• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण दोहोर्‍याउने सरकारको तयारी !

कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण दोहोर्‍याउने सरकारको तयारी !

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, March 3, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण दोहोर्‍याउने सरकारको तयारी !

by gazab g
January 22, 2021
in समाज
0
कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण दोहोर्‍याउने सरकारको तयारी !
493
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मुलुकलाई उज्यालो दिने व्यक्तिको रुपमा चिनिन्छन्, कुलमान घिसिङ । १८ घण्टाभन्दा बढी लामो समयको लोडसेडिङ अन्त्य गरेर उज्यालो दिएका कुलमान जति शासकको अप्रिय छन्, त्यत्ति नै जनताको प्रिय र पूज्य छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको निरन्तरता बहुसंख्यक नेपालीले चाहेका थिए । तर, उनलाई राज्यले दोहो¥याएन र उनको स्थानमा पदपूर्ति पनि गरिएको छैन, जस कारण कुलमानको प्राधिकरण यात्रा अझै सम्भावना रहेको धेरैले झिनो आशा गरेको पाइन्छ।

उनी फेरि प्राधिकरणको नेतृत्व लिन जालान् वा नजालान् यो भविष्यमा थाहा हुने नै भयो । तर, अहिले कुलमानको योगदानको जस लिन नेताहरुको हानाथाप देखिएको छ । लोडसेडिङ अन्त्य गर्ने कार्यमा कुलमानको मात्रै हात रहेको होइन, प्राधिकरणका समग्र कर्मचारी, तालुक मन्त्रालयका अधिकारी र मन्त्री तथा सिङ्गो राज्य प्रणालीकै सहयोग रहेको स्वयं कुलमानले स्वीकारेका छन्।

तर, तत्काल लोडसेडिङ अन्त्य नहुने, लोडसेडिङ हटाउन वर्षाैं लाग्ने प्राधिकरणका पूर्वप्रमुखदेखि जलविद्युत विज्ञहरुको भनाइ विपरीत कुलमानले नेतृत्व सम्हाले लगत्तै सदाको लागि अन्धकार हटाएको यथार्थले नेपालीको मन जित्न सफल भयो। २०७३ भदौं ३१ गते प्राधिकरणको नेतृत्व सम्हाल्न थालेका कुलमानले सोही वर्षको लक्ष्मी पूजाको दिनबाट लोडसेडिङ अन्त्यको अभियान थालेका थिए ।
र २०७७ भदौ ३० गते चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घर फर्किंदै गर्दा लोडसेडिङ नेपालीले बिर्सिसकेका थिए । उनको बिदाइसँगै आक्कलझुक्कल बत्ति जाँदा कतै फेरि लोडसेडिङ हुन लागेको त होइन भन्ने आशंका भने पैदा गराइरहेको छ । प्राधिकरणमा २६ वर्ष सेवा गरेर अवकाश पाएका कुलमान नेपाली जनताको प्रिय र पूज्य पात्र हुन।

मुलुक निर्वाचनको बाटोमा अघि बढिरहँदा कुलमानलाई आफूले ल्याएको, दोहो¥याउन चाहेको नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । अर्थात कुलमानलाई चुनावी एजेण्डा बनाउन थालिएको छ । कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिँदा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड थिए भने ऊर्जामन्त्रीमा जनार्दन शर्मा थिए । लोडसेडिङ हटाउने क्रममा प्राधिकरणको तालुक मन्त्रालयको नेतृत्वमा रहेका शर्माले जस पाउनु स्वभाविकै हो ।

तर, पूर्ववर्ती मन्त्री टोपबहादुर रायमाझीले पनि जस खोजिरहेका छन् । कुलमानलाई प्राधिकरण प्रमुख बनाउन आफ्नो ठूलो हात रहेको रायमाझी दाबी गर्दै आएका छन् । कुलमानलाई प्राधिकरण प्रमुख बनाउन आफूले सबै तयारी पूरा गरेकै बेला सरकार परिवर्तन भएको रायमाझीको दाबी छ । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपप्रधान तथा ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी थिए ।

संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्न खोजिएपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै रायमाझी पनि ऊर्जा मन्त्रीबाट हटे । पछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भयो र ऊर्जामन्त्रीमा जनार्दन शर्मा नियुक्त भए । जनार्दन शर्माकै पालामा कुलमान प्राधिकरण प्रमुखमा नियुक्त भए ।

यतिमात्रै होइन सरकारमा छँदा कुलमानकाबारे चुइँक्क नबोलेका पूर्व ऊर्जामन्त्री वर्षमान पुनले अहिले उनै कुलमानलाई प्राधिकरणमा दोहो¥याउन चाहेको बताउन थालेका छन् । प्रतिनिधि सभा विघटन गरेकै दिन यही पुस ५ गते ऊर्जामन्त्रीबाट राजीनामा दिएका पुनले कुलमानलाई आफूले प्राधिकरण प्रमुखमा दोहो¥याउन चाहेको भए पनि प्रधानमन्त्रीले नमानेको आरोप लगाउन थालेका छन् ।

स्मरणरहोस्, कुलमानलाई प्राधिकरण प्रमुख बनाउन माग गर्दै प्रदर्शन हुँदा तत्कालीन ऊर्जामन्त्री पुनले प्राधिकरण प्रमुख नियुक्त गर्ने संवैधानिक प्रक्रिया रहेको र सोही प्रक्रिया पूरा गरेर कुलमान आउनु पर्ने बताएका थिए । तर, अहिले आफ्नो रक्षा र चुनावी एजेण्डाको रुपमा उनै पुन कुलमानलाई आफूले प्राधिकरणमा दोहो¥याउन चाहेको बताउन थालेका छन् ।

यो पनि पढ्नुहोसु

२१ प्रतिशत मात्र खर्च

जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा विकासका लागि आएको बजेटको २१ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको हो ।

जिल्लाको विकासका लागि संघीय सरकारले पठाएको रु ५ अर्ब ४० करोड २२ लाख ७७ हजार मध्ये ६ महिनामा रु १ अर्ब १६ करोड २८ लाख ७१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र शर्मा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारबाट बिनियोजित बजेट मध्ये विकास निर्माणका लागि निकासा भएको रकमको २० दशमलब ५५ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश सरकारले विकासका लागि बिनियोजन गरेको बजेट रु १ अर्ब ४८ करोड ८५ लाख १६ हजार मध्ये रु ३० करोड ५९ लाख २७ हजार मात्र खर्च भएको हो । कोरोना कहरका कारण विकास निर्माणमा केही ढिलाई भएको उहाँले बताउनुभयो । अहिलेको समय बोलपत्र आव्हान गर्ने र सम्झौता गर्ने समय भएकाले पनि पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताइएको छ ।

कार्यालयका अनुसार जिल्लाबाट संघीय सरकारका लागि रु ७ अर्ब ८६ करोड ३७ लाख ९६ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारका लागि रु ४९ करोड ९३ लाख २६ हजार राजस्व संकलन भएको छ ।

यो पनि पढ्नुहोस

पर्यटकीय क्षेत्रको विकासमा जुर्मुराउँदै प्रदेश र स्थानीय सरकार

जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षणमा स्थानीय तथा प्रदेश– १ सरकार जुटेका छन् ।

यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिद्धकाली देवी मन्दिर–भोजपुर, नागछाँगा– बैकुण्ठे, पशुपति मन्दिर–तिम्मा, रामजानकी मन्दिर– दिङ्ला, ट्याम्केडाँडा– नागी, सिलिचुङ डाँडा, नेपालको पहिलो बौद्ध विहार–टक्सार, च्याङ्ग्रे पोखरी– च्याङ्ग्रे, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी–दोभाने, कालिकादेवी–ओख्रे, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत छन् ।

