विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर ग्राउन्ड’ले सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ पुस्तकको आधारमा चलचित्र बनाउने घोषणा गरेको हो।
द भल्चर डटकमका अनुसार बाराक र मिसेलको कम्पनीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘तेन्जिङ’ हुनेछ। यसको निर्देशन जेनिफर पिदोम र लुक डेभिसले गर्नेछन्।
सन् १९५३ मे २९ का दिन न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए।ओबामा दम्पतीको कम्पनीले निर्माण गर्ने चलचित्र नेटफ्लिक्समा सार्वजनिक हुनेछ।
सगरमाथा आरोहण गर्दा नेपाली नागरिक रहेका तेन्जिङ नोर्गे शेर्पाले नेपाली राष्ट्रियता त्यागेर भारतीय नागरिकता ग्रहण गरेका थिए ।
Read More
हार्दिक बधाई : श’क्ति कपुरकी छोरी नायिका श्र’द्धा कपुरसँग विवाह गर्दै नेपाली मु’लुकका रोहन श्रेष्ठ !
वरुणकै साथी श्र’द्धा कपुर र रोहन श्रेष्ठको विवाहको चर्चा यतिवेला भारतीय मिडियामा भइरहेको छ । रोहन नेपाली मूलका बलिउड से’लिब्रिटी फो’टोग्राफर हुन् ।
उनका बुवा नेपालमा जन्मिएका भएपनि रोहन भने भारतमै जन्मिएर उतै आफ्नो क’रियर बनाइरहेका छन् । वरुणको विवाहमा रोहनले शुभकामना दिएपछि चर्चा सुरु भएको हो ।जब रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरे ।
यो पोस्टमा रोहनले लेखे, ‘वरुण र नताशालाई विवाहको अ’त्यधिक बधाई । भीडी तिमी असाध्यै भाग्यमानी छौ ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ ।’ उनको यस्तो अभिब्यक्ति पछि फ्यानहरुले रोहन पनि विवाहको योजनामा रहेको आशंका गरेका छन् । त्यसपछि नै भारतीय सोसल मिडियामा रोहन र श्र’द्धाको विवाह हुन लागेको हो कि भन्ने अनुमान गरिएको छ ।
श्र’द्धा कपुर र रोहन श्रेष्ठबीचको प्रेम सम्बन्धबारे निकै अघिदेखि विभिन्न खबर आइरहेका छन् । तर दुवै जनाले त्यसलाई सार्वजनिक रुपमा स्वीकार भने गरेका छैनन् । तर दुवैले नकारेका पनि छैनन् ।श’क्ति कपुरकी छोरी नायिका श्र’द्धा कपुरसँग विवाह गर्न तयार छन् नेपाली मूलका रोहन श्रेष्ठ ।