• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

ऋषि कपूरका भाइ राजीव कपुरको अन्तिम संस्कारमा शाहरुख, करिना, लगायतका चर्चित कलाकारको उपस्थिती

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

ऋषि कपूरका भाइ राजीव कपुरको अन्तिम संस्कारमा शाहरुख, करिना, लगायतका चर्चित कलाकारको उपस्थिती

by gazab g
February 10, 2021
in मनोरञ्जन
0

ऋषि कपूरका भाइ राजीव कपुरको अन्तिम संस्कारमा शाहरुख, करिना, लगायतका चर्चित कलाकारको उपस्थिती, भिडियोमा हेर्नुहोस् चर्चित कलाकारहरु पनि अन्तिम सं.स्कारमा भ.क्कानिए

काठमाडौँ । बलिउड अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको अन्तिम संस्कार सम्पन्न गरिएको छ । भारतीय मिडियाका अनुसार ऋषि कपूरको २०२० को अप्रिल ३० मा नि.धन भएको हो ।

उनको अ.न्तिम सं.स्कारमा करिश्मा कपुर, रणवीर कपुर, शाहरुख खान तथा बलिउडका लोकप्रिय कलाकर्मीहरुको उपस्थिती रहेको थियो ।

ऋषि कपूरको नि.धन भएको एक वर्ष पनि नबित्दै उनका भाइ राजीव कपूरको पनि नि.धन भएको हो।

भारतीय मिडियाका अनुसार राजीवलाई हृद.याघघात भएपछि उनका दाजु रणधीरले उनलाई चेम्बुरको इनलक्स अस्पताल पुर्याएको केही समयमा नै अस्पतालले उनी सँधैका लागि अस्ताएको बताएका थिए ।

आलु खेतीमा रमाउँदै प्रकाश सर

डडेल्धुरा, २८ माघ (रासस) ः अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुनुहुन्छ । उहाँले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उहाँ सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउनुहुन्छ । उहाँ शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ ।

ADVERTISEMENT

शिक्षक ऐरको दैनिकी फरक छ । उहाँ बिहान ६ देखि ९ बजे र साँझ ५ देखि करीब ८ बजेसम्म मातृभूमिको माटामा रमाइरहेको भेटिनुहुन्छ । उहाँ तीन महिना आलु खेतीसँग रमाउनुहुन्छ, तीन महिना काउली खेतीसँग मनोरञ्जन लिनुहुन्छ । उहाँ बाँकी समय घर वरपरका बोटबिरुवा, गाईभैँसी, माछाको हेरचाहमा बिताउनुहुन्छ ।
२० वर्षदेखि आलु खेती
प्रकाश सरले आलु खेती शुरु गरेको २० वर्ष भयो । तेह्र रोपनी जमीनमा उहाँले आलु खेती गरिरहनु भएको छ । विगतमा मकै बालीमा सीमित तडिपाटा गाउँ अहिले नगदे बालीमा धेरै अगाडि पुगेको देखिन्छ । आलुको ‘सुपरजोन’ नै घोषणा भएको छ । यस क्षेत्रका अधिकांशका खेतबारी अहिले आलुको हरिया पातहरुले हरियालीपूर्ण छ ।
“यहाँ शुरुशुरुमा मकै मात्रै लगाउँथ्यौंँ । हामी मकैमा मात्रै सीमित थियाँैं”, उहाँले भन्नुभयो, “पछि विस्तारै बुझ्दै जाँदा आलु खेतीबाट राम्रो आम्दानी हने थाहा पाएपछि अहिले यहाँका सबैले आलु खेती मात्रै गर्छन् ।”
धेरै स्थानमा सिँचाइको सुविधा नभएको जनाई धेरैले काम गर्ने छाडेका उदाहरण छन् । इच्छा शक्ति भए सबै हुन्छ भने जस्तै ऐरले खेतीभन्दा तलको खोलाबाट मोटरको प्रयोग गरी बारीमा सिँचाइको व्यवस्थापन गर्ने गर्नुभएको छ ।
शुरुमा आलु खेती गर्दा केही समस्या आफूले भोग्नु परेको उहाँले सुनाउनुभयो । “मैले १३ रोपनीमा आलु खेती गर्ने गरेको छु । शुरुमा गाईवस्तुहरु पाल्नुपर्ने थियो, जोत्न कठिनाइ पनि थियो”, उहाँले भन्नुभयोे, “अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेशिनहरु पनि उपलब्ध भएको छ । त्यसले जोत्ने काममा सहजता ल्याएको छ ।”

म्याडमको साथ
उहाँको छ जनाको परिवार छ । उहाँलाई आलु खेतीमा घरपरिवारका अन्य सदस्यले पनि साथ दिइरहनु भएको र्छ । “तीन घण्टा बिहान र तीन घण्टा साँझ गरेर हामी बारीमा काम गर्छौंँ”, उहाँले भन्नुभयो, “आलु खेती गर्दा मलाई म्याडमले पनि सघाउनुहुन्छ, मिलेर काम गर्छौंँ ।” “बिहान बेलुका व्यायाम पनि हुन्छ । काम पनि हुन्छ । मलाई एकदमै रमाइलो लागेको छ”, उहाँले थप्नुभयो ।

एक याममा रु छ लाख कमाइ
उहाँ अहिले एक याममा सरदर १२ देखि १५ टन आलु उत्पादन गर्नुहुन्छ । आलु राम्रो उत्पादन भएका समयमा एक याममा रु छ लाख र कम उत्पादन भएका याममा रु तीन लाख आम्दानी हुन्छ । बिक्रीवितरणमा पनि केही समस्या नभएको उहाँको भनाइ छ । उत्पादित बीउ आलु भने उहाँ नजीकैको उग्रतारा शितभण्डारणगृहमा राख्नुहुन्छ । आलु रोप्ने समयमा तराईका जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडका बैतडी, दार्चुला, बझाङ र डोटीका विभिन्न स्थानीय तहले सजिलै उहाँकै घरबाट बीउ आलु खरीद गरेर लैजान्छन् ।
प्रकाश सरले तमाम विद्यार्थीलाई औपचारिक शिक्षा दिइरहँदा आलु खेती गर्न चाहने किसानलाई आलु बीउ उत्पादन र बिक्री गरेर उदाहरणीय काम गरिरहनुभएको स्थानीयवासी बताउँछन् । उहाँको यस कार्यमा थप बल तथा प्रोत्साहनस्वरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन एकाइ आलु सुपरजोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ ।
सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उहाँले बताउनुभयो । अहिले खायन आलु (खानका लागि लगाइएको आलु) मात्र हैन, बीउ पनि उत्पादन भइरहेको छ । खायन आलुको मूल्य प्रतिकिलो रु २५ देखि ३० तथा बीउ आलुको मूल्य प्रतिकिलो रु ७० देखि ८० हो । “आलु मेरो जीवन नै हो, व्यावसायिक आलु खेतीमा मुनाफा त छँदै छ, आनन्द पनि उत्तिकै छ । घरपरिवारका सदस्यले सघाउँछन् । काम सकिन भने केही समयका लागि भए पनि ज्यालामा श्रमिक पनि राख्छु ”, उहाँले सुनाउनुभयो ।

विदेशिने युवालाई सुझाव
युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा आम्दानी गर्न सकिने उहाँको सुझाव छ । देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने बताउँदै उहाँले भन्नुभयो, “युवाहरुले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नुपर्छ । विदेश जानु हुँदैन । यहीँ लाखाँैं कमाउन सकिन्छ ।”
नेपालकै भूमिमा पसिना बगाउन उहाँले सुझाव दिनुभयो । ‘‘विदेशी भूमिमा घण्टौंँ पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा आफ्नै भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिन्छ’’, उहाँले भन्नुभयो । खोजी समाचार)

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com