• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
छोरी मानेकी सपनाको गो. प्य तस्विरहरु आफ्नो मोवाइलमा किन राखे विनयजंगले ?

छोरी मानेकी सपनाको गो. प्य तस्विरहरु आफ्नो मोवाइलमा किन राखे विनयजंगले ?

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, March 3, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

छोरी मानेकी सपनाको गो. प्य तस्विरहरु आफ्नो मोवाइलमा किन राखे विनयजंगले ?

by gazab g
February 12, 2021
in समाचार, समाज
0
छोरी मानेकी सपनाको गो. प्य तस्विरहरु आफ्नो मोवाइलमा किन राखे विनयजंगले ?
496
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । वेवारिसे श .व ब्यवस्थापनका कारण नाम कमाएका विनयजग बस्नेतले आफैले छोरी मानेकी १७ वर्षकी किशोरी सपना रोका मगरको नां. गो तस्बिर आफुसंग मोवाइलमा छ भन्दै खुलेआम युट्युवमा स्वीकार गरेका छन् ।

उनले सपनालाई आफुले नै अहिले सम्मको अवस्थामा ल्याएको भन्दै अरुले नै सपनालाई उ.क्सा.एर आफु वि.रुद्ध बोल्न लगाएको आ.रोप लगाएका छन् । उनले सिमित युट्युवरहरुले सपनालाई घेरा.बन्दी गरेर आफु विरुद्ध सपनालाई बोल्न उक्साएको आरो.प लगाएका छन् ।

अरुको उक्सा.हटमा लागेर सपना आफ्ना विरुद्ध लागे सबैलाई ठेगान लगाउने चे.ता.वनी पनि उनले दिएका छन् । उनले सपनाको अ. श्लि .ल त.स्बिर आफ्नो मोवाइलमा र पेन ड्राइभमा पनि सुरक्षित राखेको स्वीकार गरेका छन् । आफुले छोरी मानेकी सपनाका त्यस्ता नराम्रा तस्बिर उनले सुरक्षित राख्नुको कारण भने उनले बताएनन् ।

म .र्ता क्या नहि कर्ता ? उनले चेतावनी दिँदै भनेका छन् यदि मलाई कसैले धावा बोल्छ भने सबैलाई सि ध्या इ दिन्छु । उनले गोल्डन टिभी चलाउने युट्युवरले सपनालाई घेराबन्दी गरेर आफु विरुद्ध उक्साएको आरोप लगाएका छन् । उनले आफुलाई सपनाको वे इ ज्जत गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन् । सामाजिक काम गर्न अवरोध गर्ने कसैलाई पनि म छोड्दिन । चाहे त्यो सपना रोका मगर नै किन नहोस् मैले छोड्दीन उनले भने ।

उनले आफ्ना परिवारले समेत विश्वास नगरेको बेलामा आफुले ल्याएर बीबीसीको शक्तिशाली महिला हुने अवस्था सम्म पुर्याएको दावी गरेका छन् । उनले आफ्नै कारणले नै सपना त्यो अवस्थामा पुगेको उनको दावी छ ।

अब पहिराले पानी रोक्दैन !

–तारानाथ आचार्य

बागलुङ बजारमा १६ किलोमिटर टाढाको मुहानबाट पानी आउँछ । काठेखोला गाउँपालिकाको रेशखोला र भुँदीखोला मुहानबाट आउने पानीले स्थानीयवासीको प्यास मेटाएको छ ।

हिउँदमा बिहान बेलुका पालो बाँडेर आउने पानी वर्षात्को समयमा आउने नआउने टुङ्गो हुँदैन । लामो दूरीको पाइप कहिले बाढीले बगाउने त कहिले पहिरोको समस्या । एक ठाउँमा पाइप फुटेपछि हप्ता दिन नआउने खानेपानीले बजारवासी त सधैँ समस्यामा रहदैँ आएको छ । यहाँ रहेको साविक धौलागिरि अञ्चलकै ठूलो अस्पताल, धौलागिरि अस्पतालले लामो समयसम्म पानीको हाहाकार बेहोर्दै आएको छ ।

अस्पतालका लागि जडान भएका धारामा आएको पानीले काम नचलेपछि धौलागिरि अस्पतालमा अहिले झण्डै ४० हजार लिटर पानी ट्याङ्करमार्फत ल्याउने गरिएको छ । जसको खर्च दैनिक १२ हजार आउँछ । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्पताल परिसर आसपासमै आवासको व्यवस्था छ । ८० परिवार अस्पतालको आवासमा बस्छन् ।

