पछिल्लो केहि दिन यता अभिनेत्री श्वेता खड्का संलग्न श्वेता श्री फाउण्डेशनको तर्फबाट निर्माण प्रचार गरिएको ‘माझी वस्ती’ चर्चामा छ । निर्माण सम्पन्न नभइसकेको यो वस्ती ऋणमा डुबेको प्रसंग श्वेताले सामाजिक सञ्जालमा निकालेपछि यसको बारेमा चर्चा परिचर्चा बढिरहेको हो । यसको यथार्थता खोज्दै हामी एकिकृत नमुना माझी वस्तीमा पुगेका छौं ।
दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मथलो भनिएको माझी वस्तीमा पुग्दा सामाजिक सञ्जालमा आएको र गरिएको चर्चा अनुसारको परिवेश हामीले पाएनौं । यो वस्तीमा बसोबास गर्दै आइरहेका माझी समुदायले सहयोगको नाममा गरिएको प्रचारमाथी प्रश्न मात्रै गरेनन्, श्वेताले निर्माण गरेको भनेर गरिएको प्रचारमा आपत्ति प्रकट गरे । श्वेताले वस्ती निर्माणमा बाटो मात्रै देखाएको भन्दै बैंकको किस्ता तिर्न नसकिरहेको समयमा गरिएको यो प्रचारपछि कि त घर नै श्वेताले लैजानुपर्यो सम्म भन्न भ्याए ।
सरकारी पैसामा र आफुहरुकै बलबुताले वस्ति निर्माण भएको बताइरहेका माझी समुदाय बाटोमा ढुङ्गा छाप्नेदेखि नक्सा बनाउने काम मात्रै श्वेताले गरेको बताउँछन् । थप भिडियोमा हेर्नुहोस्ः
बिष्णु माझीको जस्तै स्वर भएकी लक्ष्मी परियारको जादुमय स्वर, गाउँदा गाउँदै गज्जबसँग खुलीन्, हेर्नुहोस् भिडियो
काठमाडौ । लोक दोहोरीकी रानी भनेपछि जो कोहीको मनमा एउटै गायिकाको नाम आउछ उहाको नाम हो बिष्णु माझी । कतै मैले पनि तपाईको मनको कुरा त गरेन भनेर भनौ भनेपनि सबैलाई थाहा भएकै कुरा हो, बिष्णुको पारिश्रमिक यतिसम्म पुग्यो नेपालमा फिल्म खेल्ने नायकले पनि त्यति लिदैनन कि भनेर शंका समेत गरे ।
कुनै बेला २ लाखसम्म लिईन बिष्णु माझीले, त्यसैले गर्दानै हो उनका हरेक गितले नेपाली दर्शकको मन जित्यो । आज हामी उनै बिष्णु माझीस“ग दुरुस्तै आवाज भएर गित गाउन जादा स्टुडियोबाट निकालिएकी लक्ष्मी परियारस“ग कुरा गर्दैछौ । हो उनै लक्ष्मी परियार जो म्याग्दीकी हुन र अहिलेसम्म आठ सय भन्दा बढी गितमा आवाज पनि दिएकी छिन, उनैस“ग कुराकानी गरेका छौ ।
उनले त्यसबेलाको क्षण सम्झिदै भाबुक भईन र आफूलाई आफनै अस्तित्वमा बाच्न दिएर बिष्णु माझी जस्तो चर्चित कलाकारस“ग नाम नजोडिदिन पनि आग्रह गरिन । आफूलाई उहास“ग तुलना गर्दा आफनोपन हराउने उनको भनाई छ, हेरौ उनको जादूमय स्वर सहितको यो भिडियो र सेयर गरौ
यो पनि पढ्नुहोस्
काठमाडौँमा अब एटिएमले दिन्छ पिउने पानी
काठमाडौँ उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन् । शहरी क्षेत्रमा ती संरचना पाउन पनि मुस्किल नै हुन्छ । ग्रामीण क्षेत्रमा भए त सहजै पाइन्थ्यो । काठमाडौँ उपत्यकामा कि त पसलमा गएर बोत्तलको पानी खरीद गर्नुपर्छ । त्यसो नभए चुपचाप बस्नुपर्छ । यसअघि राजधानीमा नागरिकले सहजरुपमा पानी पिउन पाउने अवस्था थिएन । पसलमा खरीद गरिने पानी पनि मूल्यका आधारमा असाध्यै महङ्गो हुने गरेको छ ।
