काठमाडौं । चलचित्र क्षेत्र चाहे त्यो कलिउड होस्, बलिउड होस्, या हलिउड नै किन नहोस् । बेला बेला कलाकारहरुको प्रेमको चर्चाले तात्ने गर्छ । अझ बलिउडमा यसको निकै चर्चा हुन्छ । कलाकारहरुको प्रेम र बिछोडले मिडियामा पनि राम्रै स्थान पाउँछन् ।
यसबाट कलिउड अर्थात नेपाली चलचित्र क्षेत्र पनि अछुतो रहेको छैन् । केही समयअघि साम्राज्ञी राज्यलक्ष्मी शाह र देवांश राणाको ब्रेकअपको खबरले चलचित्र क्षेत्र तातेको थियो । त्यसै समयमा अभिनेता तथा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री निता ढुंगानाको प्रेमको चर्चा पनि खुबै चल्यो ।
यी विषय सेलाउन नपाउँदै फेरि अभिनेत्री वर्षा शिवाकोटी र सविन जंग थापाको ब्रेकअप भएको छ ।
उनीहरुको २ वर्ष पनि नपुग्दै ब्रेकअप भएको सविनले आफ्नो इन्स्टाग्राममार्फत् जानकारी दिएका छन् । वर्षासँगका रोमान्टिक तस्विरहरु शेयर गर्दै उनले आफूलाई वर्षाले अप्ठ्यारो समयमा साथ नदिएको गुनासो पनि गरेका छन् । यद्यपि, उनले १७ महिनाको अवधिमा वर्षासँग बिताएको समय असल रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘१७ महिना अगाडि मेरो यी युवतीसँग प्रेम सुरु भयो । हजारौं हजार किमी टाढा हामीले एक अर्काको हरेक कुरालाई स्विकार गर्यौं । हामीले एक अर्कालाई खुशी राख्न धेरै कुरा गर्यौं । तर, तिमीले मेरो संघर्षको समयमा मलाई छोडेर गयौ ।’
उनले आफूलाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै वर्षालाई शुभकामना पनि दिएका छन् । सविन अमेरिकामा बस्ने गरेका छन् ।
Read More
सफलताका केही सुत्र, हेर्नुहोस् र मनन गर्नुहोस्
काठमाडौँ – अधिकांश मानिसहरु आफ्नो सबै समय,उमेर, उर्जा, लगानी खर्चिँदा पनि सफल हुँदैनन् । तर केहि मानिस निश्चित समय कडा परिश्रम गरेपछि सुखी, खुशी र सफल हुन्छन् ।यहाँ सफलताका सुत्र प्रस्तुत गरिएको छ ।
आफैँलाई सोध्नुहोस् : सफलताको स्वाद चाख्ने नै हो भने पहिलो नम्बरमा आफ्नो मनलाई सोध्नुहोस् । विचारहरुबीच छिनोफानो गराउनुहोस् । एउटा स्पष्ट विचार तयार पार्नुहोस् ।लक्ष्य निर्धारण : आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्ध भएर लाग्नुहोस् । बाधा अड्चनले तपाईलाई हललाउनै नसकोस् त्यसरी दृढ बन्नुहोस् ।यो कुरा बुझ्नुहोस् कि ”लक्ष्य भनेको मितिसहितको सपना हो।”
आफैँलाई जित्नु : डर, त्रास र भयमा नअल्मलिनुहोस्, यसलाई जितेर अघि बढ्नुहोस् । आफूलाई जित्नुभयो भने संसार जित्नसक्नुहुन्छ ।धैर्यता : कायम राख्नुहोस् र रिसलाई वशमा लिनुहोस् ।
निरन्तरता : कामलाई निरन्तरता दिइरहनुहोस् एक रात मै सफल हुन सकिदैँन भन्ने तथ्य बुझ्नुहोस् लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई मनन गर्नुहोस् ।‘गफले भात पाक्दैन’ : नेपालीमा एउटा प्रचलित भनाई नै छ गफल भात पाक्दैन । हो, सफल बन्ने हो भने गफ चुटेर मात्रै हुँदैन । रातैदिन योजना बनाएर मात्रै हुँदैन । चीनका धनाढ्य ज्याक मा ले भनेका छन् धेरै सोचेर र योजना बनाएर मात्रै नबस्नुहोस् । कुनै काम गर्नुछ भने त्यसलाई तुरुन्तै सम्पन्न गर्नुहोस् । कार्यान्वयन पाटोमा लगिहाल्नुहोस्
खुल्ला सोँच उदारता : सधैँ खुल्ला सोच राख्नुहोस् । उदार जीवन जिउनुहोस् । मल्टिपल विजनेसबारे सोच्नुहोस् ।समर्पण र त्याग : त्याग गर्न सिक्नुहोस् त्यसैले केही ठूलो कुरा पाउन स – साना कुरा गुमाउन पनि जान्नुहोस् ।वातावरण कस्तो छ : खराब आनीबानी, वातावरण र साथीसंगतबाट टाढा बस्नुहोस् ।
आफैँलाई जाँच : आफू हिँडेको बाटो सहि छ छैन निक्र्यौल गर्नुहोस्।मितव्ययीता : आफूसँग भएको पैसा सम्पत्ति असल कर्मको लागि खर्चनुहोस् । र सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।सकारात्मक सोच : सधैँ सकारात्मक सोच कायम राख्नुहोस् ‘म सफल बन्दिन, यो काम गर्न सक्दिन, म मा खुबी क्षमता र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने’ भावनालाई अहिल्यै त्याग्नुहोस् । सकारात्मक सोच नै सफल जीवनको पहिलो मन्त्र हो ।