एजेन्सी । लकडाउनपछी विद्यालय खुल्न नपाउदै कक्षा कोठामा यौ’न ली’ला, सर्वत्र भाईरल बनीरहेको यो भिडियो !!\ प्रेम सबैले गर्छन् ।तर प्रेममा परियो भन्दैमा जहाँ पायो त्यहि मस्ती गर्न खोज्दा नम’ज्जाले ला’जम’र्दोमा परिन्छ पनि ।
यस्तै भएको छ एक सरकारी विद्यालयका हेड सरलाई ।यो कुनै एडल्ट फिल्मको दृ’ष्य होइन । यो ला’जम’र्दो भिडियो एक सरकारी स्कुलको कक्षा कोठाको हो । भिडियोमा कक्षा कोठा भित्रै प्रधानाध्यापक र एक शिक्षिका अ’श्लील ह’र्कत गरिरहेका देखिएका छन्
।गरिसकिएको बताइएको छ । भिडियो सार्वजनिक भएपछि स्थानीय आ’क्रोशित छन् ! ***यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला
यो पनि पढ्नुहोस्
अटो चलाउन छाडेर ‘ब्लक’ उत्पादनमा
कञ्चनपुरको बेलौरी नगरपालिका–३ नयाँबस्तीका दलबहादुर कार्की डेढ वर्ष अटो चलाएर जीविकोपार्जन गर्न खटिनुभयो । ग्रामीण भेगमा अटो चलाएर घर परिवारको खर्च चलाउँदै आएका कार्कीले अहिले भने घरमै ‘इन्टरलक ब्लक’ (सिमेन्टको इँटा) उत्पादन गरी गाउँघरमै बिक्री वितरण गरिरहनुभएको छ ।
बेलौरीमा पाँचदिने ब्लक बनाउने तालीम लिएर गाउँमै सानो उद्योग सञ्चालन गरिरहेका कार्कीले यतिबेला गाउँमा पाँच जनालाई रोजगारीसमेत दिएका छन् । “अटो चलाउँदा कच्ची सडकमा कमाएको जति अटोमै खर्च हुने अवस्था आएपछि व्यवसाय परिर्वतनको सोच बनाए”, कार्कीले रासससित भन्नुभयो, “अहिले दैनिक पाँच सय ब्लक तयार गरिरहेको छ ।”
कार्कीसहित एक महिनायता उक्त उद्योगमा सातजना कार्यरत छन् । आठ हजार ब्लक मौज्दात रहेको बताउँदै कार्कीले यहाँको दक्षिण क्षेत्रमा ब्लकको माग बढिरहेको जानकारी दिनुभयो ।
प्रतिब्लक रु ४५ मा बिक्री भइरहेकोे उद्योग सञ्चालनका लागि नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) बाट अनुदान सहयोग मिलेको छ । “ब्लक बनाउने तालीमदेखि प्रेसर मेसिनसम्म हामीलाई एनएनएसडब्लुएबाट सहयोग पाइएको हो”, उहाँले भन्नुभयो, “अहिलेसम्म एक हजार ब्लक बिक्री भइसकेको छ ।” उहाँले घर बनाउँदा इँटाको ठाउँमा ब्लक प्रयोग गर्दा टिकाउ र भरपर्दो हुनाले माग बढिरहेको बताउनुभयो ।
त्यसैगरी बेलौरीकै स्थानीयवासी सुकबहादुर राना पनि यतिबेला इन्टरलक ब्लक बनाएर बिक्री वितरणमा सक्रिय हुनुभएको छ । “लकडाउनअघि भारतबाट मजदूर गरेर फर्किएको थिए”, रानाले भन्नुभयो, “गाउँमा बेरोजगार भएर बसिरहेका बेला ब्लक बनाउने तालीम लिए, अहिले नतिजा राम्रै आएको छ ।” गाउँमै युवाहरु मिलेर काम गरिरहेको बताउँदै रानाले भारतमा विगतमा गर्ने गरेको मिहिनेत अब स्वदेशमै गर्ने योजनामा रहेको जानकारी दिनुभयो । “ब्लक प्रयोग गरेर घर बनाउने हालैबाट शुरु भएकाले यसको माग पनि बढ्नेमा आशावादी छौँ”, रानाले भन्नुभयो, “गाउँका अरू युवाहरुलाई पनि आयमूलक काममा जोड्ने सोचमा छौँ ।”
