• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बिवाहपछि श्वेताले पति विजयेन्द्रसँग गरिन यस्तो ह’र्कत, भिडियो भाइरल

बिवाहपछि श्वेताले पति विजयेन्द्रसँग गरिन यस्तो ह’र्कत, भिडियो भाइरल

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

बिवाहपछि श्वेताले पति विजयेन्द्रसँग गरिन यस्तो ह’र्कत, भिडियो भाइरल

by gazab g
January 24, 2021
in मनोरञ्जन, समाज
0
बिवाहपछि श्वेताले पति विजयेन्द्रसँग गरिन यस्तो ह’र्कत, भिडियो भाइरल

श्रीकृष्ण श्रेष्ठलाई ६ वर्षअघि सँधैका लागि गु’माएकी अभिनेत्री श्‍वेता खड्काको अनुहारमा ६ वर्षपछि फेरी खुशी फर्किएको छ । विबाह गरेको करिब १ महिनाबाट नै ह’राएको श्वेताको खुश टिकटकमा पनि देखिएको छ । श्वेता विबाहपछि पतिको घरमा गएसँगै निकै खुशी देखिएका भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोमा श्वेता पति विजयेन्द्रसँग रोमान्टिक रूपमा देखा परेकी छिन् ।

श्‍वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन् । उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो । श्‍वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन् । लामो प्रेम स’म्बन्धपछि श्रीकृष्ण र श्‍वेता २०७१ असार २३ गते बैवाहिक ब’न्धनमा बाँ’धिएका थिए । विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा नि’धन भएको थियो । भिडियो हेर्न यहाँ क्लिक गराैँ ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन । उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन् ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् । चलचित्रले आमा र छोरीको भावना’त्मक स’म्बन्धको कथा भन्ने छ । कोरोना महा’मारी र लकडाउनको अव’स्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ। डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन्। चलचित्रमा उनको केन्द्रीय भूमिका छ। चलचित्रमा समावेश अन्य कलाकार तथा प्राविधिकको जानकारी कही समयमा गराउने निर्देशक थापाले बताए ।

अभिनेत्री श्वेता खड्काले गरिन बिहेको अफिसियल भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं। नायिका श्वेता खड्काले नेपाली सिने जगतलाई अझै उचाइमा पुर्‍याउन आफूले भूमिका खेल्ने बताएकी छन् । सोमबार मात्रै विवाह बन्धनमा बाँ’धिएकी नायिका श्वेताले आफ्नो शिरमा सजिएको सिन्दुरजस्तै नेपाली सिने जगतलाई अझ उचाइमा पुर्‍याउन आफूले भूमिका खेल्ने बताएकी हुन् । मैले सिउँदोमा सिन्दुर भरें। मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै’अझै उच्च स्थानमा पुर्‍याउनु छ,’ श्वेताले फेसबुकमा स्टाटस लेखेकी छन् ।

विवाह गरे आफूले अर्को एउटा यात्रामा पाइला चालेको श्वेताले उल्लेख गरेकी छन् । उनले आफूले गरेका कामलाई प्राथमिकतामा राख्ने प्र’णसमेत स्टाटसमा गरेकी छन् । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु,’ स्टाटसमा उल्लेख छ ।

धनगढीका विजयेन्द्रसिंह रावतसँग नायिका खड्काको बिहे भएको हो। गोकर्ण फरेस्ट रिसोर्टमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो। चलचित्र ‘कहाँ भेटिएला’बाट सिने जगतमा छिरेकी नायिका खड्काले श्वेताश्री फाउन्डेसन खोलेर
समाजसेवासमेत गर्दै आएकी छन्। यसअघि २०७१ असारमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग खड्काको विवाह भएको थियो । तर सोही वर्ष साउनमा श्रेष्ठको नि’धन भएको थियो ।

त्यसैगरी अभिनेत्री श्वेता खड्काका धेरै भन्दा धेरै शुभचिन्तकहरुले विवाहको अफिसियल भिडियो सार्वजनिक गर्न आग्रह गरेपछि श्वेताले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरेकी छिन। हेरौं भिडियो:

