काठमाडौं – बलिउड नायिका शिल्पा शेट्टीले मुम्बईमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छन् । उनलेयस विषयमा सामाजिक संजालबाट जानकारी गराएकी हुन् । उनले आफ्नो नयाँ व्यवसायको सामाजिक सञ्जालमा प्रचारप्रसार गरेपछि उनले रेस्टुरेन्ट खोलेको जानकारी भएको हो ।
शिल्पाले सो रेस्टुरेन्ट बलिउड सेलिब्रेटीहरूका लागि ह्याङ आउट गर्ने अखडा बन्ने विश्वास लिएकी छन् । रेस्टुरेन्टको तस्बिर शेयर गर्दै उनले रेस्टुरेन्ट अब तयार रहेको जनाएकी छन् । उनी लामो समय देखी फिल्म क्षेत्रबाट टाढा रहेकी छन् ।
ADVERTISEMENT