न’राम्रो भिडियो बनाएको आरोपमा अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बई पुलिसले प’क्राउ गरेको छ। नि’लो भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनी सोमबार प’क्राउ परेकी हुन्।
गहनाले मिस एशिया बिकिनीको ताज जितेकी छन्। उनी छत्तीसगढ़की स्थायी बासिन्दा हुन् भने उनको वास्तविक नाम वन्दना तिवारी हो। फिल्मी नगरीमा आउनुअघि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन्।
उनले अ’धिक मात्रामा विज्ञापनमा काम गरेकी छिन्। उनले हिन्दी लगायत तेलुगु सिनेमामा काम गरिसकेकी छिन्। उनले सातभन्दा बढी वेब सी’रियलमा काम गरिसकेकी छिन्।
गहनाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि आफ्नो कला देखाएकी छिन्। ‘गन्दी बात’ वेभ सिरीजबाट उनको लोकप्रियता बढेको थियो।
पक्राउबारे प्रहरीले भनेको छ, ‘गहनाले ८७ वटा त्यस्ता भिडियोहरू आफ्नो वेभसाइटमा राखेकी छिन्। सदस्यहरू यो हेर्नको लागि सदस्यता लिनुपर्ने र उक्त सदस्यताका लागि २ हजार रुपैयाँ असुल्ने गरिएको थियो।’
प्रहरीले उनीसहित हा’ई-डे’फि’नि’शन क्यामेरा, मोबाइल, एक ल्यापटप र भिडियोले भरिएको मेमोरी कार्ड जफत गरेको छ। यसको अलवा प्रहरीले ३ वटा बैंक खाता ज’फत गरेको छ। जसमा ३६ लाख रुपैयाँ रहेको पाइएको छ।यो रकम गहनाले अ’ श्लि’ल एपबाट कमाएको प्ररहीले जनाएको छ।
लगातार यति ठूलो संख्यामा आइपीओ निष्काशन हुँदै, लाखौँ कमाउने सुनौलो अवसर नगुमाउनुहोस् है, थोरै पैसा खोजेर यो बेला लगानी गर्नुहोस्
काठमाडौं उपत्यकामा ट्राफिक जाम भएर रोकिनु पर्ने अवस्था आएजस्तै प्राथमिक शेयर ९आइपीओ० निष्काशन गर्नका लागि पर्खनु पर्ने अवस्था आएको छ।
नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशनको अनुमति धमाधम दिन थालेपछि आइपीओ निष्काशनका लागि कम्पनीहरुले पालो कुर्नु पर्ने अवस्था आएको हो।
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले शुक्रबार अर्थात माघ २३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो। २३ गतेदेखि २७ गतेसम्म खुल्ला गरिएको उक्त कम्पनीको आइपीओ बन्द भएको पुनः भोलीपल्ट अर्थात माघ २८ देखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ ल्याउन सूचना प्रकाशित गरेको थियो।
तर, प्राविधिक रूपमा समस्या हुने भएपछि ग्रीनलाइफको आईपीओ बन्द भएको दुइ दिनपछि अर्थात माघ ३० गतेदखि महिला लघुवित्तको आईपीओ ल्याउन लागिएको छ। त्यसपछि रू रू जलविद्युत कम्पनीले निष्काशन गर्ने तयारी गरेको छ। रू रूलाइ बोर्डले स्वीकृत दिइसकेको छ भने फागुन ७ गतेदेखि स्थानिय बासिन्दाहरूका लागि शेयर निष्काशन गर्दैछ।
त्यसपछि पनि आइपीओ निष्काशनका लागि लाइनमा लागेका धेरै कम्पनी भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ।
बोर्डले आइपीओ निष्काशनका लागि निवेदन दिएकाहरुलाई पालै पालो स्वीकृत दिने भएको छ। पाइपलाइनमा बसेका कम्पनीलाई क्रमशः स्वीकृत दिँदै जाने तयारीमा रहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए।
आइपीओ निष्काशनका लागि बोर्डको स्वीकृतका लागि ‘क्यु’ मा बस्ने धेरै कम्पनी छन्। यता, लगानीकर्ता पनि एउटा कम्पनीको आइपीओ भरिनसक्दै अर्को कम्पनीको आइपीओ भर्नका लागि तयार हुने पर्ने अवस्था आएको छ। शेयर बजार बढेर २५०० माथि पुगेको समयमा आइपीओ भरेर मनग्य कमाउने धुनमा सर्वसाधारण नागरिक रहेका छन्।
नेप्सेमा सूचीकृत नभएका कम्पनीले पालै पालो आइपीओ निष्काशन गर्दैछन्। केही समयअघि प्रभु लाइफ इन्स्योरेन्स, चन्द्रागिरी हिल्स र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले आइपीओ निष्काशन गरेका थिए। ती कम्पनीको आइपीओ भर्नका लागि सर्वसाधारण लगानीकर्ताको भिड लागेको थियो।इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओ निष्काशन गरेको थियो। चन्द्रागिरी हिल्सको शेयर नेप्से सूचीकरण भइसकेको छ भने इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको आइपीओ नेप्सेमा सूचीकृत हुने तयारीमा छ।
आइपीओ निष्काशनका लागि ‘पाइपलाइन’ मा रहेका कम्पनी
बोर्डमा अहिले पनि आइपीओ निष्काशनका लागि धेरै कम्पनी ‘पाइपलाइन’ मा छन्।
बोर्डमा आइपीओ निष्काशनका लागि आवेदन दिएकामध्ये धेरैजसो जलविद्युतका छन्। हाल शेयर निष्काशन अनुमति प्रक्रियामा रहेका जलविद्युत कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको बोर्डले जनाएको छ।
शेयर निष्काशनका लागि आवेदन दिएका जलविद्युत समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड ९स्थानीय र सर्वसाधारण०, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९स्थानीय बासिन्दा र सर्वसाधारण०, रुरु लघुजलविद्युत् परियोजना ९स्थानीय बासिन्दा र सर्वसाधारण०, शुभम पावर लिमिटेड ९सर्वसाधारण०, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी ९स्थानीय बासिन्दा र सर्वसाधारण०, मैलुङ खोला जलविद्युत ९सर्वसाधारण० र मध्यभोटेकोसी जलविद्युत ९स्थानीय बासिन्दा र सर्वसाधारण० छन्। शेयर निष्काशन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क र इमर्जिङ नेपाल छन्।
मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ। अन्य समूहअन्तर्गत रहेर शेयर निष्काशन गर्ने उल्लेखित दुई कम्पनीमध्ये आ आफ्नो क्षेत्रमा सबै पहिलो कम्पनी हुन्। यसअघि ती क्षेत्रका कम्पनीले शेयर निष्काशन गरेका छैनन्।
यसैगरी, रिलायबल लाइफ, महालक्ष्मी लाइफ, सानिमा लाइफ, आइएमइ लाइफ, सिटिजन्स लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सन नेपाल लाइफले पनि आइपीओ निष्काशन गर्ने तयारी गरिरहेका छन्।
यसकारण आइपीओमा भर्नेको बाढी लाग्यो
नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा लगानी गरेर उच्च नाफा कमाएका सर्वसाधारण अहिले पनि त्यसैगरी कमाइ हुने आशाले आइपीओ भर्न तल्लिन देखिएका छन्। नेपाल पुनर्बीमा कम्पनीको १०० रुपैयाँमा किनेको शेयरको मूल्य छोटो समयमा नै १,८०० रुपैयाँ माथि पुगेपछि आइपीओ भर्नेको लाइन नै लाग्ने गरेका हुन्।
त्यसैगरी, करिव एक भित्र आइपीओ जारी गरेका अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, लिबर्टी इनर्जी, एनआइसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, माउन्टेन इनर्जी, जनरल इन्स्योरेन्स, साधना लघुवित्तलगायतका कम्पनीको शेयरमूल्य उच्च भएकाले पनि नयाँ आइपीओमा लगानी गर्न सर्वसाधारण लगानीकर्ता आकर्षित भएका हुन्।