• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
२५०० तिरे काठमाडौंमा १५ वर्षे किशोरी छ्यापछयाप्ती,साहुनीले १५ सय खाइदिन्छे, मलाई एक हजारमात्रै। थोरै पैसा पाउँदा रुन मन लाग्छ।

२५०० तिरे काठमाडौंमा १५ वर्षे किशोरी छ्यापछयाप्ती,साहुनीले १५ सय खाइदिन्छे, मलाई एक हजारमात्रै। थोरै पैसा पाउँदा रुन मन लाग्छ।

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, May 18, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

२५०० तिरे काठमाडौंमा १५ वर्षे किशोरी छ्यापछयाप्ती,साहुनीले १५ सय खाइदिन्छे, मलाई एक हजारमात्रै। थोरै पैसा पाउँदा रुन मन लाग्छ।

by gazab g
February 11, 2021
in समाचार, समाज
0
२५०० तिरे काठमाडौंमा १५ वर्षे किशोरी छ्यापछयाप्ती,साहुनीले १५ सय खाइदिन्छे, मलाई एक हजारमात्रै। थोरै पैसा पाउँदा रुन मन लाग्छ।

आफ्ना छोरी पढ्न पठाउने अर्काका कलिला छोरी यस्तो काममा लगाउनु ठीक हुन्छ त? फोटोपत्रकार उमा बिष्टसहित उनलाई भेट्न पुगेको यो संवाददातासँग उनी केही झर्किइन् पनि। भनिन्, ‘ख्वै मलाई त गल्ती गरेजस्तो लाग्दैन। मैले नराखे अन्त गइहाल्छन्, काम त्यही हो।’ उनले आफूसँग साथमा भएका चारवटी किशोरीको विगत कथा सुनाइन्, ‘यी पहिला नै यौनकर्मी भएर आ’का, एअरपोर्टमा जाने रे, ग्राहक फकाएर ल्याउने रे, अनि सटर लगाएर लुट्ने पनि काम गर्थे रे।’

अगाडि उभिएकी १५ वर्षे किशोरी प्रीति खत्री (नाम परिवर्तन) उनले भनेको जस्तो देखिन्नथिन्। बालापन नहटेकी उनी साहुनीले जा भनेपछि जता पनि जान्छिन्, अझ रक्सी खाएर फोहोरी कुरा बोल्दै पठाएपछि त जस्तोसँग पनि सुत्न जानुपर्छ उनले। उमेर १७ वर्ष बताउने दीपा खत्री (नाम परिवर्तन) ले मायाले नसुन्ने गरी भनिन्, ‘म त अब यसकहाँ बस्दिनँ, उसले १५ सय खाइदिन्छे, मलाई एक हजारमात्रै। थोरै पैसा पाउँदा रुन मन लाग्छ।’

प्रीति र दीपा दुवै सिन्धुपाल्चोकबाट आएका हुन्। आफन्तमार्फत राजधानी आइपुगेका यी दुवै आफन्तकै दबाबमा यौनकर्मी बन्न पुगेका हुन्। ‘गोठाटार बस्ने मामाकी छोरीले बच्चा हेर्ने काम लगाइदिन्छु, राम्रो पैसा पाइन्छ भनेर गाउँबाट राजधानी ल्याई यहाँ आएपछि मलाई सुत्न पठाइन्’, प्रीतिले भनिन्।

उनकी मामाकी छोरी विमला (नाम परिवर्तन) पनि यौनकर्मी नै हुन्। ‘दिदीलाई त प्रहरीले समातेको पनि थियो’, उनले भनिन्, ‘मैले यो काम थालेको ६ महिनाजति भयो, अहिलेसम्म डेढ सयजतिसँग सुतिसकें होला, पैसा भने थोरै हुन्छ।’

दीपालाई कति भए भन्ने संख्या थाहा छैन तर बेलाबेलामा म नराम्रो काममा लागेकी छु भन्ने सम्झँदा भने पीर लाग्छ। गेस्ट (पाहुना) ले नराम्रो व्यवहार गर्दा वा काम सकेपछि पिट्दा झन् दिक्क लाग्छ। यी दुवैलाई असुरक्षित यौनसम्पर्कले एड्स रोग लाग्छ भन्ने थाहा छ। त्यसो त हरेक साता रगत जँचाउने गराएकी छिन् बाई मायाले।

कलिला किशोरीको एक रातको मूल्य २५ सय तोकिदिएकी रहिछन् बाईले। यसबाट १५ सय मायाको र एक हजार किशोरीको। प्रीतिले भनिन्, ‘राति नगरकोट र बालाजु, दिउँसो सुन्धाराका गेस्टहाउसमा लिएर जाने पनि आउँछन्। दिउँसोको मूल्य १५ सय राखेकी छिन् साहुनीले। हामीलाई पाँच सय दिन्छिन्।’

दीपा गरिब भएकाले खर्चका लागि यस्तो काममा लाग्नुपरेको दु:खेसो गर्छिन्। ‘यो काम गर्नेहरू सबै यसै भन्दा रहेछन्’, उनले मनको कुरा बताइन्, ‘महांकालमा बस्ने सानीआमाकी छोरीले पैसा कमाइन्छ भन्दै यो काममा लगाइन्।’