अस्पतालका विभिन्न विभाग, शौचालय र नियमित हातधुने धारामा मात्रै होइन, आवासमा समेत पानीको समस्या सधैँ रह्यो । अब भने रेशखोला र भुँदीखोलामा जाने पहिरो र हिउँदको समयमा मुहानमा पानी कम भएर सुकेको धाराले अस्पतालको दैनिकी नरोकिने भएको छ । पानीको समस्या समाधानका लागि धौलागिरि अस्पताल बागलुङमा बोरिङ प्रविधिबाट जमिनमुनीको पानी निकालेको छ । झण्डै २२० मिटर तल जमीनमुनिबाट अस्पतालका लागि आवश्यक पानी निकालिएको हो । बिहीबारसम्म ड्रिलिङ गर्दा जमीनमुनि पानीको राम्रो स्रोत भेटिएको अस्पताल विकास समितिले जनाएको छ ।

बोरिङ प्रविधिको पानी निकाल्दा अस्पतालले प्रयोग गर्दै आएको ट्याङ्करको पानी विस्थापित हुनेछ । सामाजिक विकास मन्त्रालयको सहयोगमा जमिनमुनिको पानी निकालेर प्रयोगमा ल्याउन लागिएको हो । पानी निकाल्ने काम सकिएकाले बाँकी संरचनाको काम अघि बढाइने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट शैलेन्द्र विक पोखरेलले बताउनुभयो । डिटिएच रक ड्रिलिङले केही दिन पहिलेबाट बोरिङ खन्ने काम थालेको थियो । कम्पनीले दुई साताभित्रै २२० मिटर जमिनमुनिबाट पानी निकालेको कम्पनीका सुपरभाइजर सूर्य चिमरीयाले बताउनुभयो ।

प्रतिसेकेण्ड २ दशमलव ७५ लिटर पानी निकाल्ने लक्ष्य छ । बोरिङ खन्नका लागि मात्रै मन्त्रालयले रु ४० लाख बजेट विनियोजन गरेको थियो । “खन्ने काम १९ लाखमा हुन्छ, त्यसपछि जेनेरेटर र प्लम्बिङको काम बाँकी रकमले गर्ने हो”, अस्पतालका लेखा अधिकृत झलक आचार्यले भन्नुभयो, “रकम अपुग नहोला भन्ने छ, कम भए मन्त्रालयमा लेखी पठाउँछौँ ।”

जमिन मुनिबाट आएको पानीलाई एक लाख लिटरको ट्याङ्कीमा जम्मा गरेर अस्पताल भवनमा वितरण गरिने छ । ट्याङ्की निर्माणका लागि मन्त्रालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु ४० लाख बजेट विनियोजन गरेको छ । तत्कालका लागि मौजुदा ट्याङ्कीको प्रयोग गरेर पानीको वितरण शुरु हुने अस्पताल विकास समितिले जनाएको छ । जमीनमुनिको पानी तानेपछि अस्पतालमा रहेको पानीको समस्या समाधान हुने अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो ।

पहिले आठ इञ्च ड्रिलिङ गरेर १०० मिटर जमीनमुनि खनेपछि आकार घटाउने छ इञ्चको पाइप राखिएको कम्पनीले जनाएको छ । जमीन मुनिको पानी निकाल्दा अस्पताललाई वार्षिक २० लाख रुपैयाँ खर्च कटौती हुने सदस्य शर्माले बताउनुभयो । “ट्याङ्करको पानी ल्याउँदा वार्षिक लाग्ने खर्चले मात्रै बोरिङ खन्ने काम भएको छ”, उहाँले भन्नुभयो, “अरु खर्च हुन्छ तर दुई वर्ष पानी किन्ने खर्च मात्रै अहिले लगानी गर्दा २० वर्षलाई पानीले ढुक्क हुन्छ ।” तराईमा जमीन मुनिको पानी निकाल्ने काम सहज भए पनि पहाडमा भने चुनौतीपूर्ण मानिन्छ । यसअघि बागलुङकै चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले जमीन मुनिको पानी निकालेर प्रयोगमा ल्याएको थियो ।

समूहमा गाई पाल्नेलाई अनुदान

जैमिनी नगरपालिकाका अधिकांश गाउँ ‘लाहुरेको गाउँ’ भनेर चिनिन्छन् । बढ्दो महङ्गी, विलासी जीवन र समय सुहाउँदो रहनसहनको व्यवस्थापनका लागि यहाँका युवा माध्यमिक तहको पढाइसकेपछि वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्छन् ।

