न्युज २४ ले हटाएको रवि लामिछानेको अन्तिम कार्यक्रमको अहिलेसम्मकै महत्वपूर्ण रिर्पोट यस्तो थियो
न्युज २४ ले हटाएको रवि लामिछानेको अन्तिम कार्यक्रमको अहिलेसम्मकै महत्वपूर्ण रिर्पोट यस्तो थियो, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो, धेरै कुरा भन्न खोजेका रहेछन् रविले
काठमाडौ । लोकप्रिय टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजनमा सञ्चालन गर्ने सिधा कुरा जनतासँग कार्यक्रम बन्द भएको छ । रबिले टेलिभिजन छोड्दै केही समयका लागि आफु सार्वजनिक नहुने बताएका छन् । उनले केही परिस्कृत भएर आउने बाचा पनि गरेका छन् । विहिवार उनले न्युज २४ मा अन्तिम कार्यक्रम प्रशारण गरे । त्यती बेला उनी निकै भावुक देखिन्थे ।
साथै उनले ५ वर्ष सम्म काम गरेको टेलिभिजनले आफुले निर्माण गरेको कार्यक्रममा निकै मेहनत गरेर तयार पारेको रिपोर्ट प्रसारण नगरीदिएको भन्दै गुनासो पनि गरेका छन् । टेलिभिजनले उनको कार्यक्रम सेन्सर गरेको उनले जानकारी दिएका छन् । जसवाट आफुलाई निकै दुख लागेको उनको भनाई थियो ।
टेलिभिजनले प्रसारण रोकेको उनको त्यो रिपोर्ट लामिछानेले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सो भिडियो हेर्दा टेलिभिजनले सेन्सर गर्नुपर्ने आवश्यकता किन परेको होला भन्ने प्रश्न उठ्छ । कार्यक्रममा त्यस्तो कुनै कुरा छैन । उनले कार्यक्रम कसरी र कुन अवस्थामा सुरु गरिएको थियो भन्ने कुरा खुलाएका मात्र छन् । कार्यक्रमको यात्रा संक्षिप्त रुपमा देखाएका छन् ।
उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर नयाँ टेलिभिजनबाट पुनः दर्शकमाझ आउने बताएका छन् ।
उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।
यो पनि पढ्नुहोस्
बोलमाया, गलबन्दी जस्ता लोकप्रिय गीतकी गायिका शान्तीश्री परियारलाई पुत्रिलाभ, परिवारमा छायो खुशीयाली
लोकप्रिय गायिका शान्तिश्री परियारले पुत्री लाभ भएको छ ।पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आज बिहान छोरीको जन्म दिएकी हुन् ।
छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । परियारले केही अगाडी नारायण भुजेल सँग बिहे प्रेम बिहे गरेकी थिइन् ।
पुत्री लाभ भएपछि परियारलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ ।
शान्ति श्रि परियारको सांङ्गेतिक यात्रा:
रोल्पा जिल्ला बाट गीत गाउनकै लागी भनेर २०६४ सालमा राजधानी छिरेकी शान्तीले आजको स्थान सम्म आइपुग्नको लागी धेरै कठिन मोडहरु पार गर्नु परेको छ । यसो त यो क्षेत्रमा सफलता प्राप्त गर्नको लागी त्यति सहज पनि छैन । आज सम्म करिव २५० भन्दा बढि गीतहरुमा आवाज दिइसकेकी शान्तीले पहिलो गीत अरु भन्दा फरक म किन भन्ने गीतमा आवाज दिँदा खुसीले आँसुनै आएको थिए । त्यस पछि आजको दिन सम्म शान्तीलाई पछि फर्केर हेर्न परेको छैन ।
यो क्षेत्रमै पहिलो पटक आफ्नो आवाज दिई आधुनिक गीत गाए बावत पाएको पहिलो पारीश्रमिकले आफुलाई खुसिको आँसु आएको र गाएरै जिवन धान्न सकिने हौसला समेत प्राप्त भएको बताउँछिन् । आफु यो क्षेत्रमा प्रवेश गरे सँगै अग्रजकलाकारहरुले गर्नुभएको मायाले गर्दा आफुलाइ स्रोता र दर्शकले गायीका शान्ती श्री परियारको रुपमा नाम दिएको उनी बताउँछिन् ।
यो पनि पढ्नुहोस्
राजेन्द्र खड्गीकी छोरी भन्छिन् गुुन्डाको छोरी भनेर कलेजमा लभ गर्न केटाहरु डराउँछन् केटाहरु ९भिडियो०
काठमाडौं। आइतबार किर्तिपुरमा राजेन्द्र खड्गीको नयाँ फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’को गीत सुटिङका क्रममा मिडियाहरुको जम्बो टोली त्यहाँ पुगेको थियो । सोही अवसरमा खड्गीले आफ्नो पुरा परिवारलाई मिडियामा सार्वजनिक ग¥यो।
पुरा परिवार सार्वजनिक गर्ने क्रममा खड्गीकी छोरी रोमीले आफूलाई पहिलेपहिले धेरैले ‘गुन्डा’की छोरी भन्ने गरेको किस्सा सुनाइन् । यतिसम्मकी गुन्डाकी छोरी भनेर उनीसँग केटाहरु लभ गर्नसम्म डराउँथे रे १ खड्गीबारे छोरी र बुहारीले के के खुलासा गरे।
?षचबmभ कचअ.ूजततउकस्ररधधध।थयगतगदभ।अयmरझदभमरछक्ज्भ्नग्शख्(घअू धष्मतज.ूछटण्ू जभष्नजत.ूघज्ञछू ाचबmभदयचमभच.ूण्ू बिियधागििकअचभभल.ूबिियधागििकअचभभलूश्र?रषचबmभश्र
यो पनि पढ्नुहोस्
शहीद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना
विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ ।
कार्यक्रमको पहिलो दिन आज टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलिसभा सम्पन्न गरिएको छ । शास्त्रीको श्रद्धाञ्जलिसभा गरिएको सो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडाँै नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।
श्रद्धाञ्जलिसभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताउनुभयो । शुक्रराजको जन्म १९५० सालमा बनासरमा भएको हो । भारतबाटै प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले पटना, दार्जिलिङ, कोलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसक्नुभएको थियो । त्यसपछि नेपाल फर्कनुभएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो ।
राणाको विरोध गरेको आरोप लगाएर उहाँलाई १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँचजनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।
पछि पूर्णनारायणको सजायलाई आजिवन कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।
त्यस्तै गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिनेछ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । विसं २०१२ देखि काठमाडौँ महानगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।
