घरबाटै बेपत्ता दूधेबालक ७२ घण्टापछि यस्तो अवस्थामा फेला परे, आमा भक्कानिएर रुँदा रुँदै भक्कानिएर खोलीन् यस्ता रहस्यहरु
जनकपुरधाम । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बे’पत्ता भएको थिए ।
बालक घरबाटै बे’पत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७ः०० भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिनुभयो । बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ ।
बालक बेपत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अ’प’ह’र’ण भएको आशङ्का गरेका थिए । बालकको घरदेखि फेला परेको स्थानको दूरी करिब १८ किलोमिटर पर्छ । “हाम्रो पहिलो प्राथमिकता बालकलाई सकुशल पत्ता लगाउनु थियो जुन सफल भयो”, प्रहरी उपरीक्षक भण्डारीले भन्नुभयो, “अब घटनाको अनुसन्धान गरी बालकको अ’प’ह’र’ण गर्नेको खोजी गर्न केन्द्रित हुन्छौँ ।” अ’प’ह’र’ण’का’री जोसुकै भए पनि खोजी गरी कानूनी दायरामा ल्याइने उहाँको भनाइ थियो ।
Read More
हालै विवाह बन्धनमा बाँधिएकी नायिका स्वेता खड्काको आज जन्मदिन, पति विजेन्द्रले दिए यस्तो सप्राइज
काठमाडौ , नायिका स्वेता खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । भर्खरै विवाह बन्धनमा बाँधिएर चर्चामा रहेकी खड्का केहि दिन अघि सुष्मा कार्कीसँग भएको लफडाको कारण चर्चामा छिन् ।
चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्काले यसपछि केहि चलचित्रमा अभिनय गरिन् ।
उनलाई चलचित्र ‘कहाँ भेटिएला’ले परिचित गरायो भने ‘कोहिनुर’बाट उनी निर्मात्रीको रुपमा पनि हिट भइन् ।बिहे गरेको एक महिनामै नै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेता केहि बर्ष विक्षिप्त बनिन् ।विवाह बन्धनमा बाधिँएको हुनाले उनले आफ्नो परिवारसँग जन्मदिन मनाएकी छिन् ।
Read More
सफलताका केही सुत्र, हेर्नुहोस् र मनन गर्नुहोस्
काठमाडौँ – अधिकांश मानिसहरु आफ्नो सबै समय,उमेर, उर्जा, लगानी खर्चिँदा पनि सफल हुँदैनन् । तर केहि मानिस निश्चित समय कडा परिश्रम गरेपछि सुखी, खुशी र सफल हुन्छन् ।
यहाँ सफलताका सुत्र प्रस्तुत गरिएको छ ।
आफैँलाई सोध्नुहोस् : सफलताको स्वाद चाख्ने नै हो भने पहिलो नम्बरमा आफ्नो मनलाई सोध्नुहोस् । विचारहरुबीच छिनोफानो गराउनुहोस् । एउटा स्पष्ट विचार तयार पार्नुहोस् ।
लक्ष्य निर्धारण : आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्ध भएर लाग्नुहोस् । बाधा अड्चनले तपाईलाई हललाउनै नसकोस् त्यसरी दृढ बन्नुहोस् ।यो कुरा बुझ्नुहोस् कि ”लक्ष्य भनेको मितिसहितको सपना हो।”
आफैँलाई जित्नु : डर, त्रास र भयमा नअल्मलिनुहोस्, यसलाई जितेर अघि बढ्नुहोस् । आफूलाई जित्नुभयो भने संसार जित्नसक्नुहुन्छ ।
धैर्यता : कायम राख्नुहोस् र रिसलाई वशमा लिनुहोस् ।
निरन्तरता : कामलाई निरन्तरता दिइरहनुहोस् एक रात मै सफल हुन सकिदैँन भन्ने तथ्य बुझ्नुहोस् लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई मनन गर्नुहोस् ।
‘गफले भात पाक्दैन’ : नेपालीमा एउटा प्रचलित भनाई नै छ गफल भात पाक्दैन । हो, सफल बन्ने हो भने गफ चुटेर मात्रै हुँदैन । रातैदिन योजना बनाएर मात्रै हुँदैन । चीनका धनाढ्य ज्याक मा ले भनेका छन् धेरै सोचेर र योजना बनाएर मात्रै नबस्नुहोस् । कुनै काम गर्नुछ भने त्यसलाई तुरुन्तै सम्पन्न गर्नुहोस् । कार्यान्वयन पाटोमा लगिहाल्नुहोस्
खुल्ला सोँच उदारता : सधैँ खुल्ला सोच राख्नुहोस् । उदार जीवन जिउनुहोस् । मल्टिपल विजनेसबारे सोच्नुहोस् ।
समर्पण र त्याग : त्याग गर्न सिक्नुहोस् त्यसैले केही ठूलो कुरा पाउन स – साना कुरा गुमाउन पनि जान्नुहोस् ।
वातावरण कस्तो छ : खराब आनीबानी, वातावरण र साथीसंगतबाट टाढा बस्नुहोस् ।
आफैँलाई जाँच : आफू हिँडेको बाटो सहि छ छैन निक्र्यौल गर्नुहोस्।
मितव्ययीता : आफूसँग भएको पैसा सम्पत्ति असल कर्मको लागि खर्चनुहोस् । र सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
सकारात्मक सोच : सधैँ सकारात्मक सोच कायम राख्नुहोस् ‘म सफल बन्दिन, यो काम गर्न सक्दिन, म मा खुबी क्षमता र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने’ भावनालाई अहिल्यै त्याग्नुहोस् । सकारात्मक सोच नै सफल जीवनको पहिलो मन्त्र हो ।