डा बासुदेव कृष्ण शास्त्रीडा। बासुदेव कृष्ण शास्त्री
घरको कुन दिशामा कस्तो फूल रोप्नुपर्छ, यसो भन्छ वास्तुशास्त्र
वाह १ कति सुन्दर । रंगिविरंगी फूल देख्ने वित्तिकै तपाईं हामी सबैको मुखबाट स्वतस्फूर्त निस्किने शब्द हो यो । यो संसारमा सुन्दर फूल मन नपराउने मान्छेहरु सायदै भेटिएलान । त्यसैले पनि मान्छेहरु रंगिचंगी फूल लगाएर घर सिंगार्छन् ।
फूल सौन्दर्यको अप्रतिम रुप हो । प्राचिन वास्तुशास्त्र लगायत स्थापत्य कलामा वास्तुशास्त्रका साथै फूलको बारेमा विशिष्ट चर्चा गरिएको पाइन्छ । हामीले जानेर वा नजानेर घरमा जताभावी जुनसुकै फूल रोप्ने गर्छौं । वास्तुशास्त्रले घरको तला, घडेरीको दिशा, घरवालाको राशि, घरमा लगाइएको रंग लगायतलाई आधार बनाएर फूल लगाउनुपर्ने बताउँछ ।
मान्छेको जीवन र फूलको सम्बन्ध प्रगाढ छ । मान्छे आँशु र हाँसोले मिश्रित जीवन यापन गर्न बाध्य छ । आँशुमा डुबेर मान्छे जीवन यापन गर्न सक्दैन । हाँसोका लागि प्रकृतिक सौन्दर्यका विभिन्न तत्वलाई मानवीय प्रयोगको आधार बनाइन्छ ।
प्राचिन स्थापत्यक कला होस् वा साहित्य, वेद होस् वा आधुनिक सजावट विधि सबैले फूललाई आनन्दको आश्रय स्थलका रुपमा प्रयोग गर्छन् ।
घरको कतापट्टी, कुन तलामा कस्तो रङको फूलहरु लगाउनेबारे वास्तुशास्त्रका जानकारसँग विस्तृत जानकारी लिँदा राम्रो हुन्छ ।
पूर्व दिशा
घरको पूर्व दिशामा रातो फूल रोप्न राम्रो हुन्छ जसमा काँडा नहोस् । दूध ९चोप० आउने खालका फूल लगाउने भए गमलामा नभएर घडेरीको छेउमा एकहात खाली भूभाग बाहिर छाडेर त्यसभित्र रोप्नुपर्छ जहाँ बाह्रमासे, सुनखरी, लाहुरे फूल लगाउन सकिन्छ ।
पूर्वतर्फ गमलामा गुलाफ रोप्नु त्यति राम्रो मानिदैन । यो ठाउँमा रातो र सेतो मिश्रित भएर फुल्ने केवरा, पहेँलो रातो र निलो मिश्रित भएर फुल्ने सूर्यमुखी लगायत फूल रोप्न सकिन्छ ।यो दिशामा रातो गोदावरी पनि उपयुक्त मानिन्छ । आग्नेय कोणमा रातो गुलाव रोप्न उत्तम हुन्छ ।
पश्चिम दिशा
पश्चिम दिशादेखि वायव्य कोण पर्यन्त सेतो रङ भएका पराग हुने सुगन्धित बाह्रमासे फुल्ने उचाई ५ फिटसम्म हुने फूल रोप्न सकिन्छ । यसमा चमेली, घण्टीफूल, बाबरी, रातो केबरा, केराफूल, धूपी, मेथी, हलेदो, सयपत्री, सर्पगन्धा, लूँडे, चिरैतो, छत्तिवन, जटामसी, जेठीमधु, टिमुर, तितेपाती, द्रोणपुष्पी, कुश, उसिर, अश्वगन्धा लगायत फूल तथा वनस्पती लगायत रोप्न सकिन्छ । यो दिशामा पारिजात, सेतो शिरिष रोप्न बाञ्छनीय नै हुन्छ । त्यसैगरी मालती, बेली, सुनगाभाजस्ता फूलहरु पनि रोप्न सकिन्छ ।
उत्तर दिशा
यो दिशामा सामन्यतया २ फिटजति उचाई हुने खालका फूलहरु लगाउनु राम्रो हुन्छ । अझ गमलामा रोप्ने भए उचाई जति कम भए पनि हुन्छ । रङ भने यो दिशामा कलेजी, खैरो वा सेतो, पहेँलो, गेरु रङ भएका फूलहरु लगाउनु उपयुक्त हुन्छ ।
उत्तर दिशामा पनि काँडा नभएका साना, हरियो, कलेजी, रातो सेतो, छिर्केमिर्के परेका फूलहरु रोप्न सकिन्छ ।
