काठमाडौँ। संसारमा आमा बुबा हुनुको जस्तो खुसी वा आनन्द सायदै केही हुँदैन। केही जोडीले यस खुसीलाई सजिलैसँग प्राप्त गर्दछन् भने केही यस्ता पनि हुन्छन् जसले लाखौँ भाकल गर्दा पनि सन्तान प्राप्तिको सुख पाउनबाट वञ्चित रहने गर्दछन्। सामान्यतया बाँझोपन विभिन्न कारणले उत्पन्न हुने गर्दछ जसमा वैज्ञानिक कारण एक तर्फ छ भने अर्को तर्फ कुण्डली दोष जसमा श्रीमान् श्रीमतीको कुण्डलीमा पूर्ण सन्ताहिनताको दोष हुने गर्दछ।
तसर्थ, यस्ता किसिमका समस्याबाट उन्मुक्ति पाउन पुरातन सन्त तथा ऋषिमुनीहरुले विशेष मन्त्रहरू तयार गरेका छन् जसलाई नियमित उच्चारण गरेमा सन्तान प्राप्तिको सुखबाट लाभान्वित हुन्छन्।
१. सन्तान गोपाल मन्त्र
उँ श्रीनग ह्रींग क्लींग ग्लौं देवकीसुत गोविन्द वासुदेव।
जगत्गते देही मे तनय कृष्ण त्वाम्ह शरण गत : ।।
२. सन्तान प्राप्ति मन्त्र
उँ नमो भगवते जगत्प्रसुताये नम : ।।
३ श्रीकृष्ण मन्त्र
उँ क्ली गोपालवेषधराय वासुदेवाय हु फट् स्वाहा : ।।
तसर्थ, यस मन्त्रको नियमित उच्चारण गरेमा कुण्डलीको दोष हटी सकारात्मक ऊर्जा सहित सबै समस्या निर्मूल हुने विश्वास छ ।
यो पनि पढ्नुहोस्
देगु तलेजु मन्दिरको जीर्णाेद्घार र पुनःनिर्माण गरिने
पाटन दरबार परिसरमा रहेको देगु तलेजु मन्दिर केही भाग जीर्णाेद्घार त केही भाग पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी गोरखा महाभूकम्प र पटकपटक आएको परकम्पनका कारण सो मन्दिर जीर्ण भएकाले प्राचीन सम्पदा नमासिने गरी पाँच वर्षपछि बल्ल बिग्रिएका भाग मात्र निर्माण गर्न लागिएको हो ।
मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि तत्काल स्काफोल्डिङको काम अघि बढाइने छ । मन्दिर भूकम्पको धक्काले कस्तो अवस्थामा पुगेको छ भन्ने सम्पूर्ण जानकारी लिन फलामको पाइपको खट बाँधेर माथि चढ्नुपर्छ । मन्दिर माथि चढेपछि अध्ययन तथा अनुसन्धानका लागि तीन महिनाको समय दिइन्छ । सो समयपछि मन्दिर निर्माणको काम छिट्टै अघि बढाइने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सरस्वती सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर भत्काउन शुरु गरेपछि त्यहाँका इँटा, कलात्मक काठलगायत पुरातात्विक महत्वका वस्तु मुचुल्का बनाएर सुरक्षित भण्डारण गर्नेछाँै ।”
मन्दिर निर्माणका लागि जापान सरकारले रु १३ करोड रकम सहयोग गरेको सिंहले जानकारी गराउनुभयो । मन्दिरको अवस्था सर्सरती हेर्दा छाना पानी चुहिएर बिग्रिसकेकाले सबै पुनःनिर्माण गर्नुपर्ने देखिन्छ । मन्दिरको गारो भने बिग्रिएको भाग मात्र मर्मत गरिने काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) का देशीय निर्देशक डा रोहितकुमार रञ्जितकारले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर सबै भत्काएर बनाउने चाहिँ होइन । मन्दिरमा धेरैजसो मक्किएका, कुहिएका र बिग्रिएका काठ फेर्नुपर्छ ।” मन्दिर मर्मतसम्भार र निर्माणको काम उपभोक्ता समितिमार्फत हुने रञ्जितकारले जानकारी गराउनुभयो ।