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका जीविकोपार्जन कार्यक्रमका संयोजक राजकुमार सुनारले यहाँको बेलौरी र लालझाँडी गाउँपालिकाका तीनवटा स्थानमा इन्टरलक ब्लक बनाउने उद्योग सञ्चालनमा ल्याइएको बताउनुभयो । “हामीले जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदान कोषबाट रकम दिएर युवाहरुलाई उक्त उद्योगमा लगाएका हौँ”, संयोजक सुनारले भन्नुभयो, “बेरोजगार युवालाई आयमूलक काममा लगाउने लक्ष्यअनुसार उद्योग सञ्चालनमा सहयोग गर्दै आएका छौँ ।”
उहाँले उक्त कार्यक्रमअन्तर्गत ग्रामीण बस्तीमा समूह तथा सहकारी सञ्चालनमा ल्याएर स्थानीयवासी तरकारी खेती, माछापालन, च्याउ खेती, पशुपालनलगायत विभिन्न आयमूलक काममा लागिरहेको जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस्
किसानलाई कार्टुन
बगानमै सुन्तला खोज्न आउनेले जसोतसो लैजान्छन् तर टिपेर बजार पठाउन किसानलाई सधैँ समस्या हुने गरेको छ । गाउँमै प्रदेश सरकारले बनाएको शीतभण्डार छ । चिसोमा शीतभण्डारमा राखेर गर्मी मौसममा बिक्री गर्दा कसरी बजार पठाउनु रु
बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई सधैँ सुन्तला बजार पठाउन समस्या हुने गरेको थियो । आफैँ कार्टुन बनाउन महँगो पर्ने र दाताको आशामा रहेका किसानले कहिले नगरपालिका त कहिले कृषिसँग सम्बन्धित अन्य सङ्घ संस्थासँग गुहार माग्ने गरेका थिए । बजारमा रु १२० पर्ने कार्टुनमा २० किलोमात्रै सुन्तला अट्छ । सिजनमा रु पाँच प्रतिकिलो सुन्तला बिक्री गर्दा किसानको मुनाफा कार्टुनमै सकिने भएकाले आफैँले बनाउन नसकेको गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्का बताउनुहुन्छ । साविकको कृषि विकास कार्यालयले सुन्तला उत्पादक किसानका लागि ९० प्रतिशत अनुदानमा कार्टुन वितरण गर्दथ्यो ।
सङ्घीयता कार्यान्वयन भएर कार्यालय खारेज भएसँगै किसानले गुहार माग्ने ठाउँ मेटियो । गत आवमा बागलुङ नगरपालिकाले सुन्तलाको बजारीकरणका लागि भनेर दिएको रु तीन लाख अनुदान पनि शीतभण्डारको व्यवस्थापनमा खर्च भएको सहकारीको तथ्याङ्कमा छ । गण्डकी प्रदेश सरकारले हरेक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापनाको निर्णय गरेसँगै बागलुङमा स्थापना भएको ज्ञान केन्द्रले सुन्तला उत्पादक किसानलाई आशाको दियो बालेको छ । पहिले दुई जिल्ला हेर्ने गरी पर्वतमा रहेको ज्ञान केन्द्रमा पहुँच नभएका किसान कार्यालय स्थापनासँगै धाउन थालेका छन् ।
