कुनैपनि महिला पुरुष एक अर्काप्रति आकर्षीत हुनु सामान्य मानिन्छ । कुनै पनि पुरुषहरुले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौं ।
पहिलोः पुरुषहरुले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसीरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दैछ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुशी भएकी छ भन्ने बुझ्न सकिन्छ ।
दोश्रोः केटाहरुले आँखा नियाल्छन् । तेश्रोः आत्मविश्वासको बारेमा केटाहरुले नियालीरहेका हुन्छन् ।
चौथोः फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।पाचौँः कुरा शरीरको बनावटमा पनि ध्यान दिईरहेका हुन्छन् ।
छैठौँः केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।सातौँः शरीरको बा.स्नामा पनि केटाहरुले ध्यान दिइरहेका हुन्छन् ।एजेन्सीको सहयोगमा
तपाई प्लस टु सकेर क्यानडा गएर डिप्लोमा अध्ययन गर्ने सोचमा हुनुहुन्छ ? यि कदमहरु चाल्नुहोस् भविष्य उज्वल बन्नेछ
काठमाडौँ । यो साता गोरेटो एजुकेशनल कन्सल्टेन्सीले न्यू बानेश्वोर चोक आफ्नो भेनुमा ‘’ स्टडी इन क्यानाडा इन्फर्मेसन वीक’’ आयोजना गरेको छ । गत सोमबार देखी शुरु भएको इभेन्ट आउदो सोमबार सम्म रहने छ । उक्त इभेन्टमा क्यानाडा अध्ययन गर्न चाहने सयौ बिद्यार्थीहरुले कार्यक्रममा सहभागीभइ जानकारी लिएको गोरेटोका एडभाइजर धीरज कंडेलले बताएका छन । प्लस टुको नतिजा भर्खरै प्रकाशन भएकाले धेरैजसो ब्याचलर अध्ययन गर्न चाहने बिद्यार्थीहरु साथीहरु र आफ्नो अभिवावकसँग आइराखेको स्टुडेन्ट कोअरडिनेटर प्रकाश रेग्मी जानकारी दिए ।
यो सन्धर्वमा संस्थाका सिनियर स्टुडेन्ट एड्भाइजर धीरज कंडेलसँग लिएको अन्तर्वाताको अंश तल समेटिएको छ । जुन प्लस टु उतिर्ण भइ IELTS र TOEFL तयारी गरिरखेका र क्यानाडा अध्ययन गर्न चाहने भाईबहिनीहरुलाई निकै लाभदायक हुनसक्नेछ ।
नेपालीहरुका लागी क्यानाडा अध्ययनको किन उत्कृष्ट गन्तब्य हुन सक्दछ ?
क्यानाडा नेपालीहरुका लागि मात्रा नभइ सबै देशका बिद्यार्थीहरुलाई उत्कृष्ट गन्तब्य हुन सक्दछ । क्यानाडाको अन्तराष्ट्रिय बिद्यार्थीमैत्री निती, खुल्ला बजार निती , सुरक्षित र शान्तीप्रिय देश, समान अवशर र सबै भन्दा महत्वपूर्ण उपयुक्त टिउशन फी र त्यहाँको व्यवहारिक शिक्षा भएकाले क्यानाडा नेपालीहरु लगायत सबै अन्तरराष्ट्रिय बिद्यार्थीहरुका लागि उत्कृष्ट गन्तब्य हुन सक्दछ ।
प्लस टु वा ब्याचलर उतिर्ण गरेर क्यानाडा अध्ययन गर्न उपयुक्त हुनसक्छ ?
आफ्नो आफ्नो इच्छा हो ! प्लस टु , ब्याचलर तथा मास्टर पछी जाने बिद्यार्थी उतिकै हुन्छन । क्यानाडामा अध्ययननै गर्न जाने हो भने +2 पछी पनि जादा राम्रो हुनसक्छ । बिशेषत +2 पछी बिद्यार्थीहरु अली कलिलो उमेरको हुनेहुनाले त्यहाँ गइसकेपछी अन्तराष्ट्रिय बिद्यार्थीहरुले भोग्ने चुनौतीहरुलाई सामना गर्न कत्तिको क्षमता राख्छन भन्ने कुरा हो । तर कलिलो उमेरमै अध्ययन गर्न जादा त्यहाँको रहनसहन, चालचलन , रितिरिवाज र भाषा राम्रोसँग सिक्न प्रशस्त समय भएकाले अध्ययन सकिसकेपछी त्यहाँ आफ्नो करीयर बनाउन सजिलो हुने साथै स्वोदेश फर्किने हो भने पनि त्यहाँ सिकेर आएको सिप र ज्ञानलाई नेपालमा लागु गर्न उचित उमेर हुन सक्दछ ।
क्यानाडामा प्लस टुपछी बिद्यार्थीहरुले ब्याचेलर वा डिप्लोमा कुन प्रोग्राम अध्ययन गर्दा राम्रो हुन्छ ?
