वरुण धावनको बिहे भएलगत्तै बलिउडमा श्रद्धा कपुरको विवाहको चर्चा चलेको छ ।यो भन्दा अगाडी पनि श्रद्धा र रोहनको बिवाहको चर्चा भइरहेको थियो । बरुणले घुमाउरो पारामा छिट्टै श्रद्धा कपुर र रोहन श्रेष्ठको बिहे हुने बताएपछि बलिउडमा उनीहरुको बिहे हुने पक्का पक्की भएको हल्ला चल्न थालेको छ ।
बजारमा हल्ला चलेअनुसार बरुण र नताशा पछि अब श्रद्धा कपुर बिहेको बन्धनमा बाँधिदैछिन्।भारतीय मिडियाहरुले फेव्रअरी ४ अर्थात बिहिबार श्रद्धा कपुर र रोहन श्रेष्ठ सँगै एउटा कार्यक्रममा गएको दाबी गरेका छन् । भारतीय पत्रकार योगेश शाहले इन्टाग्राममा हालेको भिडियोमा उनीहरु सँगै देखिएका छन् । टाढा भएको नाटक गरेर हिडेपनि उनीहरुको माया क्यामराको अगाडी लुक्न सकेन ।
यही विषयमा श्रद्धा कपुरका पिता तथा कलाकार शक्ति कपुरले प्रतिक्रिया जनाएका छन्। उनले रोहन श्रद्धाको बच्चा बेलाको साथी मात्रै हो, त्यो बाहेक अरु केही हैन भनेका छन्। शक्ति कपुरले भनेका छन्, ‘इन्टरनेटमा कस्तो हल्ला चलिरहेको छ म जान्दिनँ तर, आफ्नी छोरीको साथमा सधैं हुनेछु।’ छोरीले जस्तो निर्णय लिएपनि त्यसमा आफूले साथ दिने उनको भनाइ छ।
शक्तिले अगाडि भने, ‘रोहन निकै राम्रो केटा हो । ऊ घरमा आउने-जाने गरिरहन्छ।’ सानै उमेरदेखि घर आउजाउ भएपनि श्रद्धाले रोहनसँग बिहे गर्ने योजनाबारे आफूलाई नसुनाएको लाइभ हिन्दुस्तान ले लेखेको छ । भारतीय मिडियाहरुले प्रमुख स्थान दिएर यस्लाई प्रकाशन गरिरहेका छन् ।
बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वकसँग बिहे गर्ने हल्ला गाइगुइ सुनिदै आएको हो । तर पनि उनीहरुले आधिकारिक रुपमा यस्को घोषणा गरेका छैन्न । अहिले उनीहरु सँगै देखिनुले फेरि यस्ले एकाएक चर्चा पाएको छ । श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आएका छन् ।
Read More
पोखरा खानेपानी सुधार आयोजनाको काम धमाधम
कास्की, २४ माघ (रासस) ः कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को रु पाँच अर्ब अनुदान सहयोगमा पोखरामा लगानीका हिसाबले देशकै दोस्रो ठूलो सो आयोजना बन्दाबन्दीपछि रोकिएकामा हाल कामले पुनः तीव्रता पाएको हो । कोरोनापछिको दुई महिनामा पाँच प्रतिशत हाराहारीमा प्रगति भएको खानेपानी संस्थानले जनाएको छ । कोरोनाअघि २६ प्रतिशत हाराहारीमा प्रगति भएको आयोजनाको मङ्सिर र पुस महिनामा पाँच प्रतिशत भौतिक प्रगति बढेर ३१ प्रतिशत पुगेको हो ।
आयोजना सम्पन्न गर्न अब छ महिना समय बाँकी रहँदा दुई तिहाइ हाराहारीमा काम बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गर्र्न कठिन देखिएको छ । पछिल्लो समय आयोजना निर्माण तीव्रताका साथ अघि बढे पनि निर्धारित समयमा पूरा गर्न कठिन देखिएकाले आयोजनाको म्याद थपको प्रक्रिया अघि बढेको आयोजना स्रोतले जनाएको छ ।
यसअघि बन्दाबन्दी तथा निर्माण कम्पनीका प्राविधिक कर्मचारी लामो समय नेपाल आउन नसक्दा काम पूर्ण क्षमतामा शुरु हुन सकेको थिएन । आयोजना निर्माणका लागि सन् २०२१ अगस्टभित्रमा सम्पन्न गर्ने गरी जापनिज कम्पनी हाज्मा एण्ड कर्पोरेशनसँग निर्माण सम्झौता भएको थियो । सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो । सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर काम शुरु भएको थियो ।
पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन उपभोक्ताका घरघरमा पठाउने गरिएकामा मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउनेयोग्य बनाउने लक्ष्यसहित जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले सो आयोजना सञ्चालन गरेको हो ।
कोरोनाका कारण गत भदौसम्म आयोजना पूर्णरुपमा ठप्प थियो । भदौदेखि आंशिक काम शुरु भए पनि तिहारलगत्तै पूर्ण क्षमतामा काम शुरु भएको आयोजनाका डेपुटी परियोजना प्रबन्धक एवं खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख आशिष कार्कीले बताउनुभयो । उहाँका अनुसार मर्दी मुहानमा ग्रिड च्याम्बर र सेडिमेन्टेशन ट्याङ्की, स्लो स्याण्ड फिल्टर, तीनवटै ठूला रिजर्भवायर ट्याङ्की निर्माण र पोखरा बजारभित्र पाइपलाइन विस्तारको काम एकैपटक तीव्रताका साथ भइरहेको छ । हाल आयोजनामा ४०० मजदूरले काम गरिरहेको बताइन्छ ।
“कोरोनाका कारण आयोजनालाई असर पारेकाले काम तीवरुपमा अघि बढाएर लक्ष्य भेट्टाउने गरी अहिले काम भइरहेको छ”, डेपुटी परियोजना प्रवन्धक कार्कीले भन्नुभयो, “हाल काममा कुनै व्यवधान र समस्या छैन । तोकिएको समयसीमा भित्रमा आयोजना सम्पन्न गर्ने कुरामा प्रतिवद्ध छौँ ।” आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सैँ घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलव्ध हुने खानेपानी संस्थानले जनाएको छ । पोखरा महानगरको १९ वडाका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान छ ।
खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा शुद्ध बनाएर त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिनेछ । पानी शुद्ध बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेशन ट्याङ्की’(ढुँगा, बालुवा हटाउने पोखरी) बनिरहेका छन् । सेडिमेन्टेशन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पोखरा–१९ पुरुनचौरमा निर्माणाधीन ‘स्लोस स्याण्ड फिल्टर’मा लगिनेछ । त्यहाँ पानी थप प्रशोधनका लागि चार वटा पानी थिग्ग्राउने ट्याङ्की तथा छ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की(स्लोस स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ ।
पोखरा बजार क्षेत्रभित्र शुद्ध पानी वितरणका लागि आयोजनाअन्तर्गत फूलबारी, कोलपाटन र पस्र्याङमा २० लाख लिटर क्षमताका रिजर्भवायर ट्याङ्की निर्माण भइरहेको खानेपानी संस्थानका इञ्जिीनियर सन्तोषकुमार दासले जानकारी दिनुभयो । फूलबारीमा निर्माणाधीन ट्याङ्कीको ९५, कोलपाटनको ६० र पस्र्याङको ४० प्रतिशत हाराहारीमा भौतिक प्रगति छ ।
आयोजनाले बजार क्षेत्रमा पाइपलाइन विस्तारलाई तीव्रता दिएर काम अघि बढाएको छ । विगतमा चार समूहबाट काम भइरहेकाले हाल १० वटा टोलीले नदीपुर, नयाँबजार, महेन्द्रपुल, सिर्जनाचोकलगायतका क्षेत्रमा पाइप जडानको काम गरिरहेको इञ्जिीनियर दासले जानकारी दिनुभयो । बजार क्षेत्रमा ९९ किमी पाइपलाइन सुधार आयोजनाबाट र १४ किमी खानेपानी संस्थानले विस्तार गर्नेछ । संस्थानबाट विस्तार कार्यका लागि बोलपत्र भएर निर्माण कम्पनी छनोटको तयारी गरिएको बताइन्छ । संस्थानले थप सात हजार ३०० धारा जडान गर्नेछ ।