काठमाडौ । ‘मेरो छोरी होइन सपना, छोरा हो । के छोरा मसंगसंगै सुत्नु हुँदैन ?’ यो भनाई हो बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतको । तर यो भनाईलाई सपनाका बुवाआमाले जस्ताको त्यस्तै एक अन्तरवार्तामा बताएका छन् । सपनालाई आधि रातमा आफ्नो हातखुट्टामा तेल लगाएर मालिस गर्न लगाउँथे रे विनजजंग बस्नेतले । योपनि सपनाकै आमाबुवाले बताएका छन् ।
विगत केही महिनादेखि सपना र विनयजंग बस्नेतबीचको सम्बन्ध चिसिएको कुरा सबैलाई थाहा भएकै हो । तर के कारणले बाबु छोरी भनिने उनीहरुबीचको सम्बन्धमा दरार आयो भन्ने कुरा सबैकोलागी चासोको विषय थियो । यो चासोको विषयलाई सपनाका बुवाआमाले खोलिदिएका छन् । सपनाको आमाबुवाको भनाई अनुसार विनयजंगले सपनालाई बाहीरि रुपमा छोरी भनेतापनि उनको भित्री आवरणमा सपनालाई छोरीको दर्जा नदिएको बताएका छन् ।
उनीहरुको भनाई अुनसार विनयजंगले आफुले भनेको सपनाले नमान्दा मुखबाट खुन आउने गरी विनयले सपनालाई कु’टे’का पनि छन् । उक्त अन्तरवार्तामा सपनाकी आमाले रुँदै भनेकी छन्,‘उहाँले मलाई नै भन्नु भएको थियो सपना त मेरो छोरा हो । के म मेरो छोरासंगसंगै सुत्न मिल्दैन रु भन्दा मैले काममा छोरा भएपनि उ त छोरी हो नी बाबु भनेकी थिएँ । एकातिर छोरी पनि भन्ने अर्कोतिर छोरीसंगै सुत्छु पनि भन्ने । यो कस्तो सम्बन्ध हो ?’ उनको कुरामा विनयजंगले छोरी सपनालाई गरेको र बोलेको अभ्रद शब्दहरुको बारेमा सपनाका बुवाले पनि उक्त अन्तरवार्तामा बताएका छन् ।
सपना रोका मगर र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडौं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश ज’ला’उने गरेको देखेपछि उनले पनि यही काम थालेकी थिइन् ।
काठमाडौंको पशुपति आर्यघाटमा श.व ज.लाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी थिईन । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेकासय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो ।
अलपत्र परेका ला.शको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी थिइन् । म्याग्दीकी १८ वर्षीया सपना दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा हुन्छिन् । उनले काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवको आफन्त बनेर दागबत्ती दिँदै आएकी थिइन् । तर आज उनका आमा बुबा मिडियामा रुदै आएका छन् । विनयजंग बस्नेतले सपनालाई यौ’न दु’व्र्य’वहार गरेर मा’र्नेसम्मको ध’म्की दिएको भन्दै सपनाको बुवाआमाले रुँदै बताए । भिडियोसहित
ज्ञानेन्द्रलाई जानकारी नै नगराई हिमानी शाह एक्कासी ब्युटी पार्लरको उद्घाटनमा पुग्दा सर्वसाधारणबाट घेरिइन्, धेरैले भने पारस गतिछाडा बन्दा पनि हिमानीले आँफुलाई संहालेर राखेकी छिन्, सबैले भने वाउ हिरोइन भन्दा पनि क्युट र ब्यूटी, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो
सौन्दर्यको क्षेत्रमा ‘अनानिक ब्युटी सलोन’ यतिबेला अग्रणी स्थानमा रहेको छ। राम्रो सेवा र गुणस्तरीय प्रोडक्टको कारण अनानिक यतिबेला हरेक क्षेत्रका सेलिब्रेटी देखि आम नागरिको रोजाई बन्दै गएको छ । क्यानडाबाट सुरु भएको अनानिक नेपालमा भने २०१३ तिर सुरु भएको थियो ।
यतिबेला अनानिकका ४ वटा आउटलेटको ओपनिंङ्ग भैसकेको छ भने ५ औ आउटलेट तयारीमा रहेको छ । अनानिकको चौथो आउटलेटको ओपनिङ्ग पुर्व युवराज्ञी हिमानी शाहले गरेकी छिन् ।
ललितपुरको पुल्चोकमा रहेको लाभिम मलमा खुलेको चौथो आउटलेटको सुरुवात हिमानीले रिवन काटेर बुधबार गरेकी हुन् । पहिलो आउटलेट माल्भिका सुब्बाले ओपनिङ्ग गरेको सम्झदै अनानिकका सस्थापक सुर्विन राई भन्छन्,’ मलाई एकपटक हिमानी शाहलाई अनानिकको सेवा दिने र उहाको हातबाट सुरुवात गर्ने सपना थियो । त्यो सपना यतिबेला पुरा भएको छ । ‘
फागुन मसान्तसम्ममा विद्युत् कटौती समस्या अन्त्य हुने
सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत् कटौती हुने समस्या आगामी फागुन मसान्तसम्ममा अन्त्य हुने प्राधिकरणले जनाएको छ ।
उद्योग सङ्गठन मोरङले आज आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो । प्राधिकरणका नवनियुक्त प्रदेश नं १ प्रमुख टेकनाथ तिवारीले सडक विस्तार, प्राधिकरणका आन्तरिक कार्य, आगामी गर्मी मौसमका लागि पुनःसञ्चालन विद्युत् आपूर्ति र सवस्टेशनमर्मत लगायतले अहिले दिउँसो समयमा विद्युत् कटौती भए पनि फागुनपछि निरन्तर रुपले उपभोक्तालाई विद्युत् आपूर्ति उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।
उहाँले उपभोक्तालाई गुणस्तरीय र निरन्तर विद्युत् आपूर्ति गर्न प्राधिकरण सचेत र प्रतिबद्ध रहेको बताउदै विद्युत्सम्बन्धी कुनै समस्या देखिएमा कार्यालय तथा नो लाइटमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । उद्यमीको डिमान्ड शुल्क छुट सम्बन्धमा नेपाल सरकारको नीतिअनुसार कार्य भइरहेको जानकारी दिँदै उद्योगको ट्रान्सफर टेस्टिङको जिम्मा प्राधिकरणको प्रदेश कार्यालय लिने बताउनुभयो ।
विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गोहिवार, इटहरी वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार साह र दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले ट्रिपिङ, भोल्जेट लगायतका अन्य समस्या चाँडै समस्या समाधान गर्ने बताउँदै प्राधिकरणले नयाँ प्रविधिको प्रयोगको समस्या समाधानमा सहयोग पुग्नुका साथै गुणस्तरीय सेवा प्रवाह गरी आगामी चैतको पहिलो सातादेखि विद्युत् कटौती समस्या अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगका विद्युत्सम्बन्धी समस्या राख्नुका साथै विद्युत कटौती पूर्वजानकारी दिएमा निर्माण व्यवसायीको नोक्सानी कम गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो ।