नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउ परेपछि नेपाली कांग्रेसका युवा नेता गगन थापाले बिरोध गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत बिरोध गरेका हुुन् ।
एक ट्वीट गर्दै थापाले कर्तव्य निर्वाह गर्न छोडेर, संवैधानिक र अलोतान्त्रिक कार्य गर्नेलाई प्रश्न गर्दा झ्यालखानामा राखेर तर्साउन खोजिएको भन्दै विरोध गरेका हुन् ।
सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रा स ले बन्द नहुने थापाको भनाइ छ । उनले अहिले राष्ट्रपतिले उहिलेका महाराजाको व्यवहार देखाएको भन्दै झ्यालखानाको संख्या थप्न भनेका छन् ।
प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरीको नियन्त्रण महाशाखाको टोलीले उनको आफ्नै निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमुलबाट पक्राउ गरेको हो । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध टिप्पणी गरेपछि उनको आलोचना हुँदै आएको थियो । सोही विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।
उक्त दफामा राष्ट्रपति वा संसद्लाई ध म्की दिन नहुने उल्लेख छ । पक्राउको विरोधमा उनका समर्थकले चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानूनको पालना गरेको जिकिर गरेकी थिइन् ।
एनिभर्सरीकै दिन केपी ओलीले रामकुमारी झाँक्रीलाई दिए कहिल्यै नर्बिसिने गिफ्ट , घरमा नै प्रहरी पठाएर समाते, आखिर के चाहान्छन् ओली ?
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । ‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पुगेपछि हाम्राकुरासँग कुरा गर्दै नेतृ झाँक्रीले प्रहरीले घर घेराउ गरिरहेको बताएकी थिइन्। पछि उनलाई प्रहरीले पक्रेर लगेको छ । वैवाहिक वर्षगाँठको अवसरमा रामकुमारीले बिहानै एक पोस्ट सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्। उनले लेखेकी थिइन्,
‘आज माघ २९
सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौँ जिन्दगीमा यसै आहा छ!
11 years of marital journey of our life…
Happy anniversary Dear loving husband
झाँक्रीले यो खुसी साट्न नपाउँदै सरकारले उनलाई एनिभर्सरी गिफ्टका रूपमा पक्राउ गर्न प्रहरी पठाएको थियो। प्रहरी उनको घरमा प्रवेश गरेर उनलाई धरपकड गर्न जवर्जस्ती गरेपछि नेकपा र अनेरास्ववियुका कार्यकर्ताले नारावाजी गरेका थिए। झाँक्रीलाई पक्राउ गर्ने खबर पाएसँगै अनेरास्ववियुका नेता कार्यकर्ताहरूले उनको निवासमा जम्मा भएर प्रदर्शन गरेका थिए। केन्द्रीय सदस्य फुर्वा तामाङका अनुसार अनेरास्ववियुले प्रहरी धरपकडको विरोधमा प्रदर्शन गरेपनि कानुनलाई मान्दै आफूले पक्राउ दिने भन्दै झाँकीले पक्राउ दिएकी थिइन्।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले हाम्राकुरासँग झाँक्रीलाई कार्यालयमा कुरिरहेको बताएका थिए । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बोलेको विषयलाई लिएर राज्य विरुद्धको अपराधमा पक्राउ गरिएको छ । बुधवार मात्रै पनि झाँक्रीले प्रतिनिधिसभा विघटनको विरोधमा भएको विरोध सभालाई सम्बोधन गर्दै सन्की प्रधानमन्त्रीको प्यादा बन्ने एउटा महिलाको विषयमा बोल्न पाइने बताउँदै सार्वजनिक पदमा बसेपछि त्यसको लिङ्ग नहुने र ऊ सार्वजनिक पदधारी हुने जिकिर गरेकी थिइन् ।
उनले मुखको कालो टेप खोल्दै ‘निरङ्कुशताको साक्षी बस्ने विरुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरोधमा नभई व्यक्ति र प्रवृत्तिका विरुद्ध बोलेको प्रस्ट परेकी थिइन् । कार्यक्रममा झाँक्रीले आफू विरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला सङ्घले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गरेकी थिइन् । झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि आफूलाई ज्यानको खतरा रहेको सामाजिक संजालमार्फत बताएकी थिइन् ।
उनले मर्ने बेलामा कमिलाको पनि प्वाँख पलाउने भन्दै तानाशाह अन्त्य हुन लागेको टिप्पणी गरेकी थिइन् । प्रहरी आफूलाई पक्राउ गर्न आउनु प्रधानमन्त्री र राष्ट्रपतिको दबाबका कारण भएको उनले बताएकी थिइन् । उनले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको बताएकी थिइन् । उनले आफूलाई तर्साउनको लागि पक्राउ गर्न खोजिएको बताएकी थिइन् । आफूले भाषणका क्रममा बालकोट, बानेश्वर लगायतमा ठाउँहरुको नाम लिएको विषयमा उनले यी ठाउँको नाम लिँदैमा कसैको इज्जत वा अस्मितामा हानी नपुग्ने उनको दावी थियो । राष्ट्रपतिको भूमिकाप्रति नागरिक सन्तुष्ट नभएको उनले बताएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।