काठमाडौं – प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा श्रीस्वस्थानी व्रत मनाइन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।
व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन बिहान शालिनदीमा गई स्नान गर्ने गर्दछन् । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।
पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन भगवान विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको उल्लेख छ ।
एकतीस अध्याय रहेको यस व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको छ । श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।
राजधानीको मखनटोलस्थित तारिणीबहालभित्र पनि श्रीस्वस्थानीको मन्दिर छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ ।
स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिनाका साथै सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।
परम्परादेखि नै स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालिनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।
यो पनि पढ्नुहोस्
शहीद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना
विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ ।
कार्यक्रमको पहिलो दिन आज टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलिसभा सम्पन्न गरिएको छ । शास्त्रीको श्रद्धाञ्जलिसभा गरिएको सो स्थानलाई २०३५ सालमा तत्कालीन काठमाडाँै नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।
श्रद्धाञ्जलिसभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताउनुभयो । शुक्रराजको जन्म १९५० सालमा बनासरमा भएको हो । भारतबाटै प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले पटना, दार्जिलिङ, कोलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसक्नुभएको थियो । त्यसपछि नेपाल फर्कनुभएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो ।
राणाको विरोध गरेको आरोप लगाएर उहाँलाई १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँचजनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।
पछि पूर्णनारायणको सजायलाई आजिवन कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।
त्यस्तै गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिनेछ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । विसं २०१२ देखि काठमाडौँ महानगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।
प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा काठमाडौँको विभिन्न स्थानमा सहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ । त्यसैगरी कामपाले गएको वर्ष गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरिसकेको छ ।
यो पनि पढ्नुहोस्
बीबीसीको सय प्रभावशाली महिलाको सूचिमा परेकी सपना रोका मगरका बाबु भनेर चिनिएका बिनयजंगसंगको सम्बन्ध र बिहे बारे पहिलो पटक खुलेरै बोलिन् पुजाले, यस्तो रहेछ वास्तविकता, पूजाले सर्वसाधारणको पैसा खाएर भागेको कुरा के हो ? हेर्नुहोस् भिडियो
काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको विषयले चर्चा पाई रहेको छ । विनय र पुजाको विबाहको विषयमा दुवै जनाले खुलेर कुरा गर्न थालेका छन् ।
एउटै क्षेत्र अनि एकअर्काको एउटै मन भएर एकले अर्का लाई बुझेको दाबी गर्दै दुवैले एकअर्कालाई आफ्ना लागी योग्यको ठानेका छन् । पुजा बाँकेकी हुन् । उनी पनि बेवारिसेहरुलाई जिल्लास्तरमा व्यवस्थापन गर्ने काममा लागेको हुनाले यी दुवैको भेट भएको थियो ।
