एजेन्सी । बलिउड स्टार सलमान खान ५० वर्ष भैसकेका छन् । तर उनको विवाहको चर्चा अहिले पनि हुन्छ । कुनै समय यस्तो थियो युवतीहरु सलमान भनेपछि हुरुक्क हुन्छ । एक पाकिस्तानी मूलकी अभिनेत्री सोमी अलीले त्यो हद पार गरेकी थिइन् । उनी सलमानसंग विवाह गर्नकै लागि आमाबुवालाई ढाँटेर अमेरिकावाट मुम्बई आएकी थिइन् । तर सलमानको विवाह उनीसंग पनि हुन सकेन ।
उनी सन् १९९१ मा सलमानसँग विवाह गर्न भनेर अमेरिकाबाट मुम्बई आएकी थिइन् । उनीहरुको प्रेम भयो तर विवाह सम्म नपुग्दै उनीहरुको प्रेम पनि छुट्ीयो ।
यो समयमा उनको उमेर १६ वर्षको थियो । मुम्बई आएपछि उनी सलमानसँग नजिकमात्र भइनन्, उनले अभिनय पनि गरिन् । उनीहरुको प्रेमको चर्चा भारतीय मिडियामा भए । सलमानसंग अभिनय गरेको उनको फिल्म रिलिज पनि भएन ।
‘नायीकाले सलमानसंगको प्रेमको खुलासा गर्दै भनेकी छन्, मैले १६ वर्षको उमेरमा सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरेको थिएँ । त्यो फिल्म हेरेपछि मैले यही केटासँग विवाह गर्छु भनेर निर्णय लिएँ’, उनले भनेकी छन्, ‘मैले आमासँग भोलि भारत जाँदैछु भनें । आमासँग निकै जिद्दी गरें । मुम्बईमा हाम्रो एक नातेदार थिए । मैले उनीलाई भेट्न र ताजमहल हेर्ने बहाना बनाएर भारत जानका लागि आमाबाबुलाई मनाएँ । म पाकिस्तानमा केही दिन बसेपछि मुम्बई गएँ ।’
मुम्बई आएपछि उनले फोटोग्राफर राजाध्यक्षसँग आफ्नो फोटोसुट गराइन् र प्रोडक्सन हाउसमा जान थालिन् । यही क्रममा एकदिन एक प्रोडक्सन हाउसमा सलमानले उनलाई देखे । पहिलो नजरमै उनले सलमानलाई आकर्षित गरिन् । सलमानले सोमीलाई फिल्म ‘बुलन्द’को अडिसनमा बोलाए । तर त्यो फिल्म रिलिज नै भएन । तर उनलाई अन्य फिल्मवाट पनि अफर आउन थाल्यो ।
लामो समयसम्म सलमानसँग डेट गरेपछि सन् १९९९मा उनीहरुको सम्बन्ध टुट्यो । सम्बन्ध टुटेपछि उनी अमेरिका फर्किइन् र आफ्नो पढाइ शुरु गरिन् । सोमी अहिले ‘नो मोर टियर्स’ नामक एनजीओ चलाउँछिन्