• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
अरबी युवतीले चलाएको गाडीले एक्कासी ठ,क्कर दिँदा दुबईमा घाइते भएका ३८ वर्षका गोबिन्द जिवितै

शिव को दर्शनगरी राशिफल माघ २५ गते आइतबार हेर्नुहोस शेयर गर्नुहोस !

Auto Draft

दार्जलिगंबाट आएकी सुरक्षालाई पाउन प्रमोदले भ्वाइसको मञ्चमा केसम्म गरेनन् हेर्नुहोस्

Auto Draft

‘द भ्वाइस अफ नेपाल’ मा गएका कर्णले प्रमोदको गीत गाउँदा स्टेजमा भयो रुवाबासी

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालमा १७ वर्षकी यि सुन्दरीले गाउँदा देखियो अहिलेसम्मकै भिन्न माहोल, म नै भ्वाइस जित्छु भन्ने यि सुन्दरीलई राजु, प्रमोद र तृष्णा सबै चुप लाग्नुको कारण यस्तो, हेर्नुहोस् भिडियो

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा दोस्रो प्रतिस्पर्धीलाई तृष्णाले तिमी मेरै लागि जन्मिएका सि पाही हौ, तिमीलाई म माया गर्छु भनेपछि हुटिगं सुरु भयो हेर्नुहोस् भिडियो

Auto Draft

द भ्वाइस अफ नेपालको आजको कार्यक्रममा पहिलो प्रतिस्पर्धीले गाए लगत्तै भयो खो साखोस

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

आजको ‘दि भ्वाइस अफ नेपाल’मा बिजय लामाले हँसाउनु हँसाए

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

चर्चित पाइलट बिजय लामा द भ्वाइस अफ नेपालको मञ्चमा गएर गाउँदा पत्तै पाएनन् कोचहरुले

Auto Draft

द भ्वाइस अफ नेपालमा देखियो कहिल्यै नदेखिएको दृश्य

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

सुन्दरी मोडल अञ्जली अधिकारी कक्षा ११ मा भर्ना भइन्

नेपाल आइडलबाट चर्चा कमाएका  ह्याण्डसम गायक प्रताप  दासको घरमा चल्यो विबाहको कुरा

नेपाल आइडलबाट चर्चा कमाएका ह्याण्डसम गायक प्रताप दासको घरमा चल्यो विबाहको कुरा

Auto Draft

भारतीय क्रिकेटर विराट कोहलीको जस्तै भब्य छ नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको काठमाडौँको घर

Auto Draft

चर्चित मोडल अञ्जली अधिकारीलाई गएराती के भयो यस्तो ?

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, April 17, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

शिव को दर्शनगरी राशिफल माघ २५ गते आइतबार हेर्नुहोस शेयर गर्नुहोस !

by gazab g
February 6, 2021
in समाज
0
अरबी युवतीले चलाएको गाडीले एक्कासी ठ,क्कर दिँदा दुबईमा घाइते भएका ३८ वर्षका गोबिन्द जिवितै
582
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

स्कटनेपाल, ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल माघ २५ गते आइतबार ई. सं. २०२१ फेब्रुअरी ७ नेपाल सम्बत ११४१ पोहेलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, तिथि माघ कृष्ण दशमी, चन्द्रमा वृश्चिक राशिमा ४ः३६ बजे सम्म त्यस पछी धनु राशिमा,ज्येष्ठा नक्षत्र, व्याघात योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको ४ः३६ बजे वृश्चिक राशि हुनेछ, त्यस पछि धनु राशि हुनेछ ।आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३२ मिनेट देखि १० बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला रअनिष्टहरू मत्थर हुन थाल्नेछन । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।

ADVERTISEMENT

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन ।

Share233Tweet146Share58
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए
समाचार

माइतीमा गएकी पत्निलाई लिन गएका सन्तोष देउजा रोए

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
समाज

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
समाचार

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल
समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!