तलेजु मन्दिर तीन तालाको छाना हुनुका साथै आठदेखि नौतले अग्लो छ । मन्दिरको गारो २५ प्रतिशत पुनःनिर्माण र बाँकी ७५ प्रतिशत जीर्णाेद्घार गरिनुका साथै दलिन भने ५० प्रतिशत जीर्णाेद्घार र ५० प्रतिशत पुनःनिर्माण गरिनुपर्ने रहेको बताइएको छ । जापानी भाषा प्यागोडा अर्थात् नेपाली भाषा छाने शैलीमा सो मन्दिर सन् १६८० मा राजा शिवसेनले बनाएका हुन् । देगु तलेजु मन्दिर ललितपुरकै अग्लो र ठूलो मन्दिर पनि हो । सो मन्दिर जस्तै पाटनको महत्वपूर्ण नरसिंह मन्दिर पनि उपभोक्ता समितिमार्फत छिट्टै निर्माण हुने भएको छ ।
यसैगरी पाटनको भीमसेन र बुङ्मतीको रातो मच्छिन्द्रनाथ मन्दिर भने उपभोक्ता समितिमार्फत धमाधम पुनःनिर्माण भइरहेको छ । त्यसैगरी पाटनको कृष्ण, हरिशङ्कर, चार नारायण, योगनरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ आदि निर्माण सम्पन्न भइसकेका छन् । छ वर्षअघि भूकम्पले भत्काएको पाटन दरबार परिसरका ९० प्रतिशत सम्पदा निर्माण सम्पन्न भइसकेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
यो पनि पढ्नुहोस्
जडीबुटी कृषकलाई एक लाख बिरुवा वितरण गरिने
नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने भएको छ । डिभिजन वन कार्यालय भोजपुरले कृषकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले नर्सरी स्थापना गरेर बिरुवा वितरण गर्न लागेको हो ।
कार्यालयले षडानन्द नगरपालिका–१३ भिरथाप्लामा दुई हजार ४५० मिटर उचाइमा करीब दुई रोपनी क्षेत्रफलमा विभिन्न जातका जडीबुटीको बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरेको हो । यहाँ उत्पादन भएका बिरुवा सामुदायिक वनका नाङ्गापाखा तथा स्थानीयवासीका निजी जमीनमा समेत विस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । प्रमुख घिमिरेले भन्नुभयो, “यस जिल्लाको माथिल्लो भेगमा जडीबुटीको सम्भावना धेरै राम्रो छ, स्थानीयवासीले पनि कतिपय ठाउँमा आफैँ तथा कार्यालयको सहयोगमा व्यावसायिक खेती गरिरहेका छन्, यसलाई अझ विस्तार गर्नका लागि उच्च भागमा हुने जडीबुटीको बिरुवा उत्पादन गरेर वितरण गर्ने योजनामा छौँ ।”
कच्चापदार्थको अभावमा पटपटेको तेल निकाल्ने उद्योगहरु बन्द हुने अवस्थामा पुगेकाले यसको खेतीमा समेत जोड दिएको कार्यालयको भनाइ छ । ती उद्योगलाई पुग्ने कच्चापदार्थ पुग्ने गरी पटपटेको खेतीको विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको प्रमुख घिमिरेले जानकारी दिनुभयो । “कच्चापदार्थको अभावमा वन पैदावरमा आधारित उद्योगहरु धराशयी बन्दै गएको जानकारी आएको छ, विशेष गरेर यहाँ पटपटेको तेल निकाल्नका लागि लाखौँ लगानी गरेर स्थापना भएका उद्योगहरु बन्द हुने अवस्थामा छन्, यी उद्योगलाई कच्चापदार्थको कमी हुन नदिनका लागि पटपटेको खेतीलाई विस्तार गर्ने कार्यालयको लक्ष्य छ”, प्रमुख घिमिरेले भन्नुभयो ।
