नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धरले नेपालमा राजा नै आउनुपर्ने बताएकी छ्न् । उनको भनाईको आसय राजनैतिक दलका नेताहरुले देश डुवाए अब देश बचाउने राजा नै हुन् जस्तो देखिएको छ ।
उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बिचार ब्यक्त गरेकी हुन् । करिष्माले पछिल्ला दिनमा देखिएको राजनीतिक घटनाक्रमबाट असन्तुष्ट हुँदै उक्त बिचार राखेकी हुन् । उनको स्टाटसमा सयौं प्रतिक्रिया आएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन। दुई विचार काम छ। राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।’
बाबुराम भट्टराईको पूर्व पार्टी नयाँ शक्तिकी नेतृ समेत रहिसकेकी करिश्माको राजाको पक्षमा आएको अभिव्यक्ति लाई सबैले रुचिपूर्वक नियालिरहेका छन् ।
यो पनि पढ्नुहोस्
एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट पारित भएको छ । मन्त्रिपरिषद्को गत पुस २० गतेको बैठकले समितिको गठन आदेश पारित गरेको मन्त्रालयका संस्कृति शाखाप्रमुख दुर्गाप्रसाद पोखरेलले राससलाई जानकारी दिनुभयो । विधेयक समितिले गठन आदेश पारित गर्न पुस २ गते मन्त्रिपरिषद्मा दर्ता गरेको थियो ।
समितिले आर्थिक वर्ष २०६७/६८ मा गठन आदेश मस्यौदा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा पेश गरेको थियो । मन्त्रालयमा पेश भएपछि अर्थ, कानूनलगायत मन्त्रालयको रायसुझाव लिई गठन आदेश पारितका लागि मन्त्रिपरिषद्मा पेश भएको थियो ।
समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई सरकारले गठन गरेको समिति कसरी सञ्चालन गर्ने भन्ने नियम केही नभएकाले धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत विज्ञसँग छलफल गरी त्यसबेला मस्यौदा गरी पठाएको बताउनुहुन्छ । संस्कृतिसम्बन्धी विषय सरकारको प्राथमिकतामा नपर्ने गरेकाले पारित हुन समय लागेको उहाँले बताउनुभयो ।
समितिको गठन आदेशसमेत नहुँदा आफैँ कार्यविधि बनाएर काम गर्ने गरिएको अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । गठन आदेश नभएकै कारण विसं २०७० मा बनेको गौतम नेतृत्वको समितिले नै काम गर्दै आएको छ ।
समितिको गठन आदेश पारित भएसँगै केही प्रक्रिया पूरा गरी नेपाल राजपत्रमा प्रकाशन गरिने जनाइएको छ । प्रकाशन नभएसम्मका लागि पञ्चाङ्ग प्रकाशनलगायत दैनिक सञ्चालन हुने काम गर्न समितिलाई कुनै बाधा नरहेको संस्कृति शाखाप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
विसं २०२५ मा स्थापना भएको समिति शुरुमा अध्यक्ष प्रा डा मङ्गलराज जोशीकै घरमा कार्यालय राखी सञ्चालन भएको थियो । स्थापना हुँदा नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका नाममा दरबारलाई ज्योतिषीय सल्लाह, सुझाव दिने काम हुने गरेको थियो । समितिलाई पात्रो (पञ्चाङ्ग) स्वीकृतिको जिम्मेवारी पनि दिइएको थियो ।
अध्यक्ष जोशीको निधनपछि विसं २०६१ मा नायब बडागुरुज्यू प्रा डा माधव भट्टराईलाई जिम्मेवारी दिइएको थियो । उहाँले पनि शुरुमा घरमै कार्यालय सञ्चालन गर्नुभएको थियो । केही समयपछि नेपाल प्रज्ञा–प्रतिष्ठानमा समितिको कार्यालय स्थापना गरियो ।
प्रतिष्ठानको एउटा कोठामा कार्यालय साँघुरो भएर २०६६ सालपछि पशुपतिस्थित महास्नानघरमा कार्यालय सञ्चालन गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले महास्नान घरमा क्षति पुगेपछि एक वर्ष मैजुबहालस्थित सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलको घरमा कार्यालय चलाइयो ।
