काठमाडौ ।सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसाई आज नन्दासँग बिबाह बन्धनमा बाधिएका छन् । विवाहमा महिला टोलीले पञ्चेवाजा बजाएको छ ।
महिलाहरुले पञ्चेवाजा वजाएको देखेर इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल मज्जाले जाचेका छन् । रमेशसंग नन्दाको चिनजान पनि इन्द्रेणीका कृष्ण कडेलले गराइदिएका थिए ।
भेट भएको केही समयमा रमेशले नन्दालाई विवाहको प्रस्ताव राखेको नन्दाले खुलासा गरेकी छन् । उनले प्रेम प्रस्ताव राखेको एक महिनामा स्वीकार गरेकी थिइन् ।
काठमाडौमै रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला सुनसरी पुगेका थिए । बिहेमा कल्पना दाहाल पनि गएका थिए ।उनीहरुको विवाहमा इन्द्रणी कार्यक्रमको टिम र केही युट्युवरहरु समेत सहभागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो ।