काठमाण्डौ । आफुलाई विगत केही वर्ष अघिदेखि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रेम गरेको बाहानामा खुलेआम करणी गरेको भन्दै आफु नै शेरधनको श्रीमती हुँ भन्ने बालिका खड्काले आज जाङ्मुसंग विबाह बन्धनमा बाँधिन लागेका मुख्यमन्त्री राईलाई फेरी अर्को मुद्या हाल्ने तयारीमा लागेकी छन् । उनले शेरधनसंगको सम्बन्धमा अदालत विचाराधिन रहेको समयमा शेरधनले अर्को विबाह गर्न नपाउने उनको भनाई छ ।
शेरधनको विबाहको ठीक एक दिन अघि मात्र बालिकाले एक अन्तरवार्तामा आफुलाई अदालतले शेरधनसंगको सम्बन्ध विच्छेदको कुनै कागज पत्र नदिएको हुँदा आफु नै शेरधनको श्रीमती रुपमा रहेको उनको भनाई छ । बालिकाले शेरधनलाई मात्र नभई उनीसंग विबाह गर्न लागेकी जाङ्मुलाई पनि बहुविबाहको मुद्या हाल्ने बताएकी छन् । उनले शेरधनको यो विबाहलाई दोश्रो विबाह हुन लागेको पनि बताएकी छन् । बालिकाको भनाई अनुसार शेरधनले उनीसंग सम्बन्ध विच्छेद नगरीकन अरुसंग बिहे गर्न पाउँदैनन् ।
बालिकाको भनाईमा शेरधनले यो विबाह बाल विबाह हो । यस विषयमा बालिका भन्छिन्,‘मैले पाएको जानकारी अनुसार शेरधनले विबाह गर्न लागेका जाङ्मु जम्मा १८ वर्षकी छिन् रे । तर शेरधन त ५६ वर्षका छन् । एउटी नातिनीका उमेर बराबरको नाबालीकासंग विबाह गर्दैछ शेरधनले भन्ने सुनेको हुनाले मेरो हिसाबमा यो विबाह बालविबाह हो । र यस्मा पनि उनलाई मुद्या लाग्न सक्छ ।’ बालिकाले जाङ्मुलाई छा’डा संस्कृतीबाट आएकी केटी भनेर पनि सम्बोधन गरेकी छन् ।
प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आइतबार विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राई आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् । मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सय जनाको हाराकारीलाई मात्र निम्तो बाँडिएको बताइएको छ ।
विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी, केही कुटनीतिज्ञ र चुनिएका पत्रकारहरुलाई मात्र निमन्त्रणा गरिएको छ । विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ ।
भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ । उहाँहरुबीच झण्डै दुई दशक बढी उमेर अन्तर रहेको छ ।भिडियोसहित
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै
चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम र प्रदेश नं २ यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । उक्त समूहबाट एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
यस्तै आजै मूलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीच अर्को खेल हुँदैछ । वाग्मतीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । वाग्मती हालसम्म तीन खेलमै जित निकाल्दै आफ्नो समूहको शीर्षस्थानमा छ । आजको खेलमा लुम्बिनीलाई पराजित गरे वाग्मती सेमिफाइनल प्रवेश गर्नेछ । दुई खेलमा जित तथा एउटामा हार व्योहोरेको लुम्बिनीको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । दुवै टोलीले फराकिलो अन्तरले खेल जित्नुपर्ने अवस्था छ ।
यो पनि पढ्नुहोस्
भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु
सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ ।
माघ ९ गते प्रकाशित सूचनाअनुसार ३५ दिनभित्र सबै कागजातसहित भूमिहीनको विवरण फारम मागिएको हो । सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन एक वर्षअघि ऐन पारित गरेको थियो । भूमिहीनलाई घडेरी उपलब्ध गराउने र जसले जुन जग्गा उपभोग गरिरहेका छन् सोही जग्गाको जग्गाधनी बनाउने नीतिअनुरुप तराई, पहाड र हिमाली क्षेत्रमा अलग–अलग मापदण्ड तोकिएको छ । पहिलो चरणमा देशभरका १३२ स्थानीय तहका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गरी सूचना प्रकाशित गरिएको आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले जानकारी दिनुभयो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचानका लागि तनहुँका स्थानीय तहले पनि काम शुरु गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोग र तनहुँका छ स्थानीय तहबीच सम्झौता भएको थियो । व्यास नगरपालिकाले वडा र नगरस्तरमा समिति गठन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । पालिकास्तरमा प्रमुखको अध्यक्षतामा र वडामा वडाध्यक्षको अध्यक्षतामा सहजीकरण समिति गठन गरिएको छ ।
“भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनका लागि कामलाई तीव्रता दिने तयारीसहित काम अगाडि बढाएका छौँ”, सिग्देलले भन्नुभयो, “अनुसन्धान गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, वास्तविक भूमिहीन भए÷नभएको पहिचान गर्ने सबै जिम्मेवारी पालिकाको हो ।”
भीमाद नगरपालिकाले भूमिहीन पहिचानका लागि नगर र वडास्तरीय समिति गठन गरेको छ । नगरमा नगरप्रमुखको अध्यक्षतामा र प्रत्येक वडामा वडाध्यक्षको अध्यक्षतामा समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र एक हजार ५०० हाराहारीमा भूमिहीन व्यक्ति रहेको अनुमान छ ।
बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले पालिका र वडास्तरमा सहजीकरण समिति गठन गरिएको जानकारी दिनुभयो । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले समिति गठन गरेर कामलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।
आयोगका केन्द्रीय सदस्य रानाले भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीले आफूले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फारम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहमार्फत घरदैलोमा खटिएका लगत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा फारम बुझाउनुपर्नेछ ।