यो पनि पढ्नुहोस्

हेर्नुस दुर्गेस थापाको प्रेमिका यति सुन्दर छिन तस्विर सहित।

इटहरीर नेपालका चर्चित गायक तथा मोडल हुन दुर्गेश थापा, बेलाबेलामा नया नया गित संगीतको स्वाद दर्शकलाई चखाइरहेका हुन्छन भने उनका कतिपय गितहरु त बिबादमा पनि आउने गरेको सबैमाझ सर्बबिधिकै छ । यस्ता चर्चित गायकको प्रेम को संग छ या छैन भन्ने कुरा बाहिर आएको थिएन तर अहिले दुर्गेशले नै आफ्नी प्रेमिकाको तस्विर सार्वजनिक गरेका छन् । उनको नाम हो प्राची लामा, उनको घर सिमिकोट हो भने उनि काठमाण्डौमा बस्दै आएकी छिन । उनि ब्लु क्रश हस्पिटलमा कार्यरत छिन भने उनि नेपाल स्पार्ड मोडल २०१७ को सेकेण्ड रनर अप समेत भएकी थिइन् ।

सामाजिक संजाल फेसबुकमा उनका ८ हजार भन्दा बढी फलोअर्स छन् । गायक तथा मोडललाइ मन नपराउने कमै होलान तर पनि प्राची लामा दुर्गेशको जिबनमा आएकी हुन या त प्राचिको जिबनमा दुर्गेश रु यो कुरा त् बाहिर आउनै बाकि छ भने जन्मदिनको अवसरमा दुर्गेशले आफ्नी प्रेमिका प्राची लामालाई जन्मदिनको शुभकामना दिँदै उनको मुक्तकण्ठले फेसबुकबाट शुभकामना ब्यक्त गरेका छन् । यी दिबैले एकसाथ म्युजिक भिडियोमा काम समेत गरिसकेका छन् ।

उनले आफ्नी प्रेमिका प्राचिलाई दिएको सुभकमनाले दुर्गेशका फ्यानाहरुनै अचम्मित परेका छन् भने प्राचिलाई जन्मदिनको सुभकामना दिएका छन् । प्रेमिका प्राचीलाई जन्मदिनको शुभकामना दिँदै दुर्गेशले भनेका छन् प्राची तिम्रो आगमनले मेरो बाँकी यात्रा अझै उल्लासमय बन्नेछ । उनले भनेका छन् – मलाइ यत्ती थाहा छ कि,तिमी आएसी मेरो जिन्दगिमा बहार आएको छ ।

ADVERTISEMENT

जिन्दगिको संघर्षमा कति दुख पाए,कति सुख पाए,त्यो आधा सपनी भैसकेको छ । तिम्रो उत्सवमय आगमन सङ्गै मैले बुझेको छु,बाकी यात्रा अझै महाउत्सवमय बन्नेछ । तिमिलाई खुसी पारे,तिमिलाई रुवाए,तिमिलाई पाए,यत्ती मेरो चाहना होइन, तिमिलाइ गुमाउन नपरोस। म जिउदो हुँदै,तिमिलाई भएभरको सुख दिन पाम, खुसी दिन पाम,मरेपछि तिमिले माया गरिरहेको सास को

यो पनि पढ्नुहोस्

‘घाँसको राजा’ वरसिमबाट आम्दानी बढाइँदै

देउखुरी, ११ माघ९रासस००ः दाङका किसानले व्यावसायिक वरसिम घाँसखेतीाबट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका –६ का किसान पछिल्लो समयमा घाँसखेतीतिर आकर्षित भएका छन् । घाँसबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश गाउँमा वरसिम घाँस खेती गरिएको छ । ‘ग्रीन गोल्ड’ खेती जाडोको मौसममा पशुको दुग्ध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ ।
घोराही –६ का श्रीधर अधिकारीले आफ्नो दुई बिघा खेतमा हिउँदका समयमा तोरी, मसुरो र गहुँको साटो वरसिम घाँस लगाउने गरेको बताउनुभयो । उहाँले यसरी घाँस लगाउन थालेको चार वर्ष भयो । हरियो हँुदा काटेर गाईभैँसीलाई खुवाउन पनि हुन्छ । सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस हो । “व्यावसायिक रुपमा चार वटा गाई पालेको छु, त्यसका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार एक बिघा खेतबाट एक याममा रु एक लाख आम्दानी हुन्छ । उहाँले गत वर्ष वरसिम घाँसको बीउ गत वर्ष रु एक लाख पचास हजारमा बेच्नुभएको थियो ।

