न सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ । लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन । यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ ।
१. महिलाको आदर=बिभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मकिो कृपा हुँदैन । देवी लक्ष्मी ति घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ । तसर्थ घरमा भएका महिला आफन्तहरुलाई हमेशा आदर गर्नुहोस् । उनीहरु रिसाएका छन् भने तत्काल मनाउने वा प्रसन्न पार्ने प्रयाश गर्नुहोस् । अक्सर पति पत्नीबीच हुने मनमुटावका कारण पनि लक्ष्मीको कृपा हुँदैन ।
२. शुक्रवार ब्रत=शुक्रवारलाई भगवान् लक्ष्मीको दिनका रुपमा मानिन्छ । यस दिन लक्ष्मीको पूजाअर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ । शुक्रवारका दिन बिहान सबेरै उठेर नुहाईधुवाई गरी पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद वा भोग चढाएमा लक्ष्मीको कृपा बर्षन शुरु हुन्छ ।
३. वास्तु दोष=यदि घरमा कुनै वास्तुदोष छ भने पनि उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । यस्तोमा वास्तुदोष भएका घरमा आएको धन पनि नासिएर वा खर्च भएर जाने हुन्छ । वास्तुशास्त्रमा घरको दिशा कस्तो हुनुपर्छ भनि मार्गदर्शन गरीएको छ । जसमा घरका कोठा, भान्सा, शौचालय लगायतका कोठा कुन दिशामा हुनुपर्छ जनाइएको हुन्छ । तसर्थ वास्तु नियम पालन गरी घर निर्माण गरेमा वा निर्माण सम्पन्न भएको घरमा पनि वास्तुको पालना गरेमा लक्ष्मी प्रसन्न भई सुख, संपन्नता र ऐश्वर्य प्राप्ती हुन्छ ।
४. कुंडलीमा शुक्र=जो ब्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबूत घरमा हुन्छ उनै ब्यक्ति प्रति माता लक्ष्मीको कृपा हुने गर्दछ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुख/समृद्धिका रुपमा मानिन्छ । शुक्र ग्रह कमजोर हुने ब्यक्तिलाई घरमा आर्थिक समस्या परीरहने हुन्छ । यदि यस्तो भएमा मयुरको प्वाखँ घरमा राखेमा शुक्र मजबूत हुन जान्छ र लक्ष्मीको कृपा बर्षन थाल्छ ।
भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला
माल्टामा आकर्षक रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, सेवा शूल्क ३० हजार मात्रै !
वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ । नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो । सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ ।
***पुरा जानकारीका लागि यहा क्लिक गर्नुहोस ***
खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ । ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ । सम्बन्धित काममा ३ वर्षको अनुभव हुनेले डिमाण्डमा आवेदन दिन सक्ने म्यानपावरले जनाएको छ । स्वदेशमा गरिने मेडिकलको शुल्क, म्यादी जीवन बीमाको प्रिमियम, अभिमुखीकरण शुल्क र भिसा स्ट्याम्पीङ्ग शुल्क वापतको रकम कामदार आँफैले व्यहोर्नुपर्ने म्यानपावरले जनाएको छ । विदेशमा गर्ने मेडिकलको खर्च, भिसा शुल्क, हवाई टिकट, रोजगारमा हुने बीमा बापतको प्रिमियम शुल्क सबै रोजगारदाता कम्पनीले व्यहोर्ने जनाइएको छ ।
डिमाण्डमा माग गरिएका पदहरुको लागि फाल्गुन १३, २४ र २५ गते म्यानपावर कार्यालय काठमाडौमा हुनेछ ।
वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी यस्तो छ
१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । २. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ ।
३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।४. विदेश जानुअघि अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।५. विदेश जानुअघि आफु जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । ७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला । ***पुरा जानकारीका लागि यहा क्लिक गर्नुहोस ******
श्री स्वस्थानी व्रतमा यस्तो शुभ संयोग जुर्दै, थाहा पाउनुहोस् यो अचम्मको संयोग
सुरेश चन्द्र रिजाल
