उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर अचानक उनलाई थाहा भयो कि उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्या’न्सर छ । भारतको पश्चिम बंगालमा बीरभूममा बस्ने यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी पुरुषको रुपमा जन्मिएकी थिइन् ।
म दुईटा श्रीमान राख्छु, मान्छ त यो समाज ? दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुईटा श्रीमान राख्न दिंदैन ?रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् ।
उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो वि ,किनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन्
यो पनि पढ्नुहोस्
विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध
जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ ।
सो विद्यालय भवन सरकारी वन क्षेत्रमा रहेको र थप विद्यालय कोठा निर्माण गर्न लागेपछि कार्यालयले यही पुस २५ गते भत्काएको बताइएको थियो । बकैया गाउँपालिका–१ को ढिकीफेदीमा रहेको वनदेवीकालिका आधारभूत विद्यालयको बन्दै गरेको नयाँ भवन र पुरानो टहरालाई भत्काइएको विद्यालयका प्राचार्य सरलोकुमार कछडियाले गुनासो गर्नुभयो । कक्षा १ देखि ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १०७ विद्यार्थी शिक्षाबाट वञ्चित भएको उहाँले बताउनुभयो ।
कार्यालयका प्रमुख इमनाथ पौडेलले सरकारी वनमा भवन बनाउन लागेकाले भत्काइएको हो भन्नुभयो । विद्यालयको नयाँ भवन निर्माण विषयमा अर्को गाउँसँग विवादसमेत रहेकाले भवन भत्काउन त्यहाँका बासिन्दाले सहयोग गरेको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ ।
यो समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला वन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा एकाइ, बकैया गाउँपालिका र सो विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता थियो । बैठकले यही माघ १५ गतेसम्म गाउँपालिकाले दुई गाउँको सहमति ल्याउनुपर्ने र सहमतिअनुसार वनले सो निर्णयलाई स्वीकार गर्ने सहमति भएको गाउँपालिका उपाध्यक्ष सरला वोलखेले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस्
कर्णाली जाग्दा देश जाग्छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाटमा अध्यक्ष पूर्वप्रधानमन्त्री नेपालले मुलुकको हरेक आन्दोलनमा कर्णालीको अग्रणी भूमिका रहेको जनाउनुभयो ।
कार्यक्रममा उहाँले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा व्यवस्था नभएको बताउँदै प्रधानमन्त्रीको सो कदम लोकतान्त्रिक नभएको तर्क गर्नुभयो । “देश सङ्कटतर्फ धकेलिएको छ भने अर्कातर्फ नेकपा विभाजन भएको छ”, अध्यक्ष नेपालले भन्नुभयो, “यसले नेपाली जनतामा निराशा छाएको छ । अब नेपाली जनताले विधि र बहुमतलाई कदर गर्दै एकताबद्ध भएर लड्नुपर्छ ।”
पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको बैठकबाट भागेर विधान र नीतिभन्दा माथि हुन खोज्नु गलत भएको बताउँदै उहाँले विधिसँग अघि बढौँभन्दा पदलोभी भनेर सङ्ज्ञा दिइएको भनी विरोध जनाउनुभयो । अध्यक्ष नेपालले पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही नहुने स्पष्ट पार्नुभयो ।
यो पनि पढ्नुहोस्
काउलीले बजारमा मूल्य पाएन
शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा रोपेको काउली बेच्नका लागि तयार भएको छ । खेतमा फलेको काउली बिग्रिन थाले पनि खरिद कर्ता पाउनुभएको छैन । दुई साताअघि प्रतिकिलो रु ५० देखि ५५ थोकमा बिक्री भइरहेको काउलीको बजार मूल्य ह्वात्तै घटेर रु १० देखि १२ मा झरेपछि उहाँ निकै चिन्तित हुनुहुन्छ । “काउली उत्पादन गर्दासम्म लागत खर्चनै प्रतिकिलो रु २० सम्म पुगेको छ”, उहाँले भन्नुभयो, “लागत खर्चनै नउठ्ने गरी बजारमा घाटा खाएर काउली बेच्नुपरेको छ ।”
सिँचाइ, मलखाद, कीटनाशक, गोडाइ, जोताइ र मजदूरको खर्च जोड्दा लागत खर्च निकै बढी हुने भए पनि थोरै मूल्यमा बेच्नुपर्दा घाटा लागेको उहाँले बताउनुभयो । “विगत वर्षमा व्यापारी उत्पादित काउलीलगायत तरकारी खरिद गर्न गाउँसम्म नै आउँथे”, अर्का काउली उत्पादनमा लागेका किसान वसन्ती चौधरीले भन्नुभयो, “हाल व्यापारी आएका छैनन् । खेतमा धेरै काउली लगाएका छौँ । बजारमा लैजाँदा थोरै मूल्यमा बिक्री गर्नुपरेको छ । ढुवानीका साधानको व्यवस्था मिलाउन नसक्दासमेत खेतमा काउली बिग्रने अवस्थामा पुगेको छ ।” ढुवानीका साधानको अभाव र थोरै मूल्यमा काउली बिक्री गर्नुपर्ने अवस्थाले निकै निराश भएको उहाँले बताउनुभयो ।
“खेतमा उत्पादन भएको काउलीलगायत तरकारी बिक्री गर्न निकै अप्ठेरो छ”, उहाँले भन्नुभयो, “बजार भाउ पाउँदैनौँ । टाढाको बजारमा भाउ पाइए पनि समयमै ढुवानीका साधनको व्यवस्था गर्न नसक्दा उत्पादित तरकारी पु¥याउन सकिँदैन ।” खेतमै बिग्रिएको तरकारी घरपालुवा जनावरलाई खुवाउन बाध्य भएको उहाँले बताउनुभयो ।
“व्यापारीले सस्तोमा माग्छन्”, नवकिरण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चौधरीले भन्नुभयो, “किसानले महँगोमा बेच्न खोज्छन् । यसै कारणले उत्पादित तरकारी बिक्रीमा समस्या देखिएको छ ।” काउली उत्पादन सबै किसानले एकै समयमा गरेकाले पनि बजार मूल्य घटेको उहाँको भनाइ छ । विचौलियाको भर नपरेर तरकारी उत्पादक किसानले सिधै व्यापारीसँग तरकारी बिक्री गर्दासमेत घाटा नलाग्ने गरी मूल्य पाउन सक्ने हुन्छ ।
त्यसका लागि व्यापारी र किसानबीच छलफल गरी उचित मूल्य निर्धारण गर्नुपर्ने वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । “वडाका सबै परिवार तरकारी खेतीमा लागेका छन्”, उहाँले भन्नुभयो, “तरकारी खेतबाट सबैको घर खर्च चलेको छ । बजारीकरणको समस्या हल गर्न सबैको पहल आवश्यक छ ।”
कृषि विकास शाखाका प्रमुख खडक विकले मुख्यमन्त्री नमूना गाउँ कार्यक्रमअन्तर्गत वडा नं ३ का तरकारी खेती गर्दै आएका किसानलाई आधुनिकीकरण गर्नक लागि रु एक करोड बढी रकम लगानी गरिएको बताउनुभयो । “लगानीअनुरुप किसानले तरकारी उत्पादन गरेका छन्”, उहाँले भन्नुभयो, “सबै किसानले एउटै किसिमको तरकारी फलाउँदा बजार मूल्य थोरै पाएका हुन् । किसानका खेतमा काउली फलेको छ । माग थोरै छ । यस वर्ष उत्पादन धेरै भएको छ । त्यसैले पनि मूल्य घटेको छ ।” सहजै तरकारी बिक्री गर्नका लागि तरकारी सङ्कलन केन्द्रको व्यवस्थासँगै ढुवानीका साधनको व्यवस्था गरिनुपर्ने उहाँले बताउनुभयो । “कृषि क्षेत्रमा क्रियाशील सङ्घ संस्थासँग समन्वय गरी तरकारी बिक्रीका लागि देखिएको बजारको समस्या हल गर्छौं”, नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “ढुवानीका साधनको व्यवस्थासमेत मिलाउँछौँ ।”
नगरपालिकासँग रहेका टिपर परिचालन गरी किसानलाई हप्ताको तीन दिन ढुवानीका लागि उपलब्ध गराइने उहाँले बताउनुभयो । वडा नं ३ को पिपलाडी र जोनापुर गाउँ तरकारी खेतीका लागि अग्रणी छ । गाउँका ६० बढी किसानले व्यावसायिकरुपमा काउली खेती गरेका छन् । यहाँको काउली खेतीले झलारी, वन समिति, कलुवापुर, दैजी, सिसैया, सुडा र महेन्द्रनगरलगायत बजार धानेको छ । एक सिजनमा मात्रै यहाँबाट रु ८० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ । काउली, तितेकरेला, काँक्रा, लौका, गोलभँेडा, खुर्सानीलगायत तरकारी मौसमी, बेमौसमी यहाँ उत्पादन हुने गरेका छन् । बाह्रै महिना किसानले तरकारी उत्पादन गर्दछन् ।