विसं २०७३ देखि भने सरकारले भाडा तिरेर घट्टेकुलोमा समितिको कार्यालय राखिएको छ । समितिले २०६१ साल पछि देखि नै नियमावली, निर्देशिका, कानून, गठन आदेश मस्यौदा गरी पठाइरहेपछि हालै मन्त्रिपरिषद्बाट गठन आदेश जारी भएको हो ।
यो पनि पढ्नुहोस्
हात्तीले दुई दर्जन घर भत्काए
सिरहाको गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीन/चार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले राससलाई जानकारी दिनुभयो ।
सो क्षेत्रमा दिनहुँ तीन/चार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन् । हात्तीले स्थानीयवासी प्रकाश काफ्ले, सुदर्शन काफ्लेलगायतका १० घर भत्काएको र घरभित्रका धान चामल नष्ट गरेको दहालले बताउनुभयो । हात्तीले केराबारी तथा धानबाली पनि नष्ट गरेका छन् । दिउँसो उखुबारीमा लुकेर बस्ने र रातको समयमा घर बस्तीमा पसेर हात्तीले आतङ्क नै फैलाएपछि गउँले त्रसित भएका छन् । हात्तीको आक्रमणबाट हुने क्षति रोक्नका लागि स्थानीय प्रशासनले आवश्यक पहल भइरहेको जनाइएको छ ।
सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हात्ती नियन्त्रणका लागि सबैखाले उपाय अवलम्बन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिरहाको गर्जनादेखि बन्दीपुरसम्म पूर्वपश्चिम राजमार्गको उत्तर खण्डको करीब तीन किलोमिटर क्षेत्रमा हात्ती बस्तीमा गएर घर भत्काउने अन्नबाली नष्ट गरी स्थानीयवासीलाई त्रसित बनाएको छ । उक्त क्षेत्रमा हात्ती हिँड्ने परम्परागत रुट भएकाले पनि हात्तीले वर्षेनि दुःख दिने गरेको छ । त्यस क्षेत्रमा कतिपयले घरटहरा बनाएका छन् ।
हात्तीलाई नुन र रक्सी बनाउन प्रयोग गरिने सामग्री आदि मनपर्ने भएका कारण गाउँमा हात्तीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । हात्तीलाई नुन मनपर्ने आहारा भएकाले नुन खोज्न तथा रक्सी बनाउन प्रयोग गरिएका सामग्रीको गन्धले पनि हात्तीले दुःख दिने गरेको स्थानीय प्रशासनले जनाएको छ । हात्तीको आतङ्क रोक्न नुन भण्डारण नगर्न, रक्सी चुहावट नगर्न तथा केराको बोट नराख्न स्थानीय सरकार र प्रहरी प्रशासनले उर्दी जारी गरिसकेको छ ।
डिभिजन वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ढ्याङग्रो ठट्टाउने, पटका पड्काएर सुरक्षित तवरले हात्ती धपाउने कार्य भइरहेको प्रजिअ कणेलले बताउनुभयो । जिल्लामा हात्तीले हालसम्म दुई दर्जनभन्दा बढी घर भत्काउनाका साथै धेरैको अन्नबाली नष्ट गरेको छ । मानवीय क्षति भने भएको छैन । विगत २५ दिनदेखि हात्तीको समूहले विभिन्न स्थानमा दुःख दिइरहेको छ । कोशी टप्पु राष्ट्रिय निकुञ्ज वा झापा र सुनसरीबाट हात्ती आएको हुनसक्ने प्रशासनले जनाएको छ । झापा, सुनसरी, उदयपुर, सिराहा हुँदै अहिले कमलानदी किनारमा हात्ती पुगेका छन् ।
यो पनि पढ्नुहोस्
स्वरोजगारका लागि च्याउ र सिस्नु खेती गरिँदै
मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा आफ्नै स्थानमा जिल्लाभित्रै व्यावसायिकरुपमा च्याउ र सिस्नुखेती गरी स्वरोजगारीको कार्य महत्वपूर्ण भएको बताइएको छ ।
पछिल्लोपटक शिक्षित युवा वर्गसमेत अन्यत्र पेशामा संलग्न नभई व्यावसायिकरुपमै कृषि पेशामा संलग्न हुन थालेका छन् । हेटौँडा उपमहानगरपालिका–६ का स्थानीय एवं व्यवस्थापन सङ्कायमा स्नातक अध्ययनरत प्रकाश पौडेलले स्वरोजगार बन्न च्याउ खेती गर्दै आउनुभएको छ । करीब चार वर्षअघि साथीभाइको सरसल्लाहबाट उत्प्ेरित भई शुरु गरेको च्याउ खेती आज पौडेलको लागि स्वरोजगारका लागि जीविकोपार्जनको उपयुक्त बाटो बन्न पुगेको छ ।
