध्यम आकारको अण्डामा १८६ एमजी कोलेस्ट्रोल हुन्छ जुन शरीरलाई दैनिक आवश्यक पर्ने कोलेस्ट्रोलको ६२ प्रतिशत हो । अण्डाको सेतो भागमा बढी प्रोटिन पाइन्छ र कोलेस्ट्रोल कम पाइन्छ ।
अण्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी नै हुन्छ । स्वास्थ्य विज्ञले हप्तामा २ देखि ६ वटासम्म अण्डाको पहेँलो भाग खान सल्लाह दिन्छन् । केही अनुसन्धानमा अण्डाको कोलेस्ट्रोलले कस्तो असर पार्छ भन्नेबारे जान्ने कोसिस गरिएको छ ।
एउटा अनुसन्धानका लागि दुई व्यक्तिको समूह बनाइयो । पहिलो समूहका केही मानिसहरुले केही दिनसम्म हरेक दिन १–३ वटा पूरा अण्डा खाए जबकि केही मानिसहरुले अण्डाको दोस्रो विकल्प दिइयो । अनुसन्धानमा यी सबै व्यक्तिमा गुड कोलेस्ट्रोल बढेको पाइयो जबकि केही मानिसहरु बाहेक ब्याड कोलेस्ट्रोलको स्तरमा कुनै प्रकारको परिवर्तन पाइएन ।
एउटा पूरा अण्डा खानुको असर हरेक व्यक्तिमा भिन्न–भिन्न हुन्छ । ७० प्रतिशत व्यक्तिमा अण्डाका कारण उनको ब्याड कोलेस्ट्रोलमा कुनै असर परेको देखिएन जबकि ३० प्रतिशत मानिसहरुमा यसको स्तर थोरै बढेको पाइयो ।
जुन मानिसहरुमा लो डेनसिटी लिपोप्रोटिन ९एलडीएल० का ठूला कण हुन्छन्, उनीहरुमा मुटुरोगको खतरा कम हुन्छ । त्यसैले अण्डा खाँदा कोलेस्ट्रोलको स्तर थोरै मात्रामा बढेपनि यसमा चिन्तित हुनुपर्ने कुनै कुरा छैन । स्वास्थ्य विज्ञका अनुसार प्रत्येक दिन ३ वटा पूरा अण्डा खानु स्वस्थ व्यक्तिका लागि पूर्ण रुपमा सुरक्षित छ ।
मधुमेह र मुटुरोगका बिरामीको अण्डासँग सम्बन्धः
केही शोधका अनुसार धेरै अण्डा खाँदा मुटु रोगको खतरा बढ्ने गर्छ । यद्यपि, केही अनुसन्धानकर्ताले यो मानिसहरुका केही बानी जस्तै खानपिन, धुम्रपान र व्यायामको बानीमा पनि निर्भर हुन्छ । अण्डा खाँदा मात्रै मुटुरोगको समस्या निम्तिन्छ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन । केही अनुसन्धानका अनुसार अण्डा खाँदा स्ट्रोकको खतरा कम हुन्छ ।
अर्को एउटा अनुसन्धानका अनुसार टाइप टु डायबिटिज भएका मानिसहरुले धेरै नै अण्डा खाँदा मात्र मुटुरोगको समस्या बढ्ने गर्छ ।