यो काम छाडे अरू के गरेर जीवन पाल्ने भन्ने उपाय दीपालाई आएकै छैन। चार कक्षामात्रै पढेकी उनले बाबुआमालाई भने सानीआमाका छोरीले लगाइदिएको धनी मानिसका बच्चा स्याहार्ने ‘जागिर’ खाएको भनी ढाँटेकी छिन्। उनले भनिन्, ‘बरु कसैले घरमै काम दिए यो नराम्रो काम छाड्ने थिएँ।’

कक्षा नौ पढ्दापढ्दै राजधानी ल्याइएकी प्रीति पढ्न चाहन्छिन्। उनलाई अंग्रेजी र गणित विषय पढ्न ज्यादै मनपर्छ। क्याबिनबाट छुटकारा पाए उनलाई यस्तो काम गर्ने मन छैन। म फसिहालें अब अरू के गर्न सक्छु र भन्ने पनि लाग्छ उनलाई तर अवसर पाए र खानबस्ने खर्च पाए उनी फेरि पढ्न चाहन्छिन्।

ADVERTISEMENT

आफू सही काम गर्दैछु कि छैन भन्ने छुट्याउने उमेर भइनसकेका किशोरीहरूको आर्थिक पारिवारिक बाध्यतामा यौनकर्मी बनाउन थुप्रै हर्कत गर्ने गर्छन् ‘धन्धा’ चलाउनेहरू। महानगरीय प्रहरी प्रभाग गौशालाका डीएसपी अभिनारायण काफ्ले कलिला किशोरी ल्याएर प्रलोभन दिने अनि रक्सीले लठ्याएर सुरुमा यौनसम्पर्क गर्न लगाउने र अब म फसें भन्ने भान दिएर काम लगाइरहने प्रवृत्ति यस्तो धन्धा सञ्चालकहरूमा देखिएको बताउँछन्। उनले भने, ‘हामी प्रमाण जुटाउने र किशोरीलाई उद्धार गर्ने प्रयत्नमा छौं।’

प्रमाण खोज्ने क्रममा गत साता फन्दामा परे एकजना कम्प्युटर इन्जिनियर। पत्नीसँग झगडा गरेर रनथनिँदै निस्किएका इन्जिनियर मानव तामाङ (नाम परिवर्तन) झुस्स दाह्री पालेको अवस्थामा हत्कडीसहित थिए, उनीसँग २५ सय रुपैयाँ लिएकी उनै बाई माया भन्दै थिइन्, ‘ख्वै केके भयो म त थाहै पान्न, म त मातेकी थिएँ, पैसा लिएको पनि थाहा छैन।’

मायाका हातमा पैसा राखिदिएर लाइनमा राखिएकामध्ये १५ वर्षकी प्रीति छानेका इन्जिनियरले पत्नीको मेख मार्न गरेको प्रयासले जीवनमा सोच्दैनसोचेको समस्या भोग्नुपर्‍यो। प्रीतिको जाहेरीले समातिएका उनी भन्दै थिए, ‘घरझगडा परेर पिउन निस्किएको ढोका थुनेर मलाई केटी छान्न बाध्य पारे, मबाट गल्ती भयो।’

इन्जिनियर प्रकरणको लहरोमा माया पनि प्रहरीको फन्दामा परेकी छन् गत सातादेखि। उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीशसमक्ष किशोरीलाई यौनकर्ममा लगाउँदा आफूले जबरजस्ती नगरेको बयान दिएकी छन्। गौशाला प्रहरीमा भेटिएकी उनले भनिन्, ‘लिनु साहुनी भनेर चार-पाँच हजार दिन्छन्, उनीहरू नै पैसा उठाउँछन्, मलाई फाइदा दिन्छन् भनेर मैले न्यायाधीश साहेबलाई पनि भनेकी छु।’

डीएसपी काफ्लेले यी दुवैलाई जिउ मास्नेबेच्ने कार्यअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखिएको बताए। जाहेरी दिने प्रीति र उक्त क्याबिनमा काम गर्ने अन्य किशोरीको पनि बयान लिएर उद्धार गरी आफन्तको जिम्मा लगाइएको उनले बताए। ‘आफन्त हो भनेपछि हामीले जिम्मा लगाएका छौं, उनको नाम र हुलिया लिएका छौं’, काफ्लेले भने।

गौशाला प्रहरीमा आफन्त कुरेर बसेकी प्रीतिले डीएसपी काफ्लेसँग सोधिन्, ‘हामी आजै बाहिर जान पाउने हो सर? अनि हाम्री साहुनी नि? बाबुले अर्की आमा ल्याएको र आफ्नी आमा पोइल गएकाले गाउँमा हजुरबा र हजुरआमामात्रै भएको बताउने प्रीतिलाई फेरि गोठाटार बस्ने उनकी मामाकी छोरीले नै जिम्मा लिएर गइन् कि?

बाई माया राजधानीमा जताततै फैलिएको किशोरीलाई यौनकर्ममा लगाउने ‘धन्धा’ की प्रतिनिधिमात्र हुन्। कानुन कार्यान्वयन निकाय र उद्धारकर्ताका निम्ति बाई मायाजस्ता पात्र ठाउँठाउँमा फेला पर्छन्। त्यही भएर बाई मायाले दाबी गर्ने गरेकी छिन्, ‘मैले मात्रै यो गरेकी छु र

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com