• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
एक पटक कोरोना लागेर निको भयो भन्दै निफुल्किएर बुर्कुसी मार्दै नकुद्नुहोस्

एक पटक कोरोना लागेर निको भयो भन्दै निफुल्किएर बुर्कुसी मार्दै नकुद्नुहोस्

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

एक पटक कोरोना लागेर निको भयो भन्दै निफुल्किएर बुर्कुसी मार्दै नकुद्नुहोस्

by gazab g
December 6, 2020
in कोरोना बिशेष
0
एक पटक कोरोना लागेर निको भयो भन्दै निफुल्किएर बुर्कुसी मार्दै नकुद्नुहोस्

बीबीसी – कोरोना भाइरसबाट संक्रमित भइसकेपछि फोक्सोमा पर्ने असर बिरामी भएको तीन महिनासम्म पनि देखा पर्ने गरेको नयाँ रिसर्चमा पत्ता लागेको छ । अक्सफोर्ड युनिभर्सिटीका बिरामीमा गरिएको यस अध्ययनमा भिन्दै किसिमको ‘स्क्यानिङ प्रक्रिया’ मार्फत कोभिडका कारण फोक्सोमा भएको क्षति पहिचान गरिएको हो ।

यसमा फोक्सोमा पुगेको असरका तस्बिरहरु निकाल्न ‘एमआरआई स्क्यान ’का बेलामा ‘जेनन ग्यास’ को प्रयोग गरिएको थियो । फोक्सोका विशेषज्ञहरुले बताए अनुसार यो टेस्टले कोभिडका कारण हुने दीर्गकालीन क्षति पत्ता लगाउन सक्ने हुँदा यसले बिरामीमा धेरै ठूलो फरक पार्न सक्छ ।

अनुसन्धानका नेतृत्वकर्ता प्रोफेसर फर्गस ग्लीसनले १९ देखि ६९ वर्षका दश बिरामीहरुमा यो ‘स्क्यानिङ टेकनिक’ प्रयोग गरेका हुन् । जसमध्ये आठ जनामा सास फेर्न गाह्रो हुने, कोरोनाबाट संक्रमित भएको तीन महिनापछि पनि अधिक थकान महसुस हुने गर्दथ्यो जबकी उनीहरुमध्ये कसैलाई पनि अस्पताल भर्ना गर्नु र इन्टेसिभ केयर या भेन्टिलेसनको आवश्यकता परेको थिएन । सामान्य स्क्यानमा तिनको फोक्सोमा कुनै समस्या देखा परेको थिएन ।

तर, यो नयाँ स्क्यानिङ टेकनिकले भने फोक्सोमा पुगेको क्षतिको संकेत स्पष्ट देखाएको छ । यसमा बिरामीको रगतमा हावा सजिलै प्रवाह हुन नसकेको देख्न सकिन्छ । त्यसैले यही नतिजाका आधारमा प्रोफेसर ग्लीसनले अस्पताल भर्ना नभएका या गम्भीर लक्षण देखा नपरेका कोभिडका १०० बिरामीमा यसको ट्रायल सुरु गर्ने योजना बनाइरहेका छन् ।

यसको उद्देश्य भनेको कोरोनाबाट संक्रमित भइसकेपछि फोक्सोमा पर्ने असर स्थायी हुन्छ या समयसँगै ठीक हुँदै जान्छ भन्ने पत्ता लगाउनु हुनेछ । उनले भनेका छन्, ‘हामीले फोक्सोमा असर पर्ने कुरा अपेक्षा गरेका थियौँ तर अहिले देखिए जत्तिको खराब स्थितिमा चाहिँ होइन ।’

कोभिड–१९ हुँदा विशेष गरी ६० वर्षभन्दा माथिको उमेरकाहरुमा गम्भीर बिरामी पर्ने र मृत्यु हुने हुन्छ तर यो ट्रायलमा पत्ता लागे अनुसार यसरी वास्तवमै ठूलो दायराको उमेर समूहमा फोक्सो क्षति हुने र अस्पताल भर्ना हुनु नपरेकाहरुमा पनि लामो समय असर पर्छ भने कोभिड सम्बन्धी हाम्रो बुझाइमा यसले ठूलो परिवर्तन ल्याउने प्रोफेसर ग्लीसनले बताए ।

उनका अनुसार यो नयाँ स्क्यानले फोक्सोमा जुन किसिमको असर देखाएको छ, लङ कोभिड त्यही कारणले भएको हुन सक्छ जसमा बिरामी संक्रमित भएको लामो समयसम्म पनि पूर्ण रुपमा ठीक हुन सक्दैनन् ।

यसकारण पनि यो नयाँ स्क्यान प्रविधिले कोभिड–१९ बाट फोक्सोमा पर्ने प्रभावलाई अझ राम्ररी बुझ्न मद्दत गर्ने अपेक्षा रहेको बताइएको छ । अक्सफोर्डमा आधारित डाक्टर शेली हेल्सले पनि कोभिड–१९ बाट संक्रमित हुने १० प्रतिशत बिरामीको फोक्सोमा केही न केही असर परेको हुने र यसकै कारण लामो समयसम्म लक्षण देखा पर्ने गरेको बताएकी हुन् । उनले भनेकी छन्, ‘यसमा समस्या के छ भने अहिले विश्वमा कोभिडबाट संक्रमित हुनेको संख्या ६ करोड पार गरिसकेको छ त्यसैले यसको १० प्रतिशत भनेको एकदम धेरै हुन्छ ।’

उनका अनुसार लङ कोभिडका बिरामी अस्पताल पुग्दा स्वास्थ्यविद्हरुले पनि तिनमा के समस्या छ भनेर बताउन नसक्दा अनि उनीहरुमा देखा परिरहेको लक्षणबाट मुक्त हुन के गर्ने भनेर थाहा नहुँदा बिरामी र चिकित्सक दुवैमा ‘स्ट्रेस’ पर्ने गर्दछ । जस्तै अक्सफोर्डको जोन रेडक्लिफ अस्पतालमा कोभिडबाट संक्रमणपछि गम्भीर बिरामी परेका ६० वर्षीय टिम क्लेडनले आफू बाँच्दिन भन्ने सोचेका थिए तर भाग्यवश् उनी यसबाट मुक्त भए ।

ADVERTISEMENT

तर अझैपनि उनमा विभिन्न लक्षणहरु पूर्ण रुपमा हराइसकेका छैनन् जसले आफूलाई अत्यन्तै निराश र दिक्क बनाउने गरेको उनी बताउँछन् । त्यसैले उनले प्रोफेसर ग्लीसनको ट्रायलमा यो नयाँ स्क्यान गर्न पाउँदा अधिक राहत महसुस गरेको बताए जसले उनको फोक्सोमा कसरी क्षति पुगेको रहेछ भन्ने स्पष्ट देखियो ।

उनले भनेका छन्, ‘यो राम्रो खबर होइन तरपनि यसबारे थाहा पाउनुले धेरै मद्दत गर्छ । अहिले मलाई यसको उत्पति कसरी भयो भन्ने थाहा छ तर यो स्थायी हो या बिस्तारै ठीक हुँदै जान्छ भन्ने चाहिँ थाहा छैन ।’ ब्रिटिश लङ्स फाउन्डेसनकी रिसर्च प्रमुख डाक्टर समान्था वाकर भन्छिन्, ‘यो अत्यन्तै रोचक खोज हो र कोभिड पश्चात् फोक्सोमा पर्ने असर सम्बन्धी अझ ठूलो स्तरमा अध्ययन गर्न अहिले धेरै महत्वपूर्ण छ । अनि मात्र हामीले कोभिडले लामो समयसम्म शरीरमा पुर्‍याउने असरबारे राम्ररी बुझ्न सक्नेछौँ ।’ यसरी थप अनुसन्धानबाट कोभिडले फोक्सोमा दीर्गकालीन क्षति पुर्‍याउन सक्छ भन्ने पक्का भयो भने यसका लागि नयाँ परीक्षणको विकास गर्नुपर्ने हुन्छ र लङ कोभिडबाट गुज्रिरहेका धेरै मानिसहरुमा यसले सकारात्मक प्रभाव पार्नेछ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

कोरोना : कोभिड फाइजर खोप स्वीकृत गर्ने यूके विश्वकै पहिलो देश
कोरोना बिशेष

कोरोनाबाट थप १५ को मृ,त्यु

खुशिको खबर, कोरोनाले  आतंकित बनेको विश्वलाई बेलायतले दिनेभयो राहात
कोरोना बिशेष

खुशिको खबर, कोरोनाले आतंकित बनेको विश्वलाई बेलायतले दिनेभयो राहात

कोरोना भाइरस नेपाल: कोभिड-१९ बाट मृत्यु हुने मानिसको बढ्दो सङ्ख्याबारे चिकित्सकहरू के भन्छन्
top news

सरकारले कोरोना नियन्त्रणमा कुनै चासो नदिँदा आज मात्रै कोरोनाबाट २० जनाको ज्यान गयो

हुम्लामा जिप दुर्घटना : चारको मृत्यु, सात घाइते
top news

नेपालमा कोरोना भयाभह बन्दा कोरोनाबाट विश्वभरका विभिन्न २० मुलुकमामा ज्यान गुमाउनेको संख्या ३ सय १ पुग्यो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com