काठमाडौं– आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्यार्थीहरुले विहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन् ।
यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।
देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।
भारती
सरस्वती
शारदा
हंसवाहिनी
जगती
। वागीश्वरी
कुमुदी
ब्रह्मचारिणी
बुद्धिदात्री
वरदायिनी
चंद्रकाति
भुवनेश्वरी।
यो पनि पढ्नुहोस्
राससकर्मी श्रेष्ठ सम्मानित
राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ मैँयादेवी स्मृति पत्रकारिकता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २२औँ साधारणसभामा उहाँलाई रु दुई हजार ३०० सहित सम्मान गरिएको हो ।
कार्यक्रममा अर्का पत्रकार कविर राणालाई रु १० हजारसहित भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले सरकारले लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रा धरापमा पार्न नहुने बताउनुभयो ।
त्यस अवसरमा महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले संविधानको प्रस्तावनामै ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गरे मान्य नहुने तर्क गर्नुभयो । त्यस्तै महासङ्घका महासचिव रमेश विष्ट महासङ्घको संस्थागत हित तथा पत्रकारको हकहितका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्यद्वय लक्ष्मण कार्की र गोविन्द चौलागाईँ, महासङ्घका उपत्यका प्रदेश महासचिव सिर्जन झा, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकी, पूर्वअध्यक्ष नारायण किलम्बू, महासङ्घ भक्तपुर शाखाको उपाध्यक्षद्वय रोशन शिल्पकार र प्रेस सङ्गठनका भक्तपुर अध्यक्ष कविता थापाले महासङ्घले पत्रकारको हकहितमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साधारणसभाको बन्दसत्रमा शाखाका सचिव कृष्णप्रसाद नेपालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहन बल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।जनताका घरदैलामा जान थापाको आग्रह
यो पनि पढ्नुहोस्
जनताका घरदैलामा जान थापाको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवाददको निराकरण सर्वोच्च अदालतले गर्ने बताउनुभएको छ । गृह जिल्ला मकवानपुरमा रहनुभएका थापाले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभाव दिन नहुनेमा जोड दिनुभयो ।
अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने जनाउँदै थापाले कसैलाई पनि निषेध गर्न नहुने बताउनुभयो । राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने तथा जनताको घरदैलामा जान ढिलो गर्न नहुने जनाउँदै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनानुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गर्नुभयो ।
बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । आजको बैठकमा ३० जिल्लाका अध्यक्षको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।