बिहीबार सिगानाका सुन्तला उत्पादक किसानले कार्यालयको तर्फबाट पहिरोपटक राहतको सास फेर्ने गरी सहयोग पाए । साविकको कृषि विकास कार्यालयले सुन्तला उत्पादक किसानकै लागि भनेर तयार पारेको सुन्तला राख्ने कार्टुन किसानलाई दिएको छ । झण्डै ७० हजार पर्ने कार्टुन किसानको समस्या देखेर अनुदानमा उपलब्ध गराएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “हामीले ७५० थान कार्टुन अनुदानमा दिएका हौँ, पहिले ९० प्रतिशत अनुदानमा दिने विधि थियो”, भट्टराईले भन्नुभयो, “यहाँ थन्किएर बस्ने किसानले दुःख पाउने भएको थियो ।”
किसान आफैँले ढुवानी गर्ने गरी कार्टुन पाएका छन् । सिजनमा शीतभण्डारमा राखेका सुन्तला बेसीजनमा बजार पठाउन कार्टुनले सहयता गर्ने अध्यक्ष खड्काले बताउनुभयो । “देख्दा सानो तर हामी किसानका लागि ठूलो सहयोग हो”, उहाँले भन्नुभयो, “एक पटक प्रयोग भएपछि सकिने वस्तु बनाइराख्न किसानलाई कठिन हुँदो रहेछ ।’ सिगानामा फलेको सुन्तलालाई बागलुङको परिचय दिने गरी बजार पठाउन सहज हुने उहाँको बुझाइ छ ।
यो पनि पढ्नुहोस्
धौलागिरिमा हड्डी प्रत्यारोपण
धौलागिरि अस्पालमा पहिलोपटक हाड्डीको सफल प्रत्यारोपण भएको छ । लडेर खुट्टाको जाँघको गेडी भाँचिएका बिरामीको बागलुङमै सफल प्रत्यारोपण भएको हो । बरेङ गाउँपालिका–१ का ५६ वर्षीय मनबहादुर छन्त्यालको गेडी फेरेर धातुको राखिएको अस्पतालका हाडजोर्नी विशेषज्ञ डा नवीन पौडेलले बताउनुभयो । घटना भएर उपचारमा आएका उहाँको अस्पताल भर्ना भएको तेस्रो दिनमै सफल शल्यक्रिया सम्पन्न भएको हो ।
वीरअस्पतालमा काम गरेको अनुभव भएका डा पौडेल नेतृत्वमा अन्य डाक्टर र नर्ससमेत मिलेर शल्यक्रिया सफल बनाएको पौडेलले जानकारी दिनुभयो । “अस्पताल स्थापना भएपछि यति जटिल शल्यक्रिया भएकै थिएन”, उहाँले भन्नुभयो, “पहिलोपटक हामीले सफलता पाएकाले धेरैले धन्यवाद पनि दिए ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले अस्पतालमा जटिल शल्यक्रिया सफल बनाएर बिरामीको विश्वास जित्न सकिएको बताउनुभयो ।
न्यून आर्थिक अवस्था भएकाले छन्त्याल पोखरा वा अन्य शहरी क्षेत्रमा जान सक्नुभएको थिएन । धौलागिरि अस्पतालमा आउने बित्तिकै उहाँलाई बागलुङमै उपचार सम्भव छ भनेर चिकित्सकले सल्लाह दिएपछि यही भर्ना भएर बस्नुभएको थियो । उहाँको सफल शल्यक्रिया भएकाले तीनचार दिनमा हिँड्न सक्नेसमेत पौडेलले बताउनुभयो । “पहिला विस्तारै हिँड्ने प्रयास गर्ने र त्यसपछि क्रमशः हिँड्न सक्नुहुन्छ”, पौडेलले भन्नुभयो, “कम खर्चमा जिल्लामै उपचार सम्भव गराउन सकिएकोमा सिङ्गो टिम पनि खुशी छौँ ।” यो अभियानमा डा प्रतीक आचार्य, विनित ढकाल र अर्का डा नवीन पौडेलनै सहभागी हुनुहुन्थ्यो । नर्सतर्फ देवी भट्टराई नेतृत्वमा पाँच सहभागी थिए । शल्यक्रिया सफल बन्नुमा कार्यालय सहयोगीसमेतको सामूहिक प्रयास रहेको उहाँले बताउनुभयो । पछिल्लो समय अस्पतालमा विशेषज्ञ डाक्टर बस्न थालेपछि शल्यक्रियालगायत सेवा प्रवाह भइरहेको छ ।
यो पनि पढ्नुहोस्