ADVERTISEMENT

युवा विदेशिदा यहाँको खेतीयोग्य जमीन बाँझो छ । ठूला फाँटमा सिरु फुल्न थालेको छ । नगरका दशवटै वडाबाट विदेश पलायनको अवस्था जानकारी पाएको नगरपालिकाले बाँझो जमीनको उपयोग र युवालाई स्वरोजगार बनाउन कृषि र पशुपालनमा नयाँ अभ्यास शुरु गरेको छ ।

नगरपालिकाले विदेश जानेक्रम रोकेर गाउँमै रोजगारी सिर्जना गर्न ‘नगरप्रमुख कृषि परियोजना’ र नगरप्रमुख पशु विकास परियोजना’ सञ्चालनमा ल्याएको छ । परियोजनाअन्तर्गत चालू आर्थिक वर्षमा तीन सामूहिक गाई फार्म र पाँच सामूहिकखेती समूह तयार गरिनेछ । “किसानलाई सामूहिक उत्पादनमा प्रेरित गर्ने योजना हुन्, जसका कारण रोजगारी र उत्पादन दुवै सिर्जना हुन्छ”, पशुशाखा प्रमुख कृष्णप्रसाद ढकालले भन्नुभयो, “नगरपालिकाले बनाएको मापदण्ड पूरा गर्ने समूह तथा सहकारीले अनुदान पाउँछन् ।”

तीन वटा सामूहिक पशुपालन फार्मका लागि नगरपालिकाले रु ५४ लाख बजेट विनियोजन गरेको छ । पचास रोपनी जमीन, २५ जनाको समूह र २५ वटा गाई खरीद गरेपछि समूहलाई नगरपालिकाले रु १८ लाख अनुदान दिने कार्यविधि छ । समूहले रु ३० लाखको परियोजना बनाउनुपर्छ । रु १२ लाख लगानी समूह आफ्नै हुनुपर्ने व्यवस्था छ । जसका लागि फर्म दर्ता भएको हुनुपर्छ भने १० वर्षको जग्गा सम्झौता र मुनाफामुखी उत्पादन पक्का गरिएको कार्ययोजना नगरपालिकाले मागेको छ ।

“अधिकतम किसानको सहभागिता होस् भन्ने हाम्रो मान्यता हो”, नगरप्रमुख इन्द्रराज पौडेलले भन्नुभयो, “सामूहिकरुपमा कृषि र पशुपालन गर्नेको सङ्ख्यामा वृद्धि गर्दै समृद्ध नगरपालिकाको सपना साकार पार्नु छ ।” शाखाले दुईपटकसम्म किसानबाट प्रस्ताव मागेको छ । दुई वटा समूहले प्रक्रिया पूरा गरेर अनुदान लिने तयारीमा रहेको पशुशाखा प्रमुख ढकालले बताउनुभयो । अर्को परियोजनाका लागि समूह निर्माण र तालीम तथा गोष्ठीको काम भइरहेका छन् । समूहमा गाई पाल्नेका लागि आवश्यक तालीमको व्यवस्था नगरपालिकाले गर्नेछ ।

चालू वर्षको योजनालाई निरन्तरता दिँदा जैमिनी अबको दुई वर्षमा दूधमा आत्मनिर्भर बन्छ । अहिले पनि यहाँका किसानले दूध उत्पादन र बिक्री गर्दै आइरहेका छन् । रैथाने बालीको व्यावसायिक उत्पादनका लागि नगरले नगरप्रमुख कृषि परियोजना लागू गरेको छ । चालू आर्थिक वर्षमा पाँच वटा समूहले ५० रोपनी जमीनमा सामूहिकखेती गर्ने नगरपालिकाले जनाएको छ । रैथानेबालीको सामूहिक खेती गर्ने किसानका लागि प्रतिसमूह पाँच लाख रुपैयाँ अनुदान नगरपालिकाले दिनेछ ।

न्यूनतम पाँच जना व्यक्तिको समूह बनाएर खाद्यान्न बाली लगाउने गरी यो परियोजनामा पाँच वटा समूह छनोट हुनेछन् । दुवै परियोजनामा बाँझो जमीन प्रयोग गर्नेलाई प्राथमिकतामा राखेको कृषि शाखाले जनाएको छ ।

Share198Tweet124Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य
समाचार

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र
समाचार

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या
समाचार

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?
समाचार

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!