पुजाले जिल्लामा साथीहरुसंगको सहकार्य र सहयोगमा थुप्रै बेवारिसेहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएकी छन् । तीनै पुजालाई विनयले मन पराएको कुरा पुजाले थाहा पाएपछि सानो जात र ठूलो जातको विषयमा पनि दुवैले निकै नै छलफल गरेका रहेछन् ।
पुजा आफु सानो जातको भएको हुनाले विनयलाई यो विषयमा सोँच्न भन्दा विनयले आफुलाई जातको विषयमा आफुले कसैलाई पनि भेदभाव नगर्ने बताएको हुनाले विनयसंग विबाहकोलागी राजी भएको कुरा पनि पुजाले बताउछिन।
पुजाको भनाई अनुसार विनयजंगसंग विबाह गर्नकोलागी उनको परिवारले उनलाई स्वीकृती दिएका छन् । परिवारको सल्लाहमै विनयले पनि पुजालाई विबाह गर्न लागेको कुरा पुजाले बताईन् । एउटै क्षेत्र भएको हुनाले आफुलाई पनि विनयसंग विबाह गर्न सजिलो भएको कुरा पुजाले सुनाईन् ।
शुरुमा विनयले प्रस्ताव राख्दा पत्यार नलागेपनि पछि विनयले साँच्चै नै आफुलाई माया गर्ने कुरा गरेको बताएपछि विश्वास लागेको हुनाले विबाह गर्नको लागी आफु राजी भएको बताउने गरेकि छन । उनका पछिल्लो समय समाजिक संजालमा विवादहरु पनि धेरै देखिन थालेका छन । उनी माथि इन्द्रेणी कार्यक्रम बाट उठेको सहयोग रकमको हिनामिना गरेको देखि यस्तै विभिन्न आरोप लाग्न थालेको छ । बाकी भिडियोमा हेर्नुहोला
यो पनि पढ्नुहोस्
बिनयजंगसंगको सम्बन्ध र बिहे बारे पहिलो पटक खुलेरै बोलिन् पुजाले, यस्तो रहेछ वास्तविकता,(भिडियोसहित)
काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको विषयले चर्चा पाई रहेको छ । विनय र पुजाको विबाहको विषयमा यी दुवैले खुलेरै कुरा गर्न थालेका छन् । एउटै क्षेत्र अनि एकअर्कालाई एउटै मन भएर बुझेको दाबी गर्दै यी दुवैले एकअर्कालाई आफ्नालागी योग्यको ठानेका छन् । पुजा बाँकेकी हुन् । उनी पनि बेवारिसेहरुलाई जिल्लास्तरमा व्यवस्थापन गर्ने काममा लागेको हुनाले यी दुवैको भेट भएको थियो ।
पुजाले जिल्लामा साथीहरुसंगको सहकार्य र सहयोगमा थुपै्र बेवारिसेहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएकी छन् । तीनै पुजालाई विनयले मन पराएको कुरा पुजाले थाहा पाएपछि सानो जात र ठूलो जातको विषयमा पनि यी दुवैले निकै नै छलफल गरेका रहेछन् । पुजा आफु सानो जातको भएको हुनाले विनयलाई यो विषयमा सोँच्न भन्दा विनयले आफुलाई जातको विषयमा आफुले कसैलाई पनि भेदभाव नगर्ने बताएको हुनाले विनयसंग विबाहकोलागी राजी भएको कुरा पनि पुजाले सुनाईन् ।
पुजाको भनाई अनुसार विनयजंगसंग विबाह गर्नकोलागी उनको परिवारले उनलाई स्वीकृती दिएका छन् । परिवारको सल्लाहमै विनयले पनि पुजालाई विबाह गर्न लागेको कुरा पुजाले बताईन् । एउटै क्षेत्र भएको हुनाले आफुलाई पनि विनयसंग विबाह गर्न सजिलो भएको कुरा पुजाले सुनाईन् । शुरुमा विनयले प्रस्ताव राख्दा पत्यार नलागेपनि पछि विनयले साँच्चै नै आफुलाई माया गर्ने कुरा गरेको बताएपछि विश्वास लागेको हुनाले विबाह गर्नकोलागी आफु राजी भएको उनले सुनाईन् । भिडियोसहित
यो पनि पढ्नुहोस्
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल९नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । शुक्रबार अपराह्न उनीहरु तीनैजनाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरे लगत्तै दाहाल उपराष्ट्रपति भवन लैनचौर पुगेका थिए भने भट्टराई त्यही समय पारेर लैनचौर पुगेको स्रोतले जनाएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका दाहाल र भट्टराई एकैपटक उपराष्ट्रपतिसँग भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सत्तारुढ दल नेकपा दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीचको भेटमा के कुराकानी भयो यसबारे केही खुलाइएको छैन । तर पनि उनीहरुबीच प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ ।
‘उपराष्ट्रपतिज्यू धेरै बोल्नुहुन्न। उहाँले सक्रिय राजनीति गर्ने पनि होइन। तर तीन जना बिचको भावनात्मक सम्बन्ध विशिष्ठ खालको छ। प्रचण्डले जनयुद्वको मुख्य नेतृत्व गर्नुभयो। बाबुरामले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गर्नुभयो र उपराष्ट्रपतिले सैन्य कमाण्ड सम्हाल्नुभयो,’ स्रोतले भन्यो, ‘प्रचण्ड र बाबुरामको भेटमा साक्षी बस्न सक्ने उपर्युक्त व्यक्तिनै उपराष्ट्रपति हो। यसअघि पनि प्रचण्ड र बाबुरामको भेट उपराष्ट्रपति निवासमा भएको थियो।’
काठमाण्डौ । कविता दास । यो नाम एक पिडित श्रीमती र एक आमाको हो । त्यो आमा जस्ले श्रीमानले साथ छाडेर अर्कैको हात थामेपछि जीवनसंग हार मानेर आफ्नै भएकी एउटी छोरीसंगै आफुले पनि यो संसार छाड्ने सम्मको सोंच बनाएकी रहिछन् । कविता आफ्ना कुरा सुनाउँदा निकै नै रोईन् । के सोंचे थें जिन्दगीमा के के भयो अहिले भन्ने यो गीत उनै लाचार र बिबश आमा कविताको जीवनसंग मेल खाएको छ ।
कुनै समय गार्मेटमा काम गर्दा एकजना चिनेको दाईको माध्यमबाट चिनाजानमा जुध्न पुगेकी कविताले त्यही व्यक्तिलाई जीवनकोलागी उपयुक्त ठान्दै बिहे पनि गरिन् । आफ्नोलागी जीवनभरी नै परफेक्ट भन ठानेर बिहे गरेको श्रीमान रबिन दास कविताकोलागी सही व्यक्ति रहेनछन् । यो कुरा कविताले बिहे भएको झण्डै १२ वर्षपछि मात्र थाहा पाईन् कि रबिन आफ्नोलागी सही व्यक्ति रहेनछन् भन्ने कुरा । यो बीचको समयमा सबै कुरा ठीक थियो जसरी एउटा परफेक्ट परिवारमा सबै हुन्छ ।
तर बिस्तारै बिस्तारै सबै कुरा गलत हुँदै गयो । उहाँले म हुँदाहुँदै अर्कैसंग लागेर म र छोरी छौं भन्ने पनि बिर्सनु भयो । कविता भन्छिन्,‘म पढेलेखेको छैन । मलाई स्मार्ट फोन चलाउन पनि आउँदैन । तर कामको सबै सीप जानेको छु । मैले केही जान्दिन भनेर होला सायद उहाँले मभन्दा जान्नेलाई रोज्नु भयो ।’ कविताले आफ्ना कुरा सुनाउँदा कहिले भावुक भईन् त कहिले भक्कानिदैं रोईन् पनि । उनको भनाई अनुसार उनले ठेलामा चटपटे बेच्नेदेखि पोते उन्नेसम्मको सबै काम गरिन् ।
तर पनि रबिनले उनको दुःख, मेहेनत, माया र सहयोग केही हेरेनन् । दुई सन्तानका बाबु र कविताका श्रीमान भई सक्दा पनि रबिन दासले आफुलाई अविबाहीत जस्तै गरेर श्रीमतीकै अगाडी अर्कैसंग माया प्रेम खुल्लमखुल्ला तरिकाले गर्न थाले । कविताको भनाई अनुसार १२ वर्षदेखिको कवितासंगको प्रेम र बैबाहीक सम्बन्ध तोड्न रबिनलाई १२ सेकेण्ड पनि लागेनछ । उनले जस्कोलागी कवितालाई छाडेर गए त्यो महिलालाई पनि कविता रबिनको श्रीमती हो भन्ने सबै जानकार थियो । श्रीमानले छोडेपछि अहिले उनलाई घर चलाउन र छोरीको खर्च जुटाउन निकै गाह्रो परेको कुरा रुँदै सुनाउँछिन् कविता । भिडियोसहित
यो पनि पढ्नुहोस्
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल९नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । शुक्रबार अपराह्न उनीहरु तीनैजनाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरे लगत्तै दाहाल उपराष्ट्रपति भवन लैनचौर पुगेका थिए भने भट्टराई त्यही समय पारेर लैनचौर पुगेको स्रोतले जनाएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका दाहाल र भट्टराई एकैपटक उपराष्ट्रपतिसँग भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सत्तारुढ दल नेकपा दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीचको भेटमा के कुराकानी भयो यसबारे केही खुलाइएको छैन । तर पनि उनीहरुबीच प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ ।
