• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
मध्यरातमा पब र बारमा मस्ती गर्दा गर्दै भेटीएकी श्वेतालाई खुलापत्र

मध्यरातमा पब र बारमा मस्ती गर्दा गर्दै भेटीएकी श्वेतालाई खुलापत्र

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मध्यरातमा पब र बारमा मस्ती गर्दा गर्दै भेटीएकी श्वेतालाई खुलापत्र

by gazab g
February 8, 2021
in मनोरञ्जन
0
मध्यरातमा पब र बारमा मस्ती गर्दा गर्दै भेटीएकी श्वेतालाई खुलापत्र

बिहेमा करोडौँ खर्च गर्दै महिनौँसम्म पार्टीमा मस्त रमेर पब र डान्स क्लबमा झुमेकी श्वेताले माझी बस्ती निर्माण गर्न पैसा पुनेन भनेर रुन सुहाउँछ ? माझी बस्तीमा लाग्ने खर्च श्वेताको विबाहको केही अंशले मात्रै पुग्थ्यो, लोभलाग्दो जीवनशैलीमा बाँचेकी श्वेतालाई आयो यस्तो खुल्लापत्र, राती राती किन जान्छौ पप, बार र रेष्टुरा

समाजसेवा केका लागि गर्ने ? ‘समाजसेवी’ पहिले यो कुरामा स्पष्ट हुनु जरूरी छ । अरूको देखासिकी गरेर समाजसेवा गर्ने कि नाम, चर्चा र ख्यातिको मोहमा परेर समाजसेवाको ढोँग रच्ने ? फगत आत्मसन्तुष्टिका लागि गर्ने कि कुनै आश–अपेक्षा नराखी मनदेखि नै गर्ने ?

एक वास्तविक समाजसेवीमा सेवाकर्मबाट आउने कुनै पनि प्रतिफलको लालच भने हुँदैन, हुनुहुँदैन । आफूले आर्जन गरेको ख्याती र सम्मानलाई समाजसेवामा जोडेर त्यसबाट अन्य आन्तरिक र बाह्य फाइदा पनि समाजसेवीले हेर्दैन, हेर्न हुँदैन ।

तर, आजकल साँच्ची समाजसेवा गरेर जनताको मन–मनमा बस्ने केही समाजसेवीलाई छाडेर भन्ने हो भने समाजसेवाको नाममा चर्चा बटुल्न खोज्नेहरूकै भीड देखिएको छ । ‘समाजसेवी’ बनेर वाहवाही बटुल्ने अनि त्यही नामलाई भजाएर व्यक्तिगत व्यापार–व्यवसायलाई बढावा दिने गजबको शैली अपनाएका छन् कथित समाजसेवीहरूले ।

आफूसँग भएर समाजसेवा गर्ने कि मागेर गर्ने ? आफू एक कौडी ननिकाल्ने अनि हारगुहार गरेर अरूसँग रकम माग्दै समाजसेवी कहलिएर खादा ओढाइमाग्ने गर्न त नमिल्नुपर्ने हो, तर यहाँ यस्तै ढोँगी समाजसेवा चलिरहेको छ । अरूले दान एिसम्म त चलिरहला रे लौ, तर दान प्राप्त नभएको बेला काम अलपत्रै छोड्ने ? असली समाजसेवीले त यस्तो गर्न पक्कै मिल्दैन र, गर्दैन पनि ।

ADVERTISEMENT

प्रसङ्ग सिनेअभिनेत्री तथा आफूलाई समाजसेवीको रूपमा समेत चिनाउन चाहने श्वेता (रन्जना) खड्काको हो । उहाँले समाजसेवाको नाममा शुरू गरिएको माझी बस्ती यतिबेला अलपत्र परेको जानकारी गराउनुभएको छ । जहाँ उहाँको गोजीको होइन, नेपाल सरकार र नेपाल तथा नेपालबाहिर रहनुभएका मनकारी नेपालीहरूको साथ र दाम परेको छ । अलपत्र परेको यो बस्तीको बारेमा बीचमा उहाँलाई सोच्ने र चिन्ता गर्ने समय नै रहेन । जब धुर्मुस–सुन्तलीले चितवनको रंगशाला बनाउँदा करोडौँ रुपैयाँ ऋणमा परेको गुनासो गरे, तब श्वेतालाई पनि माझी बस्तीको याद आयो र आर्थिक रूपले अप्ठ्यारो परेको दुःखेसो गरिन् ।