त्यस्तै बेहेश्वर मन्दिर– भुल्के, हतुवागढी, अरुणको कात्तिकेघाट, हाँसपोखरी, घोडेटार र नेपालेडाँडाबाट सोलुखुम्बुको नाम्चे बजार जाने पदमार्गलगायत प्रमुख क्षेत्र हुन् । सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो, जसको उचाइ चार हजार १४३ मिटर छ । यहाँका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारमा प्रदेश – १ सरकारसँंगै स्थानीय तहले प्राथामिकता निर्धारण गरेका छन् ।

मुन्धुम पदमार्गसङ्घीय सरकारले निर्धारण गरेको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । प्रदेश– १ सरकार, स्वीस सरकार र टेम्केमैयुङ गाउँपालिकाको संयुक्त लगानीमा यहाँ पदमार्ग निर्माण भइरहेको छ । पाँचधारेबाट सिलिचुङ चुचुरासम्ममा करीब ५८ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्यका साथ निर्माण भइरहेको टेम्केमैयुङका अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो ।

पदमार्गका लागि रु दुई करोड लागतमध्ये पहिलो चरणमा रु ९९ लाख बराबरको काम हुनेछ । दोस्रो चरणमा चियाघर, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणसँंगै पर्यटकका लागि खाना–बस्नका लागि अन्य संरचना निर्माण हुने बताइएको छ ।
विशेष गरेर विदेशी पयर्टकलाई लक्ष्य गरेर निर्माण हुँदै गरेको पदमार्गमा सिमेन्ट प्रयोग नगरी स्थानीयस्तरको स्रोतसाधनको प्रयोग गर्दै विश्रामस्थल, चौतारा फँलैचा निर्माण हुने निर्माण समितिका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो ।सो पदमार्गमा पर्ने डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ । पहिलो चरणको पदमार्ग निर्माणको काम डेढ वर्षमा सम्पन्न हुने जनाइएको छ ।

त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश –१ सरकारले तीन हजार ११० मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र ‘टेम्के डाँडामा भ्यु टावर’ निर्माणको काम थालनी गरेको छ । सरकारले किराँत राईहरुको संस्कृति झल्कने तरिकाबाट टावर निर्माण गर्न लागेको हो । यसले पर्यटन प्रवद्र्धनसंँगै स्थानीयवासीको संस्कार, संस्कृतिको पहिचान जोगाउन सहयोग पुग्ने प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । सो टावर नेपालकै एक नमूना बनाइने उहाँको जिकिर छ । यसलाई किराँत पहिचानका रुपमा चिन्डो आकारमा विसं २०८२ सम्म निर्माण गरिने छ ।
सो डाँडाबाट तराईका फाँटसँंगै सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्सेलगायत आठ हजार मिटर अग्ला ६ र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

ADVERTISEMENT

प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको रु १३ करोड ६२ लाख लागतमा टावर बन्ने भएपछि स्थानीयवासीमा उत्साह थपिएको हो । भ्यु टावरको शिलान्याससँंगै आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्न थालेको स्थानीयले बताउने गरेका छन् । सो डाँडाबाट नजीकै रहेको तावा भञ्याङमा पोखरी निर्माणसमेत बनाइने प्रदेश सरकारको योजना छ ।सो स्थानमा रामनवमी र बालाचतुर्दशीमा वर्षमा दुई पटक मेला लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्य तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयवासीले बताउने गरेका छन् ।
त्यस्तै पौवादुङ्मा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँंगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, ‘दोस्रो हलेसी’सन्तानेश्वर मन्दिर, दुङ्माली भाषा संरक्षण केन्द्र, च्याङ्ग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको हो ।

गाउँपालिका केन्द्र नजीकै रहेको कोटगढीको संरक्षणका लागि श्रमदानसहित रु ५० लाख लागतमा बाटो निर्माणको काम सम्पन्न भएको छ । ऐतिहासिक कोटगढीको संरक्षण तथा विकासमा ध्यान दिइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो,‘‘गाउँपालिकालाई आर्थिक रुपमा विकास गर्नका लागि अन्य क्षेत्रसंँगै पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रको विकासमा योजनाबद्ध रुपमा लागेका छौँ, मुख्य पर्यटकीय क्षेत्रको विकासका लागि डिपिआर तयार गरेर गाउँपालिका तथा प्रदेश सरकारसँंग पनि सहकार्य गरेर काम अगाडि बढाएका छौँ ।’’

भावीयोजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, (डिपिआर बनिरहेको) गुफानागी, दिर्गे डाँडा, दिदीबहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरा, आहाललगायत पर्यटकीय क्षेत्रको विकास तथा संरक्षणका लागि काम गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

स्थानीयवासी ज्ञानेन्द्र राईले भन्नुभयो,‘‘गाउँपालिकाले पर्यटकिय क्षेत्रको विकासमा गरिरहेका काम निकै राम्रो छ, यसरी गाउँपालिकाका पर्यटकिय र धार्मिक क्षेत्रको पहिचान गरेर विकासको थालनी गर्दा हामीलाई निकै खुसी लागेको छ, यसले आर्थिक विकाससंगै ऐतिहासिक क्षेत्रहरुको संरक्षण हुने देखिन्छ ।

त्यसैगरी दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले पनि आफ्नो क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरेर विकास विस्तार गर्न थालेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । त्यस्तै प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटकीयस्थल शङ्खमचुलीमा भ्यु टावर निर्माण भइरहेको छ । अन्य पर्यटकिय क्षेत्रको समेत डिपिआर तयार गरेर काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

रामप्रसादराई गाउँपालिकाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नाँग छाँगा, चुलाचुली गुफा, गोल्मेभिरलगायत स्थानलाई आफ्नो आर्थिक स्रोतका रुपमा विकास गर्न डिपिआर तयार गरेको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिनुभयो । गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा हालसम्ममा रु एक करोडभन्दा बढी लगानी गरिसकेको गाउँपालिका उपाध्यक्ष सम्झनाले जानकारी दिनुभयो ।

उत्तरी क्षेत्रमा अवस्थित दिङ्लाको षडानन्द नगरपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ । शिक्षाको ज्योति फैलाउने बालागुरु षडानन्दको सम्मानस्वरुप प्रदेश –१ सरकारको रु ६ करोड लागतमा बहुउद्देश्यीय धर्मशालाको निर्माण भइरहेको छ । त्यस्तै नगरपालिकाले तत्काललाई रु १५ लाख बजेटको व्यवस्था गरेर आफ्ना क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको खोजी गर्दै संरक्षण तथा विकासका लागि कामको थालनी गरिसकेको नगरपालिका उपप्रमुख मेरिका राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर क्षेत्रमा योगमायाको समाधिस्थल मजुवाबेँसी, कैलाश डाँडा, रामचन्द्र मन्दिर, रानीवन चित्रगुप्तालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विस्तार भइरहेको छ । त्यस्तै वडा–३ खार्ताम्छामा १३९ मिटर उचाइको जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना विकासको काम भइरहेको छ । फाली दोबाटो, चाँप डाँडा, भोटेछाप, साउने झर्ना, टाइगर झर्नालगायतको पनि विकास र विस्तार भइरहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै यही महिनादेखि नगरपालिकाको पखुवाभञ्याङबाट रु ७१ लाख लागतमा १२ किलोमिटर मुन्धुम पदमार्ग निर्माणको थालनी गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकामा रहेका महभीर झर्ना, माक्सा झर्ना, सावा झर्ना, भोजपुर मझौलेमा रहेको सिरवानी पोखरी, मलवा पोखरीलगायत प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार जुटेको छ ।

टेम्केमैयुङ– १ सावामा गाउँपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त लगानीमा सामूहिक घरबास पर्यटन सञ्चालनमा ल्याइएको छ । छिनामखुमा पनि प्रदेश– १ सरकार तथा गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा छ । यहाँ सञ्चालन भएका घरबासमा स्थानीय परिकारसँगै स्थानीय संस्कार र संस्कृतिको प्रवद्र्धन गरिने गाउँपालिकाले जनाएको छ ।

Share197Tweet123Share49
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य
समाचार

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र
समाचार

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या
समाचार

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?
समाचार

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!