‘उपराष्ट्रपतिज्यू धेरै बोल्नुहुन्न। उहाँले सक्रिय राजनीति गर्ने पनि होइन। तर तीन जना बिचको भावनात्मक सम्बन्ध विशिष्ठ खालको छ। प्रचण्डले जनयुद्वको मुख्य नेतृत्व गर्नुभयो। बाबुरामले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गर्नुभयो र उपराष्ट्रपतिले सैन्य कमाण्ड सम्हाल्नुभयो,’ स्रोतले भन्यो, ‘प्रचण्ड र बाबुरामको भेटमा साक्षी बस्न सक्ने उपर्युक्त व्यक्तिनै उपराष्ट्रपति हो। यसअघि पनि प्रचण्ड र बाबुरामको भेट उपराष्ट्रपति निवासमा भएको थियो।’
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट स् लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य
चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२ रन मात्र बनायो ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सक्नु भएन । बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिनुभयो । यस्तै अनिल खरेल र विक्रम भुसालले दुई÷दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक एक विकेट लिनुभयो ।
समूह ’बी’ मा रहेको लुम्बिनी दुई खेलमा दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो । यस्तै सुदूरपश्चिम हालसम्म दुई खेलमै पराजित भइ अङ्कबिहीन अवस्थामा छ । सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग नौ विकेटले पराजित भएको थियो ।
यो पनि पढ्नुहोस्
आँफुलाई भन्दा बढी माया गर्थिन् कविताले पतिलाई, गहिरो प्रेमपछी विबाह गरेतापनि तल्लो जात भन्दै कवितालाई श्रीमानले यस्तो अवस्थामा पुर्याए, रुँदै पोखिन् आफ्ना पिडा, उनका पिडा सुनेर जोकोहीका आँखा रसाउँछन्, हेर्नुहोस् भिडियो
काठमाण्डौ । कविता दास । यो नाम एक पिडित श्रीमती र एक आमाको हो । त्यो आमा जस्ले श्रीमानले साथ छाडेर अर्कैको हात थामेपछि जीवनसंग हार मानेर आफ्नै भएकी एउटी छोरीसंगै आफुले पनि यो संसार छाड्ने सम्मको सोंच बनाएकी रहिछन् । कविता आफ्ना कुरा सुनाउँदा निकै नै रोईन् । के सोंचे थें जिन्दगीमा के के भयो अहिले भन्ने यो गीत उनै लाचार र बिबश आमा कविताको जीवनसंग मेल खाएको छ ।
कुनै समय गार्मेटमा काम गर्दा एकजना चिनेको दाईको माध्यमबाट चिनाजानमा जुध्न पुगेकी कविताले त्यही व्यक्तिलाई जीवनकोलागी उपयुक्त ठान्दै बिहे पनि गरिन् । आफ्नोलागी जीवनभरी नै परफेक्ट भन ठानेर बिहे गरेको श्रीमान रबिन दास कविताकोलागी सही व्यक्ति रहेनछन् । यो कुरा कविताले बिहे भएको झण्डै १२ वर्षपछि मात्र थाहा पाईन् कि रबिन आफ्नोलागी सही व्यक्ति रहेनछन् भन्ने कुरा । यो बीचको समयमा सबै कुरा ठीक थियो जसरी एउटा परफेक्ट परिवारमा सबै हुन्छ ।
तर बिस्तारै बिस्तारै सबै कुरा गलत हुँदै गयो । उहाँले म हुँदाहुँदै अर्कैसंग लागेर म र छोरी छौं भन्ने पनि बिर्सनु भयो । कविता भन्छिन्,‘म पढेलेखेको छैन । मलाई स्मार्ट फोन चलाउन पनि आउँदैन । तर कामको सबै सीप जानेको छु । मैले केही जान्दिन भनेर होला सायद उहाँले मभन्दा जान्नेलाई रोज्नु भयो ।’ कविताले आफ्ना कुरा सुनाउँदा कहिले भावुक भईन् त कहिले भक्कानिदैं रोईन् पनि । उनको भनाई अनुसार उनले ठेलामा चटपटे बेच्नेदेखि पोते उन्नेसम्मको सबै काम गरिन् ।
तर पनि रबिनले उनको दुःख, मेहेनत, माया र सहयोग केही हेरेनन् । दुई सन्तानका बाबु र कविताका श्रीमान भई सक्दा पनि रबिन दासले आफुलाई अविबाहीत जस्तै गरेर श्रीमतीकै अगाडी अर्कैसंग माया प्रेम खुल्लमखुल्ला तरिकाले गर्न थाले । कविताको भनाई अनुसार १२ वर्षदेखिको कवितासंगको प्रेम र बैबाहीक सम्बन्ध तोड्न रबिनलाई १२ सेकेण्ड पनि लागेनछ । उनले जस्कोलागी कवितालाई छाडेर गए त्यो महिलालाई पनि कविता रबिनको श्रीमती हो भन्ने सबै जानकार थियो । श्रीमानले छोडेपछि अहिले उनलाई घर चलाउन र छोरीको खर्च जुटाउन निकै गाह्रो परेको कुरा रुँदै सुनाउँछिन् कविता ।