कार्यालयको पहलमा विभिन्न ठाउँलाई पकेट क्षेत्रका रुपमा विकास गरेर जडीबुटीको विस्तार गरिएको छ । प्रदेश हरित अभियान कार्यक्रमअन्तर्गत नर्सरी स्थापना गरेर लोडसल्ला, पाखनवेत, पटपटेलगायत एक लाख बिरुवा उत्पादन गरेर किसानलाई वितरणको तयारी गरिएको छ । कार्यालयले रु २० लाख लागतमा नर्सरीको स्थापना गरेको हो । यसलाई थप विस्तार तथा स्तरोन्नति गर्ने लक्ष्य रहेको कार्यालयको भनाइ छ । खेती विस्तारले कच्चापदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेका उद्योगलाई सहजता हुने स्थानीय जडीबुटी किसान दाजुङ्बु शेर्पाले बताउनुभयो ।
किसान शेर्पाले भन्नुभयो, “हाम्रो भेगका स्थानीयवासीले जडीबुटीमा आधारित व्यवसाय तथा उद्योग स्थापना गरेर मनग्य आम्दानी गरिरहेका छन्, तर कच्चापदार्थको अभावका कारण कतिपय उद्योग बन्द भएका छन् । कार्यालयले थालेको यो अभियानले त्यस्ता उद्योगलाई सहयोग पुग्ने देखिन्छ ।”
मूल्यमा गिरावट आएपछि पछिल्लो समयमा जडीबुटीको उत्पादनमा पनि केही कमी आएको स्थानीय जडीबुटी कृषक बालकृष्ण राईले बताउनुभयो । मूल्यमा घटबढ हुँदा उत्पादनमा पनि असर परेको उहाँको भनाइ छ । “विगतका वर्षको तुलनामा उत्पादनमा पनि कमी हुँदै गएको छ, गत वर्ष जिल्लाबाट दुई हजार मन चिराइतो बाहिर गएको थियो तर मूल्यमा गिराबट आएपछि कृषक निरुत्साहित भएका छन्, यस वर्ष करीब एक हजार ५०० क्विन्टल हाराहारीमा मात्र उत्पादन भएको छ, सतुवाको पनि उत्पादन त्यस्तै छ, वर्षेनि घट्ने क्रममा छ, यस वर्ष त्यही १० क्विन्टल जति गाना र दुई लाख जति बिरुवाबाहिर निकासी भएको तथ्याङ्क छ”, व्यवसायी राईले भन्नुभयो ।
भोजपुरको माथिल्लो भेगमा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोडसल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । यहाँको माथिल्लो भेग तिम्मा, किमालुङ, हेलौछा, मझौले, सुन्तलेलगायतका ठाउँमा यीबाहेकका अन्य धेरै प्रजातिका जडीबुटी पाउने भए पनि पहिचान गर्न समस्या हुने गरेकाले सरकारले यसको खोजी गर्नुपर्ने व्यवसायीको सुझाव छ ।
पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा उनीहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकको भनाइ छ । सरकारले जडीबुटीको मूल्य तोकिदिएमा बिक्री वितरणमा सहजता हुने कृषक बताउँछन् ।
स्थानीयवासी जडीबुटी व्यवसायी मानबहादुर राईले भन्नुभयो, “हामीले धेरै बहुमूल्य जडीबुटीको खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो छ तर बजार मूल्यको ज्ञान नहुँदा समस्या छ, मेरो बुझाइमा हामी कृषकले बिक्री गरेको वस्तुबाट ३२ प्रतिशतमात्र लाभ पाउँछौँ भने ६८ प्रतिशत लाभ ठूला व्यापारीले लिने गरेको अवस्था छ, यसको निराकरण सरकारबाट हुन आवश्यक छ ।”