प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा काठमाडौँको विभिन्न स्थानमा सहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ । त्यसैगरी कामपाले गएको वर्ष गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरिसकेको छ ।
यो पनि पढ्नुहोस्
कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै
सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको हो ।
मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले नयाँ नियुक्ति भएका तथा समायोजन भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाट गर्ने र स्थानीय तहमा स्वीकृत गर्ने कर्मचारी नभएमात्र प्रदेशबाट गर्ने नयाँ व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले स्थानीय तहमा भएका कर्मचारीको राजीनामा स्वीकृत र अवकाशपत्रको स्वीकृत कार्यलाई सरलीकृत तथा पहुँचयोग्य बनाउन सम्बन्धित तहबाट नै गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका पाँचाँै र छैटौँ तहसम्मका कर्मचारीका लागि राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने, गाउँपालिकाकै साताँै र आठौँ तहसम्म कर्मचारीको सम्बन्धित गाउँपालिकाको राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले पेश गरी जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्ने नयाँ व्यवस्था गरिएको छ ।
यस्तै नगरपालिकाको पाँचाँैदेखि आठौँ तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने र सो नभएसम्म सम्बन्धित जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्नेछन् ।
यसैगरी उपमहानगरपालिका र महानगरपालिकाको नवाँै र दशाँै तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्नेछन् । स्थानीय तहमा तोकिएको दरबन्दीबमोजिमको कर्मचारी कार्यरत नरहेको अवस्थामा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवले राजीनामा स्वीकृत गर्ने वा सङ्घीय मन्त्रालयबाट स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।
यो पनि पढ्नुहोस्
दोर्दीखोला आयोजनाबाट चैतसम्ममा बत्ती बल्ने
लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आगामी चैत महिनामा बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ ।
आयोजनाका प्रबन्धक मुन्ना शाक्यका अनुसार मेकानिकल, इलेट्रो–मेकानिकल, पाइप बिच्छाउने, सुरुङको केही काम बाँकी छ । यीमध्ये पाइप बिच्छाउने र सुरुङको काम फागुनभित्रै सकिन्छ । तीन हजार २०० मिटर पाइप बिच्छाउनमध्ये तीन हजार १०० मिटर बिच्छाउने काम सम्पन्न भइसकेको र अब १०० मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने निर्धारित समय सकाउँदै समय थप गरी अघि बढ्दै गरेको यस आयोजनाले गत पुसबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारणले निर्माणमा प्रभावित भएकाले केही समय ढिला हुँदा निर्माण अवधिसमेत केही समय लम्बिएको आयोजना कार्यस्थल प्रमुख दिपक ज्ञवालीले बताउनुभयो ।
बाँध स्थललगायतका अधिकांश काम पूरा गर्दै निर्माण सम्पन्नको चरणमा पुगेकाले अब भने समयमै काम सम्पन्न हुने उहाँको भनाइ छ । आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको यस आयोजना बेँशीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत् गृह रहेको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको थियो भने विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
नाकाबन्दी, अघिल्लो बर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुगेको योजनाले जनाएको छ । पछि समय थपेर गत चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो ।
कोभिड–१९ का कारण लकडाउनले निर्माणलाई प्रभाव पार्दा उक्त मितिसमेतमा निर्माण सम्पन्न हुन सकेन । पछि समय थप गरेर गत पुस महिनासम्म निर्माण सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य थियो । सो लक्ष्य पनि लक्ष्यमै मात्र सीमित हुन पुगेपछि फेरी समय थप गर्दै आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ । शुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले चार अर्ब ६० करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान रहेको छ ।
यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ ९एनआरएनए० को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका अनुसार नेपाल विद्युत प्राधिकरण र सो कम्पनीबीच २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाको अनुसार सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने सम्झौता भएको छ ।
यस आयोजनाको बाँधस्थल र विद्युत् गृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ«े मेटल एन्ड मेसिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको जिम्मामा थियो । यस आयोजनाबाहेक अन्य चार जलविद्युत् आयोजनाले यस दोर्दी करिडोरमै निर्माण कार्य अगाडि बढिरहेको छ । तीमध्ये पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२।१ मेगावाटको दोर्दी–१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन रहेका छन् ।
यस दोर्दी करिदोरमा निर्माणाधीन पाँच आयोजना करिब २४ अर्ब लगानीमा निर्माणाधीन छन् । यी आयोजनामध्ये केही आयोजनाले आगामी चैतभित्रै निर्माण कार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ । त्यस्तै, जिल्लामा केही आयोजना निर्माण हुने प्रक्रियामा रहेका छन् । त्यस्तै, केही आयोजनाले निर्माण कार्य सम्पन्न गर्दै विद्युत् उत्पादन गर्दै आइरहेका छन् ।