उत्तर दिशामै भुँइचम्पा, सुनाखरी, मखमली, गोदावरी, कमल, सूर्यमुख, द्रोणपुष्पी, पारिजात, सुनाखरी, दूबो, तुलसी, तिल, जिरा, धनियाँ, बोझो, भृङ्गराज, भुइँअमला, सोमलता, सयपत्री, बाकुची, वरुण, मोथे, चम्पाचमेली, लाहुरे फूल लगायत रोप्न सकिन्छ । ईशान कोणमा तुलसी वा अमला रोप्न उपयुक्त हुन्छ । यो कोणमा अग्ला बनस्पती रोप्नु हुँद्यैन । निद्रादोष निवारणका लागि स्वप्नकच्छु पनि रोप्न सकिन्छ । यो कोणमा धतुरो रोप्नाले जीवनका यावत समस्याहरु समाधान भएर जान्छन् ।
दक्षिण दिशा
दक्षिण दिशामा लहरा हुने र कालो वा निलो वा हरिया लहारादार तथा सामान्य काँडा हुने फूल रोप्नु राम्रो मानिन्छ । यो दिशामा निल, शिरिष, गुलाफ, काकड, शृङ्गी, कुटुकी, खयर, गहत, काँस, करेला र फूलको रुपमा प्रयोग हुँदै आएको धूपी, अशोक लगायत रुखहरु पनि लगाउन सकिन्छ ।
दक्षिणदेखि नैऋत्य कोणभित्र पर्ने गरी घरको करीव चार मिटर जति बाहिरतर्फ कपुर, रुद्राक्ष, अशोक, मरिच पनि लगाउन सकिन्छ । यो दिशामा सेतो फूल्ने सामन्यतया चार फिटजति उचाई हुने फूल रोप्दा उत्तम हुन्छ । यही दिशामा पहेँलो गोदावरी, सयपत्री, मखमली, भूइँचम्पा, चमेलीजस्ता फूल रोप्न सकिन्छ ।
एकतले घर भएमा यसरी लहरा नभएका फूलका विरुवाहरु रोप्न सकिन्छ । यदि घर एकतला नभएर अनेकौं तला भएको छ, जग्गा अभावले गमलामा नै फूल रोप्ने अवस्था आएमा भूइँतलामा वैजनी रङको, दोस्रो तलामा निलो रङको, तेस्रो तलामा रातो, चौथो तलामा सेतो सामान्य लहरा भएको फुल रोप्नु राम्रो मानिन्छ ।
Read More
बाबुराम र प्रचण्ड मिलेर ओलीसँग यसरी बदला लिने तयारी सुरु, गोप्य भेटघाट गरेका प्रमाण भेटीए
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । शुक्रबार अपराह्न उनीहरु तीनैजनाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरे लगत्तै दाहाल उपराष्ट्रपति भवन लैनचौर पुगेका थिए भने भट्टराई त्यही समय पारेर लैनचौर पुगेको स्रोतले जनाएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका दाहाल र भट्टराई एकैपटक उपराष्ट्रपतिसँग भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सत्तारुढ दल नेकपा दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीचको भेटमा के कुराकानी भयो यसबारे केही खुलाइएको छैन । तर पनि उनीहरुबीच प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ ।
‘उपराष्ट्रपतिज्यू धेरै बोल्नुहुन्न। उहाँले सक्रिय राजनीति गर्ने पनि होइन। तर तीन जना बिचको भावनात्मक सम्बन्ध विशिष्ठ खालको छ। प्रचण्डले जनयुद्वको मुख्य नेतृत्व गर्नुभयो। बाबुरामले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गर्नुभयो र उपराष्ट्रपतिले सैन्य कमाण्ड सम्हाल्नुभयो,’ स्रोतले भन्यो, ‘प्रचण्ड र बाबुरामको भेटमा साक्षी बस्न सक्ने उपर्युक्त व्यक्तिनै उपराष्ट्रपति हो। यसअघि पनि प्रचण्ड र बाबुरामको भेट उपराष्ट्रपति निवासमा भएको थियो।’