घोराही– ६ का सीताराम चौधरीले पनि आफ्नो १८ कठ्ठा खेतमा ‘घाँसको राजा’ वरसिम लगाउनुभएको छ । “घाँस खोज्न टाढाटाढा जङ्गलमा जानुपर्ने बाध्यता थियो, अहिले सजिलो भएको छ”, चौधरीले भन्नुभयो । हिउँदमा वरसिम घाँस एक पटक लगाएपछि एक याममा चारदेखि ६ पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । बीउ छरेपछि गोडमेल गर्न र स्याहार्न झञ्झटिलो नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । वर्षात्का समयमा लगाइएको धान काट्नुभन्दा अगाडि तोरी, मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ ।

कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । घोराहीमा सबैले नजोतेरै छर्ने गरेका छन् । हरियो र सुकेको वरसीम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही –६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघा जमीनमा खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो, गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ । वागवानीअन्तर्गत तरकारी, फलफूल, फूल र घाँस खेती पर्छन् ।

घोराही– ६ का गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा गाउँका किसानले वरसीम घाँसखेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका १५० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ । जोत्न नपर्ने, मल दिनु पनि नपर्ने, धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटक पटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ ।

घाँसका लागि भाँैतारिनु नपर्ने खेतबारीबाट सजिलै पाउन सकिने भएपछि हरेक वर्ष यसका किसानको सङ्ख्या बढ्दै गएको शिवशक्ति उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार अहिले १२५ हेक्टरमा वरसिम घाँस खेती गरिएको छ । व्यावसायिक रुपमा वरसीम घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ ।

ग्रेडिङ गरेर प्रतिकिलो रु दुई सयदेखि २५० सम्ममा बिक्री गर्ने गरिएके छ । प्रतिकठ्ठा ३० देखि ३५ केजी सम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । खासगरी धान उत्पादनका तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको पाइन्छ । घाँस खेतीबाट गत वर्ष रु ५० लाख बराबरको बीउ सङ्घबाट बिक्री भएको सचिव अधिकारीले बताउनुभयो । केही किसानले आफँै बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफँै बिक्री गरेको रकम जोड्दा धेरै हुने उहाँ बताउनुहुन्छ । यस वर्ष वरसिम घाँसको बीउ करीब रु ८० लाखको बिक्री हुने उहाँको अनुमान छ ।

वरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको दाङ जिल्लामा व्यावसायिकरुपमा उत्पादन भएको घाँसको बीउ मोरङ, सर्लाही, चितवन, नवलपरासी, रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिक्री हुने गरेको सचिव अधिकारीले बताउनुभयो ।

साविक सौडियार गाविस हाल घोराही –६ मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँस खेती शुरु गरिएको हो । हिउँदे घाँस वरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा गाईँभैसीलाई खुवाउन र पोषणका लागि उत्तम मानिन्छ । यो घाँस गाई, भँैसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेका पाइन्छ । यसका हरियो र सुकेको डाँठ दुवै खुवाउन सकिन्छ । जिल्लामा गाई, भंैसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि अर्थोपार्जनका लागि केही किसानले घाँस मात्रै खेती गरेको पाइन्छ । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको प्रमुख केसीको भनाइ छ ।

अहिले दाङ वरसिम घाँसको बीउ पकेट क्षेत्रको’ रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरनिरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले जानकारी दिनुभयो । बीउका लागि दाङ उपयुक्त वातावरण भएको उहाँको पनि भनाइ छ ।दाङमा तुलसीपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर, सौडियार, घोराही र

नारायणपुर क्षेत्रमा व्यावसायिक घाँस खेती हुने गरेको छ । दाङमा नेपियर, मकैचरी, जै, भेजलगायत जातका घाँस खेती भए पनि हावापानी राम्रो भएकाले वरसिम फस्टाएको छ । पछिल्लो समयमा जिल्लाका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा वरसिम घाँसको बीउ वितरण गदँै आएका छन् । बीउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नतजातका पशुपालन गर्नेको सङ्ख्या बढ्दै गएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com