दुबैको आफ्नो बिशेषताहरु छ । यदी बिद्यार्थी अनुसन्धानमुलक अध्ययन र यो क्षेत्रमा करीयर अगाडि बडाउन चाहन्छ, उनिहरुको आर्थीक अवस्थापनी राम्रो छ भने ब्याचेलर प्रोग्रामको लागि जान सक्छन । किनकी ब्याचेलर प्रोग्राम ४ बर्षको हुन्छ बिद्यार्थीहरुले लगातर पढ्नुपर्ने हुन्छ , टिउसन फी र आफ्नो खर्च पनि कभर गर्नुपर्ने हुन्छ । सो परिवारले सपोर्ट गर्ने अवस्था छ भने बिद्यार्थीले निर्धक्क ब्याचेलर पढ्न सक्दछ । आर्थीक अवस्था बलियो छैन र आफु के बन्ने भन्ने क्लियर छ भने डिप्लोमा प्रोग्राम अध्ययन गर्न सक्छन। जुन २ बर्ष अवधीको हुन्छ र क्यानाडामा २ बर्ष अध्ययन गरेपछी अर्को ३ बर्षको वोर्क पर्मिट ( PSW ) पाउने भएकाले बिद्यार्थीहरुले यो समयमा आफ्नो आर्थिक अवस्था साथै करिअर मजबुत बनाउन सक्दछ ।
गोरेटोमा बिद्यार्थीहरु स्वयम आँफै आउँदा अथवा अभिवावकहरुसँग आउदा राम्रो हुन्छ ?
पछील्लो समय बिद्यार्थीहरु अभिभावक साथ पनि आउनुभएको छ । बिशेसत: प्लस टु सकेका बिद्यार्थीहरुको अभिभावक साथमा बुज्न आउनुभएको छ। साथै IELTS र TOEFL गर्दै गरेका साथीभाइहरु धेरै ग्रुपमा आएका छन । उनिहरु मार्केट रिसर्च गर्न निकै पोख्त छन । तर मास्टर र अन्य प्रोग्रामको लागि बुज्न आउने बिद्यार्थीहरु म्याचुर हुन्छन । र एक्लै वा पार्ट्नरसँग आउनु हुन्छ ।
क्यानाडा अध्ययनको लागि धेरै प्रसार प्रचार तथा इभेन्ट गरिराख्नु भएको छ क्यानाडाले भिसा कत्तिको दिएको छ ?
क्यानाडाले जेनिउन बिद्यार्थीलाई सधैं भिसा दिदै आएको छ । नेपालबाट क्यानाडा अध्ययन भिसा आवेदन दिदा प्रत्यक्ष्य अन्तर्वाता नहुने हुँदा भिसा सफलताको लागि बिद्यार्थीको सही प्रोग्राम, युनिभर्सिटी छनौट, मजबुत आर्थिक अवस्था, आफ्नो करिअर प्लान बिद्यार्थीहरुले SOP मा स्पस्ट उल्लेख गर्नुपर्छ । जसको आधारमा क्यानाडाले भिसा दिने नदिने निर्धारण गर्दछ । गोरेटो कन्सल्टेन्सीले आफ्नो अनुभब र टिम क्षमताको आधारमा हरेको कुरामा सहयोग गर्दछ ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
अन्तमा यहाहरुले गोरेटोलाई हाम्रो अनुभब र कुराहरुलाई बिद्यार्थीहरु सामु पुर्याइदिन सहयोगगर्नु भएकाले ओसनेपाल टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ । साथै बिद्यार्थीहरुलाई क्यानाडा अध्ययन गर्न चाहनुहुन्छ भन्ने राम्रो सँग रिसर्च गर्नुहोस् र धेरै बुझेर मात्र प्रोग्राम र युनिभर्सिटी र कलेज चयन गर्नुहोस् भन्न चाहन्छु ।