एजेन्सी- जब साँचो प्रेम र विश्वासको कुरा हुन्छ, तब सबैभन्दा पहिला भगवान् श्रीकृष्ण र राधाको प्रेम जोडिन्छ ।
कसैको प्रेम सफल हुने बित्तिकै हामी वाह ! कस्तो प्रेम राधा-कृष्णको जोडीजस्तो लगायतका शब्दबाट तारिफ गर्छौ । तर, राधा र कृष्णबीच अत्यन्तै निकट प्रेम भए पनि विवाह भने हुन सकेन । किन त ?
आज हामी तपाईलाई श्रीकृष्ण र राधाको प्रेम किन विवाहरुमा परिणत हुन सकेन भन्ने बारेमा जानकारी गराउँदै छौ ।
यी हुन् ४ कारण
१. राधाको इन्कार
यस्तो पनि मान्यता छ कि, राधाले श्रीकृष्णसँग विवाह गर्न इन्कार गरेकी थिइन् । किनभने उनलाई लाग्थ्यो कि, उनी महलको जीवनका लागि बनेकी थिइनन् ।
उनी एक ग्वाली थिइन् । तर, मानिसहरु श्रीकृष्णलाई कोही राजकुमारीसँग विवाह भएको हेर्न चाहान्थे । श्रीकृष्णले राधालाई सम्झाउन धेरै कोशिस गरे तर, राधा आफ्नो दृढताबाट पछि सरिनन् ।
२. समाजका कारण
भनिन्छ, सामाजिक नियमको दलदलमा फसेर राधा कृष्णको प्रेम कहानी अधुरो भएको थियो । उनीहरुको प्रेमका बीच पनि सामाजिक नियमले खलनायकको भुमिका खेल्यो । राधा र श्रीकृष्णलाई सामाजिक पृष्ठभूमीले उनीहरुको विवाहको अनुमति दिएन ।
३. श्राप
व्रह्मवैवर्त पुराणका अनुसार पृथ्वीमा आउनु भन्दा अगाडि राधाको श्रीकृष्णकी सेविकासँग बहस भएको थियो । जसका कारण श्रीकृष्णकी सेविकालाई राधाले राक्षसरुपमा पैदा हुने श्राप दिइन् । श्रीदामाले पनि राधालाई उनी मानवरुपमा जन्मिएका बेला आफ्ना प्रियतमसँग १०० वर्षको लागि बिछोड हुने श्राप दिएकी थिइन् ।
४. प्रेम र विवाह दुई फरक कुरा
भनिन्छ, भगवान् श्रीकृष्णले राधासँग यसकारण पनि विवाह गरेनन् उनी यो साबित गर्न चाहान्थे कि प्रेम र विवाह फरक कुरा हुन् । प्रेम एक निःस्वार्थ भावना हो भने विवाह एक सम्झौता हो वा अनुबन्ध हो । – एजेन्सीको सहयोगमा
यो पनि पढ्नुहोस्
माधवनारायण वर्तालुको नाम दर्ता गरिँदै
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शाली नदीमा गरिने माधवनारायण व्रत गर्न चाहनेले आजदेखि नाम लेखाउनुपर्ने भएको छ । विगत वर्षमा पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन व्रत बस्न चाहनेले नाम लेखाएर सहभागी हुन सक्थे । यसपटक कोरोना भाइरसको महामारी जारी रहेकाले एक साता अघि नै नाम लेखाएर पिसिआर÷एण्टीजेन परीक्षण गर्न लागिएको हो ।
नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने श्री माधवनारायण व्रत तथा शाली नदी समितिले जनाएको छ । निमोनियाको लक्षण छ कि छैन भनी एक्सरे रिपोर्ट समेत साथमा हुनु अनिवार्य गरिएको समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका विभिन्न रोगका बिरामीलाई व्रतमा सहभागी नगराइने उहाँको भनाइ छ । आजदेखि सोमबारसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने छ । विगत वर्षमा महिला, पुरुष गरी करिब ३०० जनाले एक महिनासम्म कठोर नियम पालना गरेर माधवनारायण व्रत गर्थे ।
शङ्खरापुर नगरपालिकाका नगरप्रमुख सुवर्ण श्रेष्ठ स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र व्रत बस्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुहुँदै मेला भर्न आउनेलाई पनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन सचेत गराइनुपर्ने बताउनुहुन्छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला गर्न नगरपालिकाले समितिसँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको उहाँले सुनाउनुभयो । वर्तालुलाई क्वारेन्टाइनको स्वरुपमा राख्न नगरपालिकाले सहयोग गर्ने भएको छ ।
पशुपतिलगायत मठ मन्दिर एवं चलचित्र घरसमेत खुलेको अवस्थामा मेला बन्द गर्न नसकिए पनि स्वास्थ्य सुरक्षामा ध्यान दिएर दूरी कायम गरिनुपर्ने नगरपालिकाले जनाएको छ । नियमित चलेको संस्कृति संरक्षणका लागि भए पनि मेला र व्रत गर्न लागिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । मेलाका अवसरमा नगरपालिकाले बजार एवं साँखु चल्ने सार्वजनिक यातायातको नियमित अनुगमन गर्ने भएको छ ।
यसै हप्ता जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकसमेतले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सतर्कतासाथ सांस्कृतिक परम्परा कायम गरिनुपर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
विगत वर्षमा एकै दिनमा पाँच लाखसम्म भक्तजन शाली नदी दर्शनमा आउने गरेका थिए । समितिले वर्तालु स्नान गरिरहेका बेला मोबाइलबाट भिडियो खिची अतिरञ्जितरुपमा प्रस्तुत गर्ने गरिएकामा त्यसो गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने जनाएको छ । यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् माघ १५ गतेदेखि शाली नदी मेला लाग्ने भएको छ ।
वर्तालुलाई पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिने परदेश यात्रा पनि यस वर्ष समितिले सुरक्षितरुपमा गराउने जनाएको छ । वर्तालुले ती स्थानमा खाली गोडा पैदल यात्रा गर्नुपर्ने व्रतविधि छ । परदेश यात्रामा कोरोना महमारीका कारण वर्तालुका परिवारलाई सहभागी नहुन पनि समितिले अनुरोध गरेको छ ।