श्वेताले सामाजिक सञ्जालमार्फत आफूसँग बाचा गरेकाहरूले दिन्छु भनेर पनि रकम नदिएको आरोप लगाएकी छिन् । यस्तो आरोपपछि रन्जनालाई सामाजिक सन्जालमा गालीको वर्षा आयो । ‘तपाईं समाजसेवी हो भने अलपत्र परेको बस्तीको बिजोग पारेर किन करोडौँ खर्च गरेर बिहे गरेको ? त्यही खर्च बस्तीमा हाल्न सक्नुहुन्नथ्यो ? श्वेताले शानका साथ नेपालकै महँगो बिहे गरिन् भनी युट्यूबरहरूले हल्लीखल्ली गर्दा कुनै महान् कार्य नै गरेँ भन्ने भावमा मख्ख पर्ने तपाईंलाई त्यतिबेला माझी बस्तीको याद किन आएन ?’

तपाईंको शान बढाउन, तपाईंको विज्ञापन गर्न वा तपाईंको ख्यातीलाई बृहत बनाउन अब मनकारी दाताहरूले किन सहयोग गर्ने ? भन्नेले त तपाईंले हरेक दिन क्लब जाने र आलीशान जीवन बिताइरहेको रकमबाट थोरै रकम झिक्दा पनि माझी बस्तीलाई पुग्छ पनि भनेका छन् । तर तपाईं भने अझै दाताहरूसँग गुहार लगाइरहनुभएको छ ।

आफ्नो बिहेको करोडौँ खर्च गर्वका साथ सार्वजनिक गर्ने तपाईंले आजसम्म देश तथा प्रवासमा रहनुहुने नेपाली दाताले तपाईंमाथि विश्वास गरेर खाइ–नखाइ पठाएको रकम सार्वजनिक गर्नु पर्दैन ? आफूले सुरूवात गरेको काम पूरा गर्न नसकेकोमा तपाईंलाई पछुतो छ भने तपाईंले आफ्नै खल्तीबाट रकम निकालेर काम फत्ते गर्नुस् न, कुरा काट्नेहरूको मुख नै बन्द हुन्छ । तब पो तपाईंको जयजयकार हुन्छ । यति गरेर देखाउन सक्नुहन्छ ?

जतिबेला माझी बस्ती शुरू गर्नुभयो, त्यतिबेला तपाईंको नाम प्रिय अभिनेता श्रीकृष्णसँग जोडिएको थियो र त्यो भावना वा आत्मियताले पनि तपाईंको सोच र काममा मनकारीहरूले साथ दिनुभएको थियो । तपाईंको सोच र दुःखलाई आफ्नै सोच र दुःख ठानेर दाताहरूले त्यतिबेला सहयोग गरे । तर, यतिबेला खोलामा धेरै पानी बगिसकेको छ । तपाईंको सम्बन्ध अब श्रीबाट अर्को पाटोमा पुगिसकेको छ । यतिबेला भावनात्मक रूपमा पनि तपाईंसँग मनकारी मनहरू टाढा भैसकेका छन् ।

अब अरुबाट सहयोग र साथको आशा नगरेर तपाईं आफै जुट्नुपर्ने भएको छ । स्वर्गीय श्रीकृष्णको नाम भजाउन अब तपाईंलाई नैतिक अधिकार पनि रहेन । अवश्य पनि तपाईंले पहिले जस्तो मनकारीहरूको साथ पाउनुहुन्न, यो वास्तविकता तपाईंले पनि बुझ्नुभएको छ । अब जे गर्नु छ आफै गर्नुपर्ने अवस्था छ । तपाईंको जीवनशैली, दैनिक खर्च र बिहेको रौनक हेर्दा तपाईं जस्तो ‘सम्भ्रान्त’ ब्यक्तिले अरूसँग मागेर वा हात फैलाएर समाजसेवा गर्न मिल्दैन । यसमा चित्त नबुझे तपाईंजस्तो मनकारी ‘समाजसेवी’ले पङ्क्तिकारलाई पक्कै क्षमादान दिनुहुने छ नै ! राजन घिमिरे / घटना र विचारबाट

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com