हरेकवर्ष जस्तै यस वर्ष पनि श्री स्वस्थानी व्रत माघ १५ गते बिहिवार बाट प्रारम्भ भएकाे छ ।पाैष शुक्लपक्षकाे पूर्णिमा देखि माघ शुक्लपक्षकाे पूर्णिमा सम्म विशेष पर्वका रुपमा मनाउने परम्परा रहिआएको छ ।
यसवर्ष असाेजमा मलमास परेकाले ढिलागरी स्वस्थानी व्रत सुरुभएकाे हाे । विशेषगरी बिहिवार पुष्य नक्षत्रबाट व्रत प्रारम्भ भएकाले विशेषरुपमा हेरिएको छ यस्ताे संयाेग प्राप्तिका लागि लामाेसमय कुर्नुपर्ने शास्त्रमा उल्लेख गरेको छ ।
शास्त्रका अनुसार यस्ता याेगकाे संयाेग हुदा लिइने व्रत तथा उपाशनाले मनाेकामना पूर्ण हुनुका साथै घरमा लक्ष्मीकाे आगमन समेत हुनेछ भनेर मुहुर्त चिन्तामणिमा उल्लेख गरिएकाे छ । लामाे समयकाे अन्तरालमा स्वस्थानी व्रत प्रारम्भमा यस्ताे संयाेग जुरेकाे हाे ।
हरेक वर्षकाे पाैष शुक्लपक्ष देखि माघ शुक्लपक्ष सम्म स्वस्थानी व्रत लिने र कथा स्रबण गर्ने धार्मिक विधान रहिआएकाे ।
हिमालयकी पुत्री पार्वतीले महादेव स्वमी पाउ भनी वाग्मतीको किनारमा बालुवाकाे शिवलिङ्ग बनाई श्री स्वस्थानीकाे व्रत बसेर मनाेकाङ्क्षा पूरा भएपछि उहाकै आज्ञाअनुसार लाेककल्याणका लागि पृथ्वीमा बसाेवास गर्ने हरुकाे सुख, शान्ति एैश्वय प्राप्त हाेस कसैले दुख कष्ट भाेग्न नपराेस भनेर प्रारम्भ भएकमे विभिन्न पुराण हरुमा उल्लेख गरिएको छ ।
स्वस्थानीकाे व्रतकाे सुरुवात भगवान् विष्णुकाे सल्लाहमा पहिलाे पटक पार्वतीले गर्नु भएकाे हाे । महादेवकि पत्नी सतीदेवीले आफ्ना बाबुले गरेकाे यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालयर मेनकाकी छाेरी पार्वतीका रुपमा उनकाे जन्म भएकाे हाे । आसल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहकाे कामना सहित गरिने व्रत हाे । बिधि पुर्वक बिहान र बेलुका स्वस्थानीकाे कथा पारायण गर्नु पर्ने छ ।
स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थहरु नेपालमै छन र विशेषगरी काठमाडौंभित्र रहेका छन । कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येव्वरी, गाेकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर, गाैरीघाट, वाग्मती तथा शालीनदी जस्ता क्षेत्रकाे विशेष वर्णन गरिएकाे छ । स्वस्थानीमा वर्णन गरिएकाे लावण्य देश अर्थात शालीनदीमा एक महिना सम्म मेला गाग्ने गरेकाे छ । मुलुक भर शिवकाे मन्दिरमा पुजा तथा स्वस्थानीकाे पाठ सुन्ने प्रचलन रहिआएको छ ।
स्वस्थानी व्रतकाे साङ्गेता या समापन गर्नका लागि फागुन १५ गते शनिबारका दिन वैदिक विधिअनुसार समापन गर्दा मनाेकामना पूर्णहुने तथा सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । उक्त दिन समापन गर्नकालागि श्रीस्वस्थानी माताकाे पुजा तथा पाठ पारायण गरेर पुरै अध्याय समापन गरि पुस्तकाेे पञ्चाे पचारले पुजारी नयाँ वस्त्रले उक्त पुस्तक बाधेर घरकाे पुजा तथा मन्दिरमा राखेर दैनिक पुस्तककाे पुजा गर्नु पर्ने शास्त्रीय विधान रहिआएकाे छ।
यसरी समापन गर्दा व्रत वस्ने हरुलाई त राम्राे भैनै हाल्याे हरेक दिन कथा स्रवण गर्ने हरुलाई पनि सुख शान्ति तथा लक्ष्मीकाे कृपा रहिरहने छ । स्व भन्नाले आफ्नाे स्थानी भनेकाे नजिमा रहेका देवी देवता भन्ने बुझिन्छ । व्रतकाे साङ्गेताका दिन समस्त मनाेरथ पूर्ण हाेस् भनी १०८ पुष्प, १०८ अक्षता, १०८ बेलपत्त्र, १०८ पान १०८ सुपारी, १०८ राेटि, लगाएतका सबै १०८ का दरले समर्पण गरि आठ अाेटाका दरले आफैले ग्रहण गर्नु पर्ने छ । या जुन कामनाले व्रत लिएकाे हाे तेही पुराहाेस् भनी गंगामा चढाएपनि उत्तम फल मिल्ने छ ।
महिना दिन सम्म एक भक्त रहेर श्रीस्वस्थानीकाे पुजा तथा व्रत वस्ने हरुले गाइकाे गाेबरले लिपेर गाेबरकाे कुण्ड बनाएर उक्त कुण्डमा पुजागरी अर्घ दिएर समापन गर्नु पर्ने विधान रहेकाे छ । ३६५ मुठ्ठी बराबरकाे चामलले पूर्णपात्र गर्नु भन्ने शास्त्रीय वचन रहेकाे छ । यसरी पूर्णपात्र गरेपछि पवित्र नदि तथा तलाउमा गएर पुष्प सेलाएर समापन गर्नु र दान दक्षिणा गर्नुपर्ने नियम रहेकाे छ । लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन सम्पर्क ९८५१०६११२४