विसं २०७३ मा तीन जनाको संयुक्त लगानीमा तीन वटा टनेलबाट शुरु भएको च्याउ खेती आजसम्म आइपुग्दा ४० टनेलमा विस्तार भएको छ । च्याउका लागि पराल पकाउने ठाउँको व्यस्थापन गरी च्याउखेती गरिँदै आएको छ । थप व्यावसायिकता र युवा वर्गका लागि उदाहरणीय बन्दै गएका उनीहरुले हेटौँडा उपमहानगरपालिका–७ र भीमफेदी गाउँपालिकाको चुनियाँमा च्याउ खेती गरिरहेका छन् ।
उत्पादित च्याउलाई बजारको कुनै समस्या नभएको उनीहरुके भनाइ छ । उत्पादित च्याउ आसपासका क्षेत्रमा बिक्री वितरण हुँदै आएको छ । च्याउको मूल्य प्रतिकेजी रु २०० देखि रु २५० सम्म बिक्री वितरण हुने गरेको पौडेलले बताउनुभयो । जय श्रीमन्नारायण कृषि फर्म दर्ता गरी व्यवसायलाई अझ थप विस्तार गर्ने उहाँको योजना रहेको बताइएको छ ।
बिहान ३ बजे च्याउ टिपेदेखि शुरु हुने पौडेलको दैनिकी साँझ च्याउको पोकामा पानी हालेपछि मात्र सकिन्छ । सहकारी संस्थाबाट ऋण लिएर पौडेलले व्यावसायिक रुपमा च्याउ गर्दै आउनुभएको छ । हाल चुनियाँ बजारबाट २० वटा टनेल र हेटौँडा–७ न्यूरेनीबाट २० वटा टनेलबाट च्याउ बिक्री गरिरहेका उहाँले दैनिक चारदेखि पाँच क्विन्टल च्याउ हेटौँडा बजारमा खपत भइरहेको बताउनुभयो ।
पौडेलका अनुसार आफूहरुले उत्पादन गरेको च्याउ हेटौँडा बजारमा नै खपत भइरहेको छ । च्याउ खेती गर्ने किसान बढ्दै गएमा हेटौँडा बजारले मात्र खपत गर्न नसक्ने उहाँले बताउनुभयो । हेटौँडा बजारभन्दा बाहिर च्याउ पु¥याउन नसकिएको उहाँको भनाइ छ । एक दिन बिक्री नहुँदा सबै सामान बिग्रिन्छ । हेटौँडाबाट नजिकको बजार सिमरा, वीरगञ्ज र नारायणगढसम्म च्याउ पु¥याउन सकिन्छ, त्योभन्दा टाढा लैजाँदा बिग्रने सम्भावना रहेको उहाँले गुनासो गर्नुभयो ।
आफ्नै जिल्लामै दक्ष जनशक्ति भएको खण्डमा जिल्लाकै कोही व्यक्तिले रोजगारी पनि पाउँथे र महँगो शुल्क तिरेर कामदार पनि ल्याउन पर्दैन थियो । इलाम जिल्लाबाट आएका कामदारको समूहले पौडेलको च्याउखेतीमा काम गरिरहेका छन् ।
आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको सुनाउँदै उहाँले भन्नुभयो, ‘‘ रोजगारीका लागि देशका विभिन्न शहरदेखि विदेशमा भौंतारिने युवालाई गाउँघरमै च्याउ खेती गर्न सल्ला दिन्छु ।’’ उहाँले च्याउखेती गर्न चाहानेलाई प्रशिक्षणसमेत दिने गर्नुभएको छ । अठ्ठाइस वर्षीय पौडेल आफ्नै उमेरका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ । कृषि कर्मलाई अझ विस्तार गर्दै अरु तरकारी पनि आफ्नो फार्मले उत्पादन गर्ने लक्ष्य रहेको उहाँको विचार छ ।
बजार विस्तारको लागि दैनिक च्याउ खाँदा हुने फाइदाको बारेमा जनचेतना जगाउन आवश्यक रहेको पौडेलले बताउनुभयो । उहाँले रु २५ लाखको लागतमा ४० वटा टनेलमा च्याउ खेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘‘लगानी ठूलो लाग्ने तर बिग्रियो भने फेरि माथि उठ्न गाह्रो हुन्छ । पहिला त कृषि बीमाको पनि व्यवस्था थियो । अहिले बीमा गर्न जाँँदा बीमा कम्पनी मान्दैनन् ।’’ लगानी गरेअनुसारको प्रतिफल पनि आउँछ तर आफू धेरै खट्नुपर्ने पौडलले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बिहान ३ बजेदखि राति अबेरसम्म च्याउको स्याहारमा खटिनुपर्ने हुन्छ ।”
“काम गर्ने दक्ष जनशक्तिको पनि जिल्लामा अभाव छ । च्याउको टनेल बनाउने, पोकामा बीउ हाल्ने मानिस बाहिर जिल्लाबाट ल्याउनुपर्ने अवस्था रहेको छ । सरकारले कृषि क्षेत्रमा अनुदान उपलब्ध गराए पनि आफू सो अनुदान रकम लिन हालसम्म पनि सक्षम हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।
नेपालमा च्याउ उत्पादनमा आत्मनिर्भर बनाउन तिनै तह सरकारले आवश्यकताअनुसार कृषि प्रविधि उपलब्ध गराए सहयोग पुग्ने किसानको भनाइ छ । मकवानपुर जिल्लासमेत कार्य क्षेत्र पर्ने कृषि ज्ञान केन्द्र चितवनका च्याउ खेतीको प्रवद्र्धनका लागि विविध कार्य भइरहेको जनाएको छ ।
च्याउ खेतीको समग्र विकासका लागि तथ्याङ्क सङ्कलन र सहयोग कार्य भइरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनुभयो । उहाँले शहरी र ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारबाट आएका युवालाई लक्षित गरी कृषि पेशामा लाग्न आवश्यक तालीमसमेत सञ्चालन भइरहेको बताउनुभयो । यता व्यावसायिकरुपमा गरिने सबै खाले कृषि क्षेत्रलाई प्रवद्र्धनका लागि किसान वर्गलाई आवश्यक तालीम प्रदान गरिने योजना रहेको वाग्मती प्रदेशअन्तर्गत भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच पछिल्लोपटक जिल्लामा सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । हेटौँडा–६ को चौगडा र शान्ति टोलका केही युवाले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका छन् । रोयल आर्गेनिक एग्रो फर्म एण्ड रिर्सस सेन्टर कम्पनी दर्ता गरी रु ३५ लाखको लागतमा अर्गानिक तरकारी खेती शुरु गरेको बताइएको छ । उनीहरुले विषादीरहित तरकारीमा उपभोक्ताको माग अत्यधिक रहेकाले मौसमी र बेमौसमी तरकारी खेतीसँगै नयाँ प्रजातिका माछापालन, कुखुरापालन तथा बाख्रा फारमसमेत सञ्चालन गरेको सो कम्पनीका अध्यक्ष भरत सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाको मकवानपुर गाउँपालिकामा व्यावसायिकरुपमा सिस्नु खेती शुरु गरिएको छ । सो गाउँपालिकाको एक युवा कृषक समूहले सुक्रौरामा बाँझो जमीनको झाडी काटेर सिस्नु खेती शुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका–७ का केही युवाले सो खेती गरेका हुन् ।
गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले करीब एक बिघा जमीनमा सिस्नुको गानोसमेत रोपिएको जानकारी दिनुभयो । उहाँले व्यावसायिकरुपमा सिस्नु खेती गर्न चालु आवमा रु एक लाख अनुदान दिएको जानकारी दिनुभयो । सफल भएमा थप सहयोग दिइने उहाँले बताउनुभयो । किसानले सिस्नोको धुलो बिक्री गर्ने लक्ष्य रहेको र यो मकवानपुरमा स्थानीय कृषक मानबहादुर मुक्तानले समूहसँग मिलेर सिस्नु पिस्ने मेशिन पनि खरीद गरेको जानकारी दिनुभयो । उत्पादित सिस्नुको धुलो व्यवसायका लागि बिक्री हुने उहाँले बताउनुभयो ।
हेटाँैडा उपमहानगरपालिका–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंले त्यस कम्पनीको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । युवा पुस्ता आफ्नै जिल्लामा कषि व्यावसायिक कार्यमा लाग्नु उदाहरणीय भएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच हेटौँडा उपमहानगरपालिकाले पनि वैदेशिक रोजगारीबाट फर्किएका युवा कृषि पेशामा लागेमा त्यसका लागि बजेट विनियोजन भएको जनाएको छ । साथै हेटौँडामा रहेको बाँझो जमीन खेतीको रुपमा प्रयोग भएमा रकमको व्यवस्था भएको प्रमुख हरिबहादुर महतको भनाइ छ ।
–––