रत्न श्रेष्ठ पुरस्कार बानियाँलाई
यस वर्षको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार म्याग्दीका पूर्वसांसदसमेत रहनुभएका लेखक चन्द्रप्रकाश बानियाँको भौज्याहा ९निबन्ध सङ्ग्रह०लाई प्रदान गरिने भएको छ । मोफसलबाट राष्ट्रियस्तरमा दिइने पहिलो पुरस्कार हो रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले प्रत्येक दुई वर्षमा यो पुरस्कार प्रदान गर्ने गरेको छ । बनियाँको महारानी उपन्यासले यस वर्ष मदन पुरस्कार पाएको थियो ।
गुठीको बुधबार बसेको सभाले पुरस्कार छनोट गर्नका लागि गठित समितिको सिफारिस अनुमोदनसहित पुरस्कार घोषणा गरेसँगै बानियाँले पुरस्कार पाउनुहुने भएको हो । रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार पूर्वीय दर्शनको पुनःव्याख्या कृतिका लागि बागलुङका डा प्रमोद ढकाललाई प्रदान गर्ने निर्णय भएको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटाले बताउनुभयो ।
यसैगरी, यस वर्षको धौलागिरि प्रतिभा पुरस्कार पर्वत फलेवास घर भई हाल अमेरिकामा रहनुभएका महेश्वर पन्तको फुर्लुङ उपन्यास, जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार जीवन दर्शनको रुपरेखा कृतिका लागि प्राध्यापक डा रमेशचन्द्र अधिकारी र गुरु गणेश विष्णु स्मृति पुरस्कार पिपिरी उपन्यास लेखक बागलुङ बलेवाका मीनराज बसन्तलाई प्रदान गर्ने सभाले निर्णय गरेको संस्थापक संरक्षक छोटाले जानकारी दिनुभयो ।
रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारको राशि नगद रु ५० हजार छ भने अन्य पुरस्कारको राशि नगद रु २५र२५ हजार छ । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङका साहित्यकार तथा अन्वेषक प्रेम छोटाले आफ्ना दिवङ्गत माता रत्नकुमारी श्रेष्ठको स्मृति र सम्मानमा विसं २०३७ मा स्थापना गर्नुभएको थियो । नारी स्रष्टा सन्तु श्रेष्ठले आफ्ना माता चन्द्रकुमारी श्रेष्ठ र बुबा जगतबहादुर श्रेष्ठको स्मृतिमा जगतचन्द्र स्मृति पुरस्कार कोष गुठीकै संरक्षणमा सञ्चालन गर्ने गरी विसं २०५८ मा र गुरु गणेश विष्णु स्मृति पुरस्कार चन्द्रकुमारी श्रेष्ठ र भरतकुमार श्रेष्ठले स्थापना गर्नुभएको थियो । पुरस्कारका लागि देशभरबाट विभिन्न बिधाका ३५ वटा कृति प्राप्त भएको र त्यसबाट उत्कृष्ट छनोट गरिएको साहित्यकार छोटाले बताउनुभयो ।
सभाबाट घोषित पुरस्कार आगामी फागुन ७ गते एक विशेष समारोहका बीच प्रदान गरिने रत्न श्रेष्ठ पुरस्कार गुठीका सदस्य सचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो । आफ्ना दिवङ्गत आमाबुबाको सम्झना र नेपाली भाषा, साहित्य, कला र संस्कृति उत्थानमा लागेका साहित्यकार सम्मानमा पुरस्कार कोषको व्यवस्था गरिएको सदस्य सचिव प्रधानले बताउनुभयो ।