प्यास लाग्दा पानी पनि नपाउने अवस्थालाई मध्यनजर गरेर सरकारले काठमाडौँ महानगरभित्र पहिलो चरणमा स्वचालित प्रणालीबाट पानी पिउन पाउने प्रणालीको विकास गरेको छ । सरकारले त्यसलाई वाटर एटिएमको नाम दिएको छ ।एटिएम भन्नेबित्तिकै पैसा निकाल्ने मेशिनको चित्र हामी सबैको दिमागमा आउँछ । किनकी नेपालीले देखेको पनि र प्रयोग गरेको पनि त्यही हो । सरकारले काठमाडौँमा सहजरुपमा पिउने पानीका लागि वाटर एटिएम राखेर नागरिकलाई सहजरुपमा सेवा दिने प्रणालीको विकास गरेको छ । यसले आमरुपमा नागरिकलाई राहत दिनेछ । वाटर एटिएमबाट पानी पिउनका लागि निश्चित पैसा भने तिर्नुपर्नेछ ।
खानेपानी मन्त्रालय, काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले आजदेखि काठमाडौँमा वाटर एटिएम सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमकाबीच खानेपानीमन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गर्नुभयो । सरकारको योजनाअनुसार पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान् पाउमा वाटर एटिएम सञ्चालन गरिएको छ ।
वाटर एटिएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध हुने सरकारको भनाइ छ । वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले २०० मिलिमिटरका लागि रु दुई तिर्नुपर्नेछ । यस्तै एक लिटरका लागि र रु पाँच तिर्नुपर्छ ।
वाटर एटिएम आगामी तीन महिनासम्म सामान आपूर्तिकर्ताले नै सञ्चालन गर्नेछ । यस्तै तीन महिनापछि भने बोर्डलाई हस्तान्तरण गर्नेछ । उक्त एटिएमबाट जाडोको समयमा तातो र गर्मी समयमा चिसो पानी उपलब्ध गराउनेछ । त्यसका लागि आवश्यक प्रणालीसमेत जडान गरिएको छ ।
वाटर एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ । काठमाडाँै उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार आगामी तीन साताभित्र राजधानी काठमाडौंका विभिन्न १५ स्थानमा त्यस्ता एटिएम जडान गरिनेछ । राणाका अनुसार एटिएमबाट कसरी पानी निकाल्ने भन्नेबारेमा बुझिने भाषामा जानकारीसमेत राखिएको छ ।
काठमाडौँमा पिउने पानीको समस्या विकराल भएको र सार्वजनिक स्थानमा त पाउन नै मुस्किल भएको सन्दर्भमा राखिने वाटर एटिएमले आम नागरिकलाई सहजरुपमा स्वच्छ पानी पिउने वातावरण बनाएको छ । विवरणअनुसार आगामी एक साताभित्र कलङ्की, मालपोत, बानेश्वर, बङ्गलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शङ्खपार्क धूम्रबाराहीमा पनि वाटर एटिएम सञ्चालन गर्ने तयारी गरिएको छ । यस्तै काठमाडाँै ललितपुर र भक्तपुरका विभिन्न स्थानमा पनि त्यस्तै संरचना जडान गरी सञ्चालनमा ल्याइने खानेपानी मन्त्रालयको भनाइ छ ।
खानेपानीमन्त्री थापाले नागरिकलाई सहजरुपमा पिउने पानीको प्रबन्ध गर्ने ध्येयका साथ वाटर एटिएम सञ्चालनमा ल्याइएको बताउनुभयो । मन्त्रालयका अनुसार वाटर एटिएमको लागत रु २ करोड रहेको छ । वाटर एटिएमको सुरक्षा र सञ्चालनमा सहजताका लागि आम नागरिक नै